सरकार र यातायात व्यवसायीबीच सहमति, अब ८ गतेदेखि गाडी चल्ने

<p>काठमाडाैं । सरकार र यातायात व्वसायीबीच सवारी साधन चलाउने बारे कुरा मिलेकाे छ । आज यातायत व्वस्था विभागमा भएकाे छलफलले निश्कर्ष पाएकाे हाे । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघबीच भएको वार्ता सहमतिमा भएकाे बताइएकाे [&hellip;]</p>

काठमाडाैं । सरकार र यातायात व्वसायीबीच सवारी साधन चलाउने बारे कुरा मिलेकाे छ । आज यातायत व्वस्था विभागमा भएकाे छलफलले निश्कर्ष पाएकाे हाे ।

यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघबीच भएको वार्ता सहमतिमा भएकाे बताइएकाे छ ।

अब आगामी बिहीबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने बताइएकाे छ । उनीहरुले विभिन्न मागहरु राख्दै ती मागहरु सम्बाेधन गर्ने समझदारीमा सहमति भएकाे बुझिएकाे छ ।

यातायात मजदुरहरुको कोरोना बीमा गर्ने र त्यसका लागि ५० प्रतिशत प्रिमियम सरकारले ब्यहोर्ने तथा ५० प्रतिशत व्यवसायीले ब्यहोर्नेगरी विभागले सहजीकरण गर्ने सहमति भएको छ।

व्यवसायीहरुले याे मुख्य माग रहेकाे थियाे । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सराेज सिटाैलाले  ‍सवारी साधन चलाउने सम्बन्धि समझदारी भएकाे बताएका छन् । उनले बीमा लगायत अन्य मागमा विभागले सम्वोधन गर्न सहजीकरण गर्ने भएपछि यातायात व्यवसायी गाडी चलाउन सहमत भएकाे बताएका हुन् ।

यस्ता छन् छलफलका निश्कर्ष: 

१‍‍. यातायात श्रमिकहरूकाे समुह काेराेना बिमाकाे प्रिमियम सरकार र यातायात व्यवसायीले आधा आधा तिरिदिने ।

२. यातायात श्रमिक काेराेनाका कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपुर्तिका लागि सरकारकाे तर्फबाट काेष स्थापना गर्न विभागले सम्बन्धीत मन्त्रालयमा शिफारिस गर्ने ।

३. यातायात श्रमिकहरूका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीहरू (मास्क, स्यानिटाईजर, पन्जा, पिपिई) सम्बन्धीत व्यवसायीले उपलब्ध गराउने ।

४.  लामाे, छाेटाे र मध्यम दुरीका सबै सवारी साधनहरू सञ्चालन गर्न विभाग मार्फत सम्बन्धीत मन्त्रालयमा शिफारिस गर्ने ।

Share News