विकासन्युज

सुनको मूल्य १३ सयले बढ्याे, प्रतितोला ९४ हजारमा कारोबार

काठमाडौं । बुधबार सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको सुन १३ सय रुपैयाँ बढेर सो मूल्यमा बिक्री भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ। मंगलबार १ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज बढरे ११ सय ३५ रुपैयाँमा पुगेको हो।

सानिमा बैंकको स्वतन्त्र संचालकमा बलराम पराजुली

काठमाडौं । सानिमा बैंकको स्वतन्त्र संचालकमा बलराम पराजुली नियुक्त भएका छन् । साउन ६ गते बसेको बैंक संचालक समितिको बैठकले पराजुलीलाई आगामी ४ वर्षको लागि स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । यससँगै उनले आगामी चार वर्षसम्म यस बैंकमा रहेका आफ्नो पदको जिम्मेवारी सम्हाल्ने छन् ।

शेखर र चण्डिराजबीच फेरि घोचपेच, हार्ने त्रासले चुनाव सार्न खोजेको आरोप

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चुनावको मिति नजिकदै गर्दा जिम्बेवार व्यक्तिबीच घोचपेच र आरोप प्रत्यारोप बढ्दै गएको छ । मंगलबार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले प्रतिकूल अवस्थाका कारण महासंघको निर्वाचन चुनौतिपूर्ण बन्दै गएको बताएका छन् । त्यसको जवाफमा विशिष्ट सदस्य चण्डिाराज ढकालले निर्वाचनमा हार्ने त्रासले महासंघको जिम्मेवार व्यक्तिहरु निर्वाचन सार्ने बहाना खोजिरहेको आरोप लगाएका छन् । ‘कोरोना संक्रमणको जोखिम कायमै रहनु र यही बेला आएको बाढी पहिरोले पछिल्लो पटक तोकिएको मितिमा एफएनसीसीआईको निर्वाचन गर्ने हाम्रो प्रयासमा चुनौति थपेको छ,’ गोल्छाले ट्वीट गर्दै भनेका छन् । त्यसपछि महासंघको कार्यसमिति सदस्यहरुको ग्रुपमा गोल्छालाई इंग्गित चण्डिराज ढकालले लेख ‘केही साथीहरु चुनावबाट भाग्न खोजिरहेका छन् । सरकारी निर्णय कुनै आएको छैन तर भ्रामक प्रचार गरेर निर्वाचतलाई पर धकेल्न खोज्दैछन ।’ उक्त ग्रुपमा मंगलबार दिनभर गोल्छा र ढकालको भनाईको पक्ष विपक्षमा टिकाटिप्पणी भएको छ । उपाध्यक्ष किरोश प्रधानमा अनुसार दुई साता अघि महासंघको नेतृत्वले मुख्यसचिव लोकदर्शन रेग्मीलाई भेटेर प्रस्तावित मिति साउन २६ र २७ गते महासंघको साधारण सभा आयोजना गर्न स्वीकृति माग गरेको थियो । त्यसको जवाफ नआएपछि गत आईतबार महासंघको नेतृत्वले कोरोना भाइरस संक्रमण रोगथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरीय समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेटेर महासंघको साधारणसभा तथा निर्वाचन गर्न आयोजना गर्न अनुमति माग गरेको थियो । त्यसपछि बसेको मन्त्रिपरिषद्को बैठकमा महासंघको प्रस्ताव नै नगएपछि शेखर गोल्छाले निर्वाचन अनिश्चित बनेको संकेत गरेका थिए । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय मंगलबार सार्वजनिक भएको छ । त्यसमा चैत ११ देखि लागू लकडाउन साउन ७ गतेदेखि खुला गरिएको छ । तर सभा, सम्मेलन, सेमिनार, गोष्ठी, तालिम जस्ता कार्यक्रम अर्को सूचना मार्फत मिति घोषणा गरेपछि मात्र खुला गर्ने भनिएको छ । सरकारी निर्णयले अहिले पनि महासंघको निर्वाचन अनिश्चित बन्दै गएको छ ।

सुरु भयो मापसे जाँच, ब्रेथलाईजर भने प्रयोग नहुने

काठमाडौं । सरकारले मंगलबार साँझबाट लकडाउन खाेलेसँगै मापसे जाँच सुरु हुनेभएकाे छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वामेदव गाैतमले आजबाट मापसे जाँच सुरु भएकाे बताएका हुन् । उनी भन्छन्, ‘अहिलेसम्म हामीले संक्रमणकाे कारणले मपासे राेकेका थियाैं । आजबाट हामीले मापसे जाँच सुरु गरेका हाैं । यद्यापी हामीले ब्रेथलाईजर भने प्रयोग गर्दैनाैं । हालकाे लागि सामाजिक दुरी कायम गरेर मानिसले मापसे सेवन गरेकाे छ कि छैन भनेर हामी हेरेरै त्यसअनुसार कारवाही गर्नेछाैं । काेराेनाकाे कारण चार महिनादेखि मापेस जाँच राेकिएकाे थियाे ।      

आजदेखि निजी सवारीको जोर विजोर प्रणाली हट्यो

फाइल फाेटाे काठमाडौं । बुधबारदेखि निजी सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली हटेको छ । मन्त्रिपषिद्को सोमबार बसेको बैठकले जोड विजोर हटाउने निर्णय गरेको हो । मंगलबार साँझ सरकारले सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली हटाएकाे निर्णय सार्वजनिक गरेकाे हाे । सार्वजनिक यातायात सञ्चालन पनि भएकाले निजी सवारीको जोर विजोर हटाइएको हो ।

दराज र ईसेवाले ल्यायो मात्र १ रुपैयाँमा आईफोन एसई जित्ने मौका

काठमाडाैं । अनलाईन किनमेल सेवा  प्रदायक  दराज र अनलाइन भुक्तानी सेवा प्रदायक ईसेवाले मात्र १ रुपैयाँमा नयाँ आईफोन एसई जित्न सकिने अफर लिएर आएकाे छ । यसमा भाग लिनको लागि ग्राहकहरूले दराजमा प्रोमोकोड लगाई आईफोन एसई केवल १ रुपैयाँ मा ईसेवा बाट भुक्तानी गरी अर्डर गर्नुपर्ने छ । याे अफर साउन ७ देखि १२ सम्म उपलब्ध हुने दराजले जनाएकाे छ । विजेताको घोषणा साउन १६ मा दराज एप र दराज नेपालको फेसबुक पेज मार्फत गरिने र विजेता घोषित भएपछि सबै सहभागीहरूले आफ्नो ईसेवा खातामा १ रुपैयाँ फिर्ता पाउने दराजले जनाएकाे छ । यसका साथै ग्राहकहरुले साउन १२ देखि १९ सम्म चल्ने दराज महाबचात बजार अभियान अन्तर्गत दराजमा कुनै पनि समानको रकम ईसेव मार्फत पैसा तिर्दा २० प्रतिशत (१ हजार रुपैयाँ सम्म) को छूट पाउनेछन्। दराज प्रबन्ध निर्देशक लिनो अलरिंगले भन्छन्, ‘गत महिना दराजमा ईसेवा उपलब्ध गराउनु एक निर्णायक क्षण थियो। यस सहकार्य मार्फत ग्राहकहरुकोलागि भनि यस्ता अन्य अवसरहरू पनि उपलब्ध गर्ने मौका हामीले पाएका छौँ जसले अनलाईन किनमेललाई एक रोचक विकल्प को रुपमा विकास गर्ने छ।’ यस वान रुपी गेम अन्तर्गत ग्राहकहरुले अरू धेरै पुरस्कारहरू जस्तै सोनी एक्शन क्याम, होमग्लोरी भ्याकुम क्लीनर, र सीजी एयर कूलर पनि जित्न सक्ने दराजले जनाएकाे छ ।  

आजदेखि त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसहरु खुल्ने, पठनपाठन भने नहुने

काठमाडौं । सरकारले मंगलबार साँझ लकडाउनको अन्त्य भएको घाेषणा गरेसँगै आजदेखि त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसहरु पुनः सञ्चालन हुने भएकाे छन । पठनपाठन बाहेक सबै कर्मचारी तथा शिक्षककाे हाजिरी गराई राेकिएका कामहरु अगाडि बढाउने विश्वविद्यालयका रजिष्टार पेसल दाहालले जानकारी दिए । उनी भन्छन्, अहिले सरकारले ताेकेकाे अनुसार कक्षाहरु भने स‌ंचालन हुँदैन्न तर अब अन्य कामहरु भने राेकिँदैनन् । नियमित पठनपाठन नहुँदासम्म वैकल्पिक पठनपाठन भने सञ्चालन हुनेछन् । ‘ कोरोना भाइरसको संक्रमण शुरु भएसँगै सबै क्याम्पस तथा कार्यालयहरु २०७६ चैत १० गतेदेखि बन्द गरिएको थियो। जसमा सरकारले २०७७ चैत ११ गतेबाट राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका कारण सो अवधिभरका लागि त्रिविका क्याम्पसहरुको शैक्षिक गतिविधि स्थगित रहेको थियो।  

नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको हो । ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । राति करिब ८ः४५ बजे पहिरो खसेको हो । चारकिलोको पहिरो ३६ घण्टामा पन्छाएर दिउँसो ४ः३० बजे एकतर्फी खुलाइएको थियो । पहिरो खसेसँगै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख पहिरोमा परी अड्किएका थिए । उनीहरु सडक अनुगमन गरेर फर्कने क्रममा पहिरोले रोकिएपछि सवारी साधन उतै छाडेर वैकल्पिक मार्गको प्रयोग गरी फर्किएका थिए । राति ठूलो चट्टानसहित पहिरो खसेका कारण पहिरो पन्छाउन के–कति समय लाग्छ अहिले भन्न नसकिने अधिकारीले जानकारी दिए । केहीबेरमा पहिरो पन्छाउने काम थालिने छ ।