सुरु भयो मापसे जाँच, ब्रेथलाईजर भने प्रयोग नहुने

<p>काठमाडौं । सरकारले मंगलबार साँझबाट लकडाउन खाेलेसँगै मापसे जाँच सुरु हुनेभएकाे छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वामेदव गाैतमले आजबाट मापसे जाँच सुरु भएकाे बताएका हुन् । उनी भन्छन्, &#8216;अहिलेसम्म हामीले संक्रमणकाे कारणले मपासे राेकेका थियाैं । आजबाट हामीले मापसे जाँच सुरु गरेका हाैं । यद्यापी हामीले ब्रेथलाईजर भने प्रयोग गर्दैनाैं । हालकाे लागि सामाजिक दुरी कायम गरेर मानिसले मापसे सेवन [&hellip;]</p>

काठमाडौं । सरकारले मंगलबार साँझबाट लकडाउन खाेलेसँगै मापसे जाँच सुरु हुनेभएकाे छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वामेदव गाैतमले आजबाट मापसे जाँच सुरु भएकाे बताएका हुन् ।

उनी भन्छन्, ‘अहिलेसम्म हामीले संक्रमणकाे कारणले मपासे राेकेका थियाैं । आजबाट हामीले मापसे जाँच सुरु गरेका हाैं । यद्यापी हामीले ब्रेथलाईजर भने प्रयोग गर्दैनाैं । हालकाे लागि सामाजिक दुरी कायम गरेर मानिसले मापसे सेवन गरेकाे छ कि छैन भनेर हामी हेरेरै त्यसअनुसार कारवाही गर्नेछाैं ।

काेराेनाकाे कारण चार महिनादेखि मापेस जाँच राेकिएकाे थियाे ।

 

 

 

Share News