विकासन्युज

लगानी बोर्डको सीईओकाे लागि ५ जनाको नाम सिफारिस, को–को परे ?

काठमाडौं । नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को लागि ६ जनाको नाम  सिफारिस गरिएको छ । अर्थ मन्त्रालयले राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीको संयोजकत्वमा गठन गरेको उपसमितिले १२ जना आवेदकहरुमध्ये ६ जनाको नाम छनोट गरी सिफारिस गरेको हो । सो पदका लागि १२ जनाको आवेदन परेकामध्ये ती ६ जनाको नाम अर्थमन्त्री डा. युवराज खतिवडा संयोजक रहेकाे समिति समक्ष सिफारिस भएको बताइएको छ । स्रोतका अनुसार लगानी बोर्डको सीईओको लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली, राष्ट्रिय याेजना आयाेगका सदस्य सुशिल भट्ट , विद्युत नियमन आयोगका पूर्व सदस्य रामकृष्ण खतिवडा, पूर्वसहसचिव लक्ष्मीविलास कोइराला  र लगानी प्राधिकरण प्रदेश १ का प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालाको नाम छनोट गरी सिफारिस भएको हाे । अर्थमन्त्री डा‍. युवराज खतिवडा संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा‍.डा पुष्प कँडेल र अर्थशास्त्री प्रा.डा गोविन्द नेपाल सदस्य रहेको छनौट समितिले उनीहरूमध्ये ३ जनाको नाम सर्टलिस्ट गरी नियुक्तिका लागि मन्त्रिपरिषदमा पेश गर्नेछ। सिफारिस भएका तीनजनामध्येबाट एकजनालाई मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको सीईओमा नियुक्त गर्नेछ ।

यी हुन् मन्त्रिपरिषद् बैठकले साेमबार गरेका महत्वपूर्ण २६ निर्णय

काठमाडाैं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण २६ वटा निर्णय गरेको छ । मंगलबार सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सुचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले विभिन्न २६ निर्णय गरेको बताएका छन् । यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका महत्वपूर्ण २६ निर्णय [pdf id=228722]            

सरकारले विद्यार्थी भर्ना र परीक्षा संचालन गर्न अनुमति दियाे

काठमाडाैं । सरकारले शैक्षिक संस्थाहरुलाई विद्यार्थी भर्ना र परीक्षा संचालन गर्न अनुमति दिएकाे छ । सोमबारको मन्त्रिपरिषद निर्णय सुनाउँदै प्रवक्ता युवराज खतिवडाले लामो समय बन्द रहेको विद्यालयहरु भने बन्द नै रहने तर  भदौ १ गते बाट विद्यार्थी भर्ना र परीक्षाको तयारी गर्न भने सरकारले छुट दिएको बताए । यस्तै, सरकारले होटल, रेष्टुराँ खोल्न अनुमति दिएको छ। तर त्यहाँ सामुहिक भोज, ठूलो समूहमा भेला भने हुन भने पाइने छैन। सरकारले लुज लकडाउनलाई निरन्तरता दिँदै शैक्षिक संस्था, प्रदर्शनी, भेला, पार्टी प्यालेस, जिम खाना, धार्मिक र सामाजिक स्थल अर्को मिति नभनेसम्म बन्द रहने जनाएको छ ।

अब लकडाउन छैन: सरकार

काठमाडौं । सरकारले चैत ११ गतेदेखि जारी लडाउनको अन्त्य गरेको छ । कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको बताइएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ६ गतेको मध्यरातदेखि लागु हुनेगरी बन्दाबन्दी अन्त्य गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधीमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मनोवैज्ञानिक त्रास कम गर्नका लागि आज रातिबाट लागु हुनेगरी बन्दाबन्दीको अन्त्य गरे पनि जोखिमको अवस्था हेरेर कतै निषेधित क्षेत्र घोषणा गर्न सकिने खतिवडाको भनाइ छ ।

साउन १५ बाट होटल खुल्ने, भोज गर्न भने नपाइने

काठमाडौं । साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा होटल सञ्चालन गर्न दिने निर्णय गरेको हो । हाल होटलहरु बन्द नै छन् भने रेष्टुरेन्टहरुमा प्याकिङ र टेक अवे सेवा मात्र दिने अनुमाति छ । साउन १५ बाट भने होटल पनि खुल्ने भएका छन् । तर सामूहिक भोज, पार्टीजस्ता गतिविधि गर्न नपाइने सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय पनि साउन १५ बाट खोल्न सकिनेछ उनले बताए । ‘हिउँदे सिजनको पर्यटन व्यवसायलाई ध्यानमा राखेर यो निर्णय गरिएको हो’ उनले भने ।

श्री भैरव नवदिप उच्च माध्यमिक विद्यालयलाई कुमारी बैंकको सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले पाल्पास्थित श्री भैरव नवदिप उच्च माध्यमिक विद्यालयलाई जिन्सी सहयोग गरेको छ । यस कोभिड महामारीको विषम परिस्थितिमा विद्यालयमा नियमित पठनपाठन सम्भव नरहेको कुरालाई ध्यानमा राख्दै, केही थान कम्प्युटर र ल्यापटप अनलाईन शैक्षिक क्रियाकलाप प्रयोजनार्थ बैंकले विद्यालयलाई सहयोग गरेको छ । कुमारी बैंकको टंगालस्थित प्रधान कार्यालयमा एक संक्षिप्त समारोहबीच बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनालले विद्यालयका प्रतिनिधि मानार्थ रथी यादव बहादुर रायमाझीलाई हस्तान्तरण गरेका छन् । यस सहयोगको उद्देश्य दैनिक शैक्षिक क्रियाकलापमा अवरोध आउन नदिई बालबालिकाको क्षमतावृद्धि र विकासमा टेवा पुर्याउनु रहेको बैंकले जनाएको छ । आफ्ना देशव्यापी २०३ शाखा संजाल, १३८ एटिएम्, १३ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरु दिँदै आएको कुमारी बैंकले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा अझै सेवामूलक तथा प्रभावकारी सेवा पुर्याउँदै जाने प्रतिवद्धता जनाएको छ ।

लामो दूरीका यातायात भदौ १ गतेदेखि खुल्ने

कामठाडौं । सरकारले लामो दूरीका यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।

एभरेष्ट इन्स्योरेन्सको एजीएम सम्पन्न, मर्जर र प्राप्तिको काम गर्न सञ्चालक समितिलाई दियो अख्तियारी

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २५औं वार्षिक साधारण सभा(एजीएम) आज(साउन ६ गते) काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा सम्पन्न भएको छ । उक्त सभाले सामान्य तथा विषेश प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ । साथै, सभाले कम्पनीले उपयुक्त समयमा उपयुक्त निर्जीवन बीमा कम्पनीसंग गाभ्ने/गाभिने तथा प्राप्ति गर्न सक्ने अख्तियारी संचालक समितिलाई दिने निर्णय गरेको छ । दिउँसो २ बजे शुरु भएको सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखेका थिए ।