शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने म मात्रै हो- डा. शशांक कोइराला
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफु मात्रै भएको बताएका छन् । १४ औं महाधिवेशनमा आफु सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने उनले बताए । पार्टी सभापतिका लागि अरु नेताहरुको दावी रहेपनि सभापति देउवालाई पराजित गर्ने ग्यारेण्टीका साथ आफ्नो दावी सभापतिमा रहने उनको भनाई छ । महामन्त्री कोइरालाले रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने दावी गरेका छन् । ‘‘मैले धेरैसँग परामर्श गर्दै छु । उनीहरु तपाई नै उठ्नुपर्यो भन्नुहुन्छ । तर मैले धेरै साथीहरुका दावी छ भन्छु । रामचन्द्र दाई, सिटौला जी हुनुहुन्छ । प्रकाशमान छन् धेरे छन सबै उठेर त भएन नी । हाम्रो लक्ष्य के हुुनुपर्यो । हामी सबै मिलेर एक जना उठ्नुपर्यो । त्यसका लागि आपसमा वार्ता हुनुपर्यो । वर्तापछि हामी एक ठाउँमा पुग्न सकियो भने हुन्छ । व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुर जीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ । रामचन्द्र दाईले पनि सक्नुहुन्न । अरु जो पनि कसैले पनि सक्दैन यो ग्यारेण्टीका साथ भन्न चाहान्छु म बाहेक शेरबहादुर जी लाई हराउने व्यक्ति छैन ।’’, उनले भने । महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले क्रियाशित सदस्यता वितरण, विभाग गठन लगायतका काम विधान विपरित गरिरहेको भन्दै उनले असन्तुष्टि समेत जनाए । सभापति देउवाले पार्टीका विभागहरु गठन गरिरहेकोप्रति इतरपक्षले विरोध जनाउँदा पनि नसुन्ने गरेको उनको भनाई छ । पार्टीभित्र जतिसुकै विरोध गर्दापनि सभापतिले कुरा नसुन्ने गरेको उल्लेख गर्दै उनले यसको जवाफ महाधिवेशनबाट दिनुपर्ने उनले बताए । ‘‘उहाँले मनोमानी गर्नुभयो । सभापतिले गरेका कामहरुको विरोध त गरिसकेका छौँ । उहाँ कुरा सुन्नुहुन्न महाधिवेशन आउँछ त्यसमा निर्णय गर्नुपर्यो । किन की अरु विकल्प छैन । पार्टीमा सबैभन्दा शक्तिशाली व्यक्ति भनेको सभापति हो तर उहाँको निर्णय गर्न सक्ने क्षमतामा प्रश्न आयो । अहिले विभाग गठन भइरहेको छ । यो ९ महिनामा विभाग गठन गरेर के गर्नुहुन्छ ? उहाँले मान्छे आकर्षित गर्नका लागि विभाग गठन गर्नुभयो भोटका लागि । भोली महाधिवेशन आउँदैछ त्यसमा आकर्षित गर्नका लागि विभाग बनाउनुभयो । विभागको संख्या दिनप्रतिदिन बढाउँदै हुनुहुन्छ । मनपरी गर्दै हुनुहुन्छ । भेटेरपनि भनेका छौँ । अहिले नबनाउनुस अहिले बनाएर के गर्न सक्नुहुन्छ । ९ महिनामा विभागले के गर्न सक्छ भनेर भन्दा पनि मान्नु भएन । आफ्ना कुरा राख्न बाहेक अरु केही गर्न सकिँदैन । भोक हड्ताल गर्ने हो भने अवस्था खतरापूर्ण आउन सक्छ । सबैभन्दा पहिले अधिवेशन गर्ने हो की होइन ? समयमा गर्ने हो भने पहिले जिल्ला अधिवेशन गर्नुप¥यो । जिल्लाका सबै एकाइको हुनुपर्यो । क्रियाशित वितरण सहि किसिमले गर्नुप¥यो । धेरे जिल्लामा समस्या छ । समस्याहरुलाई पार्टीले निर्देशन दिएर अगाडी बढ्नुपर्यो क्रियाशलि दिने त वार्डले हो । १०-१० लाख क्रियाशिल बनाउदा गाइजात्रा हुने डर छ । नसोधेर सबैलाई केन्द्रीय सदस्यमा घुसाउनु भएको छ । क्रियाशिल दिनुभएको छ । आउनेहरु क्रियाशिल हुन की होइनन भनेर पनि पुष्टि गर्नुपर्यो ।’’, उनले भने । महाधिवेशनका लागि पार्टीमा गुट उपगुट हुनु स्वभाविक भएपनि त्यसपछि पनि गुटकै आधारमा पार्टी सञ्चालन गर्न खोज्नु सभापति देउवाको कमजोरी भएको उनको भनाई छ । आफु सभापतिमा निर्वाचित भएपछि सबैभन्दा पहिले पार्टीलाई एकजुट बनाएर अगाडी बढाउने दावी कोइरालाले गरे । उनले भने, ‘‘पार्टीलाई एक बनाउने अहिले धेरै गुट उपगुट छन् महाधिवेशनका लागि हुनु स्वभाविक हो । तर महाधिवेशन सकिने वित्तिकै पार्टीलाई एक बनाउनुपर्यो । जुन शेरबहादुर जीले सक्नु भएन । आजको मितिमा मेरो मान्छे र तेरो मान्छे भन्नुहुन्छ ।’’ तोकिएकै मिति फाुगन ७ गते महाधिवेशन सम्पन्न भएमात्रै आगमी निर्वाचनमा पार्टीलाई सहि स्थानामा ल्याउन सकिने उनले बताए । कुनै अप्रिय घटना नघटे महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने उल्लेख गर्दै उनले स्थानीय चुनावको तयारीका लागि समेत समय राखेर महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए । अहिलेको सरकारबाट लोकतन्त्र खतरामा रहेको कोइरालाले बताए । सरकारले पटक पटक संविधान र ऐन कानून विपरित काम गरिरहेको उनको आरोप छ । देश संघीय संरचनामा गएपछि कम्युनिष्ट सरकारले संघीयतालाई खतरामा पार्ने गरी काम गरिरहेको उनले आरोप लगाए । लोकतन्त्रलाई जोगाउन भएपनि अहिले डेमोक्र्याटिक अलाइन्सका आवश्यकता रहेको पनि कोइरालाले बताए । ‘‘लोकतन्त्र स्थापित नहुदाँसम्म अलाइन्स गर्नुपर्छ । डेमेक्रेसी अहिलेपनि खतरामा छ । कम्युनिष्टहरु डेमेक्रेसीमा विश्वास गर्दैनन्, संसदीय व्यवस्थामा उनीहरु विश्वास गर्दैनन त्यसलाई दृष्टिगत गरेर मैले अलाइन्सको कुरा गरेको हो ।’’, उनले भने ।
डिस मिडिया नेटवर्कको डिसहोम क्रेडिट सर्भिस अब १० दिन सम्म पाइने
काठमाडौं । डिस मिडिया नेटवर्कको डिसहोम क्रेडिट सर्भिस अब १० दिन सम्म पाइने भएको छ । डिस होमले एक विज्ञप्ती जारी गर्दै सो सुविधा थप गरेको जनाएको छ । यस अन्तर्गत डिसहोमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसकेपछि पनि ५ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको म्याद थप गरि १० दिन पु¥याएको हो । यो सेवाका साथ ग्राहकहरुले एकपटक किनेको नियमित सेवाको अवधि समाप्त भएपछि थप १० दिनको क्रेडिट सेवा प्राप्त गर्न सक्नेछन् । यसरी नियमित सेवाको अवधि समाप्त भएपछि थप गरिएको क्रेडिट अवधि ग्राहकहरुले आफ्नो सेवा नविकरण गर्दा सोही नविकरण अवधिमा मिलान गरिनेछ । डिसहोम क्रेडिट सर्भिस खुलाउनको लागि मोबाइलको मेसेज बक्समा गई क्रेडिट ग्रराहक अाइडी टाईप गरी उक्त मेसेजलाई ३२५०० मा पठाउन सकिनेछ । १० दिनको क्रेडिट प्राप्त भएको जानकारी तपाइँलाई मोबाइलमा प्रप्त हुनेछ साथै मिसकलबाट क्रेडिट सेवा लिन ९८०१११२२३३ मा मिसकल दिएर पनि थप १० दिनका लागि टीभी सिंग्रनल खुलाउन सक्नुहुनेछ । यो सर्भिस सुचारु गर्नुको उद्देश्य ग्राहकहरुलाई व्यवधान रहित सेवा उपलब्ध गराउनु हो । यो सेवा ग्राहकहरुले आफ्नो सेवा रिचार्ज गर्नलाई ग्रेस(सुविधा) अवधिको रुपमा उपलब्ध गराइनेछ । यस प्रकारको सेवाबाट विशेष गरेर ग्रामीण भेगका ग्राहकहरु, जहाँ तत्काल रिचार्ज गर्न समस्याहुन सक्छ, उनीहरु वास्तविक रुपमा लाभान्तवित हुने कम्पनीकाे दावी छ । डिसहोम क्रेडिट सर्भिस सेल्फ–सर्भिस मोडल सेवा हो जुन ग्राहकहरुको सुगमता अनुरुप डिसहोम ग्राहक सेवा केन्द्र मार्फत् वा डिसहोम मोबाइल एपमा दर्ता भएर, मोबाइल एसएमएस मार्फत् सुचारु गर्न सकिन्छ । डिसहोम नेपालको सबैभन्दा ठूलो डिटिएच सेवा प्रदायक संस्थाहो । देशभर छरिएको बृहत्तर सर्भिस सञ्जालका साथ डिसहोमले विगत १० वर्षभन्दा अघिदेखि २० लाखभन्दा धेरै ग्राहकहरु माझ आफ्नो विश्वस्तरीय सेवा प्रदानगर्दै आइरहेको छ ।
शिक्षकले तलब माग्दा जागिरबाटै निकालिनु पर्ने ?
हामी शिक्षकलाई सत्मार्ग देखाउने गुरू मान्छौं । आमा बुवापछिको सम्मान गर्नुपर्ने भनेको शिक्षक हो भन्ने गरिन्छ । त्यसैले त हिन्दू धर्ममा गुरू पूर्णिमा मनाइन्छ । जसमा आफ्नो सत्कर्म, सत्मार्गको बाटो डोर्याउने गुरूको पूजासमेत गरिन्छ । शिक्षकले विद्यार्थीको भविष्यको मार्गदर्शन गर्छन् । अफ्ठ्याराहरूलाई समाधानको बाटोमा लैजाने नै शिक्षक हुन् । जब तिनै शिक्षक समस्यामा पर्छन्, विद्यार्थी कसरी अगाडि बढ्न सक्लान् ? हो, विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना महामारीले सबै क्षेत्र समस्याग्रस्त छ । त्यसमा शिक्षा क्षेत्र झन यसको चपेटामा परेको छ । एकातिर विद्यार्थी चैतदेखि विद्यालय जान पाएका छैनन् भने अर्काेतिर तलब नपाएर शिक्षकहरू समस्यामा छन् । यतिमात्र कहाँ हो र, महामारीको कारण देखाउँदै निजी विद्यालयले शिक्षकहरू निकालिरहेका छन् । निजी मात्र नभएर केही सामुदायिक विद्यालयमा कार्यरत अस्थायी करार शिक्षक कर्मचारी पनि यसको शिकार बनेका छन् । यसको ज्वलन्त उदाहरण म आफै छु । मेरो घर विराटनगर महानगरपालिका १२ बर्कीमा हो । भक्तपुर सूर्यविनायक बाराहीस्थानको महेन्द्र मास्के संचालक रहेको महेन्द्र विद्या आश्रम नामको एक निजी विद्यालयमा म अध्यापन गराउँदै आएको थिएँ । माध्यमिक तहमा गणित विषय पढाउँदै आएको मलाई महामारीका कारण तलब दिन नसक्ने भन्दै स्कुलले निकालिदियो । महामारीका कारण सबैमा मानसिक तनाव परिरहेको बेला जागिर गुमेको अर्काे समस्यामा म परेँ । सरकारी स्कुलका शिक्षक घरमै बसेर पनि तलब भत्ता खाइरहेका छन् । म अनलाइन कक्षा पढाइरहेका छु । तर, एकाएक असार अन्तिमतिर भोलिबाट तपाईं काममा नआउनुहोला भनिदियो । विद्यार्थीले पनि मैले पढाएको राम्रैसँग बुझिरहेका थिए । उनीहरूबाट एकदम राम्रो प्रतिक्रिया आइरहेको थियो । जसले गर्दा म निकै उत्साहित बनेको थिएँ । महामारीका बेला पनि विद्यार्थीलाई कसरी पढाईमा सहभागी गराइराख्ने भन्नेतर्फ मेरो ध्यान केन्द्रित हुन्थ्यो । गत चैतदेखि तलब नदिएपछि विद्यार्थीको भविष्यका लागि अनलाइन कक्षा पढाइरहेका थियौं । अनलाइन कक्षा लिइरहेको भएपनि मलाई आर्थिक समस्या थियो । काठमाडौंमा कोठा भाडामा बसेर सबै किनेरै खानुपर्ने, घरबेटीलाई भाडा तिर्नुपर्ने, पैसै नभएपछि चैतदेखि साउनसम्म कसरी व्यवस्थापन गरे हुँला ? विद्यालयले मासिक ३८ हजार रूपैयाँ पारिश्रमिक पाउनेगरी गत मंसिरदेखि करारमा राखेको थियो । चैतसम्म राम्रै तरिकाले काम चलिरहेको थियो । विद्यार्थीको नजरमा पनि लोकप्रिय शिक्षक बनेको थिए । आखिर जति जे गरेपछि पेटमा एक छाक हाल्न पनि त पैसा नै चाहिन्छ नै । तर, चैतदेखि नै पैसा पाएको थिइनँ । आज पाइन्छ, भोलि पाइन्छ भन्दै आशै आशमा एक होइन, दुई होइन, चार महीना बितिसक्यो । तलब दिनु त कता हो, मैले काम गरेको पारिश्रमिक पाउँ भन्दा उल्टै जागिरबाट हात धुनुपर्यो । आफ्नो मिहेनतको कमाई माग्दा जागिरबाटै निकालिनु पर्ने यो कहाँको न्याय हो ? यस्तो बेला विद्यालयले झन् थप सहयोग गर्नुपर्नेमा उल्टै भोलिबाट काममा नआउनुहोला भनिदियो । चार्टर्ड एकाउन्टेन्टका लागि परीक्षा दिन गत वर्ष विराटनगरबाट काठमाडौं आएको थिएँ । परीक्षा दिएर खाली बसेको बेलामा पढाउनका लागि अफर आयो । आफ्नो बायोडाटा बुझाएर अन्तर्वार्ता दिँदा नाम निस्कियो । लामो समयदेखि तलब नपाउँदा खर्च कसरी व्यवस्थापन गर्ने भन्ने तनावमा छु । काठमाडौंमा जागिर नै गुमाएपछि त्यहाँ बस्नु आवश्यक नै भएन। त्यसैले अहिले आफ्नै घर फर्केको छु । विद्यालयले मलाई मात्रै होइन, मेरो पक्षमा लागेका अर्का अंग्रेजी विषय पढाउने शिक्षकलाई पनि त्यहीदिन जागिरबाट निकाल्यो । तलब दिनुभन्दा जागिर नै खाइदियो । निजी विद्यालयको यस्तो दादागिरी ? हामीलाई साह्रै अन्याय गरे । यदि यो देशमा साच्चै सरकार छ भने यस्तालाई कारवाही गरोस् । जागिरबाट निकालेपछि पनि सबै हिसाब ‘क्लियर’ गरेर पठाउनुपर्नेमा अहिलेसम्म केही भएको छैन । चैतदेखि असारसम्म १ लाख ४४ हजार रूपैयाँ पाउनुपर्नेछ । त्यो मध्ये २७ हजार मात्र दिइयो । जागिर नै गएपछि काठमाडौंमा बसेर के गर्ने भनेर घर आएँ । कमाउन गएको छोराले केही न केही ल्याएको होला भन्ने आशमा बसेका आमा बुवालाई के भनेर सम्बोधन गर्ने ? मसँग त्यसको उत्तर थिएन । करार सम्झौतामा जुनसुकै बेला पनि जागिरबाट निकाल्न सकिने कुरा उल्लेख छ । जागिरबाट निकालेकोमा मेरो गुनासो होइन । तर, यस्तो महामारीको बेला जागिर नै नभएपछि के खाने ? कसरी बाच्ने ? घरमा आमाबुवा र दुई भाइ गरी चार जनाको परिवार छ । काठमाडौंमा पैसा कमाउन गएको छोरा जागिर नै गुमाएर घर फर्किनु पर्दा कुन आमा बुवाको मन नरोला र ? साथीभाइ तथा आफन्तसँग ऋण निकालेर अहिलेसम्म घरखर्च चलाइरहेको छु । लामो समयदेखि काम गरेको पैसा नपाउँदा मानसिक तनावमा छु । कुनै बेला त सुसाइड गरू कि जस्तो लाग्छ । फेरि मनमा आमा बुवा, भाइ तथा घर परिवारको याद आउँछ । त्यसैले त अहिलेसम्म आफ्नो र आफूजस्तै पीडित शिक्षकहरूको न्यायका लागि आवाज उठाइरहेको छु । आफ्नो मनमा अनेकन प्रश्न आउँछन् । पैसा कमाउन नसकिएको भए ठिकै छ भनेर चित्त बुझाउन सकिन्थ्यो होला । तर, यहाँ त काम गरेको पैसा पाइएन । एकातिर काम गरेको पैसा पाइएन, अर्काेतिर काम गरेको पैसा देऊभन्दा जागिरबाट नै निकालियो । शिक्षकलाई विद्यालयहरुले गरेको यो व्यवहार अहिलेको परिवेश र परिस्थिति तथा कानुन सुहाउँदो छ ?
अब मेडिसिटी अस्पतालमा पनि पिसिआर टेष्ट हुने, नाम दर्ता गर्न याे नम्बरमा सम्पर्क गर्न सकिने
काठमाडौं । ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालमा पिसिआर टेष्ट सेवा शुरु भएको छ । कारोना संक्रमणको जोखिम बढ्दै गर्दा रियल टाइम पिसिआर टेष्टको आवश्यकता पनि दिनानुदिन बढ्दै गएको विषयलाई महशुस गर्दै मेडिसिटीमा उक्त सेवा शुरु गरिएको हो । विश्वमा उत्कृष्ट पिसिआर, जीन एक्सट्राक्टर लगायतका भरपर्दो र सटिक परिणाम दिने उपकरणहरुको माध्ययमबाट नेपाल मेडिसिटीले दैनिक करिब ८ सय भन्दा बढीको स्याम्पल लिई रिपोर्ट दिन सक्ने क्षमता रहेको नेपाल मेडिसिटी अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा. गोपी अर्यालल बताए । विगत केहि महिना देखिको प्रयास पश्चात सफल रुपमा जडित पिसिआर टेष्ट मेसिन र टेष्ट प्रक्रियालाई नेपाल सरकारद्वारा मान्यता प्रदान गरिएको छ । पिसिआर टेष्टका लागि आउनुपूर्व अस्पतालमा नाम दर्ता गर्न अनुरोध गरिएको छ जसका लागि ०१-४२१७७६६ मा सम्पर्क गर्न सकिन्छ । स्वाब संकलन गरिएको २४ घण्टाभित्र नतिजा प्राप्त हुने अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा.अर्यालले बताए । उनले ओपिडी मार्फत आउने र भर्ना भएका बिरामीका लागी पिसिआर टेष्ट गर्ने संयन्त्र फरक रहेको पनि उल्लेख गरेका छन् । साथै, विदेशी नियोग, वैदेशीक रोजगारीमा जाने नेपाली, बैंक तथा कर्पोरेटहरुलाई नेपाल मेडिसिटीले सहुलियत शुल्कमा पिसिआर टेष्ट गरिरहेको नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए ।
कोरोना बीमामा ३.११ करोड दावी, ३२४ बीमितमा संक्रमण
बीमा दावी भुक्तानी अवस्था काठमाडौं । कोभिड–१९ अर्थात कोरोना बीमामा करिव ३ करोड ११ लाख रुपैयाँको दावी परेको छ । भदौ ७ गते साँझसम्ममा ३२४ जना बीमितलाई कोभिड संक्रमण पुष्टि भएको छ । त्यसमा २९८ जनाको प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले कोभिड–१९ बीमा भएको छ । उनीहरुबाट २ करोढ ९८ लाख रुपैयाँको दावी परेको बीमा समितिले जनाएको छ । त्यस्तै प्रति व्यक्ति ५० हजार रुपैयाँ बीमा गर्नेतर्फ २६ जनालाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । उनीहरुबाट १३ लाख रुपैयाँ बीमा दावी भएको छ । बीमा कम्पनीहरुले अहिलेसम्म ८० बीमितलाई ७५ लाख ५० हजार रुपैयाँ दावी भुक्तानी गरिसकेका छन् । त्यसमा ५० हजारका दरले बीमा गर्ने ९ जनालाई ४ लाख ५० हजार र प्रतिव्यक्ति १ लाख बीमा गर्ने ७१ जनालाई ७१ लाख रुपैयाँ भुक्तानी भईसकेको बीमा समितिले जनाएको छ । भदौ ७ गतेसम्ममा ७ लाख ७२ हजार ६७९ जनाले बीमा गरेका छन् । त्यसबाट ४३ करोड ३७ लाख ५८ हजार ८८२ रुपैयाँ बीमा शुल्क संकलन भएको छ । अहिलेसम्म बीमा शुल्क र बीमा दावी भुक्तानीबीच सन्तुलन देखिए पनि बीमा दावी बढ्दो क्रममा रहेकोले बीमा कम्पनीहरु चिन्तित भएका छन् । समूहमा बीमा गर्दा प्रतिव्यक्ति ६०० रुपैयाँमा एक लाखको कोभिड–१९ बीमा हुन्छ । त्यसमा पनि स्थानीय तहको सिफरिस भएको प्रतिव्यक्ति ३०० रुपैयाँका दरले बीमा शुल्क बुझाउँदा १ लाख रुपैयाँको बीमा हुने व्यवस्था रहेको छ । कुल काेभिड बीमा कम्पनीअनुसार
प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको १२.५० प्रतिशत अर्थात २५ लाख ९ हजार ९ सय २५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न सकिने छ । सोमबारको बजारमा कम्पनीको सेयर बढ्दो क्रममा रहेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य १८ रुपैयाँले बढेर प्रतिकित्ता ५ सय ८७ रुपैयाँ पुगेको छ ।
सेभ द चिल्ड्रनले हस्तान्तरण गर्यो पौने २ कराेड रुपैयाँ बराबरको सात थान आईसीयू भेन्टिलेटर
काठमाडौं । सेभ द चिल्ड्रनले आईतबार ग्लोबल फन्ड परियोजना मार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सात थान मेकानिकल भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको छ । कोभिड-१९ संक्रमण रोकथामका लागि नेपाल सरकारले गरेको प्रयासमा संस्थाले एक करोड ७५ लाख ३० हजार ५ सय ३७ रुपैयाँ बराबरकाे साे मात्राकाे भेन्टिलेर सहयाेग गरेकाे हाे । यससँगै ती भेन्टिलेर मन्त्रालयको प्राथमिकता अनुसार कोभिड-१९ संक्रमितको उपचारमा प्रयोग हुनेछ । सेभ द चिल्ड्रन अन्तर्गतको ग्लोबल फण्ड प्रोजेक्टले आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच सात वटा भेन्टिलेटर हस्तान्तरण गरेको हाे । ग्लोबल फण्ड प्रोजेक्ट तथा सेभ द चिल्ड्रनको तर्फबाट राजन भट्टराईले ती भेन्टिलेटर मन्त्रालयका कन्ट्री कोअर्डिनेस मेकानिजम (सीसीएम) का अध्यक्ष तथा वष्ठि विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन् । ‘आईसीयू भेन्टिलेटरको अभावलाई सम्बोधन गर्न सेभ द चिल्ड्रन अन्तर्गतको ग्लोबल फन्ड प्रोजेक्टमार्फत नेपाल सरकारको कोभिड-१९ संक्रमण रोकथामको प्रयासलाई थप बलियो बनाउन सात थान भेन्टिलेटर उपलब्ध गराएका छौं । यी भेन्टिलेटर खासगरी महिला तथा बालबालिका र पिछडिएको समूदायको स्वास्थ्य उपचारमा प्रयोग हुनेछ’ सेभ द चिल्ड्रनका निमित्त डेपुटी राष्ट्रिय निर्देशक विरेन्द्र ठगुन्नाले भन्नुभयो । पछिल्लो समय कोभिड-१९ संक्रमणको दर बढिरहँदा संक्रमितको उपचारका लागि भेन्टिलेटरको माग पनि बढ्दै गइरहेको छ । यसैबीच कोभिड-१९ संक्रमण नियन्त्रणको सहयोग स्वरुप सेभ द चिल्ड्रनले ग्लोबल फन्ड प्रोजेक्टमार्फत नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलालाई पीसीआरको नमूना संकलन कार्यमा प्रयोग हुने सामग्री (पीसीआर स्याम्पल एक्स्ट्राक्सन मसिन) पनि उपलब्ध गराएको छ । यसका साथै देशभरका परीक्षण ल्याबमा २० हजार थान आरएनए जाँच र २० हजार थान पीसीआर जाँचका लागि उपकरणसमेत उपलब्ध गराएको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सेभ द चिल्ड्रन सम्बन्धित संघीय मन्त्रालय तथा स्थानिय तहसँगको सहकार्यमा मेडिकल तथा यसबाहेकका आपूर्ति, क्वारेन्टिन स्थलको व्यवस्थापन, प्रभावकारी सरसफाई व्यवस्थापनको प्रवद्र्धन र बालबालिका सुरक्षा प्रणाली तथा कोभिड–१९ बाट बच्ने उपाय स्वरुप मिडिया सन्देश प्रवाह गर्ने कार्यमा अग्रभागमा रहेर काम गर्दै आएको छ ।
नागरिक लगानी कोषको विभिन्न भुक्तानी एनसीएचएलबाटै अनलाइन गरिने
काठमाडौं । नागरिक लगानी कोषको विभिन्न भुक्तानीहरु नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)का प्रणालीहरु मार्फत अनलाइन गरिने भएको छ । जसको लागि लगानी कोष उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाईन मार्फत कुमारी बैंकमा रहेको आफ्नो खाताबाट लाभग्राहीहरुको बैंक खातामा सिधै भुक्तानी गर्न एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस(एनपीआई) मा इन्डाइरेक्ट मेम्बरको रुपमा आवद्ध भएको छ । यस आवद्धतासँगै कोषले एनसीएचएलको एनसीएचएल आईपीएस तथा कनेक्ट आईपीएस प्रणालीहरु प्रयोग गरी सदस्य बैंक वित्तीय संस्थाहरुमा रहेका लाभग्राहीका खातामा सोझै भुक्तानी गर्न सक्नेछ । भुक्तानी प्राप्त गर्नका लागि लाभग्राहीले एक पटक आफ्नो खाताको विवरण कोषमा अद्यावधिक गराउनु पर्दछ । कोषले हालै आफ्नो नयाँ कोर सिस्टम लागू गरेको छ साथै एनपीआईमा आवद्ध भई भुक्तानी कारोबारहरु स्वचालित गर्ने आफ्नो योजनालाई थप अगाडि बढाएको छ । कोषले हालको लागी उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाईन मार्फत सुरुवात गरेको छ भने क्रमश कोषले विभिन्न योजनाहरु अन्तर्गत व्यक्तिगत तथा संस्थाहरु मार्फत संकलन गर्ने भुक्तानी रकम पनि सोझै आफ्नो तोकिएको बैंक खातामा प्राप्त गर्नेछ । कर्माचारी बचत वृद्धि अवकाश कोषको (८० प्रतिशत) कर्जा भुक्तानी भने गत वर्षदेखि नै एनसीएचएलको कनेक्ट आईपीएस ईपेमेन्ट प्रणाली मार्फत अन्लाईन नै गरिँदै आएकोमा श्रावण मसान्त २०७७ सम्म कनेक्ट आईपीएस मार्फत ४४ करोड ७ लाख रुपैयाँ बराबरको ६ हजार ५ सयभन्दा बढी कर्जा भुक्तानीहरुको संकलन भैसकेको छ ।