यस कारण खल्लो बन्यो ‘नेपाल आइडल सिजन-३’
काठमाडौं । हिजो राति अर्थात भदौ १२ गते शुक्रबार गीत संगितलाई मन पराउने संगितका पारखीहरु टीभी स्क्रिनमा झुम्मिएका थिए । आफुलाई नेपालको पहिलो रियालिटी सो भनेर दावी गर्ने नेपाल आइडल सिजन–३ को ग्राण्ड फिनाले थियो हिजो। त्यही ग्राण्ड फिनालेको प्रतिस्पर्धामा कसले कस्तो प्रस्तुती दिन्छ र प्रतिस्पर्धामा विजेता को बन्छ भनेर हेर्न आँतुर थिए संगितका पारखी । नेपाल आइडल सिजन–३ को फिनालेमा सिजन ३ का टप ३ (सज्जा,प्रविण र किरण) ले उदित नारायण झाको सम्झना बिर्सना गीतबाट सुरु गरेको ओपनिङ निकै दमदार बन्यो । रियालिटी सोका होष्ट अर्थात प्रस्तोता आशिफ शाह मात्र होइन जज न्यू बज्राचार्य, इन्दिरा जोशी र काली प्रसाद बास्कोटा पनि धेरे खुसी मुद्रामा देखिन्थे । तर, सधैँ भरिभराउ हुने दर्शक दिर्घामा भने यस पटकको सिजनमा खाली नै थियो । त्यसले भने कार्यक्रममा एक प्रकारको खल्लो महसुस अवश्य भएको हुनु पर्छ । कार्यक्रमको ओपनिङमै दमदार प्रस्तुती दिएका तीनै जनाको तिनै जना जजले खुलेर प्रशंसा गरे । कार्यक्रम आफ्नो सुरुमा अगाडि बढ्दै थियो । रियालिटी सोमा भाग लिएका अर्थात टप–१० ले आफ्नो धमकेदार प्रस्तुती दिँदै थिए । जजहरुबाट आर्शिवाद लिँदै प्रस्तुती दिने क्रम अन्तिम क्षणमा थियो । कार्यक्रमको अन्तिम तिर सिजनका टप–३ ले आ– आफ्नो प्रस्तुती पनि दिए । टीभी स्क्रीनमा झुम्मिएका स्रोता तथा दर्शकहरुको मनको ढुकढुकी पनि सायद बढ्दै गएको हुनु पर्छ । एपीवान टेलिभिजनको युटुवबाट लाइभ गरिएको कार्यक्रममा दर्शकहरुको संख्या पनि सेकेण्ड–सेकेण्डमा बढिरहेको थियो । को बन्ला ‘नेपाल आइडल सिजन ३ को विजेता ?’ यो प्रश्न आम–दर्शक तथा संगीतप्रेमीहरुको मनमा थियो । युटुव लाइभमा कमेन्टको ओइरो थियो । आफ्ना फेवराइट अर्थात मन पर्ने प्रतियोगीको नाम पनि लेखिरहेका थिए दर्शकहरुले । अन्तिममा तीन जनाले आफ्नो प्रस्तुती दिए । सबैको प्रस्तुतीले सबैलाई आनन्दित र मनोरञ्जन पनि प्रदान गर्यो । कार्यक्रमका प्रस्तोता आशिफ शाहले नेपाल आइडल सिजन ३ का टायटल स्पोन्सर कोकाकोला नेपालका कन्ट्री मोर्कटिङ म्यानेजर गौरव रामदेवको सन्देश रहेको भन्दै उनले गौरव रामदेवको भिडियो सन्देश बजाए । रामदेवको भिडियो सन्देश पनि सकियो । त्यस लगत्तै धेरे विज्ञापनहरु बजे । त्यतिसम्म दर्शकहरुले कति ढिला गरेको भन्दै कमेन्ट लेख्न समेत भ्याए । रामदेवको सन्देश भनेर पर्दा पछाडि गएका प्रस्तोता शाह लामो समयसम्म पनि टीभी स्क्रिनमा फर्केर आएनन् । त्यसपछि कार्यक्रमको प्रोमो बज्यो र भन्यो, ‘फेरि पनि यहाँहरुलाई नमस्कार । कोभिड–१९ को महामारीबाट नेपाल आइडल पनि अछुतो रहन सकेन । कोभिड–१९ को कारणबाट सिर्जित लकडाउन पालना गर्दै नेपाल आइडलका नयाँ इपिसोडहरुको छायांकन तथा प्रशारण रोकिन पुगेको यहाँहरुलाई अवगत नै छ । यसै सिलसिलामा ग्राण्ड फिनालेका सम्पूर्ण प्रस्तुती सकिए पश्चात नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजेटिभको सूचना प्राप्त हुन आएकोले प्रस्ुतती पछिका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै नेपाल आइडलका प्रतिस्पर्धि तथा जजहरु आइसोलेसनमा जानु पर्ने बाध्यता आइलाग्यो भन्दै पुनः विज्ञापन बज्यो । अन्तिममा आए अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा । निराश मुद्रामा उपस्थित भएका थापाले धेरै भूमीका नबाँधेर सर्सती विजेताहरुको नामावली सुनाए । यसभन्दा अघिका इपिसोडहरुमा सबैभन्दा रामाञ्चक क्षण यही हुन्थ्यो । दर्शकहरुम नेपाल आइडल को बन्छ भने हुटहुट िपनि यही समयमा बट्थ्यो । तर, यसपालिको नेपाल आइडल सिजन–३मा भने त्यस्तो हुन पाएन । आम दर्शक स्रोताहरुले जुन क्षणका लागि पर्खेका थिए । त्यो पखाई सायद कार्यक्रम सँसँगै व्यर्थैमा खेर गएको महसुस दर्शक स्रोताहरुले पनि महसुस गरेको हुनु पर्छ । कार्यक्रमको अन्तिममा आएका थापाले नेपाल आइडल सिजन–३ का फष्ट रनरअप प्रविण बेडुवाल, नेपाल आइडल सिजन ३ का विजेता सज्जा चौलागाईँ र सेकेण्ड रनरअप किरण भएको घोषणा गरे । थापाले सज्जा चौलागाईँले ५० लाख रुपैयाँ, प्रविण बेडुवालले १० लाख रुपैयाँ र किरण कुमार भुजेलले ५ लाख रुपैयाँ पुरस्कार पाउने बताए र सबैलाई धन्यवाद दिँदै बिदा पनि मागे । कार्यक्रम सकिए लगत्तै दर्शकहरुमा कोरोना कसलाई देखियो भन्ने जिज्ञासा पनि उत्तिकै लागेको छ । स्रोतका अनुसार कार्यक्रमका प्रस्तोता आशिफ शाहलाई कोरोना पुष्टि भएको बुझिएको छ ।
प्रदेश नं ५ मा सङ्क्रमितकाे संख्या ६ हजार
रुपन्देही । प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमितको संख्या छ हजार एक सय सय एक पुगेको छ । जसमध्ये एक हजार दुई सय ९७ जना सक्रिय सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये करिब १५ प्रतिशतमा कोरोना भाइरसको लक्षण देखिएको छ । प्रदेश ५ मा शुक्रबार ७२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । तीमध्ये ३९ पुरुष र ३३ महिला रहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी रुपन्देहीमा ५२, बाँकेमा १५, रोल्पामा ३, कपिलवस्तु र नवलपरासी पश्चिममा १/(१ जना रहेका छन् । प्रदेशमा चार हजार सात सय तीन जना सङ्क्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ । प्रदेशमा १०४ जनाको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ जसमध्ये १६ जना आइसीयूमा उपचाररत छन् । तीमध्ये २ जनालाई भेन्टिलेटरमा राखिएको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेको सूचना अधिकारी पौडेलले बताउनुभयो । बुटवलको कोरोना अस्पतालमा २०, भीम अस्पताल भैरहवामा १७, सुशील कोइराला अस्पताल बाँकेमा ३१ र बेलझुण्डी दाङको अस्पतालमा ३६ सङ्क्रमितको सामान्य अवस्थामा उपचार भइरहेको छ । सूचना अधिकारी पौडेलकाअनुसार सङ्क्रमण देखिएका ८७ जना अझैपनि क्वारेन्टिनमै छन् । उनीहरुलाई आइसोलेशनमा लैजाने तयारी भइरहेको छ । शुक्रबारसम्म एक हजार चार सय ७६ जना क्वारेन्टिनमै बसेका छन् । अहिलेसम्म ९७ हजार पाँच सय ९१ जनाको पिसिआर परीक्षण गरिएकोमा ९४ हजार छ सय १९ जनाको नतिजा आएकोमा छ हजार एक सय एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दुई हजार नौ सय ७२ जनाको स्वाब परीक्षण हुने क्रममा छ । रासस
रेल्वे विभागको ठेक्कामा मिलेमतो भएको छैन: निर्माण व्यवसायी महासङ्घ
काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासङ्घले रेल्वे ठेक्काका विषयमा रेल्वे विभागको टेण्डरमा संस्थाको अगुवाईमा कुनै मिलेमतो नभएको जनाएको छ । ठेक्कामा महासङ्घको कुनै संलग्नता नरहेको महासचिव रोशन दाहालले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । महासङ्घलाई बदनाम गर्ने मनसायले अभिप्रेरित रहेर यस किसिमको प्रचारप्रसार भइरहेकाले सचेत हुन आह्वान गरिएको छ । सार्वजनिक खरिद ऐन, नियम, मुलुकको प्रचलित कानुन बमोजिम बोलपत्रको योग्यता निर्धारण गर्ने काम राज्यको भएको उल्लेख गर्दै यसमा निर्माण व्यवसायीको कुनै भूमिका र संलग्नता नरहने प्रष्ट पारिएको छ । सार्वजनिक खरिद ऐन, नियम र प्रचलित ऐन कानून बमोजिम कुनैपनि परियोजनाको लागि निर्माण व्यवसायीको कामको योग्यता तोक्ने अधिकार सम्वन्धित सार्वजनिक निकायमा नै रहने स्पष्ट हुँदाहुँदै महासङ्घलाई बोलपत्र प्रकरणमा मुछ्नुको कुनै औचित्य प्रमाणित हुन नसक्ने महासचिव दाहालले बताए । रेल्वे विभागको बोलपत्रहरुमा जे.भी. कम्पनीको रुपमा साना निर्माण व्यवसायी समेत गरी करिब एक सय भन्दा बढी निर्माण कम्पनीको सहभागिता रहेको तथ्य महासङ्घले उल्लेख गरेको छ । एक सय भन्दा बढी निर्माण कम्पनी सहभागी भएको बोलपत्र प्रक्रियामा सीमित निर्माण व्यवसायीको मात्र सहभागिता भनेर उल्लेख हुनु आफैँमा विरोधाभास भएको जनाइएको छ । महासङ्घले मिलोमतोमा हुने खालका हरेक बोलपत्रको जहिले पनि विरोध गर्दै आइरहको तथ्य अहिलेसम्म कसैबाट लुक्न नसकेको समेत स्मरण गराएको छ । विभागको बोलपत्र सम्बन्धमा सम्मानित उच्च अदालत पाटनमा रिट निवेदन परी विभागले तोकेको योग्यता कानून सम्मत ठहर गरी टेण्डर प्रक्रिया रोक्न नपर्ने आदेश भएको र यसबाट समेत ठेक्का प्रक्रिया कानून सम्मत भएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
सङ्क्रमित बढेपछि डाेटीमा एक साता निषेधाज्ञा
डाेटी । कोरोना सङ्क्रमित बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैैठकले भदौ १४ गते राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । निषेधाज्ञा पहिलो चरणमा भदौ २१ गते आइतबार रातिसम्म सात दिनका लागि लागू हुने भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लामा एक हप्तामा कोरोना सङ्क्रमित बढेर ९०० पुगेको छ । जिल्लामा दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए ।
पहिराेले अवरुद्ध आँबुखैरेनी–मुग्लिङ सडकखण्ड दुईतर्फी खुलाउने तयारी
दमौली । सुख्खा पहिराेले शुक्रबार बिहान अवरुद्ध भएको तनहुँको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड दुईतर्फी खुलाउने तयारी गरिएको छ । आँबुखैरेनी गाउँपालिका र सडक विभागको सहयोगमा हिजो नै सडक एकतर्फी बनाइएको थियो । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक खसेको पहिरो डोजरले हटाएर एकतर्फीरुपमा सञ्चालन गरिएपनि दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साना–साना ढुङ्गा हिजै डोजरको सहायताले हटाइएपनि ठूला ढुङ्गा हटाउन ब्रेकरको प्रयोग गर्नुपर्ने भएकाले केही समय लाग्ने देखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । आँबुखैरेनी–मुग्लिङ सडकखण्ड अन्तर्गत उक्त ठाउँमा बेला–बेलामा पहिरो गएर राजमार्ग अवरुद्ध हुने गरेको छ । वर्षा नभएको बेलामा पनि यहाँ सुख्खा पहिराको समस्या रहँदै आएको छ । कोत्रेदेखि मुग्लिङ खण्ड अन्तर्गत तनहुँको ७२ किमि राजमार्गमा सबैभन्दा बढी पहिरो जाने ठाउँ नै यही हो ।
जापानी प्रधानमन्त्री आबेद्धारा राजीनामा दिने घोषणा
टोकियो / जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । जापानको सरकारी प्रसारण संस्था एनएचकेले सम्प्रेषण गरेको समाचारमा उनले अस्वस्थताका कारण राजीनामा दिने मनस्थिति बनाएकाे बताइएको थियो । उनले आजै अपरान्ह पत्रकार सम्मेलन गरी आफूले पदबाट राजीनामा दिने घोषणा गरे । उनले आफू अस्वस्थ्य हुदा हुदै पदमा बसिरहनु उपयुक्त नहुने ठानेर राजीनामा दिन लागेका बताए । आफ्नो स्वास्थ्य समस्या देशको समस्या बन्न नहुने र देश विकासको गतिमा बाधक बन्न नहुने उनको भनाई छ । पार्टीले प्रधानमन्त्रीको अर्काे उम्मेदवार नछान्दासम्म मात्र आफू पदमा बस्ने उनले बताए। नयाँ प्रधानमन्त्री छान्ने विषयमा उनको डेमोक्र्याटिक पार्टीले अर्काे हप्ता आवश्यक छलफल गरी निर्णय लिने बताइएको छ । उनको कार्यकाल आगामी सन् २०२१ को सेप्टेम्बरसम्म भएपनि उनले अहिले नै राजीनामा दिन लाग्नु भएको समाचारमा जनाइएको छ । सन् २०१२ देखि लगातार शक्तिमा रहनु भएका आवे जापानमा सवैभन्दा लामो समय प्रधानमन्त्री हुनुभएका नेता हो । उनले यसअघि सन् २००७ मा पनि स्वास्थ्य समस्याकै कारणले प्रधानमन्त्री पदबाट राजीनामा दिए । तर पछि सुधार भएपछि फेरी निर्वाचित भएका थिए । पछिल्लो दुई हप्तामा उन दुई पटक अस्पताल जानु भएको छ । उनलेअर्को महिनादेखि ६६ बर्ष लाग्नुहुने भएको छ । उनलाई आन्द्रामा समस्या रहेको र पछिल्लो समयमा समस्या झन झन बढ्दै गइरहेको चिकित्सकहरुले बताएका छन् । कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न राम्रोसँग नसकेको भन्दै जापानमा सरकारको लोकप्रियता अहिले केही खस्किएको छ । लोकप्रियता खस्किएको र काम गर्न नसकेको कारणले भने राजीनामा दिन लागेको भनिएको छैन । जापानमा प्रधानमन्त्रीले राजीनामा दिएपछि कार्यबहाक प्रधानमन्त्री बनाइने कानुनी व्यवस्था रहेको छ । मन्त्रीपरिषद्मा उहाँपछिको दोस्रो बरियताक्रममा उपप्रधान तथा अर्थमन्त्री रहनुभएको छ । रासस
भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै ७७ हजार काेराेना सङ्क्रमित
नयाँदिल्ली / भारतमा कोरानाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै ७७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार २६६ जना सङ्क्रमित भएका हुन् । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोही अवधिमा एक हजार ५७ जनाको कोरोनाका कारण मृत्यु भएको जनाएको छ ।भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ६१ हजार ५२९ पुगेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म झण्डै ३४ लाख मानिस सङ्क्रमित भएका छन् । मन्त्रालयको तथ्यांकअनुसार देशभरी अहिलेसम्म ३३ लाख ८७ हजार ५०१ जना सङ्क्रमित भएका हुन् । कुल सङ्क्रमित मध्ये सात लाख ४२ हजार २३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु २५ लाख ८३ हजार ९४८ जना सङ्क्रमणमुक्त भएका छन् । सवैभन्दा धेरै सङ्क्रमितहरु रहेको महाराष्ट्र प्रदेशमा सङ्क्रमितहरुको संख्या एक लाख ७८ हजार ५६१ पुगेको छ । त्यसैगरी दोस्रो धेरै प्रभावित रहेको आन्ध्र प्रदेशमा अहिले ९४ हजार २०९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । रासस
सबै नाकामा ल्याव राखेर खाद्यन्य, तरकारी र फलफूलकाे गुणस्तर जाँच हुँदैछ, अब आयात पनि नियन्त्रण हुन्छ
बन्दाबन्दी वा निषेधाज्ञाको नाममा विगत पाँच महिनादेखि बजार अस्तव्यस्त छ । देशभित्र मात्र होइन, देश वाहिर पनि सार्वजनिक यातायात प्रभावित भएको छ । यो अवस्था कहिलेसम्म रहने हो, अनुमान गर्न कठिन छ । यस्तो अवस्थामा खाद्यन्य तथा अत्यावश्यकीय बस्तुको आपूर्ति व्यवस्थ कसरी भईरहेको छ ? मूल्य र गुणस्तरको नियमन सरकारले कसरी गरिरहेको छ ? प्रस्तुत छ यस विषयमा केन्द्रीत भई विकासन्युजका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसादसँग गरिएको कुराकानी । बन्दाबन्दी वा निषेधाज्ञाको अवस्थामा अत्यावश्यक बस्तु तथा सेवाको आपूर्ति कस्तो छ ? हामी अहिले अप्ठ्यारो अवस्थामा छौं । निषेधाज्ञा लागू भएको दोस्रो सातामा छौं हामी । तर निषेधाज्ञा आपूर्ति प्रणाली नबिग्रने सर्तमा लागू भएको छ । उत्पादित अत्यावश्यक बस्तु बजारसम्म पुर्याउन ढुवानीमा कुनै समस्या नहुने व्यवस्था गरिएको छ । यद्यपी केही ठाउँमा किसानका उत्पादन बजारमा पुर्याउन कठिन भएको समाचार आएका छन् । त्यसलाई पनि सहजीकरण गर्ने काम भएको छ । अरु शोखको कुरा, हिडडुल गर्ने, मनोरञ्जन लिने विषयमा भने समस्या नै छ । पर्यटन सेवा बन्द छ । सबैलाई थाहा छ कि हवाई र सार्वजनिक यातायत सेवा बन्द नै छ । सेवातर्फ बैकिङ, बीमा, सहकारीले दिने सेवा नियमित बनाउने प्रयास भएको छ । शिक्षा सेवा लकडाउन भएदेखि नै बन्द छ । स्वास्थ्य सेवामा पनि केही समस्या छन् । तसर्थ सेवाको हकमा केही खुला छन् भने केही बन्द छन् । तर अत्यावश्यक बस्तुको आपूर्तिमा समस्या छैन । तर बजारमा खाद्यन्यको मूल्य वृद्धि भइरहेको छ, तरकारी, फलफूल, माछा, मासु जस्ता अत्यावश्यक बस्तुको अभाव र मूल्यवृद्धि चरम छ नि ? तरकारी र फलफूलमा केही हलचल आएको छ । बीचमा मूल्य निकै बढेको थियो । अहिले आपूर्ति पनि बढेको छ र मूल्य पनि घट्न थालेको छ । हार्वेस्टिङ सिजनको कारण पनि यस्तो समस्या देखिएको छ । कही ढुवानीको समस्या छ । कही कामदारको समस्या छ । महामारीको बेलामा म काम गर्दिन भनेर कामदारले काम गर्न नचाहेको, परिवारका सदस्यले काममा नजान भनेको अवस्था पनि छ । त्यसले पनि आपूर्तिमा केही समस्या देखिएको हो । तर अभाव नै भएको भने छैन । सरकारले मूल्य तोक्ने बस्तुहरु पेट्रोलियम पदार्थ, नुन, चिनीको मूल्य बढेको छैन । दाल, गेडागुडी, चामल लगायत बस्तु जसको मूल्य बजारले नै निर्धारण गर्छ, त्यसका थोरै मूल्य वृद्धि भएको छ । ढुवानी महँगो हुने, कामदारको ज्याला महँगो हुने भएकोले ५/६ प्रतिशत मूल्य वृद्धि भएको छ । त्यसलाई धेरै मूल्य वृद्धि भयो भन्न मिल्दैन । विल विजकमा उल्लेख नभई मूल्य बढाएर बेचिएको रहेछ भने हामी कारवाही गर्छौ । कोभिडपछि माक्स, स्यानिटाईजर, पञ्जाको आपूर्ति र मूल्य कस्तो छ ? अहिले पञ्जाको अभाव छ । आयातमा पनि समस्या छ । यसमा सरकारको तर्फबाट सहजीकरण गर्नुपर्ने अवस्था छ । तर माक्स, स्यानिटाइजर, थर्मलगन लगायत मेडिकल सर्जिकलका सामान आपूर्ति राम्रो छ । १००० रुपैयाँ पर्ने एन९५ मास्क अहिले ३०० रुपैयाँ भन्दा कम छ । पहिला ७/८ हजारमा बेचिएका थर्मलगन अहिले ३/४ हजार मै बिक्री भईरहेका छन् । मास्क, स्यानिटाइजर त नेपालमा नै उत्पादन हुन थालेपछि मूल्य निकै घटेको छ । १००० रुपैयाँ पर्ने एन९५ मास्क अहिले ३०० रुपैयाँ भन्दा कम छ । पहिला ७/८ हजारमा बेचिएका थर्मलगन अहिले ३/४ हजार मै बिक्री भईरहेका छन् । मास्क, स्यानिटाइजर त नेपालमा नै उत्पादन हुन थालेपछि मूल्य निकै घटेको छ । तर भारतमा उत्पादित बहुराष्ट्रिय ब्राण्ड ‘डेटोल’ स्यानिटाईजर २०० मिलिलिटरको मूल्य भारु ३० (४८ रुपैयाँ नेपाली) मा बजारमा किन्न पाइन्छ । तर नेपालमा बनेको ‘अरु सेफ’ ब्राण्डको २०० मिलिलिटरको स्यानिटाईजरको मूल्य १६० रुपैयाँ छ । यो मूल्य कति जायज हो ? तपाईले पाएको सूचना मलाई जानकारी दिनुहोला । त्यसमा हामीले अध्ययन गर्छौ । लागतको आधारमा मूल्य निर्धारण हुनुपर्छ । हामीले नेपाल औषधि लिमिटेडले उत्पादन गरेको र जडिबुटीले उत्पादन गरेको स्यानिटाईजर प्रयोग गरेका छन् । यिनको मूल्य अस्वभाविक लागेको छैन । तपाईहरुले अनुगमन गर्दा मूल्यलाई जोड दिनु भएको छ कि गुणस्तरलाई ? हामीले बस्तुको उपलब्धता, गुणस्तर, मिति, मूल्य, कम्पोजिशन लगायत पक्षको अनुगमन गर्छौ । बस्तुको गुणस्तर र कम्पोजिशन आँखाले देखेर भन्न नसकिने भएकोले हामी प्रयोगशालामा लगेर त्यसको परीक्षण पनि गर्छौ । सबैभन्दा धेरै मानिसलाई छुने मूल्यले नै हो । त्यसैले हामीले उत्पादन लागत विश्लेषण गरेर तोकिएका मूल्य बढी भए घटाउन लगाउँछौं । व्यापारीले २० प्रतिशतभन्दा बढी नाफा लिएको रहेछ भने कालोबजारी अन्तरगत कारवाही गरौं । वाणिज्य विभागले मूल्य अनुगमन गरेर कुन कुन बस्तुको मूल्य कति घटाउनु भएको छ ? सर्जिकल आईटमहरुमा धेरै मूल्य घटाउन सफल भएका छौं । सुपर मार्केटहरुमा अधिकतम बिक्री मूल्य भन्दा बढीमा बेचेको पायौं । त्यसलाई साइजमा ल्याएका छौं । पानी, औषधि, खाद्यन्य सबैको मूल्यमा प्रभाव परेको छ । माग र आपूर्तिले मूल्य निर्धारण भईरहेको छ कि वाणिज्य विभागको हस्तक्षेप ? माग र आपूर्तिबाट नै मूल्य तय भएको हुन्छ । तपाईले कुखुराको मूल्यको कुरा गर्नुभयो । अहिले मूल्य घटिरहेको छ । अहिले गोलभेडा महँगो छ । किन भने अहिले टनेल गोलभोडा मात्र आउँछ । यसको लागत नै धेरै हुन्छ । मौसमी तरकारी बजारमा आउन थालेपछि यसको मूल्य पनि घट्छ । माग र आपूर्तिले नै मूल्य निर्धारण गर्छ भने तपाईहरुले मूल्यमा अनुगमन गर्नुको अर्थ के ? हामीले मूल्य निर्धारणको मापदण्ड बनाउँछौं । मूल्य किन बढ्यो, कसरी बढ्यो हामी हेर्छौ तर यति नै हुनुपर्छ भनेर हामीले तोक्दैनौ । आयल निगमले पेट्रोलियम पदार्थको वा साल्ट ट्रेडिङले नूनको मूल्य निर्धारण गरे झै हामीले ठ्याक्कै मूल्य निर्धारण गर्दैनौं । शिक्षित, अशिक्षित सबैले मूल्य सुनेर किन्न वा नकिन्ने निर्णय गर्न सक्छ । तर बजार उपलब्ध औद्योगिक उत्पादनको कम्पोजिसन हेरेर सहि छ वा गलत छ जानकारी लिन सकिदैन । आम उपभोक्ताले चामलको बोरा, ग्यासको सिलिण्डर, तेल वा दुध पाकेट नजोखिकन किन्न वाध्य छन् । तोकिए अनुसार तौल छ वा छैन भन्ने अनिश्चिताबीच किन्नु परेको छ । यस्तो बजारमा तपाईहरु गुणस्तर, तौलमा जोड नदिएर किन मूल्यमा जोड दिनुहुन्छ ? गुणस्तर हेर्न वाणिज्यसँग प्राविधिक जनशक्ति नै छैन । यसको लागि नाप तौल तथा गुणस्तर विभागले काम गरिरहेको छ । खाद्य गुणस्तर विभागले हेरेको हुन्छ । २५ केजी हुनुपर्नेमा २४ केजी रहेछ भने हामी कारवाही गछौं । २० लिटर भनेको ठाउँमा १९ लिटर छ भने हामी कारवाही गर्छौ । खान योग्य छ छैन, प्रयोग गर्न योग्य छ छैन हामी हेर्छौ । हामी निरिक्षणमा जाँदा जिल्ला प्रशासनको प्रतिनिधि, प्राविधिक पक्ष हेर्ने निकायको प्रतिनिधि र वाणिज्य विभागको निरीक्षण अधिकृतको टोली गएको हुन्छ । त्यस टोलीले व्यवसायिक संस्थाको दर्ता, नविकरण देखि बस्तु तथा सेवाको मूल्य, गुणस्तर सबै पक्षको अध्ययन गर्छ । तपाईहरु उपभोक्ताको हित मात्र हेर्नुहुन्छ कि व्यवसायिक वातावरण बनाउने, व्यापार प्रवद्र्धन गर्ने दिशामा पनि काम गर्नुहुुन्छ ? व्यवसायीहरु पनि देश, समाजको विकासको काम गरिरहेका हुन्छन् । उनीहरुलाई व्यापार व्यवसाय गर्न सहज बनाउनेतर्फ पनि हामीले काम गरिरहेका छौं । अहिले अनलाईनबाट दर्ता निवेदन दिने, नविकरण गर्ने, अनलाईनबाट बैंक खातामा राजश्व बुझाउने व्यवस्था गर्दैछौं । आयात निर्यातको लागि पनि अनुमति पनि अनलाईनबाट गर्न पाउने व्यवस्था गरेका छौं । तपाईको बुझाईमा बजारमा फेयर विजनेज छ कि अनफेयर ? औसत । म अनफेयर भन्दिन । सूचना संकलन र पद्दति निर्माणमा केही कमजोरी छन् । एक पटक खराव गर्ने व्यवसायीले फेरी पनि खराव गरेको पनि पाइएको छ । उनले गरेको खराव कामको सूचना पाउने उचित मेकानिजम हामीले बनाउन सकेका छैनौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षरण विभागको आफ्नै क्षमता कस्तो छ ? हामीले हाम्रो क्षमता विकास पनि जरुरी छ । संस्थागत संरचनाको सुधार, जनशक्ति विकासमा काम गरिहेका छौं । हामी आफै नैतिक र अनुशासित बन्नुपर्छ भनेर हामीले आफ्नै आचारसंहिता बनाइरहेका छौं । यहि महिनाभित्र आचारसंहिता सार्वजनिक गर्नेछौं । बजार अनुगमन कार्यविधि बनाउँदैछौं । बजारको तह र मूल्य निर्धारण विधिको निर्देशिका तयार हुँदैछ । अत्यावश्यक बस्तुहरुको सूचि परिमार्जन गर्दैछौं । यी विषय सुधार भएपछि हाम्रो पद्धति राम्रो बन्नेछ । तपाईको शब्दमा वाणिज्य विभागसँग आचारसंहिता छैन । बजार अनुगमन कार्यविधि छैन । बजारको तह र मूल्य निर्धारण विधि छैन । यस्तो अवस्थामा तपाईहरुले गर्ने बजार अनुगमन र कारवाही सम्बन्धि निर्णय कसरी स्वच्छ हुनसक्छ ? हामीले निजामति कर्मचारीको आचारसंहिता पालना गरेका हुन्छौं । अनुगमनमा जाने अधिकृतहरुले लोभ लालच गर्न नहुने, अरुले दिएको उपहार स्वीकार गर्न नहुने भन्नेछ । हामीले नैतिकता र अनुशासनको बारेमा प्रशिक्षण दिएका छौं । अनुगमनमा जानुपूर्व सूचना दिने व्यवस्था पहिला रहेछ, अहिले त्यो हटाइएको छ । बजारमा पुगेपछि आफ्नो परिचय खुलाउनुपर्छ । नरम र सभ्य भाषामा कुराकानी गर्नुपर्छ । तर वाणिज्य विभागका कर्मचारीले घुस मागे भनेर व्यवसायीलाई कोट समाचार आउँछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य विभागको कर्मचारीलाई घुस खाँदाखाँदै पक्रेको छ । यसले त वाणिज्य विभागको कार्यशैलीप्रति प्रश्न र अविश्वास पैदा गरेन ? म वाणिज्य विभाग आउनुपूर्व के भएका थिए, त्यसबारे मैले जवाफ दिन सक्दिन । २०७६ मंसिरमा म वाणिज्य विभागमा आएपछिको जिम्मा लिन्छु । एक जना नासुलाई अख्तियारले पक्राउ गरेको छ, त्यसमा व्यक्ति जिम्मेवार देखिन्छ, संस्था होइन । म अहिले पनि भन्छु वाणिज्य विभागका कर्मचारीले व्यापारीसँग गलत काम गरे भने त्यसको सजाँय म भोग्न तयार छु । तर हालै मात्र एक व्यापारिक फर्ममाथि अनुगमन र कारवाही गर्दै गर्दा तपाईले प्रहरीको दुरुपयोग गर्नुभयो भनेर एसएसपी श्यामलाल ज्ञवालीले विभागलाई सघाउन खटाएको प्रहरी नै फिर्ता गरे । यस्तो अवस्था किन आयो त ? म अहिले यतिमात्र भन्छु, लकडाउन अवधिमा उपभोक्ता संरक्षणका काम गर्ने एउटा छुट्टै सेल बनाएका थियौं । त्यसमा निजामति र प्रहरी दुबै छन् । निरिक्षण अधिकृतले एक पटक कल गरेपछि प्रहरीले फलोअप कल गरेको हो । तर त्यसमा एसएसपीसावले बास्तविकता नबुझि प्रहरी फिर्ता गर्नुभयो । जसले कानुनको पालना नगरी व्यापार व्यवसाय गर्छ, कानुनले उसलाई अपराधी भन्छ । कानुनी रुपमा व्यवसाय गराउने क्रममा प्रहरीले एक कल फोन गर्नु गलत हो ? यसलाई त्यसरी लिनु हुदैथ्यो । यस विषयमा मैले गृहसचिवलाई भेटेर कुरा राखेको छु । प्रहरीको असहयोगपछि विभागले कसरी काम गर्छ ? म यसलाई असहयोग भन्दिन । हामीलाई आवश्यक पर्दा सम्बन्धित प्रहरी चौकीबाट सहयोग लिन्छौं । सीडीयो अफिसका कुरा गरेपछि हामीलाई आवश्यक ठाउँमा प्रहरी आएर सहयोग गर्छ, गरिरहेको छ । एसएसपी ज्ञवालीले तपाईमाथि लगाएको आरोप झूटो हो त ? उहाँको आरोप म स्वीकार गर्दिन । सहि पनि होइन । उहाँले मसँग परामर्श लिएर वा सिडियोसँग परामर्श लिएर फिर्ता लिनुपर्ने थियो । उहाँले स्वविवेकमा जे निर्णय गर्नुभयो, त्यो गलत छ । त्यो उहाँको अहमता हो । बाढी पहिरोको कारण जुन जिल्लामा सडक सम्बन्ध विच्छेद भएका छन्, त्यस क्षेत्रमा अत्यावश्यक बस्तुको आपूर्ति कसरी भईरहेको छ ? म हालका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा पनि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छु । त्यो सरकारी कम्पनीको तर्फबाट सिल्धुपाल्चोक, जाजरकोट, बाजुरा, बजाङ, दार्जुला लगायत जहाजबाट, खच्चडबाट वा बैकल्पिक मार्गबाट अत्यावश्यक बस्तु ढुवानी गरिरहेका छौं । वाणिज्य विभागको काम आयात निन्त्रण पनि हो । यसतर्फ कति काम भएको छ ? हामीले आन्तरिक उत्पादनलाई वृद्धिमा जोड दिएका छौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ग्रामिण क्षेत्रमा सामान पुर्याएर फर्कदा कृषि उत्पादनहरु बजारमा ल्याउने नीति लिएका छौं । त्यस्तै, सरकारले कृषि उपजहरुको समर्थन मूल्य तोकेको छ । त्यसको नतिजा आउँदै छ । दोस्रो हामीले तरकारी, फलफूल, खाद्य पदार्थकाे आयात हुँदा हरेक नाकामा गुणस्तर तथा विषादी जाँचको तयारी गर्दैछौं । प्रधानमन्त्री कार्यालयको समन्वयमा उद्योग वाणिज्य आपूर्ति मन्त्रालय, कृषि तथा पशु विकास मन्त्रालय र हामीले हरेक नाकामा फलफूल तथा तरकारीको गुणस्तर, विषादी जाँचको ल्याव स्थापना गर्ने तयारी गरिरहेका छौं । माघ महिनासम्म सबै नाकामा यस्तो ल्याव सञ्चालन गर्ने लक्ष्यसहित काम भईरहेको छ । त्यसपछि विषादीयुक्त वा अखाद्य बस्तु आयात राेकिने छ । आयात पनि कम हुनेछ । भिडियाे हेर्नुहाेस