उपत्यकामा ३२६ जना काेराेना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय २६ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ सय २६ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको २९३, ललितपुरको २० र भक्तपुरको १३ जना रहेको गौतमले बताए ।यससँगैं काठमाडौंमा ६ हजार ९ सय १७ ललितपुरका ९३९ र भक्तपुरमा ७२४ संक्रमित पुगेका छन्। आज देशभर ९७९ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ४७ हजार ३ सय २६ पुगेको छ ।
आज ९७९ काेराेना संक्रमित थपिए, ११ जनाकाे मृत्यु
काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ९७९ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४७ हजार २ सय ३६ जना पुगेको छ । हाल क्वारेन्टिनमा ४ हजार ७ सय ३९ जना रहेका छन् भने आजसम्म ७ लाख ७७ हजार ५ सय ६३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १७३६ जना निकाे भएसँगैं हालसम्म ३० हजार ६ सय ७७ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ११ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ३०० पुगेकाे छ ।
काठमाडौंका अधिकांश घर खाली, सस्तो भाडा दिँदा पनि भाडावाल नआएपछि घरबेटी तनावमा
काठमाडौं । कुनै दिन मोटो रकम दलाललाई खुबाएर काठमाडौंमा कोठा तथा फ्ल्याट खोजेको सबैलाई अनुभव नै छ । काठमाडौंमा दिनभर डुलेर पनि भाडामा बस्नको लागि कोठा तथा फ्ल्याट पाइन्थेन । सामान्य कोठाको पनि १० हजारदेखि लाखौं रुपैयाँसम्म तिरेर कोठा जसोतसो पाइन्थे । तर, अहिले माहोल ठ्याक्कै उल्टो बनेको छ । कुनै दिन कोठा पाइन्छ कि भनेर भाडावाल दिनभर काठमाडामौ खोज्न घुम्थे । तर, कोठा बिरलै पाइन्थे । पाइए पनि महँगो भाडा तिर्नु पर्ने बाध्यतन हुन्थ्यो । तर, अहिले त्यसको उल्टो अर्थात घरबेटीहरु आफै भाडामा बस्नेहरु खोजिरहेका छन् । सटर तथा अर्थात सडक पेटीमा कोठा भाडाका लागि सस्तै मूल्यका कोठाहरूकाे विज्ञापन अहिले सर्वत्र भेटिन्छन् । सस्तो मूल्यमा भनेर लेखिएक आकर्षक विज्ञापनहरु गर्दा पनि कोठा भाडामा बस्ने मानिस पाउन घरवेटीहरुलाई अहिले हम्मेहम्मे परेको छ । अहिले अधिकांश मानिसहरु काठमाडौं उपत्यका छोडेर घर फर्किसकेका छन् । देशमा लकडाउन हुँदाको समयमा मात्र करिब १८ लाख मानिसले उपत्यका छोडेका थिए । उनीहरु अहिले गाउँमै छन् । उनीहरुले तत्काल काठमाडौं आउने सुरसार बनाएका छैनन् । त्यसैले पनि अहिले काठमाडौंका अधिकांश घरहरु खाली नै छन् । घरवेटीहरुले पहिलेको भन्दा सस्तोमा कोठा भाडामा दिइरहेको भएपनि भाडावाल आउन छोडेको बताएका छन् । काठमाडौंको घट्टेकुलोमा घर भएका सुरेश महर्जनकाे अहिले तीन तले घरनै खाली छ । घरमा भाडामा बस्दै आएका विद्यार्थी र जागिर गर्दै आएकाहरु गाउँ फर्केपछि घर खाली नै रहेको उनी बताउँछन् । ‘पहिले एक फल्याटको २८ हजार रुपैयाँ भाडा लिन्थेँ, अहिले पुरै घरनै खाली भएपछि सस्तोमा दिन खाजेको छु, तर पनि कोही आउँदैनन, आम्दानी पनि छैन,’ उनले भने । देशमा लकडाउन भएपछि सम्पूर्ण आर्थिक गतिविधि बन्द नै भएपछि सबैले कोठा छोडेर घर गएको उनले बताए । अहिले काठमाडौंमै भएकाहरु पनि भाडा सस्तो पाइने भएपछि पूरानो कोठा तथा फल्याट छोडेर नयाँमा सर्न थालेका छन् । यस्तै, डेरावाल संघका अध्यक्ष बलबहादुर खनालका अनुसार उपत्यकाबाट बाहिरिएका १८ लाख मानिसमध्ये ८ लाख मानिस फर्केर आउने सोचमा छैनन् । ‘अहिलेको यो विषम परिस्थितीमा सबैको रोजिरोटी गुमिसकेको छ, घर फर्केकाहरुले गाउँमै आफ्नो व्यवस्था गरिसकेका छन्, अब उनीहरु उतै बस्छन्,’ उनले भने । संंघले पहिले नै ५० प्रतिशत भाडा छुट दिनु पर्छ भनेर आवाज उठाएको भएपनि अहिले भाडा तिर्न नसकेर कोठा तथा सटर नै छोड्नु पर्ने बाध्यता आएको उनको भनाई छ । ‘सबैले बाँच्नुपर्छ, भाडा समायोजन गर्नुपर्छ भन्ने हाम्रो भनाई थियो, हाम्रो आवाज कसैले सुनेनन्,अहिले सबैलाई समस्या आइरहेको छ, ५० प्रतिशत छुट दिएको भएपनि केही समस्या समाधान हुन्थ्यो, यस्तो अवस्था आउँथेन,’ उनले भने । यही अवस्था भए काठमाडौं मात्र नभएर सम्पूर्ण सम्पूर्ण शहरहरु आर्थिक गतिविधिबाट शून्य हुने उनको भनाई छ । ‘पैसाको स्रोत बाहिरबाट आएका मानिसहरु हुन्, उनलाई मनाउन सक्नुपर्छ, उनीहरु भएनन् भने आर्थिक गतिविधि बन्द हुन्छ, यसमा सबैले सोच्न आवश्यक छ,’ उनले भने । कोठामा भाडामा बस्ने मात्र होइन अहिले काठमाडौंमा व्यापार व्यवसाय गर्दै आएकाहरुको समस्या पनि एउटै छ । उपत्यकाका करिब ३० देखि ३५ प्रतिशत पसल तथा व्यापार व्यवसाय खाली हुँदै गएको नेपाल राष्ट्रिय व्यवसायी महासंघले बताएका छ । उपत्यकाका प्रमुख व्यापारिक केन्द्र मानिने न्युरोड, सुन्धारा, बानेश्वर, चाबहिललगायत क्षेत्रका अधिकाश सटर तथा पसल खाली भएको महासंघले बताएको छ । व्यवसायीले निषेधाज्ञामा व्यवसाय ठप्प भएपछि भाडा तिर्न नसकेर कोठा छोड्न बाध्य भएका हुन् ।
‘अब अति भयो, समयलाई बुझौं, संसारलाई नियालौं र काम गरौं’
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले हाल जारी रहेको निषेधाज्ञाबारे पुर्नविचार गर्न आग्रह गरेको छ । सरकारले जारी गरेको निषेधाज्ञाको अवधि थप्दै जाँदा विकट स्थिति आउन सक्ने भन्दै नाडाले यसबारे पुर्नविचार गर्न सरकारसमक्ष आग्रह गरेको हो । सरकारले संक्रमणबाट बच्ने सुरक्षात्मक उपायहरुको कडाइकासाथ पालन गराउँदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनु पर्छ भन्ने नाणाको धारणा छ । अब जनता स्वयं नै आफनो दुःख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना प्रवल हुँदै गएकोले नाडाले उक्त धारणा राखेको हो । विश्वव्यापी रुपमा विश्वमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट जनतालाई बचाउन सरकारले २०७७ भदौ ४ गतेदेखि लागु हुनेगरी राजधानी लगायत देशका विभिन्न भागहरुमा निषेधाज्ञा जारी गरेको छ । र, देशमा बढ्दो कोरोना संक्रमणलाई दृष्टिगत गरी सरकारले यो निषेधाज्ञाको अवधि अझ थप गर्दे लैजाने अवस्था देखिएको छ । ‘यो कोरोना संक्रमणका विषयमा विश्वमा आवश्यक अध्ययन र अनुसन्धान भई रहेको तर सत्य तथ्य यहि नै हो भन्ने निश्चित अवस्था नभएको सन्दर्भमा विभिन्न मुलुकहरुले आ आफ्नै ढङ्गबाट कोरोना संक्रमण रोकथामका लागि विभिन्न प्रकृयाहरुको अवलम्बन गरिरहेको देखिन्छ । दक्षिण पूर्वी एशियाका केहि देशहरुले लकडाउन नै नगरी संक्रमण रोकथामका उपायहरुको अवलम्बन गरिरहेको पनि देखिएको छ । उच्च गतिमा संक्रमण बढीरहेको भनिएको अमेरिका जस्तो मुलुकहरुमा पनि लकडाउन नगरिएको सन्दर्भमा लक डाउन नै संक्रमण रोकथामको एक मात्र उपाय हो भन्ने आधार देखिदैन । यहि तथ्यहरुलाई मनन् गरी सरकारले पनि निषेधाज्ञाका सन्दर्भमा पुर्नविचार गर्नु पर्ने देखिन्छ ।’ नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले प्रतिकृया दिए । ‘लकडाउनले देशको अर्थतन्त्रलाई धरासायी बनाउने मात्र नभई बेरोजगारीको भयावह समस्या समेत उत्पन्न गरिरहेको छ । यसलाई सरकारले सम्बोधन गर्न नसकिरहेको अवस्थामा निषेधाज्ञाको अवधि थपिदै जादा समस्या अरु भयावह हुने निश्चित नै छ । आजको दिनमा लकडाउनका कारण अटोमोवाइल व्यवसायीहरु पनि ठूलो मारमा परेका छन् र उनीहरुलाई आफनो उद्योग व्यवसायबाट नै बन्चित हुनु पर्ने दारुण अवस्था सिर्जना भएको छ । अब अति भयो, समयलाई बुझौं, संसारलाई नियालौं र अब काम गरौं ।’, नाडाले जनाएको छ ।
प्रोग्रेशिभ फाइनान्सकाे हेटौंडामा शाखा कार्यालय सञ्चालन
काठमाडाैं । प्रोग्रेशिभ फाइनान्स ले वाग्मती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नं २ मा आठौं शाखा कार्यालयका रुपमा साेमबारदेखि कारोबार सञ्चालन गरेको छ । देशका प्रमुख शहरहरुमा शाखा स्थापना गरी सरल तथा सहज वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप यो शाखा कार्यालय स्थापना गरिएको फाइनान्सले जनाएकाे छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाइँले कोभिड-१९ को महामारीका बीच स्थापना गरिएको यस नयाँ शाखाले हेटौंडा उपमहानगरपालिका सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमै गई उच्चतम प्रविधि उपयोग गरी वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, कनेक्ट आइपीएस, सी आस्वा लगायतका डीजीटल बैकिङ सम्बन्धी सेवाहरुको उपलब्धता रहेको प्रोग्रेशिभ फाइनान्सले छिटै शाखा रहित बैकिङ सेवा संचालन गर्ने योजना अघि बढाएको जनाएकाे छ । कुल ८० करोड १ लाख चुक्ता पुँजी रहेको यस वित्तीय संस्थाले हाल ७ वटा शाखा कार्यालय तथा ४ वटा एक्सटेन्शन कार्यालयहरुमार्फत आफ्ना सेवा तथा सुविधाहरु प्रवाह गरिरहेको छ ।
सम्झौता भएकाे ८ महिना बितिसक्दा पनि उखु किसानले पाएनन् २४ करोड
सर्लाही । किसानले उखु बिक्री गरेबापत करिब रु २४ करोड अझै भुक्तानी नगरेको पाइएको छ । जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले जनाएको छ । उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाडौंमा आन्दोलन गरेका उखु किसान र सरकारबीच दुई महिनाभित्र भुक्तानी गर्ने सम्झौता भएको थियो । पुस १८ मा सम्झौता भएपछि केही उद्योगले भुक्तानी शुरु गरे पनि अन्नपूर्ण चिनी मिलले दिएका छैनन् । पटकपटक सङ्घर्ष गर्दा पनि सो उद्योगले उखु बेचेका किसानको तीन÷चार वर्षदेखिको भुक्तानी भुक्तानी अझैसम्म नगरेको किसानको गुनासो छ । लामो समयसम्म बक्यौता रकम भुक्तानी नभएपछि अब आशा गर्न छाडेको धनकौल गाउँपालिका महिनाथपुरका किसान रामप्रताप महतोले बताए । आफूहरु काठमाडौँ गएर धर्नामा बस्दा किसानको भुक्तानी दिलाउन केही चासो देखाए जस्तो गरेको सरकारले त्यसपछि वास्ता नगरेको उनको आरोप छ । विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध सरकारले जारी गरेको निषेधाज्ञाका कारण अन्य काम पनि रोकिएका छन् । उखुको भुक्तानी आउला र घर व्यवहार चलाउने भन्ने आश गरेका सो क्षेत्रका किसान अहिले निराश भएका छन् । विगतका वर्षको भुक्तानी दिन नसकेर गत वर्ष मुख्य सिजनमा पनि अन्नपूर्ण चिनी मिल सञ्चालन हुन सकेन् । जति प्रयास गर्दा पनि भुक्तानी नदिएर ती उद्योगले किसानलाई निराश बनाएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए । अध्यक्ष मैनालीका अनुसार उद्योगले तीन/चार वर्षदेखिको करिब २४ करोड रकम उखु उत्पादक किसानको भुक्तानी गर्न बाँकी रहेको छ । रासस
रिलायन्स लाइफको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार हुने, ओपनिङ् रेञ्ज कति ?
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको २ कराेड १० लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड गरेको सो मात्राको सेयर आज (भदौ २२ गते) सोमबार नेप्सेमा सूचीकृत भएको हो । उक्त समझदारी पत्रमा रिलायन्स लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका हुन् । यससँगै कम्पनीको उक्त सेयर मंगलबार(भदौ २३ गते)देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल आरएलआई दिइएको छ । यससँगै पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम १०७.५९ रुपैयाँ र ३२२.७७ रुपैयाँ तोकेको छ । रिलायन्स लाइफले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्न, शेयर दाखिल खारेज गर्न, नामसारी गर्न लगायतका सेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही गर्न सनराईज क्यापिटललाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको छ । बीमा समितिबाट पछिल्लो समय इजाजतप्राप्त १० नयाँ जीवन बीमा कम्पनीहरु मध्ये सर्वसाधारणमा सेयर सार्वजनिक निष्काशन गर्ने रिलायन्स लाइफ पहिलो कम्पनी हो ।
नेकपा स्थायी कमिटीको बैठक भदौ २६ गते बस्ने
काठमाडाैं । गत साउन १३ गतेदेखि स्थगित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक यही भदौ २६ गते बस्ने भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा महासचिव विष्णु पौडेलसहित भएको छलफलमा स्थायी कमिटी बैठक बोलाउने सहमति भएको नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे यही भदौ १८ गतेको सचिवालय बैठकमा छलफल भएको थियो भने त्यसलाई प्रस्तावका रुपमा स्थायी कमिटीको बैठकमा पेश गर्न लागिएको हो । गत साउन ३० मा भएको छलफलबाट महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले यही भदौ ६ गते अध्यक्षद्वयलाई आफ्नो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा प्रधानमन्त्री ओलीले सरकारको काममा केन्द्रित भई बाँकी कार्यकाल पूरा गर्ने र अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षमा आफूलाई केन्द्रित गर्ने, मन्त्रिपरिषद्मा आवश्यकतानुसार हेरफेर गर्ने, तोकिएको समयमा महाधिवेशन गर्ने, एकताका बाँकी काम शीघ्र पूरा गर्नेलगायत सुझाव छन् । नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएपछि कार्यदल गठन गरिएको थियो ।