काठमाडौंका अधिकांश घर खाली, सस्तो भाडा दिँदा पनि भाडावाल नआएपछि घरबेटी तनावमा

<p>काठमाडौं । कुनै दिन मोटो रकम दलाललाई खुबाएर काठमाडौंमा कोठा तथा फ्ल्याट खोजेको सबैलाई अनुभव नै छ ।  काठमाडौंमा दिनभर डुलेर पनि भाडामा बस्नको लागि कोठा तथा फ्ल्याट पाइन्थेन । सामान्य कोठाको पनि १० हजारदेखि लाखौं रुपैयाँसम्म तिरेर कोठा जसोतसो पाइन्थे । तर, अहिले माहोल ठ्याक्कै उल्टो बनेको छ । कुनै दिन कोठा पाइन्छ कि [&hellip;]</p>

काठमाडौं । कुनै दिन मोटो रकम दलाललाई खुबाएर काठमाडौंमा कोठा तथा फ्ल्याट खोजेको सबैलाई अनुभव नै छ ।  काठमाडौंमा दिनभर डुलेर पनि भाडामा बस्नको लागि कोठा तथा फ्ल्याट पाइन्थेन । सामान्य कोठाको पनि १० हजारदेखि लाखौं रुपैयाँसम्म तिरेर कोठा जसोतसो पाइन्थे ।

तर, अहिले माहोल ठ्याक्कै उल्टो बनेको छ । कुनै दिन कोठा पाइन्छ कि भनेर भाडावाल दिनभर काठमाडामौ खोज्न घुम्थे । तर, कोठा बिरलै पाइन्थे । पाइए पनि महँगो भाडा तिर्नु पर्ने बाध्यतन हुन्थ्यो । तर, अहिले त्यसको उल्टो अर्थात घरबेटीहरु आफै भाडामा बस्नेहरु खोजिरहेका छन् ।

सटर तथा अर्थात सडक पेटीमा कोठा भाडाका लागि सस्तै मूल्यका कोठाहरूकाे विज्ञापन अहिले सर्वत्र भेटिन्छन् । सस्तो मूल्यमा भनेर लेखिएक आकर्षक विज्ञापनहरु गर्दा पनि कोठा भाडामा बस्ने मानिस पाउन घरवेटीहरुलाई अहिले हम्मेहम्मे परेको छ ।

अहिले अधिकांश मानिसहरु काठमाडौं उपत्यका छोडेर घर फर्किसकेका छन् । देशमा लकडाउन हुँदाको समयमा मात्र करिब १८ लाख मानिसले उपत्यका छोडेका थिए । उनीहरु अहिले गाउँमै छन् । उनीहरुले तत्काल काठमाडौं आउने सुरसार बनाएका छैनन् ।

त्यसैले पनि अहिले काठमाडौंका अधिकांश घरहरु खाली नै छन् । घरवेटीहरुले पहिलेको भन्दा सस्तोमा कोठा भाडामा दिइरहेको भएपनि भाडावाल आउन छोडेको बताएका छन् ।

काठमाडौंको घट्टेकुलोमा घर भएका सुरेश महर्जनकाे अहिले तीन तले घरनै खाली छ । घरमा भाडामा बस्दै आएका विद्यार्थी र जागिर गर्दै आएकाहरु गाउँ फर्केपछि घर खाली नै रहेको उनी बताउँछन् । ‘पहिले एक फल्याटको २८ हजार रुपैयाँ भाडा लिन्थेँ, अहिले पुरै घरनै खाली भएपछि सस्तोमा दिन खाजेको छु, तर पनि कोही आउँदैनन, आम्दानी पनि छैन,’ उनले भने ।

देशमा लकडाउन भएपछि सम्पूर्ण आर्थिक गतिविधि बन्द नै भएपछि सबैले कोठा छोडेर घर गएको उनले बताए । अहिले काठमाडौंमै भएकाहरु पनि भाडा सस्तो पाइने भएपछि पूरानो कोठा तथा फल्याट छोडेर नयाँमा सर्न थालेका छन् ।

यस्तै, डेरावाल संघका अध्यक्ष बलबहादुर खनालका अनुसार उपत्यकाबाट बाहिरिएका १८ लाख मानिसमध्ये ८ लाख मानिस फर्केर आउने सोचमा छैनन् । ‘अहिलेको यो विषम परिस्थितीमा सबैको रोजिरोटी गुमिसकेको छ, घर फर्केकाहरुले गाउँमै आफ्नो व्यवस्था गरिसकेका छन्, अब उनीहरु उतै बस्छन्,’ उनले भने ।

संंघले पहिले नै ५० प्रतिशत भाडा छुट दिनु पर्छ भनेर आवाज उठाएको भएपनि अहिले भाडा तिर्न नसकेर कोठा तथा सटर नै छोड्नु पर्ने बाध्यता आएको उनको भनाई छ ।

‘सबैले बाँच्नुपर्छ, भाडा समायोजन गर्नुपर्छ भन्ने हाम्रो भनाई थियो, हाम्रो आवाज कसैले सुनेनन्,अहिले सबैलाई समस्या आइरहेको छ, ५० प्रतिशत छुट दिएको भएपनि केही समस्या समाधान हुन्थ्यो, यस्तो अवस्था आउँथेन,’ उनले भने ।

यही अवस्था भए काठमाडौं मात्र नभएर सम्पूर्ण सम्पूर्ण शहरहरु आर्थिक गतिविधिबाट शून्य हुने उनको भनाई छ । ‘पैसाको स्रोत बाहिरबाट आएका मानिसहरु हुन्, उनलाई मनाउन सक्नुपर्छ, उनीहरु भएनन् भने आर्थिक गतिविधि बन्द हुन्छ, यसमा सबैले सोच्न आवश्यक छ,’ उनले भने ।

कोठामा भाडामा बस्ने मात्र होइन अहिले काठमाडौंमा व्यापार व्यवसाय गर्दै आएकाहरुको समस्या पनि एउटै छ । उपत्यकाका करिब ३० देखि ३५ प्रतिशत पसल तथा व्यापार व्यवसाय खाली हुँदै गएको नेपाल राष्ट्रिय व्यवसायी महासंघले बताएका छ ।

उपत्यकाका प्रमुख व्यापारिक केन्द्र मानिने न्युरोड, सुन्धारा, बानेश्वर, चाबहिललगायत क्षेत्रका अधिकाश सटर तथा पसल खाली भएको महासंघले बताएको छ । व्यवसायीले निषेधाज्ञामा व्यवसाय ठप्प भएपछि भाडा तिर्न नसकेर कोठा छोड्न बाध्य भएका हुन् ।

Share News