विकासन्युज

फेरि बढ्याे सुनको मूल्य

काठमाडौं । बिहिबार सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँले बढेकाे छ । बुधबार प्रतितोला ९६ हजार ४ सयमा कारोबार भएको सुन बिहिबार बढेर प्रतितोला ९६ हजार ८ सय रूपैयाँमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेको छ । बुधबार ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन बिहिबार ४ सय रुपैयाँ बढी अर्थात ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदीको मूल्य १० रुपैयाँले बढेर एक हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिन अर्थात बुधबार १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

बाढीले क्षति भएकाे सालझण्डी–ढोरपाटन सडक फेरी बनाउन ६० करोड खर्च लाग्ने

गलकोट । जिल्लाको ढोरपाटन नगरपालिकामा भदौ १७ गते राती आएको बाढीले राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक खण्डमा ठूलो क्षति पु¥याएको छ । नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटनको देउराली नजिकै सुर्तिवाङमा खसेको पहिरोले खोला थुनिएर अचानक फुटे पछि भूजीखोलाको बाढीले वडा नम्बर ५, ६, ७, ८ र ९ का तटीय बस्तीमा क्षति पु¥याउनुका साथै करिब १० किलोमिटर सडक बगाएको छ । बाढीले सबैभन्दा बढी ढोरपाटन नगरपालिका–९ मा ठूलो जनधनको क्षति गरेको छ । बाढीले भूजीखोलाको किनाराबाट गएको सालझण्डी–ढोरपाटन सडकसहित ११ लघुजलविद्युत् आयोजना, २ विद्यालय, एक स्वास्थ्य चौकी र ११ झोलुङ्गे पुल बगाएको ढोरपाटन नगरपालिकाले जनाएको छ । ढोरपाटनको बाढीले सडक बगाउँदा उद्दार र राहतमा समेत सकस भएको छ । जिल्ला सदरमुकामदेखि करिब १२१ किलोमिटरको दूरीमा रहेको बाढीग्रस्त क्षेत्रमा राहत पु¥याउन नसक्दा प्राप्त राहत पनि बुर्तिवाङमै थन्किएको छ । ढोरपाटन नगरपालिका–७ दोगाडीबाट अबरुद्ध भएको सडक बोबाङ गाउँ बाहेक बाढीले बगाएको शुरुको गाउँद्वारसम्मको सडक ठाउँ–ठाउँमा बगाएको छ । सडक भएको स्थानमा भूजीखोलाको बाढी आए पछि दुई किलोमिटर पैदल मार्गसमेत छैन । सालझण्डी ढोरपाटन सडक आयोजनासँगको सहकार्यमा तत्कालै सडक खुलाउने गरी काम तीव्ररुपमा भइरहेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले जानकारी दिए । “धेरै ठाउँमा बाढीले सडक बगाएको छ, भूजीखोलाको तिरैतिर सडक भएका कारण खोलाले अधिकांश सडक कटान गरेको हो”, नगर प्रमुख नेपालीले भने “तत्कालै बाढीग्रस्त क्षेत्रमा सडक पु¥याउन असम्भव रहे पनि सडक सञ्चालन प्रयास जारी छ, तीन वटा डोजरले काम गरिरहेको छ ।” तीन दिनदेखि निरन्तरको प्रयासमा बोबाङको ढोकड गाउँमा यातायात पुग्नेगरी सडक सञ्चालन गरिएको छ । अबरुद्ध सडक खुलाउन सालझण्डी ढोरपाटन सडक आयोजनाले पनि अग्रसरता लिएको छ । आयोजनाले २१ गते स्थलगत अनुगमन गरी सडक मर्मतका लागि स्थानीय तह र जनप्रतिनिधिको रोहबरमा निर्माण कम्पनीलाई जिम्मा दिएको छ । बोबाङ गाउँदेखि माथी भूजीखोलाले पहाडको कुना सम्मै करिब १० किलोमिटर सडक बगाएका कारण ट्रयाक खोल्नै समस्या हुने देखिएको सडकको स्थलगत अनुगमनका लागि ढोरपाटन पुगेका सालझण्डी ढोरपाटन सडक आयोजनाका इञ्जिनियर सुरेश चौधरीले जानकारी दिए । सरकारको प्राथमिकरणको आयोजना मध्येको एक सालझण्डी ढोरपाटन सडक जतिसक्दो छिटो खुलाउनका लागि स्थलगत अनुगमनबाट लागत स्टिमेट तयार गरि काम थालिएको आयोजना कार्यालय सन्धिखर्क अर्घाखाचीका आयोजना प्रमुख जयलाल मरासिनीले बताए । “आयोजनाले सडक बगाएको खबर पाउँदा साथ आयोजनाका प्राविधिकलाई स्थलगत निरीक्षण गरी लागत अनुमान निकाल्न पठाएको थिए” मरासिनीले भने “विस्तृत लागत अनुमान बन्दैछ, हामीले सडक विभाग हुँदै अर्थ मन्त्रालयमा सडकमा पु¥याएको क्षतिको जानकारी गराएका छौं ।” मरासिनीका अनुसार, तत्कालै साना सवारी ढोरपाटनको देउराली पु¥याउनका लागि रु पाँच करोड लागत अनुमान गरेको भए पनि पुरानै अवस्थामा सडक फर्काउनका लागि झण्डै रु ६० करोड खर्च लाग्ने प्रारम्भिक अध्ययनका क्रममा देखिएको छ । भूजीखोला बाढी पश्चात धार परिवर्तन गरेका कारण सर्वप्रथम नदीलाई पुरानै अवस्थामा फर्काएर सडक निर्माण गर्न आवश्यक रहेको छ । बाढीले ठूला–ठूला ढुङ्गा बगाएर सडकमा ल्याएको र कुनै स्थानमा चट्टान कटान गर्नुपर्ने भएकाले सडक सञ्चालन कठिन भएको हो । सामान्य ट्रयाक खोलेर राहत सामाग्री लैजाने गरी सोमबारदेखी काम थालिएको हो । सडक सञ्चालन गर्न नगरपालिकाले समेत आफ्नो डोजर खटाएको छ । सडक आयोजनाले थप डोजर परिचालन समेत गर्ने तयारीमा छ । आयोजनाले २० देखि २५ दिन भित्रमा ट्रयाक खोल्ने कार्य सम्पन्न गर्ने बताएको छ । रासस

अब दमाैलीमा ‘नो हर्न, नो ओभरटेक’

दमाैली । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बुधबारदेखि दमौली बजारमा हर्न बजाउन र ओभरटेक गर्न निषेध गरेको छ । दमौली बजारभित्र तीव्र गतिमा सवारी चलाउने क्रम बढेपछि ट्राफिक प्रहरी कार्यालयले ‘नो हर्न र नो ओभरटेक’ को अवधारणा ल्याएको हो । अनावश्यक रुपमा हर्न बजाउने र ओभरटेक गर्ने प्रवृत्तिले दुर्घटना बढाएकाले दुर्घटना न्यूनीकरणका लागि यो अभियान शुरु गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम रानाभाटले जानकारी दिए । “तीव्र गतिमा सवारी हाँक्दा दुर्घटनाको जोखिम र अनावश्यक रुपमा हर्न बजाउँदा कोलाहल हुने भएकाले यो अभियान शुरु गरेका हौ”, उनले भने, “शुरु शुरुमा सवारी चालकलाई यसबारेमा जानकारी गराउने र अटेरी गर्नेलाई कानून बमोजिम कारवाही गर्छौ ।” प्रहरीको यो अभियानलाई तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाईले साथ दिएको छ । एकाईले प्रहरीलाई सचेतनामूलक चार वटा सङ्केत सामग्री हस्तान्तरण गरेको छ । सङ्केत सामग्रीमा तीव्र गतिमा सवारी नचलाऔँ, ओभरटेक नगराैँ र हर्न नबजाऔँ भन्ने सचेतनामूलक सन्देश राखिएको छ । दमौली बजार क्षेत्रको सवारी व्यवस्थापनका लागि एकाईले विगतदेखि नै प्रहरीलाई सहयोग गर्दै आइरहेको एकाई सभापति राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार एकाईले सहयोग गरेको उक्त सङ्केत सामग्री दमौली बजार प्रवेश गर्ने बुल्दी र मादी पुलमा राखिनेछ । त्यसका साथै भोर्लेटार चोक र जिल्ला प्रहरी कार्यालय अगाडी पनि उक्त सामग्री राखिने श्रेष्ठले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलले सवारी व्यवस्थापनका लागि सामाजिक सङ्घसंस्थाको सहयोग सकारात्मक रहेको बताए । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष मानकाजी श्रेष्ठले प्रहरीसँग हातेमालो गर्दै सामाजिक क्षेत्रका काममा सहयोग गर्न व्यवसायी तयार रहेको बताए । रासस

बनेपामा गर्भवती र सुत्केरीलाई निःशुल्क कोभिड–१९ बीमा

काभ्रेपलाञ्चोक । कोरोना भाइरस् सङ्क्रमणको जोखिम बढिरहेका बेला काभ्रेलाञ्चोकको बनेपा नगरपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोभिड–१९ बीमा थालिएको छ । नगरले ‘उपप्रमुखसँग महिला कार्यक्रम’अन्तर्गत उक्त अभियान शुरु गरेको हो । नगर उप्रमुख रेखा दाहाल सापकोटाले बुधबार एक कार्यक्रमकाबीच बीमा कम्पनीसँग सम्झौता गरेलगत्तै अभियानको शुरुआत गरेका छन् । “बीमाले स्वास्थ्य जोखिममा रहेका महिलाको हौसला थपिएको छ, यसले आर्थिक अवस्था कमजोर भएका महिलाको मनोबल उच्च राख्नेछ”, उनले भने । उनले कार्यक्रमको शुरुआतसँगै दुवै समूहका ५१ महिलालाई कोभिड–१९ बीमालेख हस्तान्तरण गरेका हुन् । सापकोटाका अनुसार हाल नगरका गर्भवती तथा डेढ महिनाको सुत्केरी महिला बीमा कार्यक्रममा अट्नेछन् । उनले नगरभित्रका दुवै समूहका ४०० महिलाको निःशुल्क कोभिड–१९ बीमा गरिने जानकारी दिए । “उपप्रमुखसँग महिला कार्यक्रमअन्तर्गत यस वर्ष यही बीमा हो”, उनले भने । उनका अनुसार नगरका १४ वडामा हालसम्म पहिचान भएका २३५ गर्भवती र १६५ डेढ महिनाका सुत्केरीको पहिलो चरणमा निःशुल्क कोभिड–१९ बीमा गरिनेछ । प्रिमियम रकममा ५० प्रतिशत छुटमा रु एक लाखको बीमा हुने जनाइएको छ । सङ्क्रमणको जोखिम बढिरहेको वर्तमान अवस्थामा गर्भवती र सुत्केरीको निःशुल्क कोरोना बीमा गर्ने निर्णय गरिएको नगरप्रमुख लक्ष्मीनरसिं वादेले बताए । उनले भने, “बीमाले महिलामा रोगसँग लड्ने मानसिकताको थप विकास हुने अपेक्षा गरेका छौँ ।” उनका अनुसार हाल नगरमा सक्रिय सङ्क्रमित महिला ४० र ६६ पुरुष रहेका छन् । यसअघि नगरले जनप्रतिनिधि र कर्मचारीको बीमा गरिसकेको जनाएको छ । पाँचखाल नपा–४ का वडाध्यक्ष सुन्दर लामाले साताअघि एकल महिलाको आफैले निःशुल्क कोभिड–१९ बीमाको प्रक्रिया थालेका छन् । लामाले आफ्नो क्षेत्रमा पहिचान भएका १२८ एकल महिलाको निःशुल्क कोभिड–१९ बीमा गरिरहेको बताए । “प्रिमियम रकममा ५० प्रतिशत छुटमा उनीहरुको बीमा गर्न लागेको हुँ”, उनले भने । रासस

निजीको हस्तक्षेपपछि पीसीआर परीक्षणको शुल्क घट्यो, सरकारको कालोबजारी कायमै

काठमाडौं । बजारमा हुन सक्ने कार्टेलिङ, कालोबजारी जस्ता उपभोक्त हित विपरितका कार्य रोक्ने र त्यस्तो गर्नेलाई कानुनी कारवाही गर्ने सरकारी निकाय आफै कालोबजारीमा लागेका छन् । सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै सर्वसाधारणलाई लकडाउन र निषेधाज्ञाको रुपमा घरभित्रै नजरबन्दमा राखेर कालोबजार मच्चाएको पुष्टी भएको हो । सरकारले खरिद गर्ने स्वास्थ्य सामग्री सप्लायरसँगको अस्वभाविक मिलेमतोमा महंगो किन्ने गरिएको तथ्य सार्वजनिक भएपनि अहिले पनि पीसीआर परीक्षणमा पनि सरकारले कालोबजारी गरेको पाइएको छ । गएका आइतबार सरकारले कोरोना भाइरस (कोभिड १९) पहिचानका लागि पीसीआर परीक्षणको शुल्क घटाएर ४ हजार रुपैयाँ बनाएको छ । यसअघि पीसीआर परीक्षण शुल्क ५ हजार ५ सय रहेको थियो । यस्तो शुल्कमा पनि १० प्रतिशत सेवा शुल्क थपेर ६ हजार ५० रुपैंयाँ तिर्नुपर्ने सरकारी भनाइ थियो । महामारीको बेलामा मौकाछोपी सरकारले कालोबजारी गरेको अहिले पुष्टी भएको छ । सुरुमा एउटै परीक्षणको लागि ४० हजार रुपैयाँ खर्च सरकारले देखाएको देखाएको थियो । तर, अहिले त्यही परीक्षण निजी ल्यावले २ हजार ५ सय रुपैयाँमा गर्न थालेका छन् । नेपालमा पहिलो पीसीआर परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा माघ ६ गते भएको थियो । नेपालमा प्रारम्भिक जाँच गरी थप निदानका लागि सो नमुना विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को हङकङस्थित कोलाबोरेटिङ सेन्टरमा पठाइएको थियो । सेन्टरले माघ १० गते बिहीबार प्रयोगशाला परीक्षणको रिपोर्ट पठाएपछि स्वास्थ्य मन्त्रालयले माघ ११ गते शुक्रबार पत्रकार सम्मेलन गरी संक्रमण पुष्टी भएको जानकारी दिएको थियो । सो परीक्षणको लागि ३५ देखि ४० हजार खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ । पहिलो पटक तोकियो ६ हजार ५० रुपैैयाँ सरकारले पीसीआर परीक्षण शुल्कको विषयमा धेरै बहस भएपछि प्रथम पटक गत जेठमा निजी ल्यावलाई परीक्षण गर्न दिने गरी ५ हजार ५ सय रुपैयाँ शुल्क तोक्यो । त्यसमा १० प्रतिशत सेवा शुल्क जोडेर पीसीआर परीक्षण शुल्क ६ हजार ५० रुपैयाँ तोकेको थियो । भदौ १४ गतेदेखि परीक्षण शुल्क ४ हजार भदौ १४ गतेदेखि लागू हुने गरी पीसीआरको नयाँ शुल्क तोकिएको छ । सरकारले सेवा शुल्कसहित ४ हजार रुपैयाँ लिन पाउँने र आफ्नोमा परीक्षण नभएको र स्वाब संकलन गरेर पठाउनु परेको अवस्थामा ४ हजार ४ सय रुपैयाँ शुल्क तोकेको छ । सरकारलाई निजी क्षेत्रले लगाम लगायो सरकारले जेठमा निजी ल्यावहरुलाई पनि पीसीआर परीक्षणको अनुमति दिदै शुल्क ६ हजार ५० रुपैयाँ तोकेको थियो । तर, निजी ल्यावहरुले सरकारले तोकेकोभन्दा सस्तो अर्थात ४ हजार रुपैयाँमा पीसीआर परीक्षण गर्न थालेपछि सरकार शुल्क घटाउन वाध्य भएको हो । स्टार हस्पिटलका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन पीसीआरको मुल्य घट्नुको पछाडि निजी ल्याबहरुको भूमिका भएको बताउँछन् । ‘प्राइभेट ल्याबहरुले कर्पाेरेट व्यक्तिहरुलाई तार्गेट गरेर कम शुल्कमा पीसीआर परीक्षण गर्न थाले, यसमा प्रतिस्पर्धाले पनि काम गर्यो, सरकारले तोकेभन्दा सस्तो मूल्यमा निजी ल्यावहरुले पीसीआर परीक्षण गरेका छन्,’ महर्जनले भने । हाल नेपालमा ४७ वटा ल्याब तथा अस्पतालहरुले पिसिआर परीक्षण गरिरहेका छन् जसमा सरकारी ३४ वटा र १२ वटा निजि परीक्षण ल्याब रहेका छन् । सरकारले पीसीआर परीक्षण शुल्क ४ हजार तोकिरहँदा नेपालगंजस्थित भेरी अस्पतालले भने २२ सयमै पीसीआर परीक्षण गराइरहेको , जुन सरकारले तोकेको भन्दा १ हजार ८ सय रुपैयाँ सस्तो हो । काठमाडौं उपत्यकामा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालले भने प्रतिव्यक्ति २ हजार ५ सय ९९ रुपैैयाँ तोकेको छ जुन शुल्क सरकारले तोकेको शुल्कभन्दा १ हजार ४ सय १ रुपैयाँ सस्तो हो । अस्पतालले भदौ २२ गते सोमबारबाट लागू हुने गरी परीक्षण शुल्क कम गर्दै तोेकेको अस्पतालका प्रवक्ता दिपक बस्नेतले जानकारी दिए । शुल्क घटाउन छलफल गर्दै सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पीसीआर परीक्षण शुल्क अझ घटाउने विषयमा छलफल भइरहेको बताए । शुल्क कति घट्ने तय नभएपनि शुल्क घट्ने तयारी भइरहेको उनले जानकारी दिए । ‘पीसीआर परीक्षणको सामानहरु बजारमा पहिलाको भन्दा धेरै सस्तो भएर आएको छ, जसको कारण पनि परीक्षण शुल्कहरु घट्ने क्रममा छ । निजी अस्पतालहरुले पनि यही कारण शुल्क कम लिएको हुनुुपर्छ,’ प्रवक्ता गौतमले भने । महामारी सुरु हुने समयमा किनेका सामानहरु स्टकमा भएको कारण पनि सरकारी शुल्क एकैपटक घट्न नसकेको गौतमको भनाई छ । ‘सामानहरु स्टकमा हुनेले शुल्क छटाउन गाह्रो भइरहेको छ, नयाँ किन्नेहरुको लागि अहिले सामानहरु धेरै सस्तिएको छ,’ गौतमले भने । २२ सयमा परीक्षण गर्दै भेरी अस्पताल यस अगाडि सरकारले तोकेको मुल्यमा कोरोनाका लक्षण भएका तथा कन्ट्याक ट्रेसिङमा परेकाहरुको निःशुल्क पीसीआर संचालन गरिरहेको भेरी अस्पतालले रोग लागेको कारणभन्दा पनि व्यक्तिगत प्रयोजनको लागि मानिसहरु धेरै आउन थालेको कारण शुल्क घटाएको बताउँछ । व्यक्तिगत प्रयोजनको लागि शुल्क सस्तो भएपछि निशुल्क कोरोना परीक्षण गर्ने व्यक्तिहरुको चाप घटेको र मानिसहरु काम परेको अवस्थामा मात्र परीक्षणको लागि आउन थालेको अस्पतालका निर्देशक डा. प्रकाश थापाले जानकारी दिए । उनले २२ सयमा कोरोना परीक्षण गराउँदा आफुहरुको खर्च मात्र उठ्ने उनले बताए । त्यसमा पनि सरकारको तर्फबाट रिऐजेन्ट किट र आरएनए एक्सपान्सन किट आउने भएकोले अझ कम खर्च हुने उनको भनाइ छ । भेरी अस्पतालका निर्देशक डा. थापाको भनाइलाई आधार मान्ने हो भने पीसीआर परीक्षणमा सरकारी अधिकारीहरुले बढी मूल्य देखाएर सरकारी ढुकुटी दोहन गर्ने र सर्वसाधारणबाट शुल्क लिनुपर्दा बढी शुल्क लिएर उपभोक्ता ठगी गर्ने गरिएको पाइएको छ । सम्बन्धित सामग्री कोरोना परीक्षण शुल्क प्रतिव्यक्ति २००० रुपैयाँ घट्न सक्ने पीसीआर परीक्षण सरकारकाे कालाेबजारी, निजी क्षेत्र प्रवेशसँगै ४० हजार पर्ने पीसीआर टेष्ट ४ हजारमा झर्याे

डिएफएसकेले ल्यायो नयाँ ग्लोरी ५६० एसयूभी, मूल्य ५७ लाख ५० हजार रूपैयाँ

काठमाडौं । कुजु नेपालले इन्डोनेसियामा उत्पादन हुँदै आएका डिएसएफके ब्राण्डको उत्पादन नेपालमा बिक्री सुरु गरेको एक वर्ष पुरा भएको छ । कम्पनीले यसअघि डिएफएसके ग्लोरी ५८० बिक्री गर्दै आएकोमा अब भने ग्लोरी ५६० को पनि बिक्री सुरु गर्न लागेको हो । नयाँ वर्षको अवसरमा बिक्री सुरु गर्ने लक्ष्य रहेको ग्लोरी ५६० कोभिड १९ को कारण केही ढिला बिक्री गर्न लागेको हाे । ‘नेपाली अटोमोबाइल बजार निकै सानो छ । यद्यपी पछिल्ला दिनमा सरकारको नीति, असहज बैंकिङ जस्ता अवस्थामा पनि हामीले पहिलो वर्ष सफल रुपमा पार गरेका छौं । नेपालमा उच्च प्रतिस्पर्धाको बाबजुदपनि हामीले डिएफएसकेका उत्पादनलाई ग्राहकसम्म पुर्याउन सकेका छौं । यसले भोलिका दिनमा अझ राम्रा राम्रा मोडल ल्याउँदै अगाडी बढ्ने हौसला प्रदान गरेको छ’, कुजु नेपालका संचालक उमिद श्रेष्ठले भने । यस्तो छ ग्लोरी ५६० साइज ग्लोरी ५६० को लम्बाई ४५१५ एमएम, चौडाई १८१५ एमएम र उचाई १७३५ एमएम रहेको छ । यसमा २६९० एमएमको ह्वीलबेस दिइएको छ । गाडीको कुल तौल भने २००५ केजी रहेको छ । इन्जिन ग्लोरी ५६० मा यूरो ५ मापदण्डको इन्जिन दिइएको छ । यसमा रहेको १.५ लिटर टर्बो पेट्रोल इन्जिनले अधिकतम ५७०० आरपीएममा १४८ बीएच पावर र १८०० देखि ४००० आरपीएममा २३० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । साथै, ५० लिटरको इन्धन ट्याङ्क उपलब्ध रहेको छ । सुरक्षा फिचर ग्लोरी ५६०, ग्लोबल एनक्यापबाट क्र्यास टेष्टमा ५ स्टार रेटिब प्राप्त गरेको एसयूभी हो । यसको चारै चक्कामा डिस्क ब्रेक दिइएको छ । १७ इन्चको अलोय ह्वील, एयरव्याग, सिट बेल्ट रिमाइन्डर, एबीएस, इबीडी, इन्जिन इमोविलाइजर, आलर्म सिस्टम, स्पीड सेन्सिब अटो लक, क्र्यास अटो अनलक जस्ता फिचर यसमा पाउन सकिन्छ । इन्टेरियर र फिचर ग्लोरी ५६० मा सफ्ट टच ड्यास बोर्ड दिइएको छ भने, ड्यासबोर्डमा ८ इन्चको फ्लोटिब इन्फोटेन्टमेन्ट डिस्प्ले दिइएको छ । रिभाइज क्यामेरा, पुस स्टार्ट/स्टप बटम, किलेस इन्ट्रि जस्ता विशेषता यसमा पाउन सकिने छ । वारेन्टी कम्पनीले यसमा ३ वर्ष वा ४० हजार किलोमिटर जुन पहिला आउँछ त्यही बराबरको वारेन्टी प्रदान गर्ने छ । मूल्य यसलाई प्रतिस्पर्धी मूल्य बनाउने कम्पनीको योजना अनुसार ५७ लाख ५० हजार रुपैयाँ तोकेर यसको बिक्री वितरण सुरु गरेका छौं ।

अब सपिङ मल र कपडा पसल हप्ताको ३ दिन खोल्न पाइने

काठमाडौं । अब सपिङ मल, कपडा पसलहरु हप्ताको ३ दिन खोल्न पाइने भएको छ । आज काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुबीच भएको बैठकले उपत्यकामा सोमबार बुधबार र शनिबार सपिङ मल, कपडा पसल, फेन्सि स्टोर, जुत्ता, कस्मेटिक पसल लगायतका पसलहरु खोल्न पाइने भएको छ । व्यापार गर्दा आवश्यक स्वास्थ्य मापदण्डहरु अपनाउनु पर्ने उल्लेख गरिएको छ ।

यस्तो बन्यो निषेधाज्ञाको नयाँ मोडालिटी

काठमाडौं । लकडाउन खुकुलो बनेको छ । उपत्यकाका तीन जिल्लामा जारेधाज्ञामा केही खुकुलो हुने भएको छ । निषेधाज्ञाका मोडालिटी उपत्यकाका तीनै जिल्लका प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले परिवर्तन गरेका हुन् । [pdf id=236380]