काठमाडौं । अब सपिङ मल, कपडा पसलहरु हप्ताको ३ दिन खोल्न पाइने भएको छ । आज काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुबीच भएको बैठकले उपत्यकामा सोमबार बुधबार र शनिबार सपिङ मल, कपडा पसल, फेन्सि स्टोर, जुत्ता, कस्मेटिक पसल लगायतका पसलहरु खोल्न पाइने भएको छ ।
व्यापार गर्दा आवश्यक स्वास्थ्य मापदण्डहरु अपनाउनु पर्ने उल्लेख गरिएको छ ।