विकासन्युज

प्रुडेन्सियल इन्स्योरेन्सको अठारौं वार्षिक साधारणसभा सम्पन्न, २० प्रतिशत प्रवर्द्धक सेयर साधारणमा परिणत

काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको अठारौं वार्षिक साधारण सभा भदौं २६ गते होटेल ईच्छा प्रा.लि. सिमरा, बारामा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवण कुमार अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । वार्षिक साधारण सभाबाट कम्पनीको संस्थापक समूह क अन्तर्गत ४ जना सञ्चालकहरुको निर्वाचन सम्पन्न गरेको छ जसमा सञ्चालक विशाल अग्रवाल, अमित अग्रवाल र अर्पित अग्रवाल र विवेक विजुक्छे निर्विरोध निर्वाचित भएका छन । सञ्चालकहरुलाई निर्वाचन अधिकृत विजयलाल ठाकुरले पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएका छन् । साधारणसभाले कम्पनीकाे २० प्रतिशत प्रवर्द्धक सेयर साधारणा सेयरमा परिणत गर्ने निर्णय गरेकाे छ । यसअघि ८० प्रतिशत प्रमाेटर सेयर र २० प्रतिशत पब्लिक सेयर रहेकाेमाे अब ६० प्रतिशत प्रमाेटर र ४० प्रतिशत पब्लिक सेयर हुने निर्णय साधारणसभाले गरेकाे छ ।

टोफेल र आइइएलटिएस जस्ता परीक्षा स‌ंचालन गर्न पाइने

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले केही सीमित परीक्षा सञ्चालनमा सहजीकरण गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी निषेधको आदेशलाई केही खुकुलो बनाइएको काठमाडौँ प्रशासनले आज एक विज्ञप्ति जारी गरी अति आवश्यक परीक्षा सञ्चालन गर्न सकिने जनाएको छ । व्यावसायिक अंग्रेजी परीक्षा, टोफेल÷आइइएलटिएस, जिआरइ, जिएलएफडब्लु, जिम्याट, भाषा परीक्षालगायतका परीक्षा सञ्चालन गर्न सकिने विज्ञप्तिमा जनाइएको छ । उक्त परीक्षा भदौ ३ गतेदेखि बन्द भएको थियो । भदौ २४ गते आदेशमा केही हेरफेर गरी खुकुलो बनाउँदै व्यापार, व्यवसाय तथा अन्य सेवा क्षेत्र चलायमान गरिएको थियो तर परीक्षाको विषयमा उल्लेख नभएपछि आज प्रशासनले विज्ञप्तिमार्फत परीक्षा सञ्चालनमा सहजीकरण गरेको जनाएको हो । तोकिएका र सोही प्रकृतिका परीक्षा सञ्चालन गर्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको परीक्षा सञ्चलन कार्यविधि २०७७ मा उल्लेख विधि र प्रक्रिया अपनाउनुपर्नेछ । यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मत्रालयद्वारा जारी स्वास्थ्य मापदण्ड विपरीत हुन नहुने जनाइएको छ । यस्तै प्रशासन कार्यालयले कोभिड–१९ को सङ्क्रमण रोक्न जारी गरेको निषेधको आदेशको समयमा अत्यावश्यक कामका लागि उपत्यका बाहिर जानुपर्दा पास अनिवार्य गरेको छ । दाहसंस्कारमा जानुपर्ने तथा सरुवा भई जानुपर्ने कर्मचारीलगायतका हकमा सवारी साधन सञ्चालनमा यसअघि सहजीकरण गरिएकोमा अब भने पास लिनुपर्ने जनाइएको छ । सम्बन्धित व्यक्तिले अत्यावश्यक कामको प्रयोजन स्पष्ट खुल्ने गरी कागजातका साथै गन्तव्य जिल्ला प्रशासनको अनुमतिपत्र र स्थानीय तहको सिफारिससहित तोकिएअनुसारको निवेदन दिनुपर्ने छ । सोही आधारमा पास उपलब्ध हुने छ । यस्तै विदेश जाने व्यक्तिको आवातजावतमा सहजीकरण गरिने र भिषा सहजीकरण गर्ने निकायसमेत सञ्चालन गर्न सकिने जनाइएको छ ।

फुटपाथ र ठेलागाडा व्यापार बन्द गर्न काठमाडौं महानगरपालिकाले गर्याे ध्यानाकर्षण

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले फुटपाथ र ठेलागाडा व्यापार प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरेको छ । कामपाका उपप्रमुख हरिप्रभा खड्गीले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेटी सो ध्यानाकर्षण गराउनुभएको हो । काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले यही भदौ २४ गते जारी गरेको आदेशको सञ्चालन गर्न सकिने क्रियाकलापअन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसल, इलेक्ट्रिक र इलेक्टोनिक्स पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ भनिएको छ । यस बुँदामा उल्लेख भएका व्यवसायमध्ये ‘फुटपाथ र ठेला व्यापार’ लाई पूर्ण प्रतिबन्ध लगाउने गरी पुनःआदेश जारी गर्न ध्यानाकर्षण गराइएको हो । यस क्रममा उपप्रमुख खड्गीले वार्षिक नीति र कार्यक्रमबाट नै फुटपाथ पसल हटाउने निर्णय गरिसकेको र अहिलेको आदेश महानगरको यो नीति विपरीत छ भने । “अर्कोतिर शहरमा सङ्क्रमण फैलिँदो दरमा छ, यसै पनि कन्ट््याक्ट टे«सिङ जटिल छ, यदि फुटपाथ पसल र ठेला व्यापार खोल्ने हो भने माहामारी नियन्त्रणबाहिर जान सक्छ”, उनले भने । ध्यानाकर्षण पत्र बुझिसकेपछि प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले माहामारीका समयमा यस पेशामा बसेर काम गर्ने मानिसलाई परेको समस्या खुकुलो बनाउन खोजिएको बताए ।

वाइवाइ नेपाल स्टारको शनिबारबाट पुन: सुरु हुने

काठमाडाैं । नेपाली मौलिक सिङ्गिङ रियालिटी शो वाइवाइ नेपाल स्टारको तेस्रो राउण्डको प्रसारण यही शनिबारबाट सुरु हुने भएको छ । दोस्रो राउण्ड षडजबाट छानिएका ४८ प्रतिस्पर्धीले यो तेस्रो राउण्ड ऋषभमा प्रवेश पाएका छन् । यही राउण्डबाटै प्रतिस्पर्धीहरुले लाइभ म्युजिकमा गाउँदै आफ्नो गायन क्षमता प्रदर्शन गर्नुपर्ने छ । जहाँबाट छानिंदै अगाडि बढ्नका लागि प्रतिस्पर्धीहरुलाई यहाँ पनि निर्णायकहरुको मार्ककै आवश्यकता पर्नेछ । तुलनात्मक रुपमा कम मार्क प्राप्त गर्ने प्रतिस्पर्धीहरुले भने यही राउण्डबाट बिदा लिएर घर फर्किनेछन् । यस अघि डिजिटल राउण्डका रुपमा प्रसारित षडज राउण्डमा देशका सातै प्रदेशमा सम्पन्न अडिशनबाट छानिएका १२० प्रतिस्पर्धीमध्ये ११७ जना सहभागी थिए । तिनै ११७ मध्येबाट छानिएका ४८ प्रतिस्पर्धीको बीच हुने गायन क्षमताको प्रतिस्पर्धा यो राउण्डमा हेर्न सकिनेछ । वाइवाइ नेपाल स्टारको प्रसारण सुरु भएसँगै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड -१९ को विषम परिस्थितिमा सिङ्गो कार्यक्रम निर्माण टोली, निर्णायक तथा प्रतिस्पर्धीहरुलाई एकजुट गराएर कार्यक्रम छायाङ्कन गर्न सम्भव नरहेकाले यो कार्यकमलाई पटक पटक लामो समयसम्म छायाङ्कन रोक्दै अगाडि बढाउनुपरेको थियो । अहिलेको समय र परिस्थितिलाई मध्यनजर गर्दै प्रतिस्पर्धी, निर्णायक तथा पर्दापछाडि काम गर्ने कार्यक्रम उत्पादक टीमको स्वास्थ्यको समेत ख्याल गर्दै सामाजिक दूरी र सबैको स्वास्थ्य सुरक्षाका सबै उपाय उच्चस्तरमा अपनाउँदै अब यही गतिमा हरेक हप्ता नयाँ एपिसोड प्रस्तुत गर्ने तयारीमा यो कार्यक्रमको निर्माण टोली रहेको बताउँछन् वाइवाइ नेपाल स्टारका निर्देशक रवि श्रेष्ठ । कार्यक्रमका निर्णायक छन् रामकृष्ण ढकाल, अञ्जु पन्त र आलोकश्री । नेपाल टेलिभिजनको प्रस्तुतिमा की इन्टरटेन्मेन्टको निर्माण रहेको यो कार्यक्रमको प्रसारण नेपाल टेलिभिजनमा हेर्न सकिनेछ भने नेपाल टेलिभिजनकै वेबसाइट, युट्युब र मोबाइल एपबाट पनि हेर्न सकिन्छ । यो कार्यक्रमका विजेता हुने प्रथमले पैंतीस लाख, दोस्रो, तेस्रो र चौथोले पाँच पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । । उत्कृष्ट ४८ मा परेका प्रतिस्पर्धीहरुमध्ये को जानेछन् अगाडि र कसको यात्रा यहीं टुङ्गिनेछ त्यो थाहा पाउनका लागि भने हेर्नै पर्ने हुन्छ ( यही शनिबार राती ८स्५० मा प्रसारण हुने वाइवाइ नेपाल स्टारको नयाँ एपिसोड ।

भिजाले सुरु गर्‍यो भुक्तानी सुरक्षा रोडम्याप

काठमाडाैं । विश्वव्यापी भुक्तानी प्रविधी कम्पनी भिजाले २०२१ र त्यसपछिका लागि नयाँ रोडम्याप सुरूवात गरेको जनाएको छ। नेपालको लागि पनि भिजाको भविष्यको सुरक्षा रोडम्यापले स्थानीय सम्बन्धित संस्थाकालाई विश्वव्यापी मापदण्डहरू र उत्तम अभ्यासहरू पूरा गर्न मद्दत गर्ने कम्पनीले विश्वास लिएको छ। विश्वव्यापी रूपमा, भिजाले सफलतापूर्वक आर्टिफिशियल इंटेलिजेंस (एआई) प्रयोग गरेर वार्षिक २५ अर्ब अमेरिकी डलरको ठगी रोकेको बताएको छ । जसले विश्वव्यापी भुक्तानी इकोसिस्टमलाई खुद्राविक्रेता र उपभोक्ताहरूको लागि सुरक्षित बनाएको उसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। भिजा सुरक्षा रोडम्याप (‘द रोडम्याप’) सुरूवात गर्दै एसिया प्यासिफिकका जोखिम प्रमुख जो कनिङ्गहमले भने, ‘विश्वव्यापी महामारीले गर्दा अधिक उपभोक्ताहरू र व्यवसायहरूलाई डिजिटल व्यवसाय अपनाउन प्रेरित गरेको छ। जब व्यक्ति पहिलो पटक डिजिटल भुक्तानी गर्न प्रयास गर्छन्, चाहे यो अनलाइन खरीदहरूको लागि भुक्तानी गरिरहेको होस वा पसलमा नगइकन कार्डले भुक्तानी गर्दैछ, भुक्तानी सजिलो छिटो र सुरक्षित भन्ने अनुभव महत्त्वपूर्ण छ। भुक्तानी सुरक्षा भिजाको सर्वोच्च प्राथमिकता हो र सम्बन्धित संस्थाका लागि साझा लक्ष्यहरूको निर्धारण हुनु डिजिटल भुक्तानीमा दीर्घकालीन विश्वास निर्माण गर्न मद्दतको लागि महत्त्वपूर्ण छ।’ भिजाका भारत र दक्षिण एशियाका ग्रुप कन्ट्री म्यानेजर टी आर रामाचंद्रनले भने, ‘उपभोक्ता तथा भुक्तानी डेटाको सुरक्षा सधैं भिजाका लागि सर्वोच्च प्राथमिकता रहेको छ। यो विश्वासका साथ जब नयाँ उपभोक्ता र व्यवसाय डिजिटल भुक्तानी तर्फ उन्मुख हुने बेलामा भुक्तानी नेटवर्क, उपभोक्ताहरू, बैंकहरू र सरकार बीच एक साझा जिम्मेवारी हुन्छ।’ यस्ता छन् सुरक्षा रोडम्यापका विशेषताहरुः डाटाको अवमूल्यन इको सिस्टमबाट संवेदनशील भुक्तानी डाटा हटाएर वा चोरीएका खाताका विवरणहरू हटाउने। डाटाको सुरक्षा डाटाको साथसाथै खाता विवरणहरू सेफगार्ड्स लागू गरी व्यक्तिगत तथा खाता विवरण सुरक्षित गर्ने। डाटा कन्ट्रोल राम्रो लेनदेनको मंजूरीमा विश्वास वृद्वि गर्न सम्भावित ठगी हुनुभन्दा पहिले ठगी पहिचान गर्ने। सशक्तिकरण बनाउदै खातावालाहरू र व्यापारीहरू सहित सबैलाई, भुक्तान सुरक्षित गर्नमा सक्रिय भूमिका खेल्न सक्षम बनाउने।

अब कामना बैंककाे खाता खोल्नेदेखि स्टेटमेन्ट हेर्ने सबै सेवा सामाजिक सञ्जालबाट

काठमाडौं । अब कामना सेवा विकास बैंकका ग्राहकहरुले सामाजिक संजालबाट घरमा नै बसेर खाता खोल्ने देखि बैक स्टेटमेन्ट हेर्ने जस्ता कार्यहरु सजिलै गर्न सक्ने भएका छन् । ग्राहकहरुले भाइबर वा फेसबुक मेसेन्जर जस्ता सामाजिक सञ्जालको माध्यमद्वारा केवाइसि अपडेट गर्ने, चेक बुक तथा डेविट कार्ड अनुरोध गर्ने, स्टेटमेन्ट हेर्ने, साथै कर्जाको हालसम्मको बक्यौता थाहा पाउने जस्ता कार्यहरु सजिलै गर्न सक्ने भएका हुन् । बैंकका अध्यक्ष सुदिप आचार्यद्वारा फेसबुक लाईभका माध्यमबा शनिबार यो प्रविधिमा आधारितक केएसबिबिएल सोसाल मिडिया बैंकिङ पल्याटफर्मको शुभारम्भ गरिएकाे हाे । भाईबरको माध्यमबाट यि सुविधाहरु प्राप्त गर्न ग्राहक मानुभावहरुले बैंकले प्रदान गरेको क्युआर कोड स्क्यान गर्नु पर्ने छ भने फेसबुकको माध्यमबाट यि सुविधाहरु प्राप्त गर्नको लागि बैंकको फेसबुक पेज सर्च गरी मेसेज पठाऊनु पर्ने हुन्छ । कोभिड-१९ को महामारीकोबीच सोसल मिडिया बैंकिङसेवा शुरुवात गरी बैंकले आफ्ना ग्राहक महानुभावहरुलाइ थप सुविधा प्रदान गरी बैंकसँग सम्बन्धित सम्पूर्ण सेवाहरु घरमै बसी लिन सकिने व्यवस्था गरेकोले यसबाट ग्राहक महानुभावहरु लाभान्वित हुने कुरामा बैंक विश्वस्त रहेको बैंकका अध्यक्षले बताए ।

शुक्रबार उपत्यकामा ६९६ जना काेराेना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ६ सय ९६ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको ६२०, ललितपुरको ३८ र भक्तपुरको ३८ जना रहेको गौतमले बताए ।यससँगैं काठमाडौंमा ८ हजार ९ सय २६ ललितपुरका १०९२  र भक्तपुरमा ८९० संक्रमित पुगेका छन्। आज देशभर १४५४ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ ।

एमसीसी संशोधन गरेर पारित गर्ने नेकपा स्थायी कमिटीको निर्णय

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बसेको बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ । एमससिीमा धएको कुन बुँदा संशोधन गर्ने ? के कसरी संशोधन गर्ने भन्ने वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा छलफल गरेर निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ बताए ।