काठमाडौं । अब कामना सेवा विकास बैंकका ग्राहकहरुले सामाजिक संजालबाट घरमा नै बसेर खाता खोल्ने देखि बैक स्टेटमेन्ट हेर्ने जस्ता कार्यहरु सजिलै गर्न सक्ने भएका छन् ।
ग्राहकहरुले भाइबर वा फेसबुक मेसेन्जर जस्ता सामाजिक सञ्जालको माध्यमद्वारा केवाइसि अपडेट गर्ने, चेक बुक तथा डेविट कार्ड अनुरोध गर्ने, स्टेटमेन्ट हेर्ने, साथै कर्जाको हालसम्मको बक्यौता थाहा पाउने जस्ता कार्यहरु सजिलै गर्न सक्ने भएका हुन् ।
बैंकका अध्यक्ष सुदिप आचार्यद्वारा फेसबुक लाईभका माध्यमबा शनिबार यो प्रविधिमा आधारितक केएसबिबिएल सोसाल मिडिया बैंकिङ पल्याटफर्मको शुभारम्भ गरिएकाे हाे ।
भाईबरको माध्यमबाट यि सुविधाहरु प्राप्त गर्न ग्राहक मानुभावहरुले बैंकले प्रदान गरेको क्युआर कोड स्क्यान गर्नु पर्ने छ भने फेसबुकको माध्यमबाट यि सुविधाहरु प्राप्त गर्नको लागि बैंकको फेसबुक पेज सर्च गरी मेसेज पठाऊनु पर्ने हुन्छ ।
कोभिड-१९ को महामारीकोबीच सोसल मिडिया बैंकिङसेवा शुरुवात गरी बैंकले आफ्ना ग्राहक महानुभावहरुलाइ थप सुविधा प्रदान गरी बैंकसँग सम्बन्धित सम्पूर्ण सेवाहरु घरमै बसी लिन सकिने व्यवस्था गरेकोले यसबाट ग्राहक महानुभावहरु लाभान्वित हुने कुरामा बैंक विश्वस्त रहेको बैंकका अध्यक्षले बताए ।