मदिरा उद्योगबाट एक अर्ब ६२ करोड राजश्व
विराटनगर । मोरङ जिल्लामा रहेका तीन वटा मदिरा उद्योगले गत आव ०७४/७५ मा एक अर्ब ६२ करोड ३७ लाख रुपैयाँ अन्तशुल्क(राजश्व) बुझाएका छन् । यसरी अन्तशुल्क बुझाउनेमा मोरङको बूढीगङ्गा गाउँपालिका टंकिसिनबारीमा रहेको नेपाल लिकर्स प्रालिले एक अर्ब २२ करोड ५५ लाख रुपैयाँ रहेको छ भने बूढीगङ्गा मोरङमै रहेको गोल्डेन लिकर्स प्रालिले २५ करोड ६५ लाख रुपैयाँ र मोरङ रङ्गेली दर्वेशामा रहेको चण्डिका डिष्ट्रिलरी प्रालिले २४ करोड १७ लाख रुपैयाँ अन्तशुल्क बुझाएको आन्तरिक राजश्व कार्यालय विराटनगरले जनाएको छ । मदिरा उद्योगले मदिरा उत्पादन र निकासी गरेबापत अन्तशुल्क बुझाउने गरेको छ । कार्यालयले अन्तशुल्क चुहावट रोक्नका लागि मदिरा उद्योगमा कर्मचारी खटाएर अनुगमनलाई तीव्र पारेको छ । उक्त तीनवटै मदिरा उद्योग ठूला करदाता कार्यालयमा गइसकेका छन् । रासस
सेयरकर्जामा ४६२ प्रतिशत गिरावट, यो वर्ष तङग्रिएला बजार ?
काठमाडौं । गत आर्थिक वर्ष ०७४/०७५ मा बैंक तथा वित्तीय संस्थाले दिने सेयरधितो कर्जामा ( मार्जिननेचर लोन) भारी गिरावट आएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष सेयरधितो कर्जा ४६२ प्रतिशत घटेको छ । गत वर्ष बैंक तथा वित्तीय संस्थाले ६० करोड ९६ लाख रुपैयाँ मात्र सेयरधितोमा कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्ष २ अर्ब ८१ करोड ८८ लाख रुपैयाँ सेयर धितोमा कर्जा लगानी गरेका थिए । हालसम्म बैंकको सेयरमा लगानी ४१ अर्ब ८ करोड रुपैयाँ हाराहारीमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष ४० अर्ब ४७ करोड रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेको थियो । लगानीयोग्य पुँजी (क्रेडिट क्रन्च) संकटले अघिल्लो वर्षको तुलनामा सेयरधितो लगानीमा भारी गिरावट आएको हो । क्रेडिट क्रन्चले गर्दा कर्जाको ब्याजदर बढेको छ । ब्याजदरका कारण सेयरमा लगानी गर्दा प्रतिफल ऋणात्मक हुने अवस्था आएपछि बजारमा ठुला लगानीकर्ताको प्रवेश नहुदा बजार बढ्न सकेको छैन । बुधबार नेप्से परिसुचक घटेर १ हजार १८२ अंकमा झरेको छ । राष्ट्र बैंकले सेयरमा हुने लगानीलाई अनुत्पादक क्षेत्रमा गणना गरेपछि यसको असर बजारमा परेको हो । अघिल्लो वर्ष ७.५ प्रतिशत बढेको बजार गत वर्ष १.५ प्रतिशत मात्र बढेको छ । सेयरधितो कर्जासीमा ५० प्रतिशत कायम गरिएको छ । यता लगानीकर्ताले यसको सीमा बढाएर ७० प्रतिशत पुर्याउन माग गरेका थिए । क्रेडिट क्रन्च भएपछि कर्जाको ब्याजदर दोब्बर बढ्दा सेयरमा लगानी बढ्न नसकेको हो । ब्याजदर बढ्ने र बजार घट्दै गएपछि लगानीकर्ताले बैंकबाट ऋण लिन सकेनन् । बजार निरन्तर घट्दै गएपछि नेपाल इन्भेष्टर्स फोरमले सेयरधितो कर्जा सीमा बढाउन सरकारसंग माग गरेको थियो । लगानीकर्ताको मागलाई चालु आर्थिक वर्षको मौद्रिक नीतिले पनि सम्बोधन गरेन । १८० दिनको र हालको कारोबार मूल्यमा जुन कम छ त्यही आधारमा बैंकले सेयर धितोराखी कर्जा दिन पाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । हाल बैंकको ब्याजदर औसत १३ प्रतिशत हाराहारीमा रहेको छ ।
एनएमबि बैंकको एक करोड १४ लाख कित्ता एफपीओ नेप्सेमा सूचिकृत
काठमाडौं । एनएमबि बैंक लिमिटेडको एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ नेप्सेमा सुचिकृत भएको छ । बुधबार मात्रै बैंकको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । सो दिन बैंकको सेयर प्रतिकित्ता ३१९ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।
ग्राहकलाई उत्कृष्ट सेवा दिन्छौं र लगानीकर्तालाई १०/१५ प्रतिशत लाभांश दिन्छौं–तोयाराज अधिकारी
तोयाराज अधिकारी प्रमुख कार्यकारी अधिकृत- वेष्ट फाइनान्स लिमिटेड तोयाराज अधिकारीले साउन १८ गतेदेखि वेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा जिम्मेवारी समाल्नु भएको छ । त्रिभुवन विश्वविद्यालयबाट विज्ञानमा स्नातक र अर्थशास्त्रमा स्नातकोत्तर गरेका अधिकारीसँग १८ वर्ष विभिन्न बैंक फाइनान्समा काम गरेको अनुभव छ । धेरै किसिमका संस्थाहरु मर्ज हुँदै र विभिन्न तहमा समस्या भोग्दै आएको यस संस्थामा नयाँ लगानीकर्ता आएका छन्, नयाँ नाम राखिएको छ र प्रमुख कार्यकारी अधिकृत पनि नयाँ नै राखिएको छ । फाइनान्स कम्पनीहरु मध्ये उत्कृष्ट सेवा दिने र यसै आर्थिक वर्षदेखि नाफामा गई लगानीकर्तालाई लाभांश दिने प्रतिवद्धता नयाँ टिमको छ । प्रस्तुत छ यसै पेरिफेरिमा अधिकारसँगको विकासन्युजले गरेको कुराकानी । १८ वर्षको अवधिमा यहाँले कुन कुन बैंकमा काम गर्नु भयो ? सबैभन्दा पहिलो पहिले माछापुच्छ्रे बैंकबाट बैकिङ करिअर शुरु गरेको हुँ । सन् २००१ देखि २०११ सम्म माछापुच्छ्रे बैंकमा काम गरेँ । त्यसपछि कास्की फाइनान्सको सीईओ भएँ । त्यहाँ सीईओको रुपमा ७ वर्ष काम गर्ने मौका मिल्यो । कास्की फाइनान्स कामना विकास बैंकमा मर्ज भएपछि कामना विकास बैंकको सीईओ भएर काम गरेँ । कामना विकास बैंक र सेवा विकास बैंक मर्ज भएपछि बनेको कामना सेवा विकास बैंकमा डेपुटी सीईओ थोरै समय काम गरेँ । बेष्ट र सिनर्जी मर्जपछि बनेको बेष्ट फाइनान्समा के के चुनौति छन् र कसरी व्यवस्थापन गर्नुहुन्छ ? चुनौति सबै क्षेत्रमा हुन्छन् । बैकिङ क्षेत्रमा पनि चुनौति छन् । म आफैले पनि चुनौतिहरु पार गर्दै एउटा सफल बैंकर्सको रुपमा आफूलाई अगाडि बढाई रहेको छु । वेष्ट फाइनान्सको ब्राण्ड इमेज सुधार गर्नुछ । हामीले दिने सेवामा सुधार गर्दै जाँदा संस्थाको इमेज पनि राम्रो बन्दै जानेछ । जे चुनौति आउँछन्, त्यसलाई व्यवस्थापन गर्दै जाने हो । मसँगै धेरै प्रकारका संस्थाहरुमा काम गरेको अनुभव छ । वाणिज्य बैंकमा, विकास बैंकमा, फाइनान्स कम्पनीमा काम गरेको अनुभव पनि छ । मर्जपछि बनेका संस्थामा सीईओ भएर काम गरेको अनुभव पनि छ । बेष्ट फाइनान्स विभिन्न समस्याबाट माथि उठ्दै आएको छ । मर्जपछि ठूलो फाइनान्स कम्पनीको रुपमा स्थापित भएको छ । यस फाइनान्सका आफ्नै चुनौतिहरु छन् । मेरो अनुभव, फाइनान्समा कार्यरत पुराना साथीहरुको अनुभव, सञ्चालक समितिको मार्गदर्शन, लगानीकर्ताको नेटवर्क र सहयोगलाई समेटर अगाडि बढ्ने हो । नियामक निकाय नेपाल राष्ट्र बैंकले तय गरको संस्थागत सुशासनको मापदण्डभित्र बसेर धेरै काम गर्न सकिन्छ भन्ने विश्वास छ । बेष्ठ फाइनान्सको बलियो पक्ष के के हुन् ? यो फाइनान्सका प्रवद्र्धकहरु मुलतः काठमाडौं र बुटवलका हुनुहुन्छ । दुबै ठूलो र पुरानो बजार हो । यो संस्थाको लागि एउटा बलियो पक्ष हो । त्यस्तै पछिल्लो समय यो संस्थामा गैर आवासीय नेपालीहरुको लगानी बढेको छ । लगानीकर्तामा भएको यो डार्भसिर्भिकेशनले संस्थालाई अगाडि बढाउन सजिलो हुन्छ । १४ वटा ब्रान्च, ३ वटा एटीएम मार्फत सेवा दिएका छौं । १३० जना कर्मचारी छन् । संस्थाको निक्षेप २ अर्ब २५ करोड रुपैयाँ छ । कर्जा लगानी २ अर्बको हाराहारीमा छ । एउटा फाइनान्स अगाडि बढ्नको लागि यी बलिया आधार हुन् । फाइनान्सप्रति तपाईको प्रतिवद्धता के हो ? सबैभन्दा पहिला सेवालाई राम्रो बनाउनुपर्छ । हामीले हाम्रा ग्राहकलाई बेष्ट सर्भिस दिने सोच बनाएका छौं । प्रडक्टमा विविधता ल्याउने छौं । कर्मचारीको क्षमता विकास गरी उच्चस्तरको सेवा दिने वातावरण बनाउने छौं । त्यस्तै, यसै आर्थिक वर्षदेखि सेयरधनीलाई लाभांश दिन सक्ने गरी नाफा आर्जन गर्नुपर्छ । चालु आर्थिक वर्षको नाफाबाट लाभांश दिने हाम्रो प्रतिवद्धता हो । २०७६ असार असान्तसम्ममा निक्षेप साढे ३ अर्ब र कर्जा लगानी ३ अर्ब रुपैयाँ भन्दा बढी बनाउने योजनासहित हामी अगाडि बढेका छौं । हामी छिट्टै उत्कृष्ट फाइनान्स मध्ये बेष्ट फाइनान्स बन्ने सोचका साथ काम गरेका छौं । एक वर्षमा ५० प्रतिशत निक्षेप वृद्धि गर्ने लक्ष्य सुनाउनु भयो, त्यसमा योजना के छन् ? प्रतिशतका आधारमा निक्षेप वृद्धि ५० प्रतिशत हुन्छ । तर भोलुममा हेर्ने हो भने त्यो ठूलो रकम होइन । एक वर्षमा ढेड अर्बको निक्षेप वृद्धि ठूलो होइन । पुँजीको साइज ठूलो छ । विजनेश पनि बढाउनु छ । २४ फाइनान्सको करिव २०० शाखा छन् । बेष्ट फाइनान्सको मात्र १४ वटा शाखा छन् । एउटा शाखामा करिव १० करोडको निक्षेप बढायौ भने पनि ढेड अर्ब निक्षेप वृद्धि भईहाल्छ । नेपालमा बढी वित्तीय कारोबार हुने भनेको काठमाडौं, पोखरा र बुटवल हो । तीनै शहरमा हाम्रो उपस्थिति र कारोबार पनि राम्रो छ । त्यसैले ५० प्रतिशतको ग्रोथ सजिलै मिट हुन्छ । यस संस्थाका पुराना लगानीकर्ताहरु प्रतिफल नपाएर निराश छन् । यस संस्थाका प्रवद्र्धक र सञ्चालकबीच द्वन्द्व भएको देखियो । यी समस्याको हल कसरी हुन्छ ? पहिला यस्तो समस्या थियो भनेर त्यसलाई कोट्याएर बसेर केही हुन्न । भोलिको दिनमा राम्रो गर्नुपर्छ भन्ने उत्साह लिएर हामी अगाडि बढेका छौं । संस्थागत सुशासन भित्र बसेर काम गर्ने भन्नेमा सबै प्रवद्र्धक तथा आधारभूत लगानीकर्ताहरुको प्रतिवद्धता छ । त्यो प्रतिवद्धताका आधारमा म पनि उत्साहित भएर यहाँ आएको छु । यो टिममा बसेर काम गर्दा उत्कृष्ट नतिजा दिन सकिन्छ भन्ने मेरो विश्वास हो । बैंक तथा वित्तीय संस्था चलाउने भनेको कर्मचारीले हो, सीईओ तथा व्यवस्थापनको उच्च तहमा बस्नेले हो । राष्ट्र बैंकले पनि बोर्ड र प्रमोटरको हस्तक्षेप हुनुहुन्न भनेको छ । प्रोटरहरुले यसमा सहमति हुनुहुन्छ । लगानीकर्तामा अब निराशा नरहला । फाइनान्सको वित्तीय अवस्था कस्तो छ ? अहिले खराव कर्जा अलि बढी नै छ, करिब १२/१३ प्रतिशत । तर केही ठूला कर्जा सेटल गर्ने प्रतिवद्धता आएको छ । प्रतिवद्धता आएका कर्जा सेटल भएपछि खराब कर्जा ५ प्रतिशतभन्दा कम हुनेछ । पुस मसान्तसम्ममा ५ प्रतिशतमा झार्छौ नै । चुक्ता पुँजी, सीडी रेसियो, क्यापिटल एडेक्वसी राष्ट्र बैंकले तोकेको सीमा भित्र छ । सिजर्भ करिब १३ करोड जति ऋणात्मक छ । त्यसलाई यसै वर्ष धनात्मक बनाएर सेयरधनीलाई ६/७ प्रतिशत लाभांश दिने हाम्रो प्रतिवद्धता छ । त्यसपछिको वर्षमा १० प्रतिशत, त्यसपछि १५ प्रतिशत लाभांश दिन सकिन्छ भन्ने हामीलाई विश्वास छ । बेष्ट फाइनान्स अब फेरी अर्को बैंकमा मर्ज भएर जान्छ वा फाइनान्स कम्पनीकै रुपमा रहन्छ ? वित्तीय सेवा प्रदान गर्ने सवालमा वित्त कम्पनी, विकास बैंक र वाणिज्य बैंकहरुको आ–आफ्नै क्षेत्र हुन्छ, त्यही अनुसारको भूमिका हुन्छ । फाइनान्स कम्पनीका फरक प्रकृतिका ग्राहक हुन्छन् । वित्तीय पहुँच बढाउन पनि फाइनान्स कम्पनीहरुको प्रभावकारी भूमिका छ । यो कुरा राष्ट्र बैंकले पनि बुझेको छ । त्यसैले हामी फेरी मर्जमा जाने सोचमा छैनौं । हामी आफ्नै हिसावले अगाडि बढ्ने छौं ।
कालिका पावरले आईपीओ निष्कासन गर्न पायो अनुमति, १२ करोडको आउने
काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ । धितोपत्र बोर्ड कालिकालाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । यसअघि आयोजना प्रभावित स्थानीयबासिन्दालाई आईपीओ निष्कासन गरिसकेको छ । चुत्तापुँजीको १० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा काठमाडौं क्यापिटल लिमिटेड र ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेका छन् ।
एनआईसी एशिया बैंकले ऋणपत्र निष्कासन गर्न पायो अनुमति, ११ प्रतिशत ब्याजदर करिब दुर्इ अर्ब रूपैयाँ लगानी गर्ने अवसर
काठमाडौं । एनआईसी एशिया बैंकले ऋणपत्र (डिवेन्चर) निष्कासन गर्न स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार बैंकलाई १ अर्ब ८३ करोड रुपैयाँ बराबरको १८ लाख ३० हजार कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यकाे ऋणपत्र निष्काशन गर्न लागेकाे हाे । कुल ऋणपत्र मध्ये ८० प्रतिशत अर्थात १ अर्ब ४६ करोड ४० लाख रुपैयाँ व्यक्तिगत र २० प्रतिशत अर्थात ३६ करोड ६० लाख रुपैयाँ सर्वसाधारणका लागि बिक्री खुला हुनेछ ।ऋणपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेकाे छ । ७ वर्ष अवधिकाे यस ऋणपत्रमा बार्षिक ब्याज दर ११ प्रतिशत ताेकिएकाे छ भने अर्धवार्षिक रुपमा व्याज भुक्तानी गरिने बैंकले जनाएको छ । प्रस्तावित ११ प्रतिशत ब्याज भएको यस ऋणपत्र लगानीकर्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने अवसर हुने विश्वास बैंकले जानकारी दिएको छ । पुँजीगत आधार मजवुत बनाउन ऋणपत्र निष्कासन गर्न लागेकाे पनि बैंकले जनाएकाे छ ।
साउनमा मात्रै सरकारले ढुकुटीबाट बाँड्यो १ करोड, बुलेटप्रुफ गाडी भाडामा लिन २ करोड खर्च (सूचीसहित)
काठमाडौं । सरकारले साउनमा मात्रै पार्टी कार्यकर्ताका साथै पुर्वमन्त्रीलाई गरी झण्डै १ करोड रुपैयाँ राज्यको ढिकुटीबाट आर्थिक सहायता वितरण गरेको छ । मन्त्रिपरिषदबाट निर्णय गराइ सो रकम सहयोग वितरण गरेको हो । सरकारले मितव्यीताको कुरा गरिरहेका बेला विभिन्न व्यक्तिलाई उपचार खर्च उपलब्ध गराउन भनी आर्थिक सहायता वितरण गरेको अर्थ मन्त्रालयले जनाएको छ । सहायता विवरण लिनेको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस अनसनरत गंगामाया अधिकारीलाई राहत दिने भन्दै गृह मन्त्रालयमार्फत २० लाख रुपैयाँ उपलब्ध गराउने गरी आर्थिक सहयोग दिएको छ । यस्तै मन्त्रिपरिषदको असार २२, साउन १० र १४ गते ३ पटक निर्णय गरी नेकपाका कार्यकर्तालाई २८ लाख ५३ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ । गत साउन १८ गतेको मन्त्रिपरिषदको निर्णयबाट बाजुरा जिल्लाको छेडदह गाउँपालिकाकी कौशिदेवी रावतलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराइएको छ । यस्तै पुर्वमन्त्री रामकृष्ण ताम्राकारलाई १५ लाख र पिताम्बर आम्बुहाङलाई १० लाख रुपैयाँ सहयोग गरेको अर्थले जानकारी दिएको छ । राष्ट्रकवी माधवप्रसाद घिमिरेलाई भारतमा लगी उपचार गराउदा लागेको १४ लाख ९८ हजार रुपैयाँ सहयोग गरिएको छ । यस्तै काठमाडौंमा हुने विमिस्टेक शिखर सम्मेलनका लागि राष्ट्रप्रमुख तथा सरकार प्रमुख चढ्नका लागि बुलेटप्रुफ सहितको सवारीसाधन भाडमा लिन २ करोड रुपैयाँ निकासा गरिएको छ ।
विपद्बाट ४ महिनामा २ अर्ब ८ करोडको क्षति
काठमाडौ । विगत चार महिनाको अवधिमा विपद्का घटनाबाट मात्र २ अर्ब रुपैयाँ भन्दा बढीको भौतिक क्षति भएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ देखि २०७५ भदौ ४ गतेसम्म मात्र प्राकृतिक प्रकोपका घटनाबाट २०८ करोड ५७ लाख रुपैयाँ बराबरको क्षति देशले ब्यहोर्नुपरेको छ । आगालागी, हावाहुरी, बाढीपहिरो, चट्याङ, असिनापानी लगायतका घटनाबाट उक्त क्षति भएको हो । जसमध्ये आगलागीका कारण सबैभन्दा धेरै क्षति भएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार आगलागीका कारण १ अर्ब ८९ करोड ३९ लाख, बाढीले ३ करोड १४ लाख, पहिरोले ७ करोड ९८ लाख ४१ हजार रुपैयाँको क्षति भएको छ । वर्षाले ३ करोड ८६ लाख, हावाहुरीले ३ करोड ५८ लाख, चट्याङले ४४ लाख ७७ हजार, असिनापानीले ४ लाख ५७ हजार र अन्य कारणबाट १० लाख १९ हजार ९०० रुपैयाँ बराबरको क्षति भएको छ । विपद्का कारण ४ हजार ६९८ परिवार प्रभावित भएका छन् । एक हजार ६५७ जनावर मरेका छन् । यो वर्षमात्र प्राकृतिक प्रकोपका घटनाबाट ५६१ जनाको ज्यान गइसकेको छ । जसमध्ये पुरुष ३७८ र महिला १८३ छन् । यस्तै ९५ हराइरहेका छन् भने २ हजार ३३१ घाइते भएका छन् । गृह मन्त्रालय राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनाल प्राकृतिक प्रकोपबाट हुने घटनाको उद्दार र राहतका लागि मन्त्रालय तयारी अवस्थामा रहेको बताए। रासस
चीनमा इन्टरनेट प्रयोगकर्ता संख्या ५७.७ प्रतिशत, ८० करोड २० लाखमा पंहुच
बेईजिङ । छिमेकी चीनमा इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या ५७.७ प्रतिशत पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ । इन्टरनेट प्रयोग गर्नेमध्ये २६.३ प्रतिशत ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिक रहेको समाचारमा जनाइएको छ । चिनियाँ अनलाइन प्रयोगकर्ताहरूको सङ्ख्या ८० करोड २० लाख पुगेको सोमबार सार्वजनिक गरिएको चिनियाँ अनलाईन विकास विवरणमा उल्लेख छ । गत जुन महिनाको अन्त्यसम्मको यो तथ्याङ्कमा इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या छ महिना अगाडीको भन्दा ३.८ प्रतिशत बढेको देखिएको छ । चीनमा कुल ७८ करोड ८० लाख नागरिकले मोवाइलमा इन्टरनेट प्रयोग गर्दछन् । इन्टरनेट प्रयोग गर्नेमध्ये मोवाईलमै इन्टरनेट प्रयोग गर्नेहरूको सङ्ख्या ९८.३ प्रतिशत भएको चाइना इन्टरनेट नेटवर्क इन्फर्ममेसन सेन्टरले जनाएको छ । रासस
त्रिशुली जलविद्युतमा ३ बैंकको ५ अर्ब ७६ करोड ऋण लगानी, ३ वर्षमा बिजुली बल्ने
काठमाडौं । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरिरहेको ३७ मेगाावाट क्षमताको माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनामा ३ बैंक तथा वित्तीय संस्थाले ५ अर्ब ७६ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । नविल बैंकको अगुवाइमा जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड र नेपाल बैंकले गरी सो रकम बराबर सोमबार ऋण लगानी सम्झौता गरेका हुन् । जलविद्युत कम्पनीको तर्फबाट प्रवन्ध निर्देशक मोहन गौतम र अगुवा बैंकको तर्फबाट नविलका कर्पोरेट विभाग प्रमुख ज्ञानेश्वर आचार्यले ऋण लगानी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । आयोजना बनाउन निर्माण अवधिको ब्याजसमेत ८ अर्ब २२ करोड रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । निर्माण अवधिको ब्याज मात्रै ७८ करोड रुपैयाँ हुने छ । जसमध्ये नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमले इक्विटीको रुपमा २ अर्ब ४६ करोड रुपैयाँ लगानी गरेका छन् । आयोजना निर्माणको काम चीनको सिचुवान एनहे हाइड्रोलिक इन्जिनियरिङ कम्पनी लिमिटेडले गरिरहेको छ । विस्तृत डिजाइन, निर्माण (इपीसी) प्रारुपमा निर्माण हुन लागेको हो । आगामी ३ वर्ष अर्थात २०२१ को मार्चमा सम्पन्न हुने छ । आयोजनाबाट वार्षिक २९ करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको संभाव्यता अध्ययनले देखाएको छ । यस्तै सुख्खायाममा पनि ८ करोड २५ लाख ९० हजार युनिट बिजुली उत्पादन हुने छ । आयोजनामा प्राधिकरण तथा नेपाल टेलिकमको ३०/३० प्रतिशत, रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीयको वित्तिय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ । नुवाकोट र रसुवामा निर्माण हुने आयोजनामा प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशुली थ्रि एको क्यास्केड आयोजना हो ।
बार्सिलाेनाको २९४ मिलियन युरोको खेलाडी बेन्चमै, बन्यो यस्तो रेकर्ड
काठमाडौं । स्पेनिस पावर हाउस बार्सिलोनाले आइतबार एलभेससँग भएको खेलमा एक रेर्कड बनाएको छ । क्लब इतिहासमै बार्सिलोनाका मुख्य प्रशिक्षक इर्नेस्टो भाल्डभारेले २९४ मिलियन युरो बराबरको खेलाडीलाई बेन्चमा राखेर ११ खेलाडी मैदान उतारेका हुन् । बार्सिलोनाको इतिहासमा यो पहिलो पटक भएको हो । भाल्डभारेले १५५ मिलियनका फिलिपे कौटिन्हो, ४१ मिलियनका मक्लम, ३५ मिलियनका क्लिमेन्ट, ३१ मिलियनका आर्थर, १९ मिलियनका अटुरो भिडाल र १३ मिलियनका जासेफ सेलिसन लगायतका खेलाडीलाई बेन्चमै राखेर ११ जना खेलाडी छनोट गरेका हुन् । विगतका वर्षसम्ममा बार्सिलोनाले १३१ मिलियन युरो बराबरको खेलाडी बेन्चमा राख्ने गरेको थियो । हालसम्म युराेपका कुनै पनि क्लबले यति धेरै रकमका खेलाडीलाई बेन्चमा नराखेको स्पेनिस अनलाईन मार्काले जनाएको छ । नेइमार जुनियरले बार्सिलोना छोडेपछि आक्रामक रुपमा खेलाडी किनिरहेको छ । मिडफिल्डलाई अझै बलियो बनाउन बार्साले म्यान्चेस्टर युनाइटेडका पाउल पोग्बालाई किन्ने तयारी समेत गरिरहेको छ । आइतबारको खेलमा एलभेसलाई ३-० ले हराएपनि भाल्डभारेले टोलीले उत्कृष्ट खेल खेल्न नसकेको टिप्पणी गरका छन् । उनले बार्सिलोनाको ४-४-२ खेल शैलिलाई परिवर्तन गर्दै ४-३-३ को शैलिमा खेल खेलाइरहेका छन् ।
युएस बंगला बिमान दुर्घटनामा दोषी राडार कर्मचारीलाई कारवाही गर्न माग
काठमाडौं । पब्लिक ईनोभेटर ईञ्जिनियर दिपेन्द्र कंडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका राडार कर्मचारीलाई कारबाही गर्न माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । पर्यटन मन्त्रालयमा पुगी कंडेलले मन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । त्रिभुवन विमानस्थलको राडारमा कार्यरत कर्मचारीले गलत सूचना दिएकाले युएस बंगला बिमान दुर्घटना भएको आरोप लगाउँदै उनले ती कर्मचारीलाई कारवाही गर्न माग गरेका हुन् । युएस बंगला बिमान दुर्घटनामा बिमानस्थलका राडार कर्मचारी दोषी रहेको दावी उनले गरेका छन् । सो दुर्घटनामा ४९ जनाको ज्यान गएको थियो । राडार कर्मचारीको गतल सूचनाका कारण नै सो बिमान दुर्घटनामा परेको उनको निष्कर्ष छ । त्रिभुवन विमानस्थलको धावन मार्गलाई तत्काल अन्र्तराष्ट्रियस्तरको बनाउनुपर्ने पनि कंडेलले ज्ञापनपत्र मार्फत माग पनि गरेका छन् । कंडेलले बुझाएको ज्ञापनपत्रमा भनिएको छ,‘यदि उक्त धावन मार्गलाई अन्र्तराष्ट्रिय स्तरको नबनाएसम्म त्रिभुवन विमानस्थलबाट कुनै पनि यात्रा नगर्न मेरो विनम्र अनुरोध छ ।’ जवाफमा मन्त्री अधिकारीले कंडेलले उठाएका मागहरु जायज रहेको बताउँदै आफूले अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गलाई आवश्यक सुधार गर्न टेण्डरसमेत प्रकाशित गरिसकेको जानकारी दिए । उनले विमास्थलमा कार्यरत राडार कर्मचारीको लापारवाहीका कारण हालै घटेको उक्त घट्नाबारे आफूलाई पनि जानकारी भएको बताउँदै सरकारको ध्यानाकर्षण गराएकोमा कंडेललाई धन्यवाद समेत दिए । त्यस्तै हालै त्रिभुवन विमानस्थलमा भएको युएस बंगला विमान दुर्घट्नाको प्रतिवेदनपनि विलम्ब नगरी बाहिर ल्याउनको लागि कंडेलले मन्त्री अधिकारीसँग आग्रह गरेका छन् ।
पटके कर फिर्ता नगरे आन्दोलनमा उत्रिने पानी व्यवसायीको चेतावनी
काठामाडौं । पानी व्यवसायीहरुले पटके कर असुली बन्द नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । पानी उत्पादक तथा वितरक संयुक्त संघर्ष समितिले काठमाडौं उपत्यकाका स्थानीय तहहरुले पानी ट्यांकरहरुमा ठेकेदारमार्फत अव्यवहारिक तरिकारले पटके कर उठाएको भन्दै उक्त कर तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै खानेपानी उद्यमी तथा व्यवसायी संघका अध्यक्ष एवम् संघर्ष समितिका संयोजक उज्वल शाक्यले स्थानीय सरकारले मनोमानी ढंगले पानी ट्याङकरमा पटके कर लगाएको भन्दै बिरोध जनाए । उनले भने,‘स्थानीय सरकारले एकाङ्की रुपमा पानीजस्तो संवेदनशिल बस्तुमा कर लागाउने काम भएको छ । सरकारले जनताको हितमा काम गर्नुको साटो उल्टै दोहोरो कर लगाएर जनताको दैनिकीमा असहजता सिर्जना गर्ने काम गरेको छ । यो हामीलाई स्विकार्य छैन् । हाम्रो दुईवटा माग छन् । पहिलो माग प्रत्येक पानी ट्याङ्करमा बाटोमा अवैधानिक रुपमा प्रति ट्रिप शुल्क लिने काम बन्द हुुनुपर्छ, दोहोरो कर हटाईनुपर्छ ।’ त्यस्तै कार्यक्रममा पानी ट्याङ्कर तथा श्रोत व्यवसायी संघका अध्यक्ष उपेन्द्र पाठकले दैनिक उपभोग्य तथा संवेदनशिल बस्तुहरुमा सरकारले कर लगाएर गल्ती गरेको बताए । उनले भने,‘पानीजस्तो चिजमा स्थानीय सरकारले मनलाग्दी रुपमा कर लगाएको छ । गरिब जनताहरुको दैनिकी चल्नै गाह्रो हुनेगरि कर लगाएको छ । राज्यको लोक कल्याणकारी सिद्धान्तको खिलाफमा यो काम भैरहेको छ । हामी कल्याणकारी राज्यको पक्षमा छौं ।’ उनले अघि थपे,‘ठूला–ठूला पाँचतारे होटल र हाउजिङमा अत्यधिक भूमिगत पानी दोहोन भैरहेको छ । त्यसमा सरकारले कुनै किसिमका कर लगाएको छैन् । तर निम्न वर्गले उपभोग गर्ने पानीमा प्रत्येक टिपमा शुल्क लिदा त्यसको प्रत्यक्ष असर निम्न वर्गका मानिसमा पर्न जान्छ । हामी जनताको हितकारी व्यवसायी भएका कारण हिजोको दिनमा आपूर्ति गर्दै आएको मुल्यमा नै पानी वितरण गर्नुपर्छ भन्नेमा छौं ।’ त्यस्तै उपत्यका खानेपानी श्रोत तथा ट्याङ्कर व्यवसायी संघका अध्यक्ष विष्णु दाहालले आजदेखि गोकर्णेस्वर नगरपालिकामा लगाउने भनिएको (पटके कर) प्रत्येक ट्रिप शुल्क र चन्दागिरी नपा वडा नम्बर ८ का अध्यक्षले उक्त क्षेत्रका व्यवसायीमाथि गरेको ज्यादतिबिरुद्धमा आफुहरु आन्दोलित भएको जानकारी दिए । उनले भने,‘सरकार जनपक्षीय बन्न सकेको छैन्। पानीमा पनि कर लगाउन थालेको छ । सरकारले निःशुल्क रुपमा जनतालाई पानी दिुनपर्ने हो । तर, उल्टै विभिन्न संस्थाहरुले सहज र शुलभ रुपमा वितरण गर्दै आएको पानीमा चर्को कर लगाउने काम गरेको छ । आर्थिक वर्ष सूरु नहुनुभन्दा पहिले १२ हजार लि.को २ हजार ५ सयदेखि २ हजार ७ सयसम्म वितरण गर्दै आएका थियौं । तर, नयाँ आर्थिक वर्षपछि २ हजार ८ सयदेखि ३ हजारसम्म पर्नेछ यसको असर उपभोक्तालाई पर्नेछ ।’
डिसहोमले रिजार्च गर्दा जडाउन उपकरण सित्तैमा दिने
काठमाडौं । डिसहोमले “डिस होम फ्रि अफर” नामक नयाँ योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा प्राप्त गर्न सक्नेछन् । यो योजना गत भदौ १ गते शुरु भई सिमित अवधिको लागी लागु हुनेछ । नेपालमा सरकारले लागु गरेको अनिवार्य डिजिटलाइजेशनको निति नेपालभर लागु भइसकेको अवस्थामा ग्राहकहरुलाई सजिलै गुणस्तरिय डिसहोमको सेवा प्रदान गर्नका लागी र आम सर्वसाधारणलाई समेत यो सेवामा आकर्षित गर्न यो योजना लागु गरिएको कम्पनीले जनाएको छ । डिसहोमको जडान उपकरणहरु फ्रि मा पाउने भएपछि यो डिजिटल सेवा लिने ग्राहकहरु गुणात्मक रुपमा वृद्धि हुने देखिएको छ । सेट अप बक्स बिनाको एनालग सेवा हेरिरहेका ग्राहकहरुलाई यो योजना निकै आकर्षक हुने देखिएको छ । २००९ मा स्थापित डिसहोम नेपालको सबैभन्दा अग्रणी र गुणस्तरीय पे टिभी सर्भिस हो । २४ घण्टा ग्राहक सेवा, हरेक वडाहरुमा दक्ष प्राविधिक, आफ्नै लोकप्रिय च्यानलहरुका कारण डिसहोमको सेवा लाखौँ घरहरुमा जडान भइसकेको छ । डिसहोम केहि समय अगाडि पब्लिक कम्पनीमा रुपान्तरण भइसकेको छ र छिट्टै सर्वसाधारणहरुका लागि सेयर जारी गर्ने तयारीमा छ ।
एभरेष्ट बैंकले कर्मचारीहरुलाई वार्षिक ५० लाख रुपैयाँकाे तालिम दिने
काठमाडौं । एभरेष्ट बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम ५० लाख रुपैयाँ बराबर रकमको वार्षिक तालिम संचालन गराउने भएको छ । एभरेष्ट बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई) बीच उक्त तालिम कार्यक्रम संचालन गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा एभरेष्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृतसंजिब सुब्बाबीच हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार एनबीआईले एभरेष्ट बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।
काठमाडौं महानगरपालिकाले घरवहाल कर घटायो, १ लाख भन्दा कम वहाल आम्दानी हुनेलाई कर नलाग्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले घरवहाल कर घटाएको छ । महानगरले घरवहाल कर २ प्रतिशत घटाएर १० प्रतिशतमा झारेको छ । गत आर्थिक वर्षमा घरवहाल कर १२ प्रतिशत थियो । महानगरपालिकाले वार्षिक १ लाख रुपैयाँ भन्दा कम वहाल उठाउने र आम्दानीको अन्य स्रोत नभएका करदातालाई कर छुट दिएको छ । यसैगरी घरजग्गा कर दरमा पनि परिमार्जन गरेको छ । महानगरपालिकाले गत आर्थिक वर्षमा ९०० रुपैयाँ कर लिदै आएकोमा अब १० लाख रुपैयाँ बराबर १०० रुपैयाँ अर्थात १ करोड रुपैयाँमा ०.०१ प्रतिशत लिने भएको छ । समान सम्पत्ति समान कर नीति अनुसार राजिष्ट्रेसनका आधारमा कर लगाउने नीतिलाई परिमार्जन गरिएको महानगरले जनाएको छ । यस्तै विभिन्न शिफारिशवापत लिदै आएको शुल्कलाई पनि खारेज गरी निशुल्क गरिएको महानगरले जनाएको छ ।
फेसबुक र ट्विटरकाे विज्ञापनबाट कर असुल्न संसदीय समितिको निर्देशन
काठमाडौं । संसदको विकास समितिले फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जालमा प्रकाशन हुने बिज्ञापनमा कर लगाउन सरकारलाई निर्देशन दिएको छ । विज्ञापन गरेवापत ठुलो रकम डलरमा बाहिरिएको भन्दै समितिले सोको अध्ययन गरी विज्ञापन कारोबारमा कर लगाउन सञ्चार तथा सूचना प्रबिधी मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । पछिल्लो समयमा नेपालका ठुला कर्पोरेट हाउसदेखि स साना व्यवसायीले समेत फेसबुक, ट्विटर, युट्युब लगायतका समाजिक सञ्जाल मार्फत आफ्नो व्यवसायको प्रवद्र्धन गरिरहेका छन् । यसरी उनीहरुले अनधिकृत रुपमा गरेको व्यवसाय प्रवद्र्धनले करोडौं रुपैंयाँ डलरमा भुक्तानी भैरहेको छ । राजश्व सचिव शिशिर कुमार ढुंगानाले फेसबुक र ट्विटर लगायतका समाजिक सञ्जालहरु मार्फत हुने विज्ञापन कारोबारमा कर लगाउने तयारी भैरहेको बताए । उनले नेपाल दुर सञ्चार प्राधिकरणसँग समन्वय गरेर कर असुलीको तरिकाका बारेमा अध्ययन गर्न आन्तरिक राजश्व विभागलाई निर्देशन दिईसकिएको पनि जानकारी दिए ।
७ विमानस्थल मात्र नाफामा, क्यानको बजेट ४५ अर्ब १७ करोड
काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सञ्चालन गरेका मध्ये ७ वटा विमानस्थल मात्र नाफामा देखिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गत आर्थिक वर्षमा ५ अर्ब ८१ करोड रुपैयाँ छ । यो सहित सात विमानस्थल मात्र नाफामा छन् बाँकी सबै घाटामा चलिरहेका छन् । पोखरा करोड ६५ लाख कमाएको छ । क्यानका अनुसार लगानी गरेको हिसाबले सबै घाटामा भए पनि बजेट विनियोजन र लगानीको आधारमा हेर्दा सात वटा विमानस्थल मात्रै नाफामा छन् । सबैभन्दा बढी जनकपुर १ करोड ८० लाख रुपैयाँ घाटामा छ । क्यानले सबैभन्दा बढी खर्च जग्गा खरीद बिक्रीमै गरेको छ । गत आवमा रु १४ अर्ब १८ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ । क्यानले आर्थिक वर्ष २०७५/०७६ का लागि ४५ अर्ब १७ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । क्यानले चालू आवमा ५ अर्ब ९६ करोड ८३ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । विमानस्थल शुल्कबाट २ अर्ब ३४ करोड रुपैयाँ आम्दानी गर्ने योजना छ । क्यानको स्वीकृत बजेटमध्ये पूँजीगतर्फ ३४ अर्ब २५ करोड र कार्यालय सञ्चालनतर्फ ३ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । चालू आवको बजेट स्रोतअन्तर्गत प्राधिकरणको २४ अर्ब ३२ करोड ५७ लाख र सरकारबाट ऋण अनुदान र सेयर लगानीसमेत गरी २० अर्ब ८५ करोड रुपैयाँ छ । यसमध्ये ७ अर्ब ५२ करोड ३१ लाख रुपैयाँ लगानीमा, ११ अर्ब ८२ करोड ६९ लाख ऋण र १ अर्ब ५० करोड रुपैयाँ अनुदानमा आउने अपेक्षा लिएको क्यानले जनाएको छ । गौतमबुद्ध विमानस्थलमा ९ अर्ब खर्च क्यानको बजेट खर्चको हिसाबले आव २०७४÷०७५ को असार मसान्तसम्ममा सबैभन्दा बढी गौतमबुद्ध विमानस्थल सुदृढीकरण आयोजनामा ९ अर्ब रुपैयाँ बढी खर्च भएको छ । जसमा ८ अर्ब ९५ करोड रुपैयाँ जग्गा अधिग्रहणमा खर्च भएको छ । डेढ अर्ब बढी राजश्व क्यानले गत आवमा लाभांशबापत १ अर्ब ६३ करोड ५६ लाख रुपैयाँ सरकारलाई राजश्व तिरेको छ । ब्याज भुक्तानीमा २२ करोड ७६ लाख र सावा भुक्तानीमा ३० करोड ८३ लाख, आय करमा ५३ करोड र मूल्यअभिवृद्धि करमा ५४ करोड रुपैयाँ तिरेको क्यानले जनाएको छ । रासस
आधारभूत लगानीकर्ताले एनसीसी बैंकको हकप्रद सेयर किनेनन्, ३८ लाख ५९ हजार कित्ता बाँकी
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको आधारभूत सेयरधनीले नै हकप्रद सेयर खरिद गरेनन् । बैंकको ३८ लाख ५९ हजार कित्ता १९१ कित्ता हकप्रदलाई आवेदन नपरेको निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । बैंकका ठुला लगानीकर्ताले हकप्रदमा लगानी गर्न नचाहेको पाइएको छ । हकप्रद सेयर सोमबारदेखि बिक्री खुला भएको छ । बैंकले चुक्तापुँजी बढाउन ५० प्रतिशत अर्थात २ अर्ब ३३ करोड ९५ लाख २९ हजार १०० रुपैयाँ बराबरको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन असोज ७ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक सनराइजले जनाएको छ । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ हुने छ । हकप्रद निष्कासनपछि पनि बैंकको ९९ करोड रुपैयाँ चुक्तापुँजी नपुग्ने देखिएको छ । तोकिएको समयमा पुँजी नपुर्याउनेमा एनसीसी बैंक मात्र भएको छ ।
आइएमई लाइफ इन्स्योरेन्स दोस्रो वर्षमा प्रवेश, साढे ५३ करोड बीमा शुल्क संकलन गर्न सफल
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको एक वर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा कम्पनीले एक कार्यक्रमको आयोजना गरि प्रथम वार्षिकोत्सब मनाएको छ । उक्त कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पर्धात्मक उपस्थिति जनाएको बताएका छन् । चालु आ.व.२०७५/७६ मा समेत उल्लेख्य शाखा विस्तार गर्नेे र जीबन बीमा व्यवसायमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ताको लागि आर्कषक एवं उत्प्रेरक विविध प्रोत्साहन योजनाहरु कार्यन्वयन गरिने उनले जानकारी दिए । त्यसैगरि कम्पनीले आगामी दिनमा सबैको लागि पहुँच हुने, लाभदायक तथा नवतिम् थप बीमा योजनाहरु ल्याइने जनाएको छ । कम्पनीले नियमनकारी निकाय बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्रक्रियाहरु पुरा गरि सर्वसाधारणका लागि सेयर जारी गरिने समेत बताएको छ । ब्यवसाय सुचारु भएको प्रथम वर्षमा नै कम्पनीले विभिन्न ५० स्थानमा शाखा कार्यालयहरु स्थापना गरि बीमा सेवा पुर्याउदै आएको छ । कम्पनीले यस आर्थिक बर्ष २०७५/७६ मा समेत ४५ शाखाहरु बिस्तार गरि बीमाको पहुँच तथा सेवामा गुणात्मक देन दिने योजना बनाएको छ । कम्पनीले आर्थिक बर्ष २०७४/७५ मा ५३ करोड ५० लाख रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको थियो ।