एनआईसी एशिया बैंकले ऋणपत्र निष्कासन गर्न पायो अनुमति, ११ प्रतिशत ब्याजदर करिब दुर्इ अर्ब रूपैयाँ लगानी गर्ने अवसर

<p>काठमाडौं । एनआईसी एशिया बैंकले ऋणपत्र (डिवेन्चर) निष्कासन गर्न स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार बैंकलाई १ अर्ब ८३ करोड रुपैयाँ बराबरको १८ लाख ३० हजार कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यकाे ऋणपत्र निष्काशन गर्न लागेकाे हाे । कुल ऋणपत्र मध्ये ८० प्रतिशत अर्थात [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले ऋणपत्र (डिवेन्चर) निष्कासन गर्न स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार बैंकलाई १ अर्ब ८३ करोड रुपैयाँ बराबरको १८ लाख ३० हजार कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यकाे ऋणपत्र निष्काशन गर्न लागेकाे हाे ।

कुल ऋणपत्र मध्ये ८० प्रतिशत अर्थात १ अर्ब ४६ करोड ४० लाख रुपैयाँ व्यक्तिगत र २० प्रतिशत अर्थात ३६ करोड ६० लाख रुपैयाँ सर्वसाधारणका लागि बिक्री खुला हुनेछ ।ऋणपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेकाे छ ।

७ वर्ष अवधिकाे यस ऋणपत्रमा बार्षिक ब्याज दर ११ प्रतिशत ताेकिएकाे छ भने अर्धवार्षिक रुपमा व्याज भुक्तानी  गरिने बैंकले जनाएको छ ।

प्रस्तावित ११ प्रतिशत ब्याज भएको यस ऋणपत्र लगानीकर्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने अवसर हुने विश्वास बैंकले जानकारी दिएको छ । पुँजीगत आधार मजवुत बनाउन  ऋणपत्र निष्कासन गर्न लागेकाे पनि बैंकले जनाएकाे छ ।

Share News