फेसबुक र ट्विटरकाे विज्ञापनबाट कर असुल्न संसदीय समितिको निर्देशन

<p>&nbsp; काठमाडौं । संसदको विकास समितिले फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जालमा प्रकाशन हुने बिज्ञापनमा कर लगाउन सरकारलाई निर्देशन दिएको छ । विज्ञापन गरेवापत ठुलो रकम डलरमा बाहिरिएको भन्दै समितिले सोको अध्ययन गरी विज्ञापन कारोबारमा कर लगाउन सञ्चार तथा सूचना प्रबिधी मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । पछिल्लो समयमा नेपालका ठुला कर्पोरेट हाउसदेखि स [&hellip;]</p>

 

काठमाडौं । संसदको विकास समितिले फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जालमा प्रकाशन हुने बिज्ञापनमा कर लगाउन सरकारलाई निर्देशन दिएको छ ।

विज्ञापन गरेवापत ठुलो रकम डलरमा बाहिरिएको भन्दै समितिले सोको अध्ययन गरी विज्ञापन कारोबारमा कर लगाउन सञ्चार तथा सूचना प्रबिधी मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

पछिल्लो समयमा नेपालका ठुला कर्पोरेट हाउसदेखि स साना व्यवसायीले समेत फेसबुक, ट्विटर, युट्युब लगायतका समाजिक सञ्जाल मार्फत आफ्नो व्यवसायको प्रवद्र्धन गरिरहेका छन् । यसरी उनीहरुले अनधिकृत रुपमा गरेको व्यवसाय प्रवद्र्धनले करोडौं रुपैंयाँ डलरमा भुक्तानी भैरहेको छ ।

राजश्व सचिव शिशिर कुमार ढुंगानाले फेसबुक र ट्विटर लगायतका समाजिक सञ्जालहरु मार्फत हुने विज्ञापन कारोबारमा कर लगाउने तयारी भैरहेको बताए । उनले नेपाल दुर सञ्चार प्राधिकरणसँग समन्वय गरेर कर असुलीको तरिकाका बारेमा अध्ययन गर्न आन्तरिक राजश्व विभागलाई निर्देशन दिईसकिएको पनि जानकारी दिए ।

Share News