काठमाडौं महानगरपालिकाले घरवहाल कर घटायो, १ लाख भन्दा कम वहाल आम्दानी हुनेलाई कर नलाग्ने

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले घरवहाल कर घटाएको छ । महानगरले घरवहाल कर २ प्रतिशत घटाएर १० प्रतिशतमा झारेको छ । गत आर्थिक वर्षमा घरवहाल कर १२ प्रतिशत थियो । महानगरपालिकाले वार्षिक १ लाख रुपैयाँ भन्दा कम वहाल उठाउने र आम्दानीको अन्य स्रोत नभएका करदातालाई कर छुट दिएको छ । यसैगरी घरजग्गा कर दरमा पनि परिमार्जन [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरवहाल कर घटाएको छ । महानगरले घरवहाल कर २ प्रतिशत घटाएर १० प्रतिशतमा झारेको छ । गत आर्थिक वर्षमा घरवहाल कर १२ प्रतिशत थियो ।

महानगरपालिकाले वार्षिक १ लाख रुपैयाँ भन्दा कम वहाल उठाउने र आम्दानीको अन्य स्रोत नभएका करदातालाई कर छुट दिएको छ । यसैगरी घरजग्गा कर दरमा पनि परिमार्जन गरेको छ । महानगरपालिकाले गत आर्थिक वर्षमा ९०० रुपैयाँ कर लिदै आएकोमा अब १० लाख रुपैयाँ बराबर १०० रुपैयाँ अर्थात १ करोड रुपैयाँमा ०.०१ प्रतिशत लिने भएको छ ।

समान सम्पत्ति समान कर नीति अनुसार राजिष्ट्रेसनका आधारमा कर लगाउने नीतिलाई परिमार्जन गरिएको महानगरले जनाएको छ । यस्तै विभिन्न शिफारिशवापत लिदै आएको शुल्कलाई पनि खारेज गरी निशुल्क गरिएको महानगरले जनाएको छ ।

Share News