साञ्जेन जलविद्युतले ५४ करोडको आईपीओ बिक्री गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड
काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणको लागि ५४ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ५४ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले बिहीबार धितोपत्र बोर्डमा निवेदन दिएर सो मात्राको आईपीओ निष्कासन गर्ने अनुमति मागेको हो । बोर्डको अनुमति पाए पश्चात हाइड्रोले नागरिक लगानी कोष मार्फत सो मात्राको आईपीओ सर्वसाधारणमा बिक्री गर्ने छ ।
१० रुपैंयाँको नोटमा पूर्व गभर्नर र पूर्व बैंकर सहित ३ जना विरुद्ध भ्रष्ट्राचार मुद्दा
काठमाडौं । पुर्व गर्भनर तिलक रावल। उपेन्द्र केशरी पौडेल र हिमालयन बहादूर पाँडे विरुद्ध मुद्दा दायर भएको छ । भ्रष्ट्राचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिबार मुद्दा दायर गरेको हो । आयोगले नेपाल राष्ट्रा बैंकबाट अष्ट्रेलियामा रु १० को ५ करोड थान पोलिमर नोट छपाई गर्दा अनियमितता भएको पुष्टी भएको छ । आयोगले नेपाल राष्ट्रफ बैंकबाट अष्ट्रेलियामा रु १० को ५ करोड थान पोलिमर नोट छपाई गर्दा अनियमितता भएको पुष्टी भएको छ । अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैर कानुनी मिलेमतो गरी ३ जनाले आर्थिक अनियमितता गरेको आयोगले प्रमाणित गरेको हो । उनीहरु विरुद्ध स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको आयोगमा उजुरी परेको प्रवक्ता रामेश्वर दंगालले बताए । आयोगले अनुसन्धान गर्दा बोलपत्र पूर्व नै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, संचालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाइ हस्तान्तरण गर्न लगाएको पाएको थियो । नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधी बिचका निरन्तर पत्राचार हुने, छापिएका नोटका कमिकमजोरी मिडियामा नल्याउनका लागी मिडियाकर्मीहरुलाई समेत रकम दिएको दाबी गरेको छ । नेपाल राष्ट्र बैंकका एव् नोट प्रिन्टिङ अष्ट्रेलियाका पदाधिकारीहरु र त्यसका स्थानीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई अस्वभाविक मूल्य तिराई नोक्सानी पुर्यारएको आयोगले बताएको छ ।
सिंगल डिजिटमा ब्याजदर झार्ने बैंकर्स संघको निर्णय
काठमाडौं । बैंकर्स संघले मुद्धति निक्षेपको ब्याजदर सिंगल डिजिटमा झार्ने सहमति गरेको छ । बिहिबार बसेको बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको बैठकले मुद्धति निक्षेपको ब्याजदर १० प्रतिशत भन्दा कम गर्ने निर्णय गरेको हो । बैंकरबिच व्यक्तिगत तर्फ ९.२५ र संस्थागत तर्फ ८.५ प्रतिशत कायम गर्ने र बचत खातामा ६.५ प्रतिशतमा सिमित गर्ने सहमति भएको हो । बिहिबार बिहानै गभर्नर डा. चिरञ्जीवी नेपालले क, ख, ग र घ वर्गका बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर ब्याजदर एक अंकमा सिमित गर्न निर्देशन दिएका थिए । ‘हामीले सबैलाई बोलाएर ब्याजदर सिंगल डिजिटमा सिमित गर्नुस भनेका थियौं, सोही अनुसार बैंकरहरुले निर्णय गरेका छन्, हामीले हस्तक्षेप गर्नु परेन ठिकै भयो’, केन्द्रिय बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले विकासन्युजसँग भने ।
पानी खुवाएर लगानीकर्ताको अनशन तोडियो, २५ वर्षको लगानी टुकुचामा बगेको निष्कर्ष
काठमाडौं । सेयर लगानीकर्ताहरुले ४ दिनदेखि जारी आमरण अनशन फिर्ता लिएका छन् । १२ दिनदेखि नेपाल स्टक एक्सचेञ्ज बाहिर रिले अनसन र विगत ८ औं दिनदेखि आमरण अनशन बसेका दुई लगानीकर्ताहरुले एक आपसमा पानी खुवाएर अनशन फिर्ता लिएका हुन् । अनशन फिर्ता लिँदै दुई अनसनकारी हरि ढकाल र तिलकको कोइरालाले यति दिन अनशन बस्दा समेत आफुहरुलाई भेट्न कुनै सरकारी प्रतिनिधिहरु नआएको भन्दै आफुहरुले लगानीकर्ताहरुलाई ब्युझाउँने काम गरेको दाबी गरे । आफुहरुलाई कतिले नेता बन्न अनसन बसेको त कतिले काँग्रेसी र कतिपयले राप्रपा कार्यकर्ताको आरोप लगाएको भन्दै आफुहरु कम्युनिष्ट पार्टीकै कार्यकर्ता भएको भन्दै पार्टीमा आफूहरुको २५ वर्षको लगानी टुकुचाको खोलाको कालो पानीसँगै बगेर गएको निष्कर्ष समेत निकालेका छन् । सरकारले गठन गरेको समिति र त्यसले बुझाएको प्रतिवेदनलाई उनीहरुले बिषमाथि अमृत मिसाइएको संज्ञा दिएका छन् ।
आठ वर्षमा हुलाकी राजमार्ग १४० किमी कालोपत्र, ४७ अर्ब २४ करोड लागत लाग्ने अनुमान
काठमाडौं । भारत सरकार र नेपाल सरकारको संयुक्त लगानीमा शुरु गरिएको राष्ट्रिय गौरवको आयोजना पूर्व–पश्चिम हुलाकी राजमार्ग करीब आठ वर्षमा १४० किमी मात्र कालोपत्र भएको छ । आर्थिक वर्ष २०६६/६७ देखि आयोजना शुरु भएपनि अहिलेसम्म जम्मा १४० किमी कालोपत्र गरिएको राजमार्ग आयोजनाका आयोजना निर्देशक अशोक तिवारीले जानकारी दिएका छन् । आयोजनाको शुरुमा ठेक्कापट्टा, मुआब्जा जस्ता कार्यले निर्माण कार्य ढिलाइ भएको बताएका छन् । ‘पहिलो चरणमा एक हजार २४८ किमी सडक निर्माण कार्य शुरु गत वर्षबाट शुरु गरिएको हो । उक्त आयोजना आर्थिक वर्ष २०७९/८० सम्म ९७५ किमी कालोपत्र गर्ने योजना रहेको यस आर्थिक वर्षमा १०० किमी कालोपत्र गर्ने लक्ष्य रहेको छ । आगामी चार वर्षभित्र हुलाकी राजमार्ग निर्माण गर्ने गरी काम भइरहेको जानकारी दिँदै पहिलो चरणको एक हजार २४८ किमी सडक निर्माण भइरहेको र उक्त आयोजनाको ५४४ किमी सडक निर्माण गर्न बाँकी रहेको बताएका छन् । कूल लम्बाइमध्ये ९७५ किमी पूर्व–पश्चिम र ८९७ दशमलब ४२ किमी उत्तर–दक्षिण रहेको छ । राजमार्गको दोस्रो चरणमा पूर्व–पश्चिमतर्फ ४०७ किमी र उत्तर–दक्षिण १५७ किमी रहेको छ । सरकारले आर्थिक वर्ष २०६६/६७ देखि पूर्वमा मेची पुलदेखि पश्चिममा कञ्चनपुरको गड्डाचौकीसम्म कूल एक हजार ७९२ दशमलब ४२ किमी लम्बाई रहेको उक्त राजमार्ग बनाउनका लागि ४७ अर्ब २४ करोड लागत छुट्याइएको थियो । पहिलो चरणका लागि २९९ किमी सडकको स्तरोन्नतिका लागि भारतीयले रु सात अर्ब ५२ करोड र नेपाल सरकारले नेपाल सरकारले रु २२ अर्ब ७१ करोड लागतमा ६५३ किमीको सडक निर्माण भइरहेको छ । आयोजना निर्देशक तिवारीले दोस्रो चरणको सडक निर्माणका लागि बोलपत्र आह्वानको सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिएको छन् । अर्थ मन्त्रालयबाट सहमति आउनासाथ सडक निर्माणका लागि बोलपत्र आह्वान गरि ‘‘सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार रहेकाले आगामी चार वर्षमा बाँकी सडकको निर्माण सम्पन्न गर्ने जानकारी दिएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको मेची भद्रपुर–रतुवा आम्बारी सडक खण्ड २८ किमी, मोरङको रतुवा–केसलिया सडक खण्ड ४० किमी, चितवनको अमुवा मादी रिउ खोला सडक खण्ड ३८ किमी, नवलपरासीस्थित त्रिवेणी वरुवा, नारायणचोक, परासी महाव खोला सडक खण्ड २६ किमी, रुपन्देहीको महाव खोला–भैरहवा–लुम्बिनी कोठी सडक खण्ड १५ किमी, कपिलवस्तुमा पर्ने कोठी–तौलिहवा–बहादुरगञ्ज–रामपुर–चिराइनाका–कल्याणकोट सडक खण्डको ५७ किमी बाँकी रहेको छ । यस्तै दाङमा पर्ने कल्याणकोट–गोबर्दिया–गढवा–राजापुर–गोठुवा सडकखण्ड ७० किमी, बाँकेमा पर्ने गोठुवा–खुम्बर–बेथानी–नेपालगञ्ज–मानखोला सडक खण्ड ८६ किमी र बर्दियामा पर्ने मानखोला–गुलरिया–कोठियाघाट–राजापुर–कर्णाली सत्ति सडक खण्ड ४७ किमी बाँकी रहेको छ । यसैगरी उत्तर–दक्षिणमा ६ वटा सहायक राजमार्ग बनाउन बाँकी रहेका छ । मोरङको गान्धी मनमोहन मार्ग २५ किमी, चितवनको माडी–भरतपुर २६ किमी, चितवन र नवलपरासीका जगतपुर–बहुबन ३८ किमी, नवलपरासको दुम्कीवास–त्रिवेणी २० किमी, नवलपरासीको कठहवा–त्रिवेणी १० किमी र कपिलवस्तुको खरिन्दपुर–सितलपुर–भिल्मी सडक खण्ड १८ किमी रहेका छन् । उक्त ५४४ किमी सडक बनाउन कूल रु २८ अर्ब ६१ करोड नौ लाख आवश्यक देखिएको छ । राजमार्गको विभिन्न खण्डमा शुरुमा १५० वटा पुल आवश्यकता देखिए पनि अहिले आएर २१९ वटा पुल बनाउन आवश्यक देखिएको आयोजना निर्देशक तिवारीले बताएका छन् । ७५ वटा पुल निर्माण सम्पन्न भइसकेको, ८४ वटा निर्माणको चरणमा रहेका र ६० वटा पुलको डिजाइन स्वीकृतको चरणमा रहेको छ । आर्थिक वर्ष २०७४/७५ नेपाल सरकारको सहयोगमा ३३.५ किमी र भारतीय सरकारको सहयोगमा ७० किमी कालोपत्र गरिएको छ ।
सिक्टा सिँचाइको पश्चिम मूल नहर फेरि भत्कियो, माटोमै समस्या रहेको निष्कर्ष
काठमाडौं । बाँकेकाे रहेकाे सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर पटक–पटक भत्किदै आएको छ । उक्त आयोजना फेरि भत्किन थालेपछि बेलायत र अष्ट्रेलियाबाट झिकाइएका माटोविज्ञले नहर अवलोकन गरी भत्केनुको कारण खण्डमा घुलनशील माटो भएको निष्कर्ष आएको छ । विज्ञले गत मङ्सिर २५, २६ र २७ गते मूल नहर तथा भत्केको खण्डको सुक्ष्म निरीक्षण गरेको थियो । आयोजना प्रमुख कृष्णप्रसाद नेपालको भनाइ अनुसार विज्ञहरुले फिल्डमै गएर केही ठाउँको माटो परीक्षण पछ्यात निरीक्षण गरि माटोमा समस्या रहेको औँल्याइएको बताएका छन् । विज्ञहरूले परीक्षण गर्न माटो लैजान चाहेको तर सरकारी प्रक्रिया लामो हुने भएकाले उनीहरूले नलगेको चर्चा गर्दै अध्ययन गर्न पुराना कागजात लागिएको करीब एक महीनाभित्र प्रतिवेदन पेश गरिने जानकारी दिएका छन् । घुलनशील माटोमाथि अम्लियपन बढी भएको माटो भरेर वा छोपेर पानी चुहिन नदिने प्रक्रिया अपनाउन सकिने र समस्याग्रस्त ठाउँमा तल–माथि र दायाँ–बायाँ ‘काउन्टर बर्म’ ड्रेनेज निर्माण गर्नुपर्ने पनि विज्ञहरूले सुझाएका थिए । पश्चिम मूल नहरको ४५ किमीमध्ये २० देखि ३५ किमी खण्डमा बढी समस्या जानकारी दिएका छन् । प्राकृतिक भौगर्भिक समस्याले नहर भत्किए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारी तथा इञ्जिनीयरको दोष देखाउँदै निर्माणमा संलग्न उच्च अधिकारी, ठेकेदार तथा परामर्शदाताले आर्थिक अनियमितताको आरोपमा २१ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । रासस
प्रतिवेदनकाे सुझाव कार्यान्वयनका लागि बैंकरसँग छलफल गर्दै राष्ट्र बैंक
काठमाडौं । अर्थ मन्त्रालयद्वारा गठित डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको समितिले अर्थ मन्त्रीलाई मुद्रा बजार र पुँजी बजार सुधार र विद्यमान समस्या समाधानका विषयमा प्रतिवेदन बुझाएको भोलिपल्ट नेपाल राष्ट्र बैंकले सबै बैंकर संघका प्रतिनिधिहरुलाई राष्ट्र बैंकमा छलफलका लागि बोलाएको छ । राष्ट्र बैंकले बिहीबार दिउँसो उनीहरुलाई छलफलमा बोलाएको हो । छलफलमा प्रतिवेदनमा राष्ट्र बैंकले गुर्नुपर्ने भनि उल्लेख गरिएका कामको रुपमा समेटिएका विषयहरु कसरी कार्यान्वयन गर्ने भन्नेबारे छलफल गरी आवश्यक निर्देशन बैंक तथा वित्तीय संस्थाहरुलाई दिने बताइएको छ । डेपुटी भर्नर श्रेष्ठले प्रतिवेदनले दिएका सुझावहरु राष्ट्र बैंकले तत्कादै कार्यान्वयन सुरु गर्ने बताएका थिए ।
२५ करोडको लगानीमा नेपालमै पहिलो जैविक रिसोर्ट अब नुवाकोटमा
काठमाडौं । कृषि तथा पर्यटनको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले नुवाकोटमा नेपालकै पहिलो एग्रो टुरिजममा आधारित जैविक रिसोर्ट सञ्चालन गरिने भएको छ । नुवाकोटको बेल्कोटगडी नगरपालिका–८ जिलिङको फेदीमा ड्रिम ल्याण्ड रिसोर्ट एण्ड प्राङ्गारिक फार्म हाउस रु २५ करोडको लगानीमा सञ्चालनको तयारी हुन लागेको हो । स्थानीय नेपाली परम्परा, संस्कृति, लोप हुन लागेका पुर्खौली वस्तु र पर्यटन प्रवद्र्धमा धार्मिक महत्वको जर्गेना र विकास गर्ने उद्देश्यका साथ यस रिसोर्ट सञ्चानमा ल्याउन लागिएको रिसोर्टका अध्यक्ष विष्णुप्रसाद नेपालले बताएका छन् । त्यसका लागि पाँच करोडको जग्गा खरीद गर्नुका साथै रु १५ करोडको पूर्वाधार निर्माणमा लगानी गरिने बताएका छन् । पर्यटनलाई लक्षित गरि नेपालमै पहिलो जैविक रिसोर्ट सञ्चालन गर्न लागेका, पर्यटन र मानव स्वास्थ्य तथा मानिसको जीवनशैलीमा यसको महत्व रहेको छ । समयको विकासक्रम सँगसँगै हरेक भान्सा र खाद्य परिकारमा जैविक मिश्रणले मानव स्वास्थ्यमा निम्त्याइरहेको हानिलाई पनि न्यूनीकरण गर्न यो रिसोर्ट एक अध्ययन केन्द्र बन्न सक्ने बताएका छन् । केरुङ नाका जोड्ने सडक मार्गसँगै अवस्थित छ भने धार्मिक महत्वको हिसाबले प्रसिद्ध देवीघाटको जालपा क्षेत्र, मानसरोवर र गोसाइँकुण्ड जाने धार्मिक पर्यटकको रुटमा समेत यो देवीघाटमा बन्ने रिसोर्ट भएकाले धार्मिक पर्यटनको प्रवद्र्धनमा सघाउ पुग्ने उपेक्षा गरिएको छ । हाल निर्माणाधीन मध्यपहाडी लोकमार्ग समेतले यसलाई समेटेको छ । यस प्रकृतिको रिसोर्टका लागि पहिलो ठूलो लगानीमा आउन लागेको यस रिसोर्टमा सबै प्रकारको सेवा–सुविधा सम्पन्न रहने र रिसोर्टमा आउने पाहुनाको लागि खाने परिकारदेखि लिएर हरेक सामान जैविक हुने नेपालले बताएका छन् । यहाँ आएका हरेक पर्यटक तथा पाहुनाले यहाँ पालिएका गाईभैँसीको दूध, कुखुरालगायत रिसोर्टमै उत्पादित तरकारी र फलफूल आफ्नो चाहना र रुचिअनुसार खान पाउने ती सबै विषदीरहित जैविक बताएको जानकारी दिएका छन् । सबै जैविक सामानले राख्दा विदेशी पाहुनाले नेपाली पुर्खाको सामान यस्ता राम्रा हुँदा रहेछन् भनेर थाहा पाउनेछन् । नुवाकोटको पहिचान जोगाउने र अर्कोतर्फ लोकल र जैविक खाने कुराले स्वास्थ्यका लागि फाइदा पनि हुने, व्यापार व्यावसायमा पनि राम्रो आम्दानी हुने भएकाले योजनासहित रिसोर्टको काम अघि बढाएको सञ्चालकले बताएका छन् । ड्रिम ल्याण्ड रिर्सोड एण्ड जैविक फार्म हाउसमा गाउँघरमा हुने पुराना संस्कृति झल्किने सामान जस्तैः ढिकी, जाँतो, ओखल, खल, हँसिया, करौँती, हलोजुवा, कोदाली, कुट्टोलगायतका मौलिक कृषि औजार तथा सामान हेर्नका लागि राखिने रिसोर्टका सचिव नुरप्रसाद दाहाल बताएका छन् । दाहालका अनुसार ४२ रोपनीमा सञ्चालन हुन लागिएको रिसोर्टमा आफ्नै फार्म हाउसभित्रै स्वदेशी तथा विदेशी पर्यटकलाई दूधको लागि गाईहरु पाल्नुका साथै स्थानीय स्तरमा उत्पादन हुने दूध, मोही, दही रिर्सोटमा आउने ग्राहकलाई खुवाइने छ । त्रिशूलीको लोकल माछा त्यहीँ रिसोर्टमै पाल्ने, बाख्रा पाल्ने, स्थानीय प्रजातिका कुखुरा पाल्ने योजनासमेत रहेको रिसोर्टले जनाएको छ । रासस
जानकी मेडिकल कलेजकाे अवैध भर्नाप्रति डा.केसीको गम्भिर ध्यानाकर्षण
काठमाडौं । जानकी मेडिकल कलेजले अवैध रुपमा एमबीबीएस कार्यक्रममा प्रवेश परीक्षा नै नदिएका विद्यार्थीहरु भर्ना गर्दै गरेकोमा रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएका छन्र । उक्त अवस्थामा सर्वोच्च अदालतबाट न्याय प्रक्रियाकै मानमर्दन हुने गरी सो भर्नालाई वैध बनाउन चलखेल भइरहेको प्रति चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा.डा.गोविन्द केसीको गम्भीर ध्यानाकर्षण रहेको छ । बुधबार डा.केसीले बारम्बार विभिन्न अदालतका फैसलाहरुका आडमा मेडिकल कलेजहरुले अवैध रुपमा विद्यार्थी भर्ना लिएका कारण देशभर ठूलो संख्यामा अयोग्य विद्यार्थीहरु डाक्टरीको डिग्री र लाइसेन्स पाउने र त्यसले जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने र स्वास्थ्य सेवाग्राहीको ज्यान खतरामा पर्ने निश्चित छ । तत्कालीन न्यायधीश र प्रधान न्यायधीश गोपाल पराजुली त्यस्ता कम्तीमा आधा दर्जन फैसलामा संलग्न रहेकोमा उनको नेतृत्वको न्यायालयमा मेडिकल माफियाको त्यस्तो प्रभावविरुद्ध यसअगाडि हामीले एक चरण सत्याग्रह नै गरेका जनाएका छन् । अघिल्लो वर्ष अवैध रुपमा भर्ना भएका विद्यार्थी भर्ना नलिन आइओएमले सुचना जारी गरेकोमा त्यसविरुद्ध अदालत पुगेका मेडिकल कलेजहरुमध्ये पाटन उच्च अदालतले किस्ट र जानकी मेडिकल कलेजको निवेदन अस्वीकार गरेको छ । वर्षौंपछि मेडिकल शिक्षा सुधारमा न्यायालयले पनि बल पुर्याउने आशा जाने तर उच्च अदालत जनकपुरले नेसनल मेडिकल कलेजको त्यस्तै निवेदनमा भने कलेजको पक्षमा अन्तरिम आदेश दिएका कारण त्यहाँ अवैध रुपमा भर्ना भएका विद्यार्थीले पढाइ जारी राखेका थिए । निवेदन खारेजी विरुद्ध पुनरावेदनको प्रक्रियामै नगई न्यायिक अभ्यास मिचेर एकाएक सर्वोच्चमा त्यसको विरुद्ध रिट दर्ता हुनु तथा सो रिट खाली आवासीय भवनलाई मेडिकल कलेजको अनुमति दिनु भनेर फैसला गर्ने डम्बर बहादुर शाहीको इजलासमा पर्नु अस्वभाविक र शंकास्पद रहेको जनाएका छन् । अदालतले मुद्दाको सुनुवाइ पछि स्पष्ट विवरण नखुलाई अन्तरिम आदेश जारी भए–नभएको कुनै उल्लेख नगर्नुले फेरि एकपल्ट मेडिकल माफिया र भ्रष्ट न्यायधीशको मिलेमतोमा आम मानिसको स्वास्थ्य नै जोखिममा पर्ने गरी डाक्टरी डिग्री किनबेचलाई फेरि स्थापित गर्न थालिएको हो कि भन्ने भय उत्पन्न भएको छ । साथै बारम्बार अवैध रुपमा भर्ना लिने तथा न्यायालयलाई समेत प्रभावित गरेर आवश्यक पूर्वाधार, जनशक्ति र बिरामीको चापविनै विद्यार्थी भर्ना गरेर डिग्री बेच्ने जानकी लगायतका मेडिकल कलेजहरुलाई आगामी वर्षदेखि शुन्य सिटमा झारिदिन र त्यस्ता कलेजहरुको सम्बन्धन खारेजीको प्रक्रिया शुरु गर्न आइओएम लगायतका नियामक निकायहरुको ध्यानाकर्षण गएका छ ।
मेगा बैंकले ६ प्रतिशत नगद र १० करोड ३० लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने
काठमाडौं । मेगा बैंक लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको ६.८५ प्रतिशत अर्थात ७० करोड २८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । साथै, बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १.००२३३ प्रतिशत(अर्थात १० करोड ३० लाख रुपैयाँ) बोनस दिने प्रस्ताव गरेको छ । हाल बैंकको चुक्ता पुँजी १० अर्ब २८ करोड रुपैयाँ रहेको छ । सो मात्राको बोनस पछि बैंकको चुक्ता पुँजी १० अर्ब ३८ करोड रुपैयाँ कायम हुने छ । ७ प्रतिशत लाभांश दिने बैंक सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । बैंक सञ्चालक समितिको २३७औँ बैठक बुधबार बिहान बसेको थियो ।
सिहंदरबारभित्रै कर्मचारी आन्दोलित, केपी ओलीलाई कार्यालयमै घेर्ने प्रयास
काठमाडौं । कर्मचारी समायोजन अध्यादेशको विरुद्धमा कर्मचारीहरु आन्दोलित भएका छन् । सरकारले ल्याएको अध्यादेश कर्मचारीलाई मान्य नहुने भन्दै उनीहरु आन्दोलित भएका हुन् । कर्मचारीहरुको असहमति पत्र बोकेर ज्ञाननाथ ढकालको टोली सामान्य प्रशासन मन्त्रालय पुगेको थियो । तर कुनै आधिकारीक व्यक्ति नभेटेपछि उनीहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेका थिए । उनीहरुले प्रधानमन्त्रीको कार्यालय घेराउ गर्दै आफ्नो असहमति पत्र कार्यालयका सचिव रश्मिराज पाण्डेलाई बुझाएका छन् । कर्मचारीहरुले आफ्नो मागको सुनुवाई नभए चर्को आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
एक बर्ष स्मार्टफोनबिना बस्नेलाई एक करोड पुरस्कार
काठमाडौं। के तपाईं पुरा एक बर्ष आफ्नो स्मार्टफोन बिना बस्न सक्नुहुन्छ ? यदी तपाईंलाई यसो गर्न सक्छु जस्तो लाग्छ भने, भिटामीनवाटर भन्ने पेयपदार्थ संस्थाले “नो फोन फोर अ ईयर” अर्थात एक बर्ष बिना फोन बस्ने प्रतियोगिताको सुचना जारी गरेको छ जसको विजेताले पुरा एक बर्ष आफ्नो स्मार्टफोनलाई पूर्ण रुपमा त्याग्नुपर्ने हुन्छ र जसबापत उपहार स्वोरुप विजेताले एक करोड ( $ १००,०००) जित्नेछ। उक्त प्रतियोगितामा सहभागी हुनको लागि तपाईले जनवरी ८ सम्ममा आफ्नो ट्वीटर वा ईन्सटाग्राममा एउटा पोस्ट गरि कसरी तपाईंले पुरा एक बर्ष फोन बिना बस्नुहुन्छ भनेर ह्यास्ट्याग #nosmartphoneforayear #contest सहित लेख्नुपर्ने हुन्छ। कम्पनीले विजेता क्रिएटिभिटी र ह्युमरको आधारमा छान्ने छ। जो त्यस लेखबाट छनोट हुनेछन् उसले पुरा एक बर्ष आफ्नो स्मार्टफोन, ट्याबलेटबाट टाढा बस्नुपर्ने हुन्छ। तर ल्याप्टप वा डेस्कटप कम्प्युटर प्रयोग गर्न भने उनलाई अनुमति दिईनेछ। ईमर्जेन्सी भएको खण्डमा भने प्रतियोगीलाई १९९६-युगको सेलफोन दिईनेछ। प्रतियोगिताको अन्तिम समयमा झुट पत्ता लगाउने मेसिनले प्रतियोगीलाई जाँचिने छ। यदी प्रतियोगी ६ महिनासम्म मात्र टिक्न सक्यो भने उसले दस लाख ( $१०,०००) मात्र पाउनेछ।
लाभांश पाउने भएपछि सांग्रिलाका लगानीकर्ता खुसी, सेयर मूल्य ५ प्रतिशतले बढ्यो
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई ९.५० लाभांश वितरण गर्ने भएपछि सेयरधनीहरु खुसी देखिएका छन् । लाभांश घोषणापछि बुधबारको कारोबारमा कम्पनीको सेयर मूल्य ५ प्रतिशतसम्मले बढेको छ । बोनस घोषणा लगत्तै कम्पनीको सेयर मूल्य बढ्नुले लगानीकर्ताहरु खुसी भएको भन्ने बुझिन्छ । त्यस्तै, बुधबारको कारोबारमा सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता १४५ रुपैयाँसम्म पुगेको छ । मंगलबार प्रतिकित्ता १३७ रुपैयाँमा कारोबार भएको बैंकको सेयर मूल्य बुधबार २ बजेसम्म ५ प्रतिशतले बढेर प्रतिकित्ताँ १४४ रुपैयाँसम्म पुगेको छ । बजारमा उक्त डेभलपमेन्ट बैंकको सेयर बच्नेको भन्दा किन्नेको बढी चाप देखिएको छ । बैंकले बुधबार सूचना जारी गर्दै सेयरधनीलाई ४ प्रतिशत बोनस र ५.३० प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ । डेभलपमेन्ट बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । ४ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड रुपैयाँ नाघ्ने छ ।
चितवनकाे प्रदर्शनी केन्द्र निर्माणकाे अन्तिम चरणमा, ४२ कराेड बढी लागत लाग्ने अनुमान
काठमाडौं । प्रदेश नं. ३ काे सबै भन्दा ठूलाे प्रदर्शनी केन्द्र चितवनमा निर्माण भइरहेको छ । निर्माणाधिन उक्त प्रदर्शनी केन्द्र अन्तिम चरणमा पुगे छ । नेपाल सरकारको रु १५ करोड र निजी क्षेत्रको रु १५ करोड जुटाएर प्रदर्शनी केन्द्र निर्माण शुरू गरिएता पनि निर्माण सम्पन्न गर्दा सम्म रु ४२ करोडभन्दा बढी खर्च हुने चितवन उद्योग सङ्घका अध्यक्ष भेषराज दुवाडीले जानकारी दिएका छन् । उक्त प्रदेश सांसदले प्रदर्शनी केन्द्रले पर्यटन प्रवद्र्धन र आर्थिक विकासमा टेवा पुर्याउने भएकाले प्रदेशका लागि गौरवको योजना भएको जनाएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले चितवन प्रदर्शनी केन्द्रलाई प्रदेशको गौरवको योजनामा राख्नु पर्ने बताएका छन् । प्रदेश नं. ३ को प्रदेशसभाको प्रतिनिधित्व गर्ने मन्त्री र सांसदसँग चितवन उद्योग सङ्घले आयोजना गरेको कार्यक्रममा मन्त्री लामाले निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको प्रदर्शनी केन्द्रलाई सहयोग रहने जनाएका छन् । प्रदर्शनी केन्द्रका लागि बजेट विनियोजनको पहल गर्ने जानकारी दिँदै सम्भव नभए आगामी बजेटमा प्राथमिकताका साथ समावेश गर्ने भएकाे छ। प्रदेश सरकारले कार्यविधि निर्माण अन्तिम चरणमा रहेको भन्दै मन्त्री लामाले तीव्र रुपमा विकास निर्माणका काम हुने साथै दर्शनी केन्द्र सञ्चालनको विधिलाई वैज्ञानिक बनाउन समेत सुझाब दिएका छन् । प्रदर्शनी केन्द्र निर्माणमा बजेट अपुग भएपछि उद्योग सङ्घले प्रदेशबाट बजेट विनियोजनका लागि पहल गर्न छलफल गरिएको चितवन उद्योग सङ्घका अध्यक्ष दुवाडीले बताएका छन् । करीब दुई बिघा क्षेत्रफलमा निर्माण भइरहेको सो केन्द्रको जग्गा सरकारले २९ वर्षका लागि भाडमा उपलब्ध गराएको छ । निर्माणाधीन उक्त केन्द्र आगामी असारभित्रै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको आयोजकले जानकारी दिएको छ । रासस
लिवर्टी इनर्जी कम्पनीले साढे ३७ करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल
काठमाडौं । लमजुङ जिल्ला स्थित २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी “ए”जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी कम्पनी लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि साधारण सेयर(आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानीय तथा सर्वसाधारणको लागि कुल ३५ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले सो मात्राको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । उक्त नियुक्ती सम्बन्धी सम्झौतापत्रमा प्रवद्र्धक कम्पनीको तर्फबाट प्रबन्ध संचालक डा. आत्माराम घिमिरे तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । हाल कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीले उक्त पुँजीको १० प्रतिशतका दरले हुन आउने १५ करोड बराबरको १५ लाख कित्ता सेयर उद्योग प्रभावित क्षेत्र लमजुङ जिल्लाका स्थानिय बासिन्दाहरुलाई बिक्री गर्ने छ । त्यस्तै, थप १५ प्रतिशत अर्थात २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणहरुमा जारी गर्न लागेको कम्पनीले जनाएको छ । सो मात्राको सेयर जारी गरी बाँडफाँट गरे पश्चात कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ हुने कम्पनीले बताएको छ । यस कम्पनीले हाल निर्माण गरिरहेको माथिल्लो दोर्दी “ए”जलविद्युत आयोजना लमजुङ जिल्ला स्थित दोर्दी गाँउपालिका (साविकफलेनी र ढोडेनीगा.वि.स) मा अवस्थित छ । उक्त आयोजनाको हाल टनेल खन्ने कार्य सम्पन्न भई सो को फिनिसिङ कार्य भईरहेको, पेनस्टक पाईप राख्ने काम अन्तिम चरणमा पुगिसकेको, हेडवक्र्स तथा डिसेण्डर र पावर हाउस तथा टेलरेसको कार्य समेत अन्तिम चरणमा पुगेको र पावर हाउसमा जडान गरिने आवश्यक इलेक्ट्रो मेकानिकल उपकरणहरु साईटसम्म ढुवानी भईरहेको तथा जडानको लागि समेत तयारी भईरहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ वटा बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको काम हालसम्म करीब ८५ प्रतिशत सम्पन्न भई सकेको छ । साथै, आगामी चैत मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ ।
हिमालयन हाइड्रो एक्स्पाेको दोस्रो संस्करण माघ ४ गतेदेखि शुरु, १०० बढी स्टल रहने
काठमाडौं । हिमालयन हाइड्रो एक्स्पाेको दोस्रो संस्करण आगामी माघ ४ देखि ६ गतेसम्म हुने भएकोे छ । एक्स्पो स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसले राजधानीको भृकुटीमण्डपमा आयोजना गर्न लागेका हो । जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, विमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रका गरी ७० भन्दा बढी प्रदर्शकले स्टल बुक गरिसकेका छन् । एक सयभन्दा बढी स्टल रहने एक्स्पोमा सहभागि हुनका लागि विभिन्न मुलुकका झण्डै दर्जन प्रदर्शकले सहभागिता निश्चित गरेको आयोजक इपानले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, निर्माण व्यसायी महासंघ तथा युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सले एक्स्पोलाई प्रवद्र्धन गर्ने छन्। नेपाल भारत चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिी, नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री, युरोपियन इकोनोमिक चेम्बर, हाइड्रो निड्स प्रालि, काठमाण्डू युनिभर्सिटी र पर्यटन बोर्डले एक्स्पोलाई सक्रिय सहयोग गर्ने छन् । एक्स्पो अवधिमा हाइड्रोपावरका मुख्य विषयमा दैनिक तीनवटा सेमिनार आयोजना गरिनुका साथै युवा पुस्तालाई लक्षित गरि हाइड्रोपावर क्षेत्रमा अभिरुची भएकालाई प्रोत्साहित गर्न हाइड्रो सम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिने छ । हाइड्रोपावरसम्बन्धी उत्पादन र सर्भिसको विकासमा प्रतिस्पर्धा गराइ विद्यार्थी र नयाँ आविस्कार गर्ने मध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी, एक्स्पोमा रोबोटिक प्रतियोगिता गराई विजेतालाई पुरस्कार बितरण गरिनेछ । एक्स्पोमा हाइड्रोपावर निर्माता, हाइड्रोपावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्सुरेन्स कम्पनी, लगानीकर्ता र बैंक/वित्त कम्पनीको सहभागिता रहने भएकाले सबैले आफ्नो बजार विस्तारका साथै अनुभव आदान प्रदान गर्ने मुख्य केन्द्र बन्ने आयोजककाे विश्वास छ ।
बैंकिङ व्याजदर वृद्धिको असर नेप्सेमा, सेयर बजार पुनः करेक्सनको बाटोमा
काठमाडौं । साताको दुई दिन निरन्तर दोहोरो अंकले बढेको बजार मंगलबार दोहोरो अंकले घटेर पुनः करेक्सनको बाटोतर्फ लागेको छ । मंगलबारकाे नेप्से परिसूचक १४.६१ अंकले घटेर ११६८.१७ अंकमा झरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले बढाएको निक्षेप व्याजदरका कारण सेयर बजार घटेको जानकारहरु बताउँछन् । बैंकहरुले मासिक व्याज भुक्तानीमा वार्षिक १३.५ प्रतिशतसम्म व्याज दिने भएका छन् । उक्त आकर्षक व्याज पाउने लोभमा लगानीकर्ताहरु सेयर बजारमा भन्दा बैंकतिर आकर्षित भएका देखिन्छ । यसले गर्दा मंगलबारकाे सेयर बजारमा गिरावट देखिएकाे हाे । बजार दोहोरो अंकले घट्दा निर्जीवन बीमा समूह उच्च अंकले ओरालो छ । यो समूह एकैदिन १९२ अंकले घटेको छ । जीवन बीमा ४९, विकास बैंक २०, माइक्रोफाइनान्स १८, हाइड्रोपावर १६ र बैंकिङ् समूह १५ अंकले राताम्मे भएका छन् । सो दिन उत्पादनमूलक र अन्य समूह क्रमशः ९ र ५ अंकले हरिया देखिएका छन् । मंगलबार नेप्से परिसूचकमा गिरावट भएपनि सेयर कारोबारमा भने सुधार भएको छ । दिनभर १५९ कम्पनीको ५३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा ११ करोड रुपैयाँ बढी हो । सोमबारको बजारमा ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
महोत्तरीकाे निर्माणाधिन सडक चिरा पर्दै, हुलाकी सडक विभागको ध्यानाकर्षण
काठमाडौं । महोत्तरीको गौशाला सम्सी सडकखण्डको पिच (कालोपत्रे) सडक भागमा चिरा पर्न थालेको छ । गौशाला निगौल चोक भन्दा दक्षिणतर्फको विभिन्न स्थानमा कालोपत्रे निर्माणकार्य जारी रहँदै सडकको विभिन्न ठाउँमा चिरा पर्न थालेको छ । स्थानीयवासीय सुरेन्द्रकुमार सिंहका अनुसार रातिको समयमा सडकको क्षमता भारभन्दा बढी तौलका टिपर निर्वाध गुडेपछि सडकमा चिरा पर्न थालेको हो । पछिल्लो समयमा स्थानीयवासीले प्रहरीको सहयोगमा सडक बिग्रन नदिनका लागि भारी क्षमताको सवारीसाधन चलाउनमा रोक लगाउँदै आएको छ । हुलाकी सडकको निर्माणका क्रममा सडक विभागले दिएको निर्देशन विपरीत सो सडकमा पछिल्लो समयमा ३० टन बराबरको तौलका १० चक्के सवारीसाधन चलेको गौशाला बडा नं– २ का वडा सदस्य कुमरकान्त झाको भनाई रहेको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यले सडकमा चल्ने सवारी साधनको भार क्षमताको निगरानी गर्ने कार्य प्रहरीको नभएको बताएका छन् । यसको निगरानी जिल्ला प्रशासन कार्यालय, हुलाकी सडक विभागको रहेको प्रहरी निरीक्षक आचार्यले बताएका छन् । सडक निर्माणको क्रममा गुणस्तरीय कार्य हुन नसक्दा सडक बिग्रन थालेको गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोको भनाई रहेको छ । आइतबारको नगरकार्यपालिकाको बैठकमा समेत केही बेर यस विषयमा छलफल भएकोले आफूले यस सम्बन्धमा सम्बन्धित निकायलाई निगरानी गर्नका लागि अनुरोध गर्ने नगरप्रमुख भनाई रहेको छ । रासस
आँधिखोला लघुवित्तले ४० कराेडकाे आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणहरुमा ४० कराेड रूपैयाँ बराबरकाे साधारण सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ४० लाख कित्ता आईपीओ जारी गर्न लागेकाे हाे । लघुवित्तले सो मात्राको सेयर निष्काशनको लागि एनआईबिएलएस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा आँधिखोला लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी. र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । हाल आँधिखोला लघुवित्तको अधिकृत पुँजी १५ करोड रुपैयाँ, जारी पुँजी १० करोड रुपैयाँ र चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । आईपीओ जारी गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ हुनेछ । स्याङजामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै १९ वटा शाखा कार्यालय मार्फत् १२,२४६ विपन्न वर्गका महिला तथा पुरुष समूहहरुलाई करिब ४९ करोड २२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसैगरी, संस्थाले बचत संकलन १४ करोड ४५ लाख रुपैयाँ गरी करिव ८० लाख रुपैयाँ नाफा गरेको छ ।
ऐलानी जग्गा मुआब्जाको नाममा २२० केभीकाे कोसी करिडोर रोकिँदैन: शेरधन राई
काठमाडौं । धरान उपमहानगरपालिकाले कोसी करिडोरको विस्तारमा अवरोधको विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोसी करिडोर २२० केभी लाइन विस्तारमा समस्या आएपछि आयोजनाले जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा आफ्नो विचार राख्दै प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले पर्यटन विकासको नाममा उपमहानगरपालिकाले आयोजनामा अवरोध गर्नु सुहाउदो विषय नभएको बताए । ‘आयोजनाको विकास गर्दा चुप लाग्ने अहिले सिमित व्यक्तिको स्वार्थको लागि आयोजनामा अवरोध गर्नु मिल्दैन यो विषय अब प्रदेश सरकारले हेर्छ मुख्यमन्त्री राईले भने विकासमा अवरोध स्वीकार्य हुदैन ।’ हरेक व्यक्तिले पोल रोक्न थाले विद्युत विस्तारको काम अघि बढाउन नसकिने विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले बताए । विद्युत विस्तारमा देशैभरी समस्या रहेको भन्दै समाधानको लागि समाधानका लागि जनप्रतिनिधिसँग अपिल गरे । कार्यक्रममा आयोजना प्रमुख राजन ढकालले कोरिडोरको समस्याको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कोरिडोरमा उपमहानगरपालिका, रुख कटान र बालुवा गिट्टीको समस्या रहेको बताए । प्रदेश १ का सभामुख प्रदिप भण्डारीले ऐलानी जग्गाको मुअब्जाको लागि स्थानियलाई उचाल्ने काम भएको बताए । उनले सो स्थानमा निजी जग्गा भन्दा पनि ऐलानी जग्गा धेरै रहेको र सो जग्गा स्थानीयको नाममा नभएकोले समस्या उब्जिएको बताए । उपमहानगरपालिका वडा नं. २० मा केबलकार, प्याराग्लाइडिङ, पार्क, विमानस्थलको लागि आयोजनाले असर गर्ने स्थानीयको भनाई छ । आयोजनाबाट १ जनाले मअब्जा समेत लिइसकेका छन् ।