सिंगल डिजिटमा ब्याजदर झार्ने बैंकर्स संघको निर्णय

<p>काठमाडौं । बैंकर्स संघले मुद्धति निक्षेपको ब्याजदर सिंगल डिजिटमा झार्ने सहमति गरेको छ । बिहिबार बसेको बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको बैठकले मुद्धति निक्षेपको ब्याजदर १० प्रतिशत भन्दा कम गर्ने निर्णय गरेको हो । बैंकरबिच व्यक्तिगत तर्फ ९.२५ र संस्थागत तर्फ ८.५ प्रतिशत कायम गर्ने र बचत खातामा ६.५ प्रतिशतमा सिमित गर्ने सहमति भएको हो । [&hellip;]</p>

काठमाडौं । बैंकर्स संघले मुद्धति निक्षेपको ब्याजदर सिंगल डिजिटमा झार्ने सहमति गरेको छ । बिहिबार बसेको बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको बैठकले मुद्धति निक्षेपको ब्याजदर १० प्रतिशत भन्दा कम गर्ने निर्णय गरेको हो ।

बैंकरबिच व्यक्तिगत तर्फ ९.२५ र संस्थागत तर्फ ८.५ प्रतिशत कायम गर्ने र बचत खातामा ६.५ प्रतिशतमा सिमित गर्ने सहमति भएको हो ।

बिहिबार बिहानै गभर्नर डा. चिरञ्जीवी नेपालले क, ख, ग र घ वर्गका बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर ब्याजदर एक अंकमा सिमित गर्न निर्देशन दिएका थिए । ‘हामीले सबैलाई बोलाएर ब्याजदर सिंगल डिजिटमा सिमित गर्नुस भनेका थियौं, सोही अनुसार बैंकरहरुले निर्णय गरेका छन्, हामीले हस्तक्षेप गर्नु परेन ठिकै भयो’, केन्द्रिय बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले विकासन्युजसँग भने ।

Share News