पानी खुवाएर लगानीकर्ताको अनशन तोडियो, २५ वर्षको लगानी टुकुचामा बगेको निष्कर्ष

<p>काठमाडौं । सेयर लगानीकर्ताहरुले ४ दिनदेखि जारी आमरण अनशन फिर्ता लिएका छन् । १२ दिनदेखि नेपाल स्टक एक्सचेञ्ज बाहिर रिले अनसन र विगत ८ औं दिनदेखि आमरण अनशन बसेका दुई लगानीकर्ताहरुले एक आपसमा पानी खुवाएर अनशन फिर्ता लिएका हुन् । अनशन फिर्ता लिँदै दुई अनसनकारी हरि ढकाल र तिलकको कोइरालाले यति दिन अनशन बस्दा समेत [&hellip;]</p>

काठमाडौं । सेयर लगानीकर्ताहरुले ४ दिनदेखि जारी आमरण अनशन फिर्ता लिएका छन् । १२ दिनदेखि नेपाल स्टक एक्सचेञ्ज बाहिर रिले अनसन र विगत ८ औं दिनदेखि आमरण अनशन बसेका दुई लगानीकर्ताहरुले एक आपसमा पानी खुवाएर अनशन फिर्ता लिएका हुन् । अनशन फिर्ता लिँदै दुई अनसनकारी हरि ढकाल र तिलकको कोइरालाले यति दिन अनशन बस्दा समेत आफुहरुलाई भेट्न कुनै सरकारी प्रतिनिधिहरु नआएको भन्दै आफुहरुले लगानीकर्ताहरुलाई ब्युझाउँने काम गरेको दाबी गरे ।

आफुहरुलाई कतिले नेता बन्न अनसन बसेको त कतिले काँग्रेसी र कतिपयले राप्रपा कार्यकर्ताको आरोप लगाएको भन्दै आफुहरु कम्युनिष्ट पार्टीकै कार्यकर्ता भएको भन्दै पार्टीमा आफूहरुको २५ वर्षको लगानी टुकुचाको खोलाको कालो पानीसँगै बगेर गएको निष्कर्ष समेत निकालेका छन् ।

सरकारले गठन गरेको समिति र त्यसले बुझाएको प्रतिवेदनलाई उनीहरुले बिषमाथि अमृत मिसाइएको संज्ञा दिएका छन् ।

Share News