आर्थिक वर्ष २०७८/७९ को बजेट


बजेटमा कर: कुनमा बढ्यो ? कुनमा घट्यो ?

काठमाडौं । सरकारले आगमी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गरेका हुन् । उनले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा करका दरमा घटबढ गरेका छन् । कर कुनमा घट्यो ?  अर्थमन्त्री पौडेलले आयकरमा ९० प्रतिशतसम्म छुट दिने बताएका छन् ।  उनले वार्षिक २० लाख कारोबार गर्नेलाई ९० प्रतिशत, २० लाखदेखि ५० लाखसम्म कारोबार गर्नेलाई ७५ प्रतिशत र ५० लाख देखि १ करोड सम्म कारोबार गर्नेलाई ५० प्रतिशतसम्म कर छुट दिने बताएका हुन् । यस्तै उनले पर्यटन व्यवसायीलाई १ प्रतिशत आयकर लाग्ने बताएका छन् । अर्थमन्त्री पौडेलले विद्युतीय सवारी साधनमा अन्तशुल्क खारेज गरेको पनि बताएका छन् । यस्तै, इन्डक्सन चुल्होमा एक प्रतिशत मात्रै कर लाग्ने बताएका छन् । उनले  विद्युतीय सवारी साधनमा अन्तशुल्क खारेज गरेको बताएका छन् । उनले इन्डक्सन चुल्होमा एक प्रतिशत मात्रै कर लाग्ने बताएका छन् । यस्तै, उनले उद्योगहरुले खरिद गर्ने इन्धनमा भ्याट फिर्ता पाउने बताए । निजी क्षेत्रको प्रमुख मागमा इन्धनमा भ्याट फिर्ता पाउनुपर्ने रहेको थियो । सरकारले स्टार्टअप व्यवसाय शुरु गर्नेलाई व्यवसाय शुरु गरेको ५ वर्षसम्म आयकरमा शतप्रतिशत छुट दिने भएको छ । उनले स्टार्टअप व्यवसाय प्रबद्र्धन गर्नका लागि निजी क्षेत्रको उद्योग प्रतिष्ठानले बढीमा प्रति व्यवसाय ५ वटा व्यवसायलाई १ लाख रुपैयाँसम्मको बिउ पुँजी उपलब्ध गराएमा करयोग्य आयकर गणना गर्दा कट्टी गर्ने व्यवस्था गरिएको उनले बताए । सरकारले क्यूआर कोड मार्फत कुनै सामान किने वा शुल्क तिरे भ्याटको १० प्रतिशत शुल्क तत्काल पाइने नियम ल्याएको छ । यदी १०० रुपैयाँको सामान किन्दा १३ रुपैयाँ भ्याट तिनुपर्छ । यसो हुँदा १ रुपैयाँ ३० पैसा तुरुन्त फिर्ता पाइन्छ । कुनमा कर बढ्याे ? सरकारले बजेट मार्फत रक्सी चुरोट तथा बियरको कर बढाएको छ । अर्थमन्त्री बिष्णु पौडेलले सरकारले बजेटमार्फत मदिरा, चुरोट, वाइन र हल्का पिय पदार्थको अन्तशुल्क बढाएको बताए ।  

विद्युतीय सवारी साधनमा अन्तशुल्क खारेज, इन्डक्सन चुल्होमा १ प्रतिशतमात्रै कर

काठमाठौं । अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारी साधनमा अन्तशुल्क खारेज गरेको बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले इन्डक्सन चुल्होमा एक प्रतिशत मात्रै कर लाग्ने बताएका छन् ।

व्यवसायीलाई आयकरमा ९० प्रतिशतसम्म छुट, पर्यटन व्यवसायीलाई १ प्रतिशत मात्रै

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आयकरमा ९० प्रतिशतसम्म छुट दने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले वार्षिक २० कारोबार गर्नेलाई ९० प्रतिशत, २० लाखदेखि ५० लाखसम्म कारोबार गर्नेलाई ७५ प्रतिशत र ५० लाख देखि १ करोड सम्म कारोबार गर्नेलाई ५० प्रतिशतसम्म कर दिने बताएका हुन् । यस्तै उनले पर्यटन व्यवसायीलाई १ प्रतिशत आयकर लाग्ने बताएका छन् ।  

आगामी वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । विनियोजित कुल बजेटमध्ये चालु खर्चतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगत खर्चतर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ बजेट छ ।

कर्मचारीको तलब २ हजारले बढ्यो

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारी कर्मचारीको तलब भत्ता २ हजारले बढाएको बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले कर्मचारीको तलब भत्ता २ हजारले बढेको बताएका हुन् । उनले महँगी भत्तालाइ निरन्तरता दिएका छन् । कर्मचारीकाे स्वास्थ्य बीमाकाे बीमा शुल्क सरकारले नै भुक्तानी गरिदिने भएकाे छ । बढेकाे तलब आगामी साउनदेखि लागु हुनेछ ।  

काठमाडौंमा मेट्रो चलाउन अध्ययन गरिने, रेल चलाउन १० अर्ब ३ करोड बजेट

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा मेट्रो रेल संचालन गर्नको लागि अध्ययन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । काठमाडौं उपत्यकामा मेट्रो रेल संचालन तथा अन्य भारत र चीनका सीमा क्षेत्रबाट नेपाल जोड्नको लागि संचालन हुने रेल सेवाको लागि सरकारले १० अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यातायात व्यवसायीको सम्पत्ति अब कम्पनीमा, टिकट पनि विद्युतीय मार्फत मात्रै

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गाडीमा सञ्चालकको सम्पत्ति कम्पनीमा रुपान्तरण गर्ने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । साथै, उनले सार्वजनिक गाडीमा अब विद्युतीय टिकटको व्यवस्था गर्ने बताए ।

विष्णु पौडेलले युवराजको नीतिलाई उल्ट्याए, विद्युतीय गाडीलाई प्रोत्साहन, कर पनि छुट

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडी ५ लाई विद्युतीय गाडीमा रुपान्तरण गर्नु पर्ने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । उनले यस्तो ५ वर्षभित्र रुपान्तर गरे सेवा शुल्क लगायतका सेवा नलिने पनि बताएका छन् । उनले विद्युतीय गाडीलाई प्रोत्साहन गरेका छन् । पिद्युतीय गाडीमा कर छुट दिने व्यवस्थ गरेर उनले पूर्व अर्थमन्त्री डा. युवराज खतिवाडाको नीतिलाई लत्याएका छन् । उनले विद्युती गाडीलाई प्रात्साहन गर्न सरकार थप कार्यक्रम घोषणा गर्न तयार रहेको बताएका छन् ।खतिवडाले विद्युतीय गाडीमा कर बढाएका थिए ।  

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने

काठमाडाैं । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुनेछ ।

वृद्धभत्ता ४ हजार पुग्यो, सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि

काठमाडौं । अर्थमन्त्रीले वृद्धभत्ता ४ हजार पुर्याउने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि  हुने बताएका छन् । यसकाे लागि एक खर्ब विनियाेजन गरिएकाे उनले बताएका छन् ।

सरकारले दुई महिनाको सामाजिक सुरक्षा कोषको रकम आफैं राखिदिने

काठमाडौं ।  सरकारले जेठ र असारको सामाजिक सुरक्षा कोषको रकम राख्ने भएको छ । अर्थमन्त्रीले बजेट पस्तुत   गर्दै यस्तो बताएका हुन् ।

निषेधाज्ञाको समयको विजुलीको विल तिर्नु नपर्ने

काठमाडौं । सरकारले निषेधाज्ञाको समयमा धरायसी प्रयोगको विद्युत महसुल छुट दिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । मन्त्री पौडेलले दिएको जानकारी मासिक २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताले विद्युतको महसुल सबै छुट पाउने भएका हुन् । यस्तै, मासिक १०० युनिटसम्मको खपतमा ५० प्रतिशत र २५० युनिटसम्म प्रयोग गरेमा ३० प्रतिशत छुट पाइने छ ।

अर्थमन्त्री पौडेलले सार्वजनिक गर्न लागे आगामी आर्थिक वर्षको बजेट

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि अर्थमन्त्री पौडेलले अध्यादेश मार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन् । मन्त्री पौडेलले अहिले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट आगामी आर्थिक वर्षको आम्दानी तथा खर्चको विवरण (बजेट) सार्वजनिक गरिरहेका छन् । अर्थमन्त्रीका रुपमा पौडेलले दोस्रो पटक बजेट सार्वजनिक गर्ने अवसर पाएका छन् । यसअघि केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएको बेलामा ५ वर्ष अगाडि पौडेल अर्थमन्त्री थिए । सो बेला पनि पौडेलले बजेट सार्वजनिक गरेका थिए । दोस्रो पटक सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बनेपछि ओलीले अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई नियुक्त गरेका थिए । खतिवडाले ओली नेतृत्वको सरकारको तर्फबाट लगातार ३ वटा बजेट सार्वजनिक गरेका थिए । तर, अहिले प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएपछि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट कात्तिक २६ गते र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । त्यसैले काम चलाउ सरकारको हैसियतमा अर्थमन्त्री पौडेलले यो बजेट सार्वजनिक गर्न लागेका हुन् ।

विगतमा सांसद सहभागी हुने बजेटमा आज को उपस्थित हुँदैछन् ?

फाइल फाेटाे काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडरीले प्रतिनिधिसभा विघटन गरसँगै आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट आउँदैछ । विगतका वर्षहरुमा संसदमा बजेट के कस्तो ल्याउने ? के विषयलाई बढी प्राथमिकतामा राख्ने ? कतिसम्मको बजेट ल्याउने भन्ने लगायतका विविध विषयवस्तु तथा कार्यक्रमहरुका बारेमा संसदमा विभिन्न सासंदहरुका राय सुझाव लिइन्थ्यो भने बजेटका कार्यक्तमहरुले व्यापक चर्चा पनि हुन्याे । तर, राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा जेठ ८ मा प्रतिनिधिसभा विघटन गरेपछि आगामी आर्थिक वर्षका लागि बजेट अध्यादेश मार्फत ल्याउन लागिएको हो । अहिले देश सासंदविहीन छ । सासंदहरुले बजेटको बारेमा चुइँक्क बोल्न पाएका छैनन् । सवै निवर्तमान सासंद बनिसकेका छन् । विगतका वर्षहरुमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका दुवै सदनमा बजेट प्रस्तुत हुन्थ्यो । बजेटमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सासंदहरु उपस्थित हुन्थे । अर्थमन्त्रीले लोकप्रीय अर्थात प्रभावकारी कार्यक्रमहरु वाचन गर्ने बित्तीकै संसद भवन भित्र गडगडाहट ताली बज्थ्यो । तर, प्रधानमन्त्री ओलीले यो वर्ष त्यस्ते चाहेनन् । अहिले सुनसान् रुपमा बजेट वाचन गरिनेछ । ओलीले बजेटलाई अध्यादेशबाटै ल्याउने निधो गरे । याे पटककाे बजेटमा को सहभागी होलान् भन्ने पनि धेरैकाे चासोको विषय बनेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्रीको बजेट भाषणमा सीमित व्यक्तिहरु मात्रै सहभागी हुनेछन् । को–को हुन्छन् सहभागी ? अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री कार्यालयबाट बजेट प्रस्तुत गर्नेछन् । अर्थ मन्त्रालयका अनुसार बजेट सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सबै मन्त्रीहरु, मन्त्रिपरिषदका सदस्यहरु उपस्थित हुनेछन् । यस्तै, राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्ट लगायत सहभागी हुनेछन् । यस्तै, यस पटकको बजेट भाषणमा निजी क्षेत्रका प्रतिनिधिहरुलाई पनि बोलाइएको छ । अर्थ मन्त्रालयका अनुसार निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस कुमार मोर र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ललाई पनि बजेट सार्वजनिक कार्यक्रममा बोलाइएको छ । सम्बन्धित सामग्री बजेट मन्त्रिपरिषदमा पेश, स्वीकृतिका लागि राष्ट्रपति कार्यालय पठाइँदै बजेट आज ४ बजेः वृद्धभत्ता बढ्ने, चर्चामा तलब/भत्ता, यस्ता छन् अन्य प्राथमिकता बिहान ७ बजेदेखि मन्त्रालय आएर बजेट भाषणलाई ‘फाइनल टच’ दिँदै अर्थमन्त्री, यस्तो आउने भयो बजेट अध्यादेशबाट पपुलिष्ट बजेट: वृद्ध भत्ता ५ हजार, तलब भत्ता बढाउनेदेखि दूरसञ्चार कर घटाउनेसम्म

बजेट मन्त्रिपरिषदमा पेश, स्वीकृतिका लागि राष्ट्रपति कार्यालय पठाइँदै

काठमाडौं । अर्थमन्त्री विष्णु पाैडेले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट मन्त्रिपरिषद्  बैठकमा पेश गरेका छन् । अहिले बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा उनले आज साँझ प्रस्तुत गर्ने बजेट मन्त्रिपरिषद् बैठकमा पेश गरेका हुन् । उनले मन्त्रिपरिषद् बैठकमा बजेट पेश गर्दै बजेटको संक्षिप्त ब्रिफिङ पनि गरिएको बुझिएको छ । मन्त्रिपरिषद्ले सो बजेटलाई अन्तिम रुप दिनको लागि राष्ट्रपति कार्यालयमा पठाउने बताइएको छ । मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्नेछ । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ । मन्त्रिपरिषदको सिफारिसमा जेठ ८ मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि अध्यादेश मार्फत बजेट ल्याउन लागिएको हो । प्रतिनिधिसभा नै विघटन भएको अवस्थामा जेठ १५ मै बाध्यकारी नभएको भन्दै अध्यादेशबाट बजेट नल्याउन सरकारलाई चौतर्फी दबाब बढेको बेला सरकारले ती सबै टिकाटिप्पणी र आलोचनाहरुको वेवास्ता गर्दै अध्यादेश मार्फत बजेट ल्याउन लागेको हो । निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरू, पूर्वअर्थमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरूले बजेटबारे सरकारलाई खबरदारी गरेका थिए । सम्बन्धित सामग्री बजेट आज ४ बजेः वृद्धभत्ता बढ्ने, चर्चामा तलब/भत्ता, यस्ता छन् अन्य प्राथमिकता अध्यादेशबाट पपुलिष्ट बजेट: वृद्ध भत्ता ५ हजार, तलब भत्ता बढाउनेदेखि दूरसञ्चार कर घटाउनेसम्म बिहान ७ बजेदेखि मन्त्रालय आएर बजेट भाषणलाई ‘फाइनल टच’ दिँदै अर्थमन्त्री, यस्तो आउने भयो बजेट