काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।
विनियोजित कुल बजेटमध्ये चालु खर्चतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगत खर्चतर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ बजेट छ ।