काठमाडौं । अर्थमन्त्री विष्णु पाैडेले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट मन्त्रिपरिषद् बैठकमा पेश गरेका छन् । अहिले बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा उनले आज साँझ प्रस्तुत गर्ने बजेट मन्त्रिपरिषद् बैठकमा पेश गरेका हुन् ।
उनले मन्त्रिपरिषद् बैठकमा बजेट पेश गर्दै बजेटको संक्षिप्त ब्रिफिङ पनि गरिएको बुझिएको छ । मन्त्रिपरिषद्ले सो बजेटलाई अन्तिम रुप दिनको लागि राष्ट्रपति कार्यालयमा पठाउने बताइएको छ । मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्नेछ । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ ।
मन्त्रिपरिषदको सिफारिसमा जेठ ८ मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि अध्यादेश मार्फत बजेट ल्याउन लागिएको हो । प्रतिनिधिसभा नै विघटन भएको अवस्थामा जेठ १५ मै बाध्यकारी नभएको भन्दै अध्यादेशबाट बजेट नल्याउन सरकारलाई चौतर्फी दबाब बढेको बेला सरकारले ती सबै टिकाटिप्पणी र आलोचनाहरुको वेवास्ता गर्दै अध्यादेश मार्फत बजेट ल्याउन लागेको हो ।
निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरू, पूर्वअर्थमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरूले बजेटबारे सरकारलाई खबरदारी गरेका थिए ।
सम्बन्धित सामग्री