विगतमा सांसद सहभागी हुने बजेटमा आज को उपस्थित हुँदैछन् ?

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडरीले प्रतिनिधिसभा विघटन गरसँगै आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट आउँदैछ । विगतका वर्षहरुमा संसदमा बजेट के कस्तो ल्याउने ? के विषयलाई बढी प्राथमिकतामा राख्ने ? कतिसम्मको बजेट ल्याउने भन्ने लगायतका विविध विषयवस्तु तथा कार्यक्रमहरुका बारेमा संसदमा विभिन्न सासंदहरुका राय सुझाव लिइन्थ्यो भने बजेटका कार्यक्तमहरुले व्यापक चर्चा [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडरीले प्रतिनिधिसभा विघटन गरसँगै आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट आउँदैछ । विगतका वर्षहरुमा संसदमा बजेट के कस्तो ल्याउने ? के विषयलाई बढी प्राथमिकतामा राख्ने ? कतिसम्मको बजेट ल्याउने भन्ने लगायतका विविध विषयवस्तु तथा कार्यक्रमहरुका बारेमा संसदमा विभिन्न सासंदहरुका राय सुझाव लिइन्थ्यो भने बजेटका कार्यक्तमहरुले व्यापक चर्चा पनि हुन्याे ।

तर, राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा जेठ ८ मा प्रतिनिधिसभा विघटन गरेपछि आगामी आर्थिक वर्षका लागि बजेट अध्यादेश मार्फत ल्याउन लागिएको हो । अहिले देश सासंदविहीन छ । सासंदहरुले बजेटको बारेमा चुइँक्क बोल्न पाएका छैनन् । सवै निवर्तमान सासंद बनिसकेका छन् ।

विगतका वर्षहरुमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका दुवै सदनमा बजेट प्रस्तुत हुन्थ्यो । बजेटमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सासंदहरु उपस्थित हुन्थे । अर्थमन्त्रीले लोकप्रीय अर्थात प्रभावकारी कार्यक्रमहरु वाचन गर्ने बित्तीकै संसद भवन भित्र गडगडाहट ताली बज्थ्यो । तर, प्रधानमन्त्री ओलीले यो वर्ष त्यस्ते चाहेनन् । अहिले सुनसान् रुपमा बजेट वाचन गरिनेछ ।

ओलीले बजेटलाई अध्यादेशबाटै ल्याउने निधो गरे । याे पटककाे बजेटमा को सहभागी होलान् भन्ने पनि धेरैकाे चासोको विषय बनेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्रीको बजेट भाषणमा सीमित व्यक्तिहरु मात्रै सहभागी हुनेछन् ।

को–को हुन्छन् सहभागी ?

अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री कार्यालयबाट बजेट प्रस्तुत गर्नेछन् । अर्थ मन्त्रालयका अनुसार बजेट सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सबै मन्त्रीहरु, मन्त्रिपरिषदका सदस्यहरु उपस्थित हुनेछन् ।

यस्तै, राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्ट लगायत सहभागी हुनेछन् ।

यस्तै, यस पटकको बजेट भाषणमा निजी क्षेत्रका प्रतिनिधिहरुलाई पनि बोलाइएको छ । अर्थ मन्त्रालयका अनुसार निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस कुमार मोर र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ललाई पनि बजेट सार्वजनिक कार्यक्रममा बोलाइएको छ ।

सम्बन्धित सामग्री

बजेट मन्त्रिपरिषदमा पेश, स्वीकृतिका लागि राष्ट्रपति कार्यालय पठाइँदै

बजेट आज ४ बजेः वृद्धभत्ता बढ्ने, चर्चामा तलब/भत्ता, यस्ता छन् अन्य प्राथमिकता

बिहान ७ बजेदेखि मन्त्रालय आएर बजेट भाषणलाई ‘फाइनल टच’ दिँदै अर्थमन्त्री, यस्तो आउने भयो बजेट

अध्यादेशबाट पपुलिष्ट बजेट: वृद्ध भत्ता ५ हजार, तलब भत्ता बढाउनेदेखि दूरसञ्चार कर घटाउनेसम्म

Share News