
काठमाडौं । सरकारले निषेधाज्ञाको समयमा धरायसी प्रयोगको विद्युत महसुल छुट दिएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
मन्त्री पौडेलले दिएको जानकारी मासिक २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताले विद्युतको महसुल सबै छुट पाउने भएका हुन् । यस्तै, मासिक १०० युनिटसम्मको खपतमा ५० प्रतिशत र २५० युनिटसम्म प्रयोग गरेमा ३० प्रतिशत छुट पाइने छ ।