ट्रम्पको बयानले ऊर्जा बजारमा हलचल, भारतले अब रूसको तेल नकिन्ने !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई नयाँ दिल्लीले रूसबाट तेल किन्ने कार्य रोक्ने आश्वासन दिएको बताएका छन् । ‘मोदीले आज मलाई आश्वासन दिए कि उनीहरूले अब रूसबाट तेल किन्ने छैनन् । यो ठूलो कदम हो,’ ट्रम्पले ह्वाइट हाउसको ओभल अफिसमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘अब हामीले चीनलाई पनि यही गर्न लगाउनुपर्छ ।’ वाशिङ्टन नयाँ दिल्लीले रूसबाट कच्चा तेल किनिरहेकोमा असन्तुष्ट भएको ट्रम्प बताउँछन् । किनभने त्यसले मस्कोलाई युक्रेनमा आफ्नो ‘मुर्ख युद्ध’ जारी राख्न सहयोग पु‍र्याइरहेको छ । तर उनले स्पष्ट पारे कि भारतले तुरुन्तै तेल किन्ने बन्द गर्ने छैन । ‘यो तुरुन्तै हुने होइन, केही प्रक्रिया हुनेछ,’ ट्रम्पले भने, तर उनले स्पष्ट समयसीमा भने बताएनन्। सीएनबीसीले भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयसँग टिप्पणीका लागि सम्पर्क गरेको थियो, तर तत्काल प्रतिक्रिया प्राप्त भएन । भारतको रूसबाट तेल आयात अमेरिकासँगको सम्बन्धमा विवादको विषय बनेको छ । ट्रम्पले गत अगस्टमा भारतमाथि थप २५ प्रतिशत शुल्क लगाउँदै कुल कर ५० प्रतिशत पु‍र्याएका थिए जबकि भारतले अमेरिकाको रूससँगको व्यापारप्रति असन्तोष जनाएको छ । ‘यदि भारतले रूसी तेल किन्ने बन्द गर्छ भने युद्ध अन्त्य गर्न धेरै सजिलो हुनेछ,’ ट्रम्पले भने, ‘उनीहरूले मलाई छोटो अवधिभित्र रूसबाट तेल नकिन्ने र युद्ध सकिएपछि मात्र पुनः किन्ने आश्वासन दिएका छन् ।’ बिहीबार ब्रेन्ट क्रुड फ्युचर्स ०.८२ प्रतिशत बढेर प्रति ब्यारेल ६२.४३ डलरमा पुगेको थियो जबकि अमेरिकी वेस्ट टेक्सास इन्टरमेडिएट फ्युचर्स ०.८९ प्रतिशत बढेर ५८.७९ डलरमा पुगेको थियो । भारत रूसी तेलका सबैभन्दा ठूला खरिदकर्तामध्ये एक हो । अनुसन्धान संस्था केपलरका तथ्यांकअनुसार रूसले दैनिक करिब ३.३५ मिलियन ब्यारेल कच्चा तेल निर्यात गर्छ, जसमा भारतले करिब १.७ मिलियन ब्यारेल र चीनले १.१ मिलियन ब्यारेल लिन्छन् । नयाँ दिल्लीले आफ्नो खरिदको बचाउ गर्दै ऊर्जामन्त्री हरदीपसिंह पुरीले जुलाईमा सीएनबीसीसँग भनेका थिए कि भारतले विश्व ऊर्जा मूल्य स्थिर राख्न सहयोग गरेको र त्यसका लागि अमेरिकाले नै प्रोत्साहन दिएको थियो । ‘यदि त्यतिबेला सबै देशहरूले तेल किन्ने बन्द गरेका भए प्रति ब्यारेल मूल्य १३० डलरसम्म पुग्थ्यो । त्यो अवस्थामा हामीलाई — अमेरिकासहितका मित्र राष्ट्रहरूले — ‘मूल्य सीमा भित्र रहेर रूसी तेल किन्नुहोस्’ भनेर सल्लाह दिएका थिए,’ पुरीले भनेका थिए । रूसको कच्चा तेल बिक्री सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि जी–७ राष्ट्रहरू र युरोपेली सङ्घले मूल्य सीमाअन्तर्गत राखेका छन् । यो मूल्य सीमा प्रति ब्यारेल ४७.६ डलरमा निर्धारण गरिएको, मस्कोको तेल निर्यातबाट हुने आम्दानी घटाउने र युक्रेनमा युद्धका लागि लगानी गर्ने क्षमतालाई सीमित गर्ने उद्देश्यले लागू गरिएको हो । सेप्टेम्बरमा २१ लाख विद्युतीय सवारी बिक्री टेस्लाको तलब प्याकेजले मस्कलाई असफलतामै अर्बौं कमाइको बाटो  

ट्रम्पको बयानपछि अमेरिकी लगानीकर्ताले ७ मिनेटमै गुमाए ४५० अर्ब डलर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक अभिव्यक्तिले मंगलबार लगानीकर्ताहरूलाई ठूलो घाटा बेहोर्नुपर्‍यो । उनको उक्त अभिव्यक्तिका कारण मात्र ७ मिनेटभित्र लगानीकर्ताहरूले करिब ४५० अर्ब डलर गुमाए ।  ट्रम्पले भनेका थिए कि चीनले अमेरिकाबाट सोयाबिन किन्ने काम रोकेको छ र यसको जवाफस्वरूप अमेरिका स्वयंले कुकिङ तेल उत्पादन गर्नेछ । यही कारणले सेयर बजारमा तीव्र गिरावट आएको हो । एसएन्डपी ग्लोबलको तथ्यांकअनुसार चीनले गत वर्ष २.९५१ मिलियन मेट्रिक टन कुकिङ तेल निर्यात गरेको थियो, जसमा अमेरिका सबैभन्दा ठूलो आयातकर्ता थियो — उसले १.२६७ मिलियन मेट्रिक टन तेल आयात गरेको थियो । ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘चीन जानाजानी हाम्रो सोयाबिन किनिरहेको छैन र यसले हाम्रा किसानहरूलाई समस्या सिर्जना गरिरहेको छ । हामी चीनसँगको व्यापार सम्बन्ध अन्त्य गर्नेबारे सोचिरहेका छौं । हामी सजिलै आफ्नै कुकिङ तेल उत्पादन गर्न सक्छौं, त्यसैले अब हामीलाई चीनबाट किन्ने आवश्यकता रहने छैन ।’ यता अमेरिकी व्यापार प्रतिनिधि ग्रीयरले भनेका छन् कि राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको बैठकको मिति तय भइसकेको छ । यस घोषणासँगै बजार फेरि सुधारतर्फ उन्मुख भयो । अमेरिका र चीनबीच लामो समयदेखि व्यापार युद्ध चल्दै आएको छ । हालै ट्रम्पले चेतावनी दिएका थिए कि यदि चीनले अमेरिकाका मागहरू स्वीकार नगरेमा नोभेम्बरदेखि उसमाथि १०० प्रतिशतसम्म अतिरिक्त शुल्क (ट्यारिफ) लगाइनेछ । यसको जवाफमा चीनले भनेको थियो, ‘हामी यो लडाइँ अन्तिमसम्म लड्नेछौं ।

२०२५ को पहिलो ९ महिनामा चीनको व्यापार ३३.६ ट्रिलियन युआन पार, स्थायित्व कायम

२०२५ को सुरुवातदेखि नै जटिल बाह्य वातावरणको बीचमा चीनको वैदेशिक व्यापारले स्थिरता कायम राखेको छ । सकारात्मक विकास प्रवृत्तिलाई कायम राखेको चीनले जनाएको छ ।  भन्सार सामान्य प्रशासनका उपप्रमुख वाङ जुनले सोमबार एक पत्रकार सम्मेलनमा यसबारे टिप्पणी गरेका हुन् ।  भन्सार सामान्य प्रशासनका अनुसार २०२५ को पहिलो नौ महिनामा चीनको युआन–निर्यातमा कुल सामान आयात र निर्यात ३३.६१ ट्रिलियन युआन (लगभग ४.७३ ट्रिलियन अमेरिकी डलर) पुगेको छ । जुन वर्ष–दर–वर्ष ४ प्रतिशतले बढेको छ । वस्तु निर्यात कुल १९.९५ ट्रिलियन युआन पुगेको छ । जुन वर्ष–दर–वर्ष ७.१ प्रतिशतले बढेको छ ।  जबकि आयात १३.६६ ट्रिलियन युआन पुगेको छ । जुन ०.२ प्रतिशतले थोरै कमी हो । सेप्टेम्बरमा मात्र चीनको सामान आयात र निर्यात वर्षदर ८ प्रतिशतले बढेर ४.०४ ट्रिलियन युआन पुगेको छ ।  २०२५ को पहिलो नौ महिनामा बेल्ट एण्ड रोड साझेदार देशहरूसँग चीनको सामान व्यापार १७.३७ ट्रिलियन युआन पुगेको छ । जुन एक वर्ष अघिको भन्दा ६.२ प्रतिशतले बढी हो ।  आसियान, ल्याटिन अमेरिका, अफ्रिका र मध्य एसियासँगको व्यापारमा वर्षमा क्रमशः ९.६ प्रतिशत, ३.९ प्रतिशत, १९.५ प्रतिशत र १६.७ प्रतिशतले वृद्धि भएको छ भने एशिया–प्रशान्त आर्थिक सहयोगका अन्य अर्थतन्त्रहरूसँगको व्यापारमा २ प्रतिशतले वृद्धि भएको छ ।