पटका पड्काउने चलन कहाँ र कहिलेबाट सुरु भयो ?

काठमाडौं । नेपालमा तिहारको अवसरमा पटका पड्काउने चलन छ । नेपालमा मात्रै नभएर पटका पड्काउने चलन भारतसहित विश्वमा विभिन्न मुलुकमा पनि छ । तिहारको अवसरमा मात्रै नभएर विभिन्न उत्सव, समारोहमा पनि पटका पड्काइन्छ । संयुक्त राज्य अमेरिकामा जुलाई ४ मा स्वतन्त्रता दिवसको अवसरमा पटका पड्काएर प्रदर्शन गरिन्छ । क्यानडाले जुलाई १ मा क्यानडा दिवसको अवसरमा पटका पड्काएर मनाउने गरिन्छ । चीन र धेरै एसियाली देशहरूमा पनि नयाँ वर्षको समयमा विशेष कार्यक्रमहरू आयोजना गरिन्छ र लाखौं पटकाहरू पड्काइन्छ । मेक्सिकोमा पनि क्रिसमसको अवसरमा पटका पड्काएर मनाइन्छ । पटाका पड्काउने परम्परा चीनको हो । ईसापूर्व दोस्रो शताब्दीमा चीनका मानिसहरूले बाँसका टुक्राहरूलाई आगोमा हाल्ने गर्थे भन्ने विश्वास गरिन्छ । जब बाँसभित्रको हावा गर्मीका कारणले फैलियो, यो ठूलो आवाजले विस्फोट हुने गर्थ्यो । मानिसहरूले विश्वास गर्थे कि यो ठूलो आवाजले दुष्ट आत्माहरूलाई भगाउँछ । धेरै सय वर्षपछि चिनियाँ रसायनशास्त्रीहरूले गल्तीले बारुद पत्ता लगाए । जब यो बारुद बाँस वा कागजको ट्युबमा भरियो, यसले पहिलो पटक विस्फोट र प्रकाश उत्पादन गर्यो । यसले संसारमा आतिशबाजीको सुरुआत गर्यो । विस्तारै यो कला चीनबाट युरोपमा फैलियो । समयसँगै नयाँ प्रविधि थपिए र पटाकाहरू अझ रंगीन, उच्च पहुँचयोग्य र ठूलो स्वरमा बने । अब पटाकाहरू मनोरञ्जनको माध्यम मात्र नभएर चाडपर्व, विवाह र उत्सवहरुको अभिन्न अंग बनेका छन् । यसबाहेक हरियो पटाकाहरूको पनि विकास भइरहेका छन् । जसले वातावरणीय र स्वास्थ्यमैत्री सुरक्षा दुवै सुनिश्चित गर्दछ । पटका पड्काउँदा फरक–फरक रंगहरू निस्कन्छन् । पटाकाहरूमा केही रसायनहरू हुन्छन् । जब पटाकाहरू जल्छन्, यी रसायनहरू तातो हुन्छन् र विभिन्न रंगहरूको प्रकाश निस्किन्छ ।  प्रारम्भिक दिनमा पटाकाहरू रंगहीन थिए । बारूद जलाइँदा यसले सुन्तला रंगको प्रकाश मात्रै निस्कन्थ्यो । जसले अँध्यारोलाई उज्यालो बनाउँथ्यो । १९ औं शताब्दीमा युरोपेली वैज्ञानिकहरूले पटाकाहरूमा विभिन्न धातु–आधारित यौगिकहरू थपेर रंगीन प्रकाश उत्पादन गर्न सकिने कुरा पत्ता लगाए । उदाहरणका लागि रातो प्रकाश स्ट्रोनटियम, हरियो बेरियम र सेतो प्रकाश टाइटेनियम, जिरकोनियम र म्याग्नेसियम मिसाएर उत्पादन गरिन्छ । नीलो रंग सिर्जना गर्न सबैभन्दा गाह्रो मानिन्छ । नीलो रंग तामाबाट बनेको हुन्छ, तर यदि तापक्रम धेरै बढ्यो भने रंग गायब हुन्छ र यदि यो कम रह्यो भने रंग बन्दैन । 

डलर कमजोर, सुन बलियो ! विश्व बजार किन सुनतिर दौडिरहेको छ ?

काठमाडौं ।  सुनको मूल्य प्रतिऔंस ‍‍४ हजार ३०० अमेरिकी डलर माथि पुगेको छ । यसले यो वर्षको असाधारण वृद्धिदरलाई ६० प्रतिशतभन्दा बढी पुर्‍याएको छ । यो वृद्धिदर विश्लेषकहरूको अनुमानभन्दा निकै छिटो भएको हो । सन् २०२४ को सुरुमा सुरु भएको वृद्धिदेखि हालसम्म सुनको मूल्य लगभग दोब्बर भइसकेको छ । सुनको मार्केट क्याप ३० ट्रिलियन डलरभन्दा माथि पुगेको छ । विश्व इतिहासमा पहिलो पटक कुनै एसेट (सम्पत्ति) यो स्तरमा पुगेको हो । सुनको वर्चस्व कति बलियो छ भन्ने कुरा यसैबाट बुझ्न सकिन्छ कि यसको मार्केट क्याप अहिले विश्वकै सबैभन्दा मूल्यवान कम्पनी एनभीडीयाको भन्दा सात गुणा बढी छ । सुनको चर्को मूल्यवृद्धि सँगै विभिन्न देशमा सुन किन्नेहरू सुन व्यापारीका पसल अगाडि लामो लाइनमा उभिएका देखिएका छन् । वास्तवमा सुनको मूल्य पछिल्ला केही वर्षदेखि नै लगातार उकालो लागिरहेको छ – यी हालका कारणहरू देखा पर्नु अघि नै । सबैभन्दा ठोस कारण भनेको सुनसँग सम्बन्धित एक्सचेन्ज–ट्रेडेड फन्ड (ईटीएफ) हरूबाट बढ्दो माग हो । ईटीएफ बजारमा कारोबार गर्न मिल्ने यस्तो लगानी कोष हो, जसले लगानीकर्तालाई एकैपटक धेरै सम्पत्तिमा लगानी गर्ने अवसर दिन्छ । यी फन्डहरूले सुन, सेयर वा बन्डजस्ता सम्पत्तिहरूको मूल्य चाल ट्र्याक गर्छन् र सेयर बजारमा कारोबार गर्न सकिन्छ । यसले लगानीकर्ताहरूका लागि सुनजस्ता वस्तुमा लगानी गर्न सजिलो बनाएको छ । २००३ मा पहिलो सुन ईटीएफ सुरु हुनुअघि सामान्य लगानीकर्ताले सुनमा प्रत्यक्ष लगानी गर्न कठिन मानिन्थ्यो । तर अहिले सुन ईटीएफ सजिलै उपलब्ध भएकाले सुनलाई अरू वित्तीय सम्पत्तिजस्तै किनबेच गर्न सकिन्छ । यसले सुनलाई केवल ‘सुरक्षित सम्पत्ति’ का रूपमा होइन, लाभदायक लगानीका रूपमा पनि हेर्ने दृष्टिकोण बदल्दैछ । पहिलो विश्वका धेरै देशका केन्द्रीय बैंकहरूले आफ्ना विदेशी मुद्रासञ्चय (रिजर्भ) मा सुनको हिस्सा बढाइरहेका छन् । त्यसैले पनि सुनको मूल्य बढिरहेको हो । त्यस्तै, अमेरिकी फेडरल रिजर्भले नीतिगत ब्याजदर घटाउने अपेक्षा र अमेरिकी डलर कमजोर हुँदै गएपछि लगानीकर्ताहरू सुरक्षित विकल्पका रूपमा सुनतर्फ आकर्षित भइरहेका छन् । चीन र रसियाको मागले सुन अझै तातियो खुद्रा लगानीकर्ताका अतिरिक्त केही उदाउँदो अर्थतन्त्रहरू— विशेषगरी चीन र रसियाले आफ्नो विदेशी मुद्रा सञ्चिति अमेरिकी डलरबाट सुनमा स्थानान्तरण गर्न थालेका छन् । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) का अनुसार उदाउँदो बजारहरूमा केन्द्रीय बैंकद्वारा सञ्चित सुनको मात्रा २००६ देखि हालसम्म १६१ प्रतिशतले बढेर करिब १० हजार ३०० टन पुगेको छ । तुलनाका लागि १९५५ देखि २००५ सम्म ५० वर्षमा यो वृद्धि केवल ५० प्रतिशत मात्र थियो। शोधहरूले देखाउँछ — यो रूपान्तरणको कारण अमेरिकी डलर, युरो, येन र पाउण्डजस्ता प्रमुख मुद्राहरू प्रयोग गर्ने मुलुकहरूले लगाएका वित्तीय प्रतिबन्धहरू हुन् । रसियाले सन् २००६ देखि नै सुन किन्ने कार्य तीव्र पारेको हो र २०१४ मा क्राइमिया कब्जा गरेपछि अझ बढाएको हो । अहिले त्यसले विश्वकै ठूला सुन भण्डारहरूमध्ये एक राखेको छ। उता चीनले पनि अमेरिकी सरकारी बन्डहरू बिक्री गर्दै सुन किन्ने क्रम तीव्र पारेको छ । यो प्रक्रिया ‘डि–डलराइजेसन’ भनेर चिनिन्छ । यसको उद्देश्य अमेरिकी मुद्रामा निर्भरता घटाउने हो । यसै क्रममा उदीयमान अर्थतन्त्रहरूले पश्चिमी मुद्राहरूमा सम्भावित वित्तीय प्रतिबन्धको जोखिम देखेका छन् । सुनमा यस्तो जोखिम हुँदैन । त्यसैले भविष्यमा वित्तीय प्रतिबन्ध नीतिगत रूपमा कम प्रभावकारी हुन सक्छ । सुन अझै बढ्न सक्छ ? रसिया र चीनको मागका साथै ईटीएफमा लगानीकर्ताको आकर्षणले सुनको मूल्य अझै बढ्न सक्ने सम्भावना छ । यी दुई कारणले दीर्घकालीन रूपमा सुनको माग बलियो बनाउँछन् । मूल्य बढ्दै जाँदा गुमाइने डरको प्रभावले ईटीएफमा अझ बढी लगानी बढाउँछ । विश्व सुन परिषदका अनुसार सेप्टेम्बर महिनामा रेकर्ड तोड्ने गरी ईटीएफमा लगानी भित्रिएको छ । सेप्टेम्बर त्रैमासमा मात्र २६ अर्ब अमेरिकी डलर बराबर सुन ईटीएफमा पुगेको थियो, जबकि २०२५ का पहिलो नौ महिनामा कुल ६४ अर्ब अमेरिकी डलर प्रवाह भएको छ । केन्द्रीय बैंकहरूको माग भने मूल्यभन्दा बढी भू–राजनीतिक कारणले निर्धारण हुने भएकाले यो माग अझै स्थिर रहन्छ । यी सबै संकेतका आधारमा गोल्डम्यान स्याच्सका विश्लेषकहरूले सुनको मूल्य लक्ष्य पुनः संशोधन गर्दै सन् २०२६ को अन्त्यसम्म प्रतिऔंस अमेरिकी डलर ४ हजार ९०० पुग्ने अनुमान गरेका छन् । मस्कले पाउने इतिहासकै ‘सबैभन्दा ठूलो कर्पोरेट तलब प्याकेज’मा आईएसएसको अवरोध अमेरिका–चीनबीचको आर्थिक द्वन्द्वले विश्व बजार अस्थिर बनाउने संकेत  

हमास गाजामा आक्रमण गर्न तयार रहेको अमेरिकाको दाबी

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले शनिबार हमासले गाजामा नागरिकहरूमाथि हमला’ गर्ने योजना बनाइरहेको बताएको छ । मन्त्रालयले ‘विश्वसनीय रिपोर्टहरू’ को आधारमा यो दावी गरेको हो । मन्त्रालयले भनेको छ कि यस्तो कुनै पनि कदम संघर्षविराम सम्झौताको गम्भीर उल्लङ्घन हुनेछ र यसले मध्यस्थताबाट हासिल गरिएको अहिलेसम्मको प्रगतिलाई कमजोर पार्नेछ । यद्यपि, अमेरिकी अधिकारीहरूले ती रिपोर्टहरूको स्रोत वा त्यससँग सम्बन्धित थप कुनै जानकारी साझेदार गरेका छैनन् । अमेरिकाले भनेको छ कि उसले गाजा शान्ति सम्झौताको अन्य प्रत्याभूतिकर्ताहरू अर्थात् इजिप्ट, कतार र टर्कीलाई पहिले नै सूचित गरिसकेको छ र हमासलाई संघर्षविरामका शर्तहरू पालना गर्न माग गरेको छ । विदेश मन्त्रालयको बयानमा भनिएको छ, ‘यदि हमासले यो आक्रमण गर्छ भने गाजाका मानिसहरूको सुरक्षा र संघर्षविराम कायम राख्नका लागि कदम उठाइनेछन्।’ अहिलेसम्म हमासले यस विवरणमा कुनै टिप्पणी गरेको छैन । हालका लागि इजरायल र हमासबीच संघर्षविरामको पहिलो चरण लागु छ। हमासबाट जीवित बन्दीहरू रिहा गरिसकिएको छ भने मृतकहरूको शव इजरायललाई सुम्पिने प्रक्रिया जारी छ ।