बिल गेट्सले सबै सम्पति गेट्स फाउन्डेसनलाई दिने
काठमाडौं । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले आफ्नो सबै सम्पति गेट्स फाउन्डेसनलाई दिने घाेषणा गरेका छन् । सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै उनले सबै सम्पति फाउन्डेसनलाई दिने घाेषणा गरेका हुन् । उनले यसै महिना फाउन्डेसनलाई थप २० अर्ब डलर (करिब २५ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ) दान गर्ने बताएका छन् । बिल गेट्स र उनी पूर्वपत्नी मेलिन्डा फ्रेन्च गेट्सले संयुक्त रूपमा सञ्चालन गर्दै आएको उक्त फाउन्डेसनले गरिबी निवारण, असमानता र रोगब्याधी न्यूनिकरणको क्षेत्रमा काम गर्दै आइरहेको छ । यस फाउण्डेशन विश्व स्वास्थ्य संगठनको लागि सबैभन्दा ठूलो निजी दाता हो । २०१८ मा यसको वार्षिक दान अमेरिका पछि दोस्रो थियाे ।
लस एन्जलसमा कारोनाको त्रास, मास्क अनिवार्य गर्ने सरकारी तयारी
लस एन्जलस । कोरोना भाइरसको सङ्क्रमण पुनः बढेकाले एक करोड जनसङ्ख्या भएको यो महानगरमा अनिवार्यरूपमा मास्क लगाउनुपर्ने प्रावधानलाई पुनः लागू गर्ने तयारी भइरहेको छ । अस्पताल भर्ना हुने बिरामीको चापलाई दृष्टिगत गरी मास्क लगाउनुपर्ने प्रावधानलाई पुनः लागू गर्ने सोचमा सरकार रहेको स्वास्थ्य निर्देशक बारबरा फेरेरले बताइन् । बिरामीको चापलाई हेरेर निर्णय गरिने पनि उनले बताइन् । महानगरका अधिकांश बासिन्दा अनुहार मास्क लगाउन बानी परेका छन् । केही वर्षदेखि लगातार मुखौटोले आफ्नो अनुहार छोप्दैआएका निक बारगन घरबाहिर काममा निस्कँदा मास्क लगाउन भुल्दैनन् । अब आफूलाई मास्क लगाउने बानी परेको उनी बताउँछन् । देशव्यापीरूपमा कोभिड–१९ नयाँ प्रजाति बिए फाइभको सङ्क्रमण बढेको छ । नयाँ ओमिक्रोनका प्रजातिले अमेरिकी राज्यहरूमा बिरामीको सङ्ख्या उल्लेख्यमात्रामा बढाएको छ भने बिरामीको मृत्युदरमा पनि वृद्धि भएको छ । रोगको रोकथामका लागि सरकारीस्तरमा सचेतना प्रयास जारी छ । केही स्वास्थ्य विज्ञले सुरक्षात्मक उपाय अवलम्बन गर्न बिलम्ब भएको बताएका छन् । स्क्रिप्स रिसर्च ट्रान्सलेसन इन्सटिच्युटका डा इरिक टोपलले बिए फाइभको सङ्क्रमण घातक भएको चेतावनी दिएका छन् । रासस/एपी
मस्कविरुद्ध ट्विटरले लगायाे मुद्दा
काठमाडाैं । ट्विटरले टेस्लाका सिइओ एलन मस्कमाथि मुद्दा दायर गरेकाे छ । ट्विटर मस्कमाथि ४४ अर्ब डलरकाे सम्झाैत उल्लंघन गरेकाे आराेपमा मुद्दा दायर गरेकाे हाे । ट्विटरले अमेरिकाकाे डेलावेयर राज्यमा दायर गरेकाे मुद्धामा मस्कलाई आफ्नाे सम्झाैता पुरा गर्न अदालतलाई आदेश दिन अपिल गरेकाे छ । ट्विटरले दाबी गरेजस्तै कुल प्रयोगकर्ताहरूमध्ये ५ प्रतिशतभन्दा कम स्प्याम रहेको भन्ने प्रमाण दिन अस्वीकार गरेपछि मस्कले केही दिन अघि ट्विटर खरिद सम्झाैता ताेडेकाे बताएका थिए । उक्त खबर आएपछि ट्विटरको सेयर मूल्य ७ प्रतिशतले घटेको थियाे ।