इजिप्टले एक अर्ब युरोको टायर कारखाना स्थापना गर्ने, एक हजारले रोजगारी पाउने
काठमाडौं । इजिप्टले राजधानीको उत्तरपूर्वी स्वेज नहर आर्थिक क्षेत्रमा १ अर्ब युरोको लगानीमा टायर कारखाना स्थापना गर्ने भएको छ । कारखानाले तीन चरणमा ४ लाख वर्ग मिटर ओगट्ने छ । परियोजनाले पूर्ण सञ्चालनपछि वार्षिक ७० लाख उत्पादन क्षमताका निजी कार र भारी ट्रकका लागि टायर उत्पादन गर्ने लक्ष्य लिइएको छ । यो कदम वेज नहर आर्थिक क्षेत्रको धेरै एकीकृत सेवा र औद्योगिक क्षेत्रहरु स्थानीयकरण गर्ने रणनीतिको एक भाग हो । नयाँ कारखानाले शुरुमा घरेलु बजारको आवश्यकताहरु सुरक्षित गर्ने र आयात घटाउने लक्ष्य लिएको छ । यसले प्रत्यक्ष र अप्रत्यक्ष गरी १ हजार रोजगारीको अवसर प्रदान गर्ने बताइएको छ ।
अमेरिकाद्वारा आफ्ना पाँच बन्दी छुटाउन इरानलाई छ अर्ब डलर प्रदान
एजेन्सी । इरानी कारगारमा रहेका छ जना अमेरिकी नागरिकको रिहाइका निम्ति वासिङ्टनले इरानलाई छ अर्ब अमेरिकी डलर प्रदान गरेको छ । अमेरिका–इरान कैदी आदानप्रदान सम्झौताअन्तर्गत कतारी बैंकहरूमा उक्त रकम जम्मा गरिएको हो । अमेरिकी बन्दीहरूलाई इरानबाट बाहिर निकाल्न तेहरानमा तयारी अवस्थामा एउटा विमान राखिएको एक स्रोतले सोमबार एएफपीलाई बताएको छ । अमेरिकी निर्देशनमा दक्षिण कोरियाले उक्त रकम तेहरानलाई निकासा दिएको हो । सोललाई इन्धन बेचेको भुक्तानी अमेरिकी निर्देशनमा तेहरानले पाएको थिएन । आणविक वार्ताबाट इरान पछिहटेपछि ट्रम्प प्रशासनले तेहरानमाथि प्रतिबन्ध लगाउँदै दक्षिण कोरियाले भुक्तानी दिनुपर्ने रकम रोक्का गरेको थियो । वासिङ्टन र तेहरानबीच कूटनीतिक सम्बन्ध नभएकाले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको कतारले दुवै पक्षलाई रकम जम्मा भएको जानकारी दिएको छ
चीनद्वारा याओगान ३९ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण
एजेन्सी । चीनले याओगान ३९ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण गरेको छ । आईतवार चीनको दक्षिणपश्चिम सिचुवान प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको हो । स्याटेलाइट याओगान—३९ बोक्ने लङ मार्च— टुडी रकेटले बेइजिङको समयानुसार सवा १२ बजे उडान भरेको थियो । आईतवारको प्रक्षेपण लङ मार्च रकेट श्रृङ्खलाद्वारा गरिएको ४८८ औं मिसन थियो ।