एउटा मेसेजले खोल्यो श्रीमानको गोप्य संसार, दर्जनौँ बच्चाका ‘अदृश्य बुबा’ बनेका व्यक्तिको कथा

काठमाडौं । हरेक मान्छे एकनासको हुँदैन । बानी,व्यवहार, सोचविचार र जीवनशैली व्यक्तिपिच्छे फरकफरक हुन्छ । यही विविधता नै कहिलेकाहीँ जीवनसाथीबीचको सम्बन्धमा तनाव र दरार ल्याउने मुख्य कारण बन्छ । विवाहपछि एकअर्काका रुचि, बानी, मनपर्ने र नपर्ने कुराहरू तथा साना-साना विवरणहरू बुझ्नु र जान्नुलाई सधैं एउटा सफल र दिगो सम्बन्धको आधार मानिन्छ । जब दुई व्यक्तिबीच खुला संवाद र आपसी समझ हुन्छ, तब सम्बन्ध थप मजबुत बन्छ । तर आफ्नो साथीलाई राम्ररी नबुझ्दा, र अविश्वासका कारण सम्बन्धमा गहिरो चोट लाग्न सक्छ, कहिलेकाहीँ यो चोट निकै गहिरो हुन्छ । यसको एउटा चरम उदाहरण हालै बेलायतबाट सामने आएको छ । एक बेलायती महिलाले विवाहको २० वर्षपछि एउटा अकल्पनीय सत्य थाहा पाइन्, उनका पति एकजना वा दुईजना होइन, दर्जनौं बच्चाहरूका गुमनाम जैविक पिता रहेछन् ।  रिपोर्टअनुसार बेलायतमा बस्ने यो जोडीबीच सबै कुरा ठीकठाक चलिरहेको थियो । तर एउटा अज्ञात मेसेजले यो २० वर्ष पुरानो सम्बन्धमा दरार सिर्जना गरेको छ ।  महिलाले सामाजिक सञ्जालमा एउटा सन्देश प्राप्त गरिन्, जसबाट उनलाई थाहा भयो कि उनका पतिले वर्षौंदेखि उनलाई थाहा नदिई शुक्रकीट दान गर्दै आएका थिए । सुरुमा उनले सोचिन् कि यो केवल आर्थिक सहायता वा परोपकार हो, तर जब उनले गहिरो अनुसन्धान गरिन् तब बल्ल उनले आफ्नो पतिले क्लिनिकबाट सहयोग नलिई आफैले महिलाहरूलाई सम्पर्क गरेको थाहा पाइन् । रिपोर्ट अनुसार जब महिलालाई थाहा भयो कि उनका पतिले शुक्रकीट मात्र दान गरिरहेका छैनन्, बरु उनी गर्भवती हुन चाहने महिलाहरूसँग निरन्तर सम्पर्कमा थिए । उनलाई गर्भवती महिलाहरूलाई हेर्ने र सम्पूर्ण प्रक्रियाको हिस्सा बन्ने मानसिक लत थियो ।   उनी ती महिलाहरूलाई गोप्य रूपमा भेट्थे र उनीहरूको गर्भाधान प्रक्रियामा भाग लिँदा सान्त्वना पाउँथे ।  श्रीमतीका लागि भने यो घटना विश्वासघात थिएन तर मानसिक आघात थियो ।  उनी उक्त कुरा स्वीकार गर्न असमर्थ छिन् । यो विषय तबमात्र खुल्यो जब दाता समूहसँग सम्बन्धित एक महिलाले गल्तीले शुक्राणु दाताकी श्रीमतीलाई सन्देश पठाइन् ।  वास्तवमा श्रीमानले आफ्नो लागि छुट्टै डिजिटल पहिचान बनाएका थिए र ‘निःशुल्क दाता’ को रूपमा प्रसिद्ध थिए । उनले महिलाहरूसँग नजिक रहन सकून् भनेर क्लिनिक मार्फत सम्पर्क गर्नुको सट्टा सिधै सम्पर्क गर्ने छनौट गरेका थिए ।  जब श्रीमतीले उनको ल्यापटप र फोन जाँच गरिन्, उनले सयौं च्याट र तस्बिरहरू भेट्टाइन् । जसले उनको श्रीमानको दोहोरो जीवनको पर्दाफास गर्‍यो । कुनै पनि चिकित्सा पर्यवेक्षण वा कानुनी कागजात बिना यस प्रकारको ‘निजी दान’ स्वास्थ्यको लागि मात्र खतरनाक छैन । बरु यसले भावी पुस्ताका लागि समस्या सिर्जना गर्न सक्छ ।  पीडितले अब सम्बन्ध विच्छेदको लागि निवेदन दिएकी छिन् र अन्य महिलाहरूलाई पनि चेतावनी दिइरहेकी छिन् कि तिनीहरू त्यस्ता ‘निःशुल्क दाताहरू’ को शिकार हुनुहुँदैन । किनभने यसको पछाडि कुनै राम्रो नियत नभएर बिरामी मानसिकता पनि हुन सक्छ ।

ट्रम्पको धम्की : इरानसँग युद्धविराम चाहँदैनौं तर सैन्य अभियान समाप्त गरेरै छाड्छौं

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूलाई उनी इरानसँग युद्धविराममा रुचि नराख्ने बताएका छन् । ‘हामी संवाद गर्न सक्छौं, तर मलाई युद्धविराम गर्नु छैन,’ ट्रम्पले ह्वाइट हाउसको साउथ लनबाट फ्लोरिडा प्रस्थान गर्नुअघि भने, ‘जब तपाईं शाब्दिक रूपमा अर्को पक्षलाई ध्वस्त पार्दै हुनुहुन्छ, तब युद्धविराम गर्दैनन् ।’ ‘उनीहरूसँग नौसेना छैन । वायुसेना छैन । कुनै सैन्य सामग्री छैनन्,’ ट्रम्पले थपे । शुक्रबार दिउँसो ट्रुथ सोशलमा एक पोस्टमा ट्रम्पले दाबी गरेका छन् कि अमेरिका ‘मध्यपूर्वमा हाम्रो महान् सैन्य प्रयासलाई समाप्त गर्ने विचार गर्दै आफ्ना उद्देश्यहरू पूरा गर्ने नजिक पुगिसकेको छ ।’ विश्वको तेल व्यापारको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको जुन–जुन राष्ट्रहरूले प्रयोग गर्छन्, आवश्यकतानुसार उनीहरूले नै रक्षा र निगरानी गर्नुपर्ने उनको भनाइ छ । ‘यदि माग भयो भने हामी यी देशहरूलाई होर्मुजसम्बन्धी प्रयासमा सहयोग गर्नेछौं, तर इरानको खतरा निर्मूल भएपछि त्यो आवश्यक हुँदैन,’ ट्रम्पले लेखेका छन् । ट्रम्पका यी टिप्पणीहरू अमेरिका–इजरायल र इरानबीचको युद्ध सुरु भएको करिब तीन सातापछि आएका हुन्, जुन अहिले एउटा व्यापक क्षेत्रीय संघर्षमा परिणत भइसकेको छ ।  युद्ध सुरु भएदेखि नै इरानले जलसन्धि प्रभावकारी रूपमा बन्द गरेको छ । ट्रम्पले नाटो सहयोगीहरूलाई थप समर्थनका लागि दबाब दिँदै आएका छन् । शुक्रबार पनि उनले यो जलसन्धि अमेरिकालाई खासै महत्त्व नराख्ने बताएका थिए । जलसन्धिबाट हुने अधिकांश ऊर्जा ढुवानी एसियाली बजारतर्फ जान्छ । तर डालस फेडले शुक्रबार प्रकाशित एक रिपोर्टमा बन्दका आर्थिक प्रभावहरू अमेरिकासहित विश्वभर महसुस हुने बताएको छ । ट्रम्पले शुक्रबार जलसन्धि पुनः खोल्ने कार्यलाई सरल बताउँदै अन्य देशहरूको सहयोगसमेत खोजेका थिए । उनले चीन र जापानलाई पनि यसमा संलग्न हुन आह्वान गरे । हालै जापानी प्रधानमन्त्री सानाए ताकाइचीले ह्वाइट हाउसमा ट्रम्पलाई भेटेकी थिइन् । ट्रम्पले यसै साता भनेका थिए कि उनी इरानमा जमिनी सेना पठाउने छैनन् । तर शुक्रबार धेरै समाचार संस्थाहरूले पेन्टागनले मध्यपूर्वमा २ हजार ५०० सम्म मरिन सैनिक पठाउँदै गरेको रिपोर्ट गरेका थिए ।  गत एक सातामा यस्तो दोस्रो तैनाथी हो । इरान–इजरायल युद्धलाई लिएर अमेरिका र इजरायलबीचको सहकार्यमा दरार ! खार्ग टापु : अमेरिका–इरान द्वन्द्वको नयाँ ‘कुरुक्षेत्र’ के इरानले ‘स्ट्रेट अफ हर्मुज’ इजरायल र अमेरिकाका लागि मात्र बन्द गर्न सक्छ ? युद्धको रापबीच इरान–चीन तेल ‘कनेक्सन’ : हर्मुजको अवरोध छिचोल्दै करोडौं ब्यारेल बेइजिङतिर मध्यपूर्व द्वन्द्व : एसियामा इन्धन संकट, चारदिने कार्यसप्ताह र विद्यालय बन्द इरानको भविष्य मोज्तबा खामेनेईको हातमा, के उनले सत्ता चलाउन सक्लान् ? मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम इरान : शून्यमा सत्ता, संकटमा शासन खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली

ऊर्जा सङ्कटबीच बङ्गलादेश २ अर्ब डलर ऋण लिँदै

काठमाडौं । मध्यपूर्व युद्धका कारण विश्वव्यापी इन्धनको मूल्यमा भएको वृद्धिको बीचमा ऊर्जा सुरक्षा चिन्ताहरूको सामना गर्न बङ्गलादेशले बहुपक्षीय निकायहरूबाट करिब २ अर्ब डलर ऋण सुरक्षित गर्न जोड दिइरहेको छ। सरकारले इन्धन खपत नियन्त्रण गर्न धेरै उपायहरू अपनाइसकेको छ, यसका लागि अधिकांश मल कारखानाहरूमा तत्कालका लागि उत्पादन अस्थायी रूपमा रोक्ने बताएको छ।  प्रधानमन्त्रीका वित्त तथा योजना सल्लाहकार रशेद अल तितुमिरले दिगो ऊर्जा आपूर्ति सुनिश्चित गर्न सरकारले अब त्रिकोणिय दृष्टिकोण अपनाएको बताए ।  ‘यसको एक भाग ऋण सुरक्षित गर्नु हो,’ टितुमिरले एएफपीसँग भने । ‘अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले १.३ अर्ब डलर र एसियाली विकास बैङ्क (एडिबी)ले ५० करोड डलर बजेट सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ,’ अल तितुमिरले भने ।  सरकारले विश्व बैङ्कसँग पनि सम्पर्क गर्न सक्छ । ‘हामी विदेशी मुद्रा भण्डारलाई अक्षुण्ण राख्न चाहन्छौं, हामीसँग ऋण लिनु बाहेक सीमित विकल्पहरू छन्,’ उनले भने ।  सरकारले उत्तर अमेरिका, दक्षिण अमेरिका वा अफ्रिकाबाट ऊर्जा प्राप्त गर्ने विकल्पको खोजी गरिरहेको छ । ‘हामी वैकल्पिक ऊर्जा स्रोतहरूको लागि सबै उपलब्ध विकल्पहरूको खोजी गर्दैछौँ,’ अल तितुमिरले भने ।  आफ्नो तेल र ग्यासको ९५ प्रतिशत आयात गर्ने बङ्गलादेशले विश्वव्यापी वृद्धिका बाबजुद बिजुली र इन्धनको मूल्य बढाएको छैन । अधिकांश कच्चा इन्धन साउँदी अरब र संयुक्त अरब इमिरेट्सबाट आयात गरिन्छ भने करिब ३५ प्रतिशत ग्यास आपूर्ति मध्यपूर्वबाट पनि हुन्छ ।  कतारको रास लाफान एलएनजी हबमा भएको ग्यास उत्पादनस्थलमा भएको आक्रमणले ग्यास आपूर्तिमा अवरोध पुर्याउन सक्छ, किनकि बङ्गलादेशको इन्धन सुविधामा कताररको निर्भरता छ । मध्यपूर्व युद्ध सुरु भएदेखि अधिकारीहरूले इन्धन खपत नियन्त्रण गर्न धेरै उपायहरू अपनाएका छन् ।   यसमा इन्धन खरिदमा सीमा तोक्ने, धेरै जसो मल कारखानाहरूमा उत्पादन रोक्ने, ‘फिलिङ स्टेशन’हरूमा गस्ती गर्न पुलिस तैनाथ गर्ने, र एलएनजी ढुवानीहरू सुरक्षित आपूर्तिका लागि नौसेना प्रयोग गर्ने समावेश छ ।