८ अर्ब डलरको घाटा बेहोरेको त्यो बयान

काठमाडौं । बुढापाकाहरूले राम्ररी सोंचविचार गरेर मात्र कुरा गर्नुपर्छ भन्छन् । धेरै पटक सोचविचार नगरी भनिएका कुराहरूले ठूलो हानि पुर्‍याउन सक्छनु् । क्वान्टम कम्प्युटिङ उद्योगमा पनि यस्तै केही भयो । विश्वका शीर्ष धनी व्यक्तिहरूमध्ये एक व्यक्तिको बयानले उद्योगमा यस्तो आँधीबेहरी मच्चायो कि एकै झट्कामा ८ अर्ब डलर (लगभग १०९८६२.४ करोड) घाटा भयो । ती व्यक्ति हुन् एनभीडीयाका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ । एनभीडिया एक प्रविधि कम्पनी हो, जुन ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू‍) को डिजाइन र निर्माणको लागि परिचित छ । अर्थात् यो कम्पनीले जटिल कम्प्युटिङका ​​लागि चिप्स बनाउँछ । जटिल कम्प्युटिङ उच्च गुणस्तरको भिडियो सम्पादन, भीएफएक्स र ग्राफिक डिजाइनिङआदि जस्ता विभिन्न उद्देश्यका लागि प्रयोग गरिन्छ । के दिएका थिए बयान ? गत बुधबार हुआङले क्वान्टम कम्प्युटिङको भविष्यको बारेमा एक बयान दिए । उनले भनेका थिए, ‘क्वान्टम प्रशोधन हालको क्युबिट्सको संख्याभन्दा १० लाख गुणा बढी हुनु आवश्यक छ । साँच्चै उपयोगी क्वान्टम कम्प्युटर बजारमा ल्याउन १५ देखि ३० वर्ष लाग्न सक्छ ।’ उनले कन्ज्युमर इलेक्ट्रोनिक्स शोमा यस्तो बयान दिएका हुन् हुआङको भनाइले क्वान्टम कम्प्युटिङ उद्योगमा बहस सुरु गरेको छ । यो बहसले क्वान्टम कम्प्युटिङको वर्तमान उपयोगिता र भविष्यको बारेमा फरक-फरक विचारलाई हाइलाइट गरिरहेको छ । उद्योग विज्ञहरूले हुआङको भनाइ गलत भएको बताएका छन् । बयानको प्रभाव हुआङको भनाइले क्वान्टम कम्प्युटिङ कम्पनीहरूको सेयरमा असर गर्‍यो । जसले गर्दा यस उद्योगको सेयर एकै झटकामा क्र्यास भयो । यसमा ४० प्रतिशतभन्दा बढीको गिरावट आएको थियो । यसका कारण यी कम्पनीहरूको बजार पूँजीकरण ८ अर्ब डलर (लगभग १०९८६२.४ करोड) ले घट्यो । यसभन्दा अगाडि एनभीडीयाविरुद्ध एकाधिकारविरोधी कानुन उल्लङ्घनको आरोपमा चीनले अनुसन्धान सुरु गरेपछि एनभिडियाको सेयर घटेको थियो । हुआङको कुल सम्पत्ति हुआङकाे नेटवर्थ ११९ अर्ब डलर छ । उनी संसारको १२ औं धनी व्यक्ति हुन् । एनभीडीया द्रुत गतिमा बढिरहेको कम्पनी हो । एप्पलपछिको दोस्रो मूल्यवान कम्पनी एनभीडीया एप्पलपछि विश्वको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी हो । माइक्रोसफ्ट ३.१ ट्रिलियन मार्केट क्यापसहित विश्वको तेस्रो सबैभन्दा मूल्यवान कम्पनी रहेकाे छ । यसैगरी, गुगलकाे मूल कम्पनी अल्फाबेट इंक र अमेजनको लगभग २.३ ट्रिलियनकाे मूल्य छ । साउदी आरामको, फेसबुक, टेस्ला, ब्रोडकम र टीएसएमसी शीर्ष १० मा छन् । एआईमा विश्वको चासो र विभिन्न उद्योगहरूमा एआई केन्द्रित चिप्सको माग बढ्दै गइरहेको छ । गत वर्ष एआई चिप्समा उच्च मागका कारण एनभीडीयाको सेयर १८० प्रतिशतले वृद्धि भएको थियो ।

रूसमा उडान भर्न ‘उच्च जोखिम’ : इयू उड्ययन सुरक्षा निकाय

काठमाडौं । युक्रेनमा जारी युद्धका बीच अजरबैजान एयरलाइन्सको विमान खसालिएको घटनापछि रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’ रहेको देखिएको युरोपेली सङ्घको उड्डयन सुरक्षा निकाय (इएसएस)ले शुक्रबार जनाएको छ । इएएसएले एक सुरक्षा बुलेटिनमा भनेको छ, ‘द्वन्द्वले ‘सम्भावित नागरिक–सैन्य समन्वयको कमी र गलत पहिचानको सम्भावनाका कारण रूसी सङ्घको हवाई क्षेत्रमा नागरिक विमानहरू अनाहकमा निशाना हुने खतरा उत्पन्न गरेको छ।’ इएसएसले पश्चिमी रूसी हवाई क्षेत्रमा उडान नगर्न एयरलाइन्सका लागि आफ्नो सिफारिस लाई पुनः नवीकरण गरेको छ । रूसले युरोपेली सङ्घ (इयू) का विमानलाई आफ्नो हवाई क्षेत्रमा उडान भर्न प्रतिबन्ध लगाएको छ तर चीन, टर्की, खाडी मुलुक र अन्य मुलुकका विमानलाई भने अनुमति दिइएको छ । अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले गत डिसेम्बर २५ मा कजाकिस्तानमा ३८ जनाको ज्यान जाने गरी दुर्घटनाग्रस्त भएको अजरबैजान एयरलाइन्सको यात्रुवाहक विमानलाई रुसी शहर ग्रोज्नीमाथि ‘जमिनबाट’ गोली हानेको दावी गरेका छन् । रूसले युक्रेनी ड्रोनलाई प्रतिकार गर्ने समयमा आफ्नो एयर डिफेन्सले काम गरिरहेको बताएको छ, तर उसले विमानमा गोली लागेको स्वीकारेको छ । इएएसएले युक्रेनी क्षेप्यास्त्र र रुसमा प्रक्षेपण गरिएका ड्रोनको सामना गर्न रुसी हवाई प्रतिरक्षा प्रणालीको सक्रियताले ‘प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलसहित धेरै स्थानहरूमा उडान संचालनमा प्रत्यक्ष प्रभाव पार्न सक्छ’ भनेको छ। बुलेटिनमा भनिएको छ, ‘ड्रोन आक्रमण वा हवाई प्रतिरक्षा प्रणालीको सक्रियताका बेला रुसी महासङ्घले बन्द नगरेको हवाई क्षेत्रमा अधिकांश घटना भएका छन् ।’ सन् २०२४ डिसेम्बर २५ मा अजरबैजान एयरलाइन्सको फ्लाइट ८२४३ मा भएको घटनाले देखाएझैं यसले उडान सञ्चालनका लागि उच्च जोखिम निम्त्याएको छ। रासस

नोएल टाटाका छोरीहरू रतन टाटा इन्स्टिच्युटको बोर्डमा सामेल, बाहिरियो मतभेद

काठमाडौं । ‘टाटा ट्रस्ट’का अध्यक्ष नोएल टाटाका छोरीहरू ‘माया र लिया’ ‘सर रतन टाटा औद्योगिक संस्थान’ (एसआरटीआईटी) को बोर्ड अफ ट्रस्टीमा समावेश भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एसआरटीआईटी सर रतन टाटा ट्रस्टको एक उपसमूह हो, जुन समूहको होल्डिङ कम्पनी टाटा सन्सका दुई प्रमुख सेयरधारकहरूमध्ये एक हो । माया र लिया टाटाले अर्नाज कोतवाल र फ्रेडी तलाटीको स्थान लिएको जनाइएको छ । दुवै जनाले एसआरटीआईटीको बोर्ड अफ ट्रस्टीजबाट राजीनामा दिएका छन् । यससँगै नोएल टाटाका छोराछोरीहरू सबै साना टाटा ट्रस्टहरूको बोर्डमा सामेल भएका छन् । तिनीहरूलाई दुई मुख्य ट्रस्टहरू, सर रतन टाटा ट्रस्ट एण्ड एलाइड ट्रस्ट र सर दोराबजी टाटा ट्रस्ट एण्ड एलाइड ट्रस्टमा समावेश गर्न बाँकी छ । नोएल टाटाका तीन सन्तान छन्: लिया (३९), माया (३६) र नेभिल (३२) । नोएल टाटा स्वर्गीय रतन टाटाका सौतेनी भाइ हुन् । उनलाई अक्टोबर २०२४ मा टाटा ट्रस्टको अध्यक्ष नियुक्त गरिएको थियो । ट्रस्टीहरूको परिवर्तनले आन्तरिक मतभेदहरू निम्त्याएको देखिएको छ । निवर्तमान ट्रस्टी अर्नाज कोतवालले यसप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्दै ट्रस्टीहरूलाई पत्र लेखेका छन् । उनले नयाँ ट्रस्टीहरू ल्याउन जुन तरिकाले राजीनामा दिन भनियो त्यो सही नभएको बताए । अर्नाजको असन्तुष्टि ‘म अहिले दुबईमा भएकोले र धेरै विचार-विमर्शपछि मैले बुर्जिसको अनुरोध स्वीकार गरेको छु,’ अर्नाजले साथी ट्रस्टिजहरूलाई लेखेको पत्रमा उल्लेख छ । ‘तर म अत्यन्तै दुःखी छु कि तपाईंहरूमध्ये कसैले पनि यस विषयमा प्रत्यक्ष कुरा गर्न मलाई सम्पर्क गर्नुभएको छैन । सीईओ सिद्धार्थ शर्माको निर्देशनमा एक अपरिचित व्यक्तिले मलाई सम्पर्क गरेको देख्दा म छक्क परें । ती दुवैको एसआरटीआईआईसँग कुनै सम्बन्ध छैन,’ उनले लेखेका छन् । बुर्जिस तारापोरवाला टाटा ट्रस्टका कार्यकारी हुन् र सिद्धार्थ शर्मा सीईओ हुन् । तारापोरवालालाई पठाइएको छुट्टै इमेलमा उनले नोएल टाटाको तर्फबाट तारापोरवालाले उनलाई राजीनामा दिन आग्रह गरेको र सोहीअनुसार उनले राजीनामा दिएका छन् । उनले यस विषयमा मेहली मिस्त्रीबाट पनि फोन आएको बताए । टाटा ट्रस्टले यसबारे कुनै टिप्पणी गरेको छैन । सर रतन टाटा औद्योगिक संस्थानको सञ्चालनसँग नजिकबाट संलग्न माया र लिया टाटालाई हालै सर रतन टाटा ट्रस्ट (एसआरटीटी) को बोर्ड अफ ट्रस्टीमा मनोनित गरिएको यस मामिलामा संलग्न एक अधिकारीले बताए । एसआरटीटीलाई यसको ट्रस्ट डीडअनुसार एसआरटीआईआईका छ जना बोर्ड सदस्यहरूमध्ये तीन जनालाई मनोनित गर्ने अधिकार छ । ट्रस्टले के गर्छ ? नोयल टाटाका छोरीहरूलाई फ्रेडी तलाटी र अर्नाज कोतवालको स्थानमा समावेश गरिएको छ । फ्रेडी तलाटी हाल एनसीपीएमा छन् र उनले आफ्नो राजीनामा बुझाएका छन् । अर्नाज कोतवाल दुबईबाट भीएफएस ग्लोबलमा काम गर्दैछन् । एसआरटीआईआईको व्यापक स्तरोन्नति भइरहेको छ । यसलाई ध्यानमा राख्दै एसआरटीटी ट्रस्टीहरूले एसआरटीआईआईमा काम गर्ने अनुभव भएका र नियमित रूपमा मुम्बईमा बस्ने व्यक्तिहरू मनोनीत गर्न चाहन्थे । गरिब महिलाहरूलाई रोजगारी प्रदान गर्नका लागि लेडी नवजबाई टाटा र स्त्री जोरोस्ट्रियन मण्डलद्वारा सन् १९२८ मा एसआरटीआईआईको स्थापना गरिएको थियो । संस्थानले महिलाहरूका लागि खाना पकाउने, सिलाइ र मन्टेसरी शिक्षक तालिमजस्ता एकाइहरूमा संस्थानहरू स्थापना गरेको छ । लिया र मायालाई नियुक्त गर्ने निर्णय एसआरटीटी बोर्डले सर्वसम्मतिले गरेको अधिकारीले बताए । यसमा नोएल टाटा, विजय सिंह, वेणु श्रीनिवासन, दारियस खम्बट्टा, जहाँगीर एच. जहाँगीर र मेहली मिस्त्री समावेश थिए । एसआरटीआईआईको बोर्डमा रहेका अन्य ट्रस्टीहरूमा फरीदा टाटा, आलु टाटा, मेहनोश कपाडिया र धन खुसरोखान समावेश छन् । साना ट्रस्टहरूमा नयाँ पुस्ताको सहभागिताले उनीहरूलाई समूह स्तरमा ठूला भूमिकाहरूको लागि तयार पार्ने अपेक्षा गरिएको छ । माया र लिया माया र लिया टाटाले टाटा समूहका कम्पनीहरूमा व्यवस्थापकीय भूमिका पनि सम्हाल्छन् । माया टाटा डिजिटलमा छिन् र लिया इन्डियन होटल्समा छिन् । लिया टाटाले आईई बिजनेस स्कूलबाट मार्केटिङमा स्नातकोत्तर गरेकी छिन् र हाल इन्डियन होटल्समा उपाध्यक्ष छिन् । उनकी बहिनीले टाटा क्यापिटलबाट आफ्नो करिअर सुरु गरेकी थिइन् र उनी टाटा न्यु एप व्यवस्थापन गर्ने टोलीको हिस्सा हुन् । कोतवाल भीएफएस ग्लोबलमा जनरल काउन्सिल हुन् र यसअघि इन्डियन होटल्समा उपाध्यक्ष-कानुनी पदमा थिए । तलाटी अहिले एनसीपीएको सीओओ हुन् । यसअघि उनी एसोसिएटेड बिल्डिङ कम्पनीका सीईओ थिए । टाटा समूहको यो कम्पनी बम्बे हाउसको स्वामित्वमा छ ।