विश्वकै सबैभन्दा धनी परिवारमध्ये एक अल-थानी, यस्तो छ कतारी शेखको जीवनशैली
आफ्नी बहिनी शेखा हिन्द बिन्त हमद बिन खलिफा अल-थानीसँग तमीम । फाइल तस्बिर । काठमाडौं । कतारका अमीर शेख तमीम बिन हमद अल-थानीले भारत भ्रमण गर्दैछन् । लगभग एक दशकपछि उनको यो पहिलो भारत यात्रा हुनेछ । यस भ्रमणका क्रममा ऊर्जा सहकार्य र पश्चिम एशियाको राजनीतिक विषयमा विशेष छलफल हुने अपेक्षा गरिएको छ । यस भ्रमणको उद्देश्य व्यापार, लगानी र प्रविधि क्षेत्रमा भारत-कतार सम्बन्धलाई थप सुदृढ बनाउने रहेको छ । ३३५ अर्ब नेट वर्थ कतारको अल-थानी परिवार विश्वकै धनी परिवारमध्ये एक हो । यस परिवारको नेटवर्थ लगभग ३३५ अर्ब रहेको अनुमान छ । लन्डनको प्रसिद्ध शर्ड बिल्डिङ र हार्राेड्स लक्जरी डिपार्टमेन्ट स्टोर पनि यस परिवारको स्वामित्वमा छ । साथै जर्मनीको अटोमोबाइल कम्पनी फक्सवागन र ब्रिटिश एयरवेजमा समेत उनीहरूको ठूलो लगानी रहेको छ । कतारमा सर्वोच्च शासकलाई अमीर भनिन्छ । अहिलेसम्म अल–थानी परिवारका ११ जना सदस्य यो पदमा रहिसकेका छन् । शेख तमीम बिन हमद अल-थानी २०२३ मा कतारका अमीर बनेका थिए । लक्जरी जीवनशैली ३ जुन १९८० मा जन्मेका शेख तमीम पूर्व–अमीर हमद बिन खलिफा अल–थानीका चौथो छोरा हुन् । उनले आफ्नो प्रारम्भिक शिक्षा लन्डनको प्रसिद्ध हैरो स्कूलमा लिए । त्यसपछि इङ्ल्यान्डको रोयल मिलिट्री एकेडेमीबाट १९९८ मा स्नातक गरे । कतार फर्किएपछि उनलाई कतार आर्मीमा सेकन्ड लेफ्टिनेन्ट बनाइयो । शेख तमीमकी तीन श्रीमतीबाट १३ सन्तान छन् । उनी दोहा रोयल प्यालेसमा बस्छन्, जसको अनुमानित मूल्य १ अर्ब डलर छ । यस महलमा १०० भन्दा बढी भव्य कोठा छन् । महलमा ५०० कार पार्क गर्न सकिन्छ । साथै महलको केही भाग सुनले कोटिङ गरिएको छ। शेख तमीम आफ्नो लक्जरी जीवनशैलीका लागि प्रख्यात छन् । उनीसँग करिब ४० मिलियनको १२४ मिटर लामो याच छ । जसमा हेलिप्याड, ३५ र ९० क्रू सदस्यहरूका लागि सुविधा उपलब्ध छ । लक्जरी कारहरूको ठूलो सङ्ग्रह अल–थानी परिवारसँग कतार अमीरी एयरलाइन्सको समेत स्वामित्व छ । १९७७ मा विशेष रूपमा शाही परिवारका लागि स्थापना गरिएको यस एयरलाइन्ससँग ३ वटा बोइङ ७४७ विमानसहित १४ वटा निजी विमानहरू छन् । शेख तमीमसँग बुगाटी, फरारी, ल्याम्बोर्घिनी, रोल्स रोयसजस्ता ब्रान्डका कारहरू सामेल छन् । कतारलाई विश्वका सबैभन्दा धनी राष्ट्रमध्ये एक मानिन्छ । यहाँको प्रति व्यक्ति वार्षिक आय १ लाख १४ हजार ६४८ डलर रहेको छ, जसअनुसार कतार विश्वमा पाँचौं धनी देशको सूचीमा पर्दछ । नेपाल पनि आएका थिए तमिम गत वैशाखमा कतारका शेख तमिम दुईदिने राजकीय भ्रमणको सिलसिलामा काठमाडौं आएका थिए । नेपाल र कतारबीच २१ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमीरको यो पहिलो नेपाल भ्रमण थियो । नेपालले २१ जुलाई २००० मा दोहामा राजदूतावास स्थापना गरेको थियो । त्यस्तै, कतारले सन् २०११ मा काठमाडौंमा राजदूतावास स्थापना गरेको थियो ।
क्रिप्टो ठगीबाट हुने आम्दानीलाई कीर्तिमानी उच्च स्तरमा पुर्याउन ‘ठगी’ र ‘एआई’ को साथ
काठमाडौं । ब्लकचेन विश्लेषण कम्पनी ‘चेनएनालिसिस’ले ‘पिग बुचरिङ’ ठगी र ‘जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स’ (जेनएआई) को बढ्दो प्रयोगले २०२४ मा क्रिप्टो ठगीबाट हुने आम्दानीलाई कीर्तिमानी उच्च स्तरमा पुर्याएको जनाएको छ । पिग बुचरिङ एक प्रकारको वित्तीय ठगी हो जसमा ठगहरूले पीडितहरूसँग लामो समयसम्म सम्बन्ध बनाउँछन्, उनीहरूलाई विश्वासमा लिन्छन् अनि विस्तारै ठग्ने योजना कार्यान्वयन गर्छन् । यसबाट २०२४ मा मात्र ४० प्रतिशत आम्दानी वृद्धि भएको चेनएनालिसिसले बिहीबार प्रकाशित रिपोर्टमा जनाएको छ । २०२४ मा क्रिप्टो घोटालाबाट आम्दानी कम्तिमा ९.९ बिलियन रहेको छ, तर यो आँकडा १२.४ बिलियनसम्म पुग्न सक्छ, जुन एक रेकर्ड उचाइ हो । यदि थप डाटा उपलब्ध भयो भने यो आँकडा बढ्न सक्छ । क्रिप्टो ठगी झन् परिष्कृत बन्दै चेनएनालिसिसका अनुसार, ‘क्रिप्टो धोखाधडी र घोटालाहरू बढ्दै गएका छन् ।’ कम्पनीले पिग बुचरिङ अपरेसनहरूलाई समर्थन गर्ने बजारहरू र जेनएआईको प्रयोगलाई घोटाला गर्नेहरूका लागि आफ्नो अपरेसन विस्तार गर्न सजिलो र सस्तो बनाउने कारकको रूपमा उल्लेख गरेको छ । चेनएनालिसिसले भनेको छ कि जेनएआई प्रविधिले ‘क्रिप्टो घोटालाहरूलाई घातक रूपमा विस्तार गर्न सक्छ ।’ कम्पनीले ब्लकचेनमा सार्वजनिक रूपमा उपलब्ध लेनदेन डाटा ट्र्याक गरी घोटाला आम्दानी पहिचान गर्छ । कम्पनीका अनुसार २०२० देखि क्रिप्टो धोखाधडी गतिविधि प्रति वर्ष औसत २४ प्रतिशतले बढेको छ । क्रिप्टो करेन्सीहरू विशेष गरी बिटकोइन विगत केही वर्षमा मूल्य र लोकप्रियतामा उचाइमा पुगेको छ । किनभने लगानीकर्ताहरूले उच्च प्रतिफल र ब्लकचेन प्रविधिमा रुचि बढाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नोभेम्बर निर्वाचनमा जितपछि यो क्षेत्रमा ठूलो उछाल आएको थियो किनभने नियामक वातावरण सजिलो हुने आशामा लगानीकर्ताहरूले क्रिप्टोमा धेरै लगानी गरेका थिए । चेनएनालिसिसका अनुसार अन्य फाइदाजनक घोटालाहरूमा क्रिप्टो ड्रेनर्स पनि हो । यसमा घोटाला गर्नेहरूले ब्लकचेन परियोजनाको रूपमा आफूलाई प्रस्तुत गरी पीडितहरूको क्रिप्टो वालेटको नियन्त्रण लिन्छन् । यसैगरी, उच्च प्रतिफल दिने ठगी लगानीकर्ताहरूलाई ठूलो नाफाको आश्वासन दिँदै ठग्ने प्रविधि हो । जनवरी २०२४ मा एक क्रिप्टो ड्रेनर ठगी गर्ने समूहले अमेरिका सुरक्षा नियामक (एसईसी) को नक्कली पहिचान प्रयोग गरेको घटना सार्वजनिक भएको थियो । चेनएनालिसिसका अनुसार क्रिप्टो करेन्सी एटीएमहरू पनि घोटालाका प्रमुख ठगीका केन्द्र हुन् जसमा अपराधीहरूले प्रायः सरकारी अधिकारी वा ग्राहक सेवा प्रतिनिधिको रूपमा आफूलाई प्रस्तुत गरी पीडितहरूलाई मेशिनमा नगद जम्मा गर्न प्रेरित गर्छन् । (एजेन्सीहरूको सहयोगमा) क्रिप्टोको प्रचार गरेपछि अर्जेन्टिनाका राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षी दलको धम्की
क्रिप्टोको प्रचार गरेपछि अर्जेन्टिनाका राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षी दलको धम्की
काठमाडौं । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईलाई विपक्षी सांसदहरूले महाभियोगको सामना गर्नुपर्ने धम्की दिएका छन् । सांसदहरूका अनुसार उनले प्रचार गरेको एक क्रिप्टोकरेन्सी केही समयमै धराशयी भएको थियो । शुक्रबार राति मिलेईले एक्स (ट्विटर) मा ‘$LIBRE’ नामक कम चिनिएको क्रिप्टोकरेन्सी सिफारिस गरेका थिए, जसको मूल्य छिट्टै ५ डलर प्रति सिक्का पुग्यो । तर केही घण्टामै उक्त क्रिप्टोकरेन्सी १ डलरभन्दा तल झर्यो । अर्जेन्टिनाको फिनटेक च्याम्बरले यसमा धोखाधडी हुनसक्ने सम्भावना व्यक्त गरेको छ । यसमा डेभलपर्सहरूले प्रारम्भमा लगानी भित्र्याएर सिक्काको मूल्य बढाउँछन्, तर पछि आफ्नो हिस्सेदारी बिक्री गरेर मूल्य गिराउँछन् । ‘यो काण्डले अन्तर्राष्ट्रिय रूपमा हामीलाई लज्जित बनाएको छ। त्यसैले राष्ट्रपतिविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता छ,’ विपक्षी गठबन्धनका सांसद लिआन्ड्रो सान्तोरोले भने । मिलेईले एक्समा गरेको पोस्ट केही घण्टापछि हटाएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार पोस्ट केही घण्टासम्म मात्र रहेको थियो । उनले पछि स्पष्टीकरण दिँदै भने, ‘म यो परियोजनाका विवरणहरूबारे जानकार थिइनँ । जब मलाई थाहा भयो, मैले यसलाई प्रचार नगर्ने निर्णय गरें ।’