भारत र पाकिस्तानको वर्तमान परिस्थितिबारे चिन्ता व्यक्त गर्दै संकटको समाधान खोज्न कतारको अपिल

काठमाडौं । कतारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस संकटको कूटनीतिक समाधान खोज्न दुवै देशलाई अपिल गरेको छ । कतारको परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल 'एक्स' (पूर्व ट्विटर) मा एक विज्ञप्ति पोस्ट गरेको छ । विज्ञप्तिमा भनिएको छ, 'भारत र पाकिस्तानबीच लगातार बढ्दै गएको तनावप्रति कतार चिन्तित छ र दुवै देशलाई आग्रह गर्छ कि उनीहरूले यो संकटको समाधान कूटनीतिक माध्यमबाट खोजून् ।' कतारले भारत र पाकिस्तानले तनाव कम गर्न संवादको ढोका खोल्न जोड दिनुपर्ने बताएको छ । उसले भनेको छ कि दुवै देशले सकारात्मक वार्तामार्फत बाँकी रहेका समस्याहरू समाधान गर्नुपर्नेछ । बुधबार बिहान भारतीय सेनाकी कर्नेल सोफिया कुरैशीले प्रेस ब्रिफिङको क्रममा भारतका सशस्त्र बलहरूले 'अपरेसन सिन्दुर' सञ्चालन गरेकाे जानकारी दिएकी थिइन् । उनका अनुसार यो अपरेसन २२ अप्रिलमा पहलगाममा भएको वीभत्स आतंकवादी आक्रमणमा परेका निर्दोष नागरिक र तिनका परिवारलाई न्याय दिनका लागि सुरु गरिएको हाे  । यस कारबाहीमा नौवटा आतंकवादी शिविरलाई लक्षित गरियो र ती पूर्ण रूपमा ध्वस्त भएका छन् । पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना नागरिकको मृत्यु भएको र ४६ जना घाइते भएको जानकारी दिएको छ । यता भारतले नियन्त्रण रेखामा पाकिस्तानबाट गरिएको गोलाबारीमा १० जना भारतीय नागरिकको मृत्यु र ३२ जना घाइते भएको जनाएको छ ।  

भारतको हवाई आक्रमणमा परी मसूद अजहर परिवारका १० सदस्यसहित १४ जनाको मृत्यु

काठमाडौं । चरमपन्थी संगठन जैश-ए-मोहम्मदले जनाएको छ कि पाकिस्तानमाथि भारतले गरेको आक्रमणमा संगठनका प्रमुख मसूद अजहरका परिवारका १० सदस्य र उनका चार नजिकका सहयोगीको ज्यान गएको छ । यस सम्बन्धमा जैश-ए-मोहम्मद (जेईएम)ले बुधबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । मृतकमध्ये मसूद अजहरकी ठूलो बहिनी, भान्जा, भान्जाकी श्रीमती, भान्जी र परिवारका पाँच बच्चा पनि छन् । संगठनले यो पनि जनाएको छ कि आक्रमणमा मसूद अजहरका तीन नजिकका सहयोगी र तीमध्ये एक सहयोगीकी आमा पनि मारिएका छन् । विज्ञप्तिअनुसार पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमाथि भएको हमलामा मसूद अजहरका नातेदारहरूको मृत्यु भएको हो । फेब्रुअरी २०१९ मा जैश-ए-मोहम्मदले जम्मू-कश्मीरमा आत्मघाती बम विस्फोट गराएको थियो, जसमा ४० जना सैनिकको मृत्यु भएको थियो । २२ अप्रिलमा पहलगाममा भएका वीभत्स आतङ्कवादी हमलाका निर्दोष पीडितहरू र तिनका परिवारलाई न्याय दिनका लागि भारतले ‘अपरेशन सिन्दुर’ सुरु गरेको जनाएको छ । यस कारबाहीमा ९ आतङ्कवादी शिविरहरूलाई लक्षित गरिएको थियो र ती पूर्ण रूपमा नष्ट भएका छन् । पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना नागरिकको मृत्यु र ४६ जना घाइते भएको जानकारी दिएको छ भने भारतले १० जना भारतीय नागरिकको मृत्यु भएको र ३२ जना घाइते भएको जनाएको छ । एक शीर्ष भारतीय सैन्य अधिकारीले बीबीसीसँग पुष्टि गरेका छन् कि सीमापारबाट भएको गोलीबारीमा मारिएका भारतीय नागरिकको संख्या १० पुगेको छ । साथै ३२ जना घाइते भएका छ न्। यी सबै घटनाहरू भारत र पाकिस्तानको पुन्छ जिल्लामा नियन्त्रण रेखाको नजिक भएका हुन् । यता चीनको विदेश मन्त्रालयले कश्मीरमा भारतले गरेको हवाई आक्रमणलाई 'दुर्भाग्यपूर्ण' भनेको छ । भारत र पाकिस्तानबीच बढ्दो तनावबारे एक प्रश्नको जवाफमा चीनको विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् कि उनीहरू वर्तमान परिस्थितिबारे 'चिन्तित' छन् । चीनको विदेश मन्त्रालयले भनेको छ, 'भारत र पाकिस्तान एक अर्काका छिमेकी हुन् र सधैं रहन्छन्। ती दुबै चीनका पनि छिमेकी हुन् । चीन सबै प्रकारका आतङ्कवादको विरोध गर्दछ ।’ मन्त्रालयका प्रवक्ताले दुबै देशलाई शान्त रहन, संयम अपनाउन र त्यस्ता कार्यहरूबाट टाढा रहन आग्रह गरेका छन्, जसले परिस्थितिलाई अझ जटिल बनाउन सक्छ।  

भारतको हमलापछि पाकिस्तानको सेयर बजार धराशायी

काठमाडौं । भारतले बुधबार कश्मीरमा गरेको सैन्य कारबाहीपछि पाकिस्तानको सेयर बजारमा ठूलो गिरावट आएको छ । कराची स्टक एक्सचेञ्ज (केएसई- १००) सूचकांक एकै दिनमा ६००० अंकभन्दा धेरैले घटेर बजार धराशायी बनेको हो । भारतीय सेनाले बुधबार 'अपरेशन सिन्दुर' अन्तर्गत पाकिस्तानमा लुकेका आतंककारीहरू विरुद्ध लक्षित कारबाही गरेको थियो । यस अपरेशनमा आतंककारीहरूको थुप्रै अड्डा ध्वस्त पारिएको भारतीय रक्षा स्रोतहरूले जनाएका छन् । भारतको यो जवाफी कारबाही गत महिनाको पहलगाम आतंकी हमलापछि गरिएको हो । बुधबार केएसई– १०० सूचकांक मंगलबारको ११३५६८.५१ अंकबाट घटेर १०७२९६.६४ अंकमा खुलेको थियो, जुन ५.५२ प्रतिशतको गिरावट हो ।  पहलगाम हमलापछि निरन्तर गिरावट २२ अप्रिलको पहलगाम आतंकी हमलापछि पाकिस्तानको सेयर बजारमा लगातार गिरावट देखिएको छ । उक्त दिन सूचकांक ११८४३०.३५ अंकमा बन्द भएको थियो । त्यसयता सूचकांकमा झन्डै ९.४० प्रतिशतको गिरावट आइसकेको छ, जसले पाकिस्तानको अर्थतन्त्रमा गम्भीर धक्का पुर्‍याएको छ । बुधबारको गिरावटअघि ३० अप्रिलमा पनि पाकिस्तानको सेयर बजारमा ३.०९ प्रतिशतको गिरावट आएको थियो, जुन पछिल्ला केही हप्ताको सबैभन्दा ठूलो गिरावट थियो ।  विशेषज्ञहरूको चेतावनी २ मेमा बजारले २.५ प्रतिशतले सुधार देखाएको भए पनि विज्ञहरूका अनुसार त्यो केवल 'डेड क्याट बाउन्स’ (मृत बिरालो उफ्रनुजस्तै क्षणिक सुधार) मात्र हो । उनीहरूको भनाइमा जबसम्म भारत–पाकिस्तानबीचको तनाव घट्दैन, तबसम्म बजारमा स्थायी सुधारको सम्भावना निकै कम छ । भारतको 'अप्रेशन सिन्दूर': पाकिस्तानमाथि सैन्य कारबाही, तनाव उच्च बिन्दुमा भारत-पाकिस्तानबीचको युद्ध उत्कर्षमा पुग्ने संकेत, यस्तो छ दुई देशको शैन्यशक्ति