माइक्रोसफ्टले ४४ वर्षमा हासिल गरेको प्रगति फेसबुकलाई लाग्यो मात्र १७ वर्ष

काठमाडौं । माइक्रोसफ्ट विश्वकै सबैभन्दा मूल्यवान कम्पनी हो । यसको बजार पूँजीकरण (मार्केट क्याप) ३.२६० ट्रिलियन डलर छ, जुन धेरै देशहरूको कुल जीडीपीभन्दा पनि धेरै हो ।  यो कम्पनीको स्थापना बिल गेट्सले आफ्ना साथीहरूसँग मिलेर गरेका थिए, तर यसलाई १ ट्रिलियन डलरको मूल्यमा पुग्न ४४ वर्ष लाग्यो । आइफोन बनाउने कम्पनी एप्पलले यो प्रगति ४२ वर्षमा प्राप्त गरेको थियो ।  यसैगरी, जेफ बेजोसको कम्पनी अमेजनले २४ वर्षमा यो उपलब्धि हासिल गर्‍यो भने गुगललाई २१ वर्ष, एलन मस्कको टेस्लालाई १८ वर्ष लाग्यो । तर फेसबुकले भने यो प्रगति १७ वर्षमै प्राप्त गर्‍यो । कम्पनीको स्थापना सन् २००४ मा भएको थियो र सन् २०२१ मा यो ट्रिलियन डलर कम्पनी बनेको थियो । विश्वका सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक मार्क जुकरबर्गको कम्पनी फेसबुकको बजार पूँजीकरण १.४८९ ट्रिलियन डलर छ । यो विश्वकै सातौं सबैभन्दा मूल्यवान कम्पनी हो । फेसबुक विश्वकै सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी पनि हो । यसको मातृ कम्पनी मेटा प्लेटफसँग ह्वाट्सएप र इन्स्टाग्रामको पनि स्वामित्व छ ।  मेटा प्लेटफम्र्सभन्दा अघि माइक्रोसफ्ट, एपल, एनभीडीया, अमेजन, गुगलको मातृ कम्पनी अल्फाबेट र साउदी अरेमको छन् । जुकरबर्गले सन् २००४ मा हार्वर्ड विश्वविद्यालयको होस्टेल कोठामा आफ्ना तीन साथीहरूसँग मिलेर फेसबुकको स्थापना गरेका थिए । फेसबुकको यात्रा ? सन् २००४ मा जुकरबर्गले भेञ्चर क्यापिटलिस्ट पीटर थिएलबाट ५ लाख डलरको एन्जल लगानी प्राप्त गरे । सन् २००५ मा उनले आधिकारिक रूपमा आफ्नो कम्पनीको नाम “फेसबुक“ राखे । त्यसै वर्ष याहूले कम्पनीलाई १ अर्ब डलरमा किन्ने प्रस्ताव राखेको थियो, तर जुकरबर्गले अस्वीकार गरे ।  सन् २०१२ कम्पनीका लागि विशेष वर्ष रह्यो । त्यही वर्ष फेसबुकले डिजिटल फोटो कम्पनी इन्स्टाग्रामलाई १ अर्ब डलरमा खरिद गर्‍यो । सोही वर्ष कम्पनीले आफ्नो आईपीओ ल्यायो र प्रयोगकर्ताको संख्या १ अर्ब नाघ्यो । जुकरबर्ग सन् २००७ मा २३ वर्षको उमेरमै विश्वकै सबैभन्दा कम उमेरका अर्बपति बनेका थिए । सन् २०१४ मा फेसबुकले सबैभन्दा ठूलो खरिद ग¥यो । उसले मेसेजिङ एप ह्वाट्सएपलाई १९ अर्ब डलरमा खरिद गर्‍यो । यो फेसबुकको अहिलेसम्मकै सबैभन्दा ठूलो अधिग्रहण थियो । यो गुगल, माइक्रोसफ्ट वा एपलको कुनै पनि सम्झौताभन्दा ठूलो थियो ।  दुवै कम्पनीबीच दुई वर्षदेखि यसका लागि वार्ता चलिरहेको थियो। अक्टोबर २०२१ मा फेसबुकको नाम परिवर्तन भएर मेटा प्लेटफर्म बन्यो । यस अन्तर्गत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप तीनवटै कम्पनीहरू समावेश छन् । जुकरबर्गको मेटा प्लेटफर्ममा झन्डै १३ प्रतिशत सेयर स्वामित्व छ । उनी एलन मस्क र जेफ बेजोसपछि सबैभन्दा धनी व्यक्ति हुन् ।

अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति

काठमाडौं । संयुक्त राज्य अमेरिका र चीनले सोमबार ९० दिनका लागि करको जवाफ कर भन्ने (टिट् फर ट्याट) कर नीतिमा भारी कटौती गर्ने सम्झौताको घोषणा गरेका छन् । दुई प्रमुख ठूला अर्थतन्त्रबीचको व्यापार युद्धका कारण विश्वको वित्तीय बजारलाई तहसनहस पारेको छ ।  अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार दुवै पक्षले ती शुल्कहरू ११५ प्रतिशत बिन्दुले घटाउन सहमत भएका छन् । यसको अर्थ अमेरिकामा आयात हुने चिनियाँ सामानमाथि ३० प्रतिशत कर लाग्ने र चीन आयात हुने अमेरिकी सामानमा १० प्रतिशत कर लगाइने छ ।  सहमतिले विश्वव्यापी आर्थिक मन्दीको डर बढाएको व्यापार युद्धलाई कम गर्ने अपेक्षा गरिएको छ ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्वव्यापी कर वृद्धिको घोषणा गरेपछि शनिबार र आइतबार भएको पहिलो वार्तापछि विश्वका दुई ठूला अर्थतन्त्रले संयुक्त वक्तव्य जारी गर्दै तीन अङ्कको करलाई दुई अङ्कमा झार्ने र वार्तालाई निरन्तरता दिने सहमति गरेका छन् ।   अमेरिकी अर्थमन्त्री बेसेन्टले चीनका उपप्रधानमन्त्री हे लिफेङ र अन्तर्राष्ट्रिय व्यापार प्रतिनिधि ली चेङगाङसँग सप्ताहान्तमा भएको वार्ता ‘स्वस्थ’ र ‘फलदायी’ भएको बताएका छन् ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत महिना चीनका लागि आयातमा १४५ प्रतिशत कर लगाएका थिए भने  अन्य मुलुकका लागि १० प्रतिशत कर लागु भएको घोषणा गरेका थिए । बदलामा बेइजिङले अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाएको छ । वक्तव्यमा दुवै पक्षले ‘आर्थिक र व्यापारिक सम्बन्धका बारेमा छलफल जारी राख्ने संयन्त्र स्थापना गर्न’ सहमति जनाएका छन् । चीनले वार्तामा भएको ‘उल्लेखनीय प्रगति’को प्रशंसा गरेको छ ।   ‘यो कदम दुई देश र विश्वको साझा हितमा छ’, चिनियाँ वाणिज्य मन्त्रालयले भनेको छ, ‘अमेरिकाले चीनसँग मिलेर एकतर्फी शुल्क वृद्धिको गलत अभ्यासलाई सच्याउन काम गरिरहने छ ।’ गत अप्रिलमा अमेरिकी राष्ट्रपति ट्रम्पले कर आक्रमण शुरु गरेपछि ओरालो लागेको अमेरिकी डलरको भाउ अमेरिकी शेयर बजारको भविष्य उज्ववल भएको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । सहमतिले युरोपेली र एसियाली बजारमा पनि उछाल आएको छ ।   वासिङ्टन र बेइजिङबीचको व्यापार विवादले वित्तीय बजारलाई निराश बनाएको थियो र नयाँ करले मुद्रास्फीतिलाई पुनर्जीवित गर्ने र विश्वव्यापी आर्थिक मन्दी निम्त्याउने डर बढाएको थियो ।   भविष्यका लागि राम्रो सङ्केत विश्व व्यापार सङ्गठनका प्रमुख नगोजी ओकोन्जो–इवेलाले आइतबार भएको वार्तालाई ‘महत्वपूर्ण कदम’ भन्दै प्रशंसा गरेका छन् । ‘वर्तमान विश्वव्यापी तनावका बीच यो प्रगति अमेरिका र चीनका लागि मात्र नभई बाँकी विश्वका लागि पनि महत्त्वपूर्ण छ । यसले सबैभन्दा कमजोर अर्थव्यवस्थाहरूको चासोलाई पनि सम्बोधन गरेको छ,’ उनले भनेका छन् ।  जेनेभास्थित संयुक्त राष्ट्रसङ्घका लागि स्विट्जरल्याण्डका राजदूतको निवासमा भएको बैठकअघि ट्रम्पले सामाजिक सञ्जालमा ‘चीनमाथि ८० प्रतिशत कर लगाउनु ठीक देखिन्छ’ भन्ने सुझाव दिँदै कर घटाउन सक्ने सङ्केत दिए ।  ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले पछि अमेरिकाले एकतर्फी रुपमा कर नघटाउने स्पष्ट पार्दै चीनले पनि सहुलियत दिनुपर्ने बताए । जेनेभा बैठक ट्रम्पले बेलायतसँग व्यापार सम्झौताको घोषणा गरेको केही दिनपछि भएको हो । बेलायतसँग भएको पाँच पृष्ठको अनौपचारिक सम्झौताले वासिङ्टन हालका कर्तव्यहरूबाट क्षेत्र–विशिष्ट राहतको लागि वार्ता गर्न इच्छुक छ भन्ने सङ्केत निराश लगानीकर्ताहरूलाई दिएको थियो ।  ट्रम्पले अधिकांश बेलायती सामानमा १० प्रतिशत कर कायम राख्दै यसलाई अन्य अधिकांश देशका लागि आधारभूत दरको रूपमा कायम राख्ने चेतावनी दिनुभएको थियो । एजेन्सी ।   

जिन्नाको नाति नुस्ली वाडियाः टाटा-अम्बानीसँगको टकरावदेखि अर्बौंको साम्राज्यसम्मको यात्रा

काठमाडौं । पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाका नाति नुस्ली वाडिया भारतका चर्चित अर्बपति व्यवसायीमध्ये एक हुन् । उनी वाडिया समूहका अध्यक्ष हुन्, जसले कपडा, विमान, रसायन र रियल स्टेटजस्ता क्षेत्रमा व्यापक व्यापारिक साम्राज्य फैलाएको छ । नुस्ली वाडियाका पिता नेविल वाडिया नामी व्यवसायी थिए भने आमा दीना वाडिया जिन्नाकी एक्ली छोरी थिइन् । वाडिया परिवार पुस्तौंदेखि भारतको व्यापारिक क्षेत्रको अग्रपंक्तिमा रहँदै आएको छ । नुस्लीले बम्बे डाइङ जस्ता कम्पनीहरू स्थापना गर्दै वाडिया समूहलाई नयाँ उचाइमा पुर्‍याए । उनी गोएयर एयरलाइन्स (हाल गो फर्स्ट) का संस्थापक पनि हुन् । टाटा र अम्बानीसँगको विवाद वाडियाको व्यवसायिक यात्रा विवादरहित भने छैन । सन् २०१६ मा रतन टाटा र टाटा समूहसँगको मतभेदपछि उनले मानहानिको मुद्दा दायर गरे । त्यतिबेला उनलाई टाटा मोटर्सको स्वतन्त्र निर्देशक पदबाट हटाइएको थियो । यता उनी र धीरुभाई अम्बानीबीचको प्रतिस्पर्धा ‘पोलिएस्टर युद्ध’ का रूपमा चर्चित भयो, जसले भारतको कर्पोरेट इतिहासमा विशेष स्थान बनाएको छ । परिवार र पृष्ठभूमि नुस्ली वाडियाको जन्म १५ फेब्रुअरी १९४४ मा मुम्बईमा भएको हो । उनको परिवार पारसी र मुस्लिम समुदायको मिश्रण हो । हजुरबा सर नेस वाडियाले बम्बईलाई कपडा उद्योगको केन्द्र बनाउने काममा अग्रणी भूमिका खेलेका थिए । नुस्लीका हजुरआमा बेलायती थिइन् । उनीसँग बेलायती नागरिकता पनि थियो । उनले फ्लोरिडा विश्वविद्यालयबाट केमिकल इन्जिनियरिङमा पीएचडी गरे । उनको व्यवसायिक यात्रा १९६२ मा बम्बे डाइङमा प्रशिक्षार्थीका रूपमा सुरु भएको हो । कम्पनीलाई संकटबाट जोगाउन उनले आफ्नै आमासँग मिली सेयर किनेर कम्पनी आफ्नो हातमा लिए । अहिलेको साम्राज्य वाडिया समूह अन्तर्गत ब्रिटानिया इन्डस्ट्रीज, बम्बे डाइङ र गो फर्स्टजस्ता कम्पनीहरू पर्दछन् । यद्यपि गो फर्स्ट सन् २०२३ मा टाट पल्टिएको थियो ।  पारिवारिक जीवन नुस्ली वाडियाको विवाह पूर्व एयर होस्टेस मौरीन वाडियासँग भएको हो । उनी ग्लाडर्‍याग्स पत्रिकाकी प्रमुख हुन् । साथै उनी मिसेज इण्डिया ब्यूटी प्रतियोगिताकी आयोजकमध्ये एक हुन् । उनका दुई छोरामध्ये नेस वाडिया आईपीएल टोली पंजाब किंग्सका सह-मालिक हुन् । नुस्ली वाडियाको नेटवर्थ ५.६ अर्ब डलर रहेको छ।