राप्ती हाईड्रोको सञ्चालकमा कार्की नियुक्त

काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सञ्चालकमा विवेक कार्की नियुक्त भएका छन् । कार्की भदौ ७ गतेदेखि लागू हुने गरी हाइड्रोको सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि उक्त पदमा अञ्जना श्रेष्ठ रहेकी थिइन् ।

निफ्रा बैंकको सञ्चालकमा प्रविण सुवेदी नियुक्त

काठमाडौं । पुर्वाधार विकास बैंक (निफ्रा)को सञ्चालकमा प्रविण सुवेदी नियुक्त भएका छन् । बैंकको भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकले सुवेदीलाई सञ्चालक पदमा निुक्त गरको हो । सुवेदी सर्वसाधारण समूहतर्फको प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् । बैंकको अध्यक्ष संस्थापक समूहबाट अनुज अग्रवाल छन् भने श्रीकृषण नेपाल, रत्नराज बज्राचार्य, लालमणी जोशी, शंकर प्रसाद अधिकारी र लिमा अधिकारी आचार्य सदस्य छन् ।

ग्लोबल आइएमई लघुवित्तले माग्यो कर्मचारी

काठमाडौं । जागिर खोज्नेहरुका लागि खुसिको खबर छ । ग्लोबल आइएमई लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । लघुवित्तले ४ पदका लागि विभागीय प्रमुखमा १ जना, अनुगमन अधिकृतमा केही, शाखा प्रमुखका लागि केही र सहायक कनिष्ठ सहायक, व्यवस्थापन प्रशिक्षार्थी तथा प्रशिक्षार्थी सहायकका लाग केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । व्यवस्थापकिय श्रेणीमा आवेदन दिनका लागि २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । अधिकृत श्रेणीका लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने कम्पनीले जनाएको छ । दुई पाङ्ग्रे सवारी साधन चालक अनुमतिपत्र भएकालाई विशेष प्राथमिकता दिने लघुवित्तले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले तोकिएको कागजातसहित १५ दिनभित्र आवेदन दिनुपर्ने जनाएको छ ।