प्रभु इन्स्योरेन्सको सञ्चालकमा मिजास भट्टचन
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा मिजास भट्टचन नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई नियुक्त गरेको हो । भट्टचन संस्थापक सेयरधनी समूह ‘क’ बाट प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालकमा नियुक्त भएका कम्पनी सचिव अरबिन्द कुमार कर्णले जानकारी दिए ।
प्राइम बैंकको कामु सीईओमा सञ्जीव मानन्धर, को हुन् उनी ?
काठमाडौ । प्राइम कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा सञ्जीव मानन्धर नियुक्त भएका छन् । बैंक सञ्चालक सिमितको बुधबार बसेको बैठकले मानन्धरलाई कामु सीईओमा नियुक्त गरेको हो । कामु सीईओ मानन्धर बैंकमा महाप्रबन्धक थिए । बैंकका सीईओ नारायणदास मानन्धरको कार्यकाल सकिएपछि अर्काे व्यवस्था नभएसम्म सञ्जीव मानन्धरलाई कामु सीईओको जिम्मेवारी दिएको बैंकले जनाएको छ । बैंकिङ्ग क्षेत्रमा २२ वर्षको अनुभव सँगालेका कामु सीईओ मानन्धर चार्टर्ड एकाउन्टेन्ट (सीए) हुन् । उनले भारतबाट सीए गरेका हुन् । उनी प्राइम बैंकमा १६ वर्षदेखि कार्यरत छन । त्यसअघि उनले विश्व बैंकले लागू गरेको राष्ट्रिय वाणिज्य बैंकमा वित्तीय क्षेत्र सुधार कार्यक्रममा काम गरेका थिए । काठमाडौंको बालाजु घर भएका मानन्धर कर्जा तथा जोखिम व्यवस्थापनमा दख्खल ब्यक्ति हुन् । बैंक स्रोतका अनुसार हाललाई कामु सीईओको जिम्मेवारी दिएको भएपनि मानन्धरलाई नै सीईओको पूर्ण जिम्मेवारी दिने तयारी छ । ५५ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा आवद्ध रहेका नारायणदास मानन्धरको कार्यकाल गत साउन १६ गतेदेखि सकिएको हो ।
कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो
काठमाडौं । इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको छ । आइतबार सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदार आवश्यक परेको हुँदा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने शाखाले जनाएको छ । नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागिएको सूचनामा उल्लेख छ । साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने शाखाले जनाएको छ । र, इच्छुक आवेदक १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले हुनुपर्ने छ ।