नेपाल माइक्रो इन्स्योरेन्सले माग्यो २६ जना कर्मचारी
काठमाडौं । जागिर खोज्नेहरुका लागि खुसिको खबर छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सात जिल्लाका लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले सुनसरीको इटहरी, पर्साको विरगंज, कास्कीको पोखरा, काभ्रेको बनेपा, मकवानपुरको होटौडा, नवलपरासीको कावासोती, बाँकेको नेपालगंजका लागि कर्मचारी माग गरेको हो । कम्पनीले मार्केटिङ तथा अनडरराइटिङ विभागका लागि सहायकमा ८ जना, कनिष्ठ अधिकृतमा ३ जना, कनिष्ठ सहायकमा ८ जना, अधिकृतमा ३ जना कर्मचारी माग गरेको हो । प्रशासन विभागमा अधिकृतका लागि १ जना, पुनर्बीमा अधिकृतका लागि १ जना, रिसेप्शनिष्टमा सहायकका लागि १ जना र डिजिटल मार्केटिङमा कनिष्ट सहायकका लागि १ जना कर्मचारी गरी कुल २६ जना कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
काठमाडौं महानगर वडा नं. १६ को कार्यवाहक अध्यक्षमा महर्जन
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनले पाएका छन् । सोमबार भएको प्रमुखस्तरीय निर्णयबाट महर्जनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । त्यस्तै, वडा समितिको बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष शिफारिस गरिने निर्णय भएको छ ।
कर्मचारी सञ्चय कोषका मुख्य प्रबन्धक सुवेदी सिन्धु विकास बैंकको सञ्चालकमा मनोनयन
काठमाडौं । सिन्धु विकास बैंकको सञ्चालकमा दामोदर प्रसाद सुवेदी मनोनयन भएका छन् । कर्मचारी सञ्चय कोषका मुख्य प्रबन्धक रहेका सुवेदी बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् । सुवेदी कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक बनेका हुन् । साथै, सुवेदीले बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठसमक्ष सपथ लिएका हुन् । साथै, यसअघि कोषको प्रतिनिधित्व गर्दै सञ्चालक बनेका मुख्य प्रबन्धक दिनेश केसीको कार्यकाल सम्पन्न भएपछि विदाई गरिएको छ ।