सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको सुनौलो अवसर

काठमाडौं । बैंकमा जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरमा सुपरभाइजरदेखि सिनियर अफिसरका लागि र क्रेडिट रिभ्युवरका लागि असिस्टेन्ट र अफिसरका लागि कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । बैंकले आफ्नो विभिन्न शाखा कायाृलयका लागि कर्मचारी माग गरेको हो । बैंकका अनुसार इच्छुक तथा योग्यता पुगेकाले भदौ १८ गतेसम्म आवेदन दिनुपर्नेछ ।

काठमाडौं महानगरले माग्यो १९ जना विषय विज्ञ, पुनः आह्वान गर्याे आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न पदमा १९ जना विषय विज्ञको आवदेन खुलाएको छ । महानगरपालिकाले विभिन्न पदका लागि १९ जना विषय विज्ञ मागेको हो । महानगरले यसअघि पनि विभिन्न विज्ञ पदका लागि आवेदन आह्वान गरेको थियो । तर, पर्याप्त आवेदन नपरेपछि पुनः सूचना निकालेर आह्वान गरेको हो । ‘काठमाडौं महानगरपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७८ को दफा १४ मा भएको कानुनी व्यवस्था बमोजिम वातावरणीय अध्ययन प्रयोजनका लागि गठन हुने प्राविधिक समितिमा रहने विज्ञहरूको सूची तयार पार्ने निर्णय भएको हुँदा इच्छुक र योग्य व्यक्तिले यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र निवेदन पेस गर्नुहुन अनुरोध गरिन्छ,’ सूचनामा उल्लेख छ । महानगरले वातावरण विज्ञ, फोहोरमैला व्यवस्थापन विज्ञ, केमिकल इन्जिनियर, मेकानिकल इन्जिनियर, जैविक विविधता विज्ञरवन्यजन्तु विज्ञ, वातावरण कानुनविद् माग गरेको हो । त्यस्तै काठमाडौं महानगरले मानवशास्त्री, समाजशास्त्री, पुरातत्त्वशास्त्री, अर्थशास्त्री, जनस्वास्थ्यविद्, भूगर्भशास्त्री÷भूगर्भ इन्जिनियर, आर्किटेक्ट, स्ट्रक्चरल इन्जिनियर, अर्बान प्लानर, ऊर्जा विज्ञ, इलेक्ट्रिकल इन्जिनियर, इलेक्ट्रोनिक इन्जिनियर, जियोम्याटिक्स इन्जिनियर मागेको छ । महानगरका अनुसार यी पदहरूमा मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने छ । सम्बन्धित विषयमा कम्तीमा १० वर्ष काम गरी वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्ने कार्यमा कम्तीमा ३ वर्ष वा सोभन्दा बढी कार्य अनुभव भएको वा माथि उल्लिखित विषयमा १० वर्षभन्दा बढी अध्यापन तथा अनुसन्धान गरेको हुनेपर्नेछ । इच्छुक व्यक्तिलाई ७ दिनभित्र आवदेन दिन पनि महानगरले भनेको छ ।

फाजिल कर्मचारी समायोजन गर्न वन मन्त्रालय सहमत

काठमाडौं । करिब ४ वर्षदेखि सङ्घ सरकारको पुल दरबन्दीमा रहेर विभिन्न प्रदेशमा फाजिल कर्मचारीका रुपमा काम गर्दै आएका फरेष्टरको समायोजन गर्न वन तथा वातावरण मन्त्रालय सहमत भएको छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वन विभागअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, रा।प।अनङ्कित द्वितीय श्रेणीका खरिदार वा सो सरहका फरेष्टर पदका ३ सय ८४ कर्मचारी अहिले फाजिलमा काम गर्दै आएका छन् । अहिले कोशी प्रदेशमा ७४, मधेस प्रदेशमा ५३,, बागमती प्रदेशमा ६९, गण्डकी प्रदेशमा २५, लुम्बिनी ७३, कर्णाली प्रदेश ५४ र सुदूरपश्चिम प्रदेशमा ३२ गरी ३ सय ८४ फाजिल कर्मचारी कार्यरत छन् । उनीहरुको समायोजनका लागि प्रदेशसँग आवश्यक समन्वय गर्ने कार्यलाई मन्त्रालयले अगाडि बढाउने भएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि फाजिलमा रहेका कर्मचारी व्यवस्थापनका लागि वन तथा वातावरण मन्त्रालयलाई अनुरोध गरेको छ । सङ्घ सरकारको पुल दरबन्दीमा समायोजन गरी कामकाजका लागि विभिन्न प्रदेशमा खटाएकोमा उनीहरुको समायोजन व्यवस्थापन गर्न सामान्य प्रशासन मन्त्रालयले वन मन्त्रालयलाई सम्बन्धित प्रदेशसँग आवश्यक समन्वयका लागि अनुरोध गरेको छ । प्रदेशका तत्तत् कार्यालयमा दरबन्दी सिर्जना गरी कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम फरेष्टर पदका कर्मचारीलाई समायोजन÷मिलान सहमतिसम्बन्धी पत्रका आधारमा उनीहरुको प्रदेशमा समायोजन गर्न उपयुक्त हुने राय सामान्य प्रशासन मन्त्रालयले वन मन्त्रालयलाई दिएको छ । करिब ११ दिनदेखि फाजिल कर्मचारीले सिंहदरबारस्थित वन तथा वातावरण मन्त्रालयमा फाजिल कर्मचारीलाई एक तह बढाएर प्रदेशमा समायोजन गर्न दबाब दिँदै आएका थिए । लामो समयको दबाबपछि बिहीबार वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोसँग भेटवार्ता भएको फरेष्टर सन्तोष अधिकारीले जानकारी दिए । उनका अनुसार फाजिल कर्मचारीको व्यवस्थापनका लागि वन मन्त्रालय मन्त्रिपरिषद्मा फाइल लिन तयार भएको छ ।