माछापुच्छ्रे बैंकको सीईओमा सुमन शर्मा, कर्जा र जोखिम व्यवस्थापनमा उत्कृष्ट

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । नवनियुक्त शर्माले नियुक्त भएकै दिन(आज)देखि कम्पनीको सीईओ पदको कार्यभार सम्हाल्ने छन् । २१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एसबिआई बैंकबाट बैंकिङ्ग शुरु गरेका थिए । त्यसपछि शर्माले एनएमबि बैंक र माछापुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । शर्माले माछापुच्छ्रे बैंकमा यसअघि  झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिदै आएका छन् । नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् । साथै, नवनियुक्त सीईओ शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक जस्ता थुप्रै पदकबाट सम्मानित भएका छन् ।

लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री खतिवडा

काठमाडौं । लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीले बोर्डको उपाध्यक्षमा अर्थमन्त्री खतिवडालाई नियुक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले गत जेठ २५ गते बोर्डको उक्त पदमा खतिवडालाई नियुक्त गरेकाे बोर्डका सहसचिव एवं प्रवक्ता एवं सूचना अधिकारी उत्तम भक्त वाग्लेले बताएका छन् ।

निजी क्षेत्रका सिईओ पनि निगमको कार्यकारी निर्देशक हुन पाउने, छनौट प्रतिस्पर्धाको आधारमा गरिन्दै

काठमाडौंं । बिहीबार नेपाल आयलका निगम(एनओसी)का कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजिनामा दिएसँगै उक्त पद खाली भएको छ । त्यहाँ को नियुक्ती हुने हो जिज्ञासा बढेको छ । जिज्ञासालाई साम्य पर्ने क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले रिक्त पदको लागि कर्मचारीको खोजि शुरु भएको बताए । ‘नयाँ नियुक्तीको लागि आजैदेखि कर्मचरारी खोेजी शुरु भएको छ,’ उनले भने । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनको क्रममा उनले आफ्नो धारणा राखेका थिए । उनका अनुसार आयाल निगिमलाई सुदृढ गर्दै जनताको विश्वास जित्ने दिशामा अघि बढाउने उनको भनाइ छ । ‘निगममा नियुक्त हुने कार्यकारी निर्देशकको समय सिमा तोकिन्दैन,’ उनले भने ‘निजी क्षेत्रका सिईओहरुलाई समेत छलफलको लागि बोलाइनेछ ।’ विगतमा नियुक्तीको क्रममा राजनैतिक अबरोध भएहोला अब त्यस्तो हुन दिने छैन । कुनै पनि निजी क्षेत्रमा कार्यरत सिईओहरु समेत भाग लिन सक्ने उनले जानकारी गरे । उनले केही निजी क्षेत्रमा सक्षम सिईओहरु रहेको र त्यस्ता कम्पनीहरुको प्रगति समेत राम्रो भएको बताए ।