निर्धन उत्थान लघुवित्तको २५ प्रतिशत बोनस सूचीकृत
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आइतबार मात्रै ३० लाख कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै, लघुवित्तको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।
युनाईटेड इदी-मर्दीले दोश्रो चरणमा आईपीओ जारी गर्दै, कार्तिक २७ गतेदेखि भर्न पाइने
काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आरवि हाईड्रोपावरले दोश्रो चरणमा प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । हालैमात्र कास्की जिल्लाका स्थानीय बासिन्दालाई पहिलो चरणमा निष्काशन गरी बाँडफाँड गरेको कम्पनीले अब दोश्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । हाईड्रोले आगामी कार्तिक २७ गतेबाट ८ लाख ७३ हजार ९१० कित्ता सेयर निष्काशन गर्न लागेको हो । यससँगै सेयरधनीले आगामी कार्तिक २७ गतेदेखि कम्पनीकाे सेयर भर्न पाउने भएका छन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि चुक्ता पुँजीको १० प्रतिशतले हुने ४ लाख २० हजार कित्ता सेयर छुट्याएको थियो । जसमध्ये एक लाख ७६ हजार ९० कित्ता सेयर बाँडफाँड गर्दा २ लाख ४६ हजार ९१० कित्ता सेयर बाँकी रहेको छ । त्यसैले सर्वसाधारणको लागि छुट्याएको ६ लाख ३० हजार कित्ता सेयरमा उक्त बिक्री नभएको २ लाख ४६ हजार ९१० कित्ता सेयर गरी कूल ८ लाख ७३ हजार ९१० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये सामूहिक लगानी कोषमा ४३ हजार ६९६ कित्ता सेयर बाँडफाँड गरेपश्चात ८ लाख १२ हजार ७३६ कित्ता सेयर बाँकी रहेको छ । र, कर्मचारीहरुको लागि १७ हजार ४७८ कित्ता सेयर सुरक्षित गरिएको कम्पनीले जनाएको छ । यससँगै इच्छुक सेयरधनीले आगामी कार्तिक २७ गतेदेखि मंसिर ३ गतेसम्म उक्त सेयरमा आवेदन दिन सक्नेछन् । यदि सो अवधिसम्ममा कम्पनीको माग अनुसारको बिक्री नभए सेयरधनीले ढिलोमा मंसिर ११ गतेसम्म आवेदन दिन सक्ने सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी गराएको छ । क्यापिटलका अनुसार इच्छुकले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन् । उक्त सेयर निष्काशनको लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर खुद सम्पत्ति ८५.८२ रुपैयाँ र प्रतिसेयर प्रतिसेयर आम्दानी (१२.९७) रुपैयाँ अर्थात ऋणात्मक रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः ९७.६९ रुपैयाँ र ८.३३ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ । सम्बन्धित समाचारः युनाईटेड ईदी-मर्दीको पहिलाे चरणकाे आईपीओ बाँडफाँड, आवेदन गर्ने सबैले पाए सेयर
तिनाउँ मिसन डेभलपमेन्ट बैंकले डाक्यो विशेष साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं । तिनाउँ मिसन डेभलपमेन्ट बैंकले आगामी मंसिर ७ गते विशेष साधारणसभा आव्हान गरेको छ । उक्त सभो सो दिन दिउँसो १ बजे रुपन्देहीको बुटवलमा रहेको संस्थाको केन्द्रिय कार्यालयको सभाहलमा भिडियो कन्फ्रेरेन्सबाट हुने भएको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट सेयर संरचना परिवर्तनको लागि स्वीकृत भएको साथै बोनस सेयर वितरण पश्चात सेयर संरचना परिवर्तन भएकाले उक्त सभा आव्हन गरेको हो । बैंकको संस्थापक सेयर सर्वसाधारणमा परिणत भई आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गरिएको १२ प्रतिशत बोनस पश्चात र साविकको नेपाल कम्यूनिटि डेभलपमेण्ट बैंकलाई प्राप्ति पछि संस्थापकतर्फ ६३.३३ प्रतिशत र सर्वसाधारण तर्फ ३६.६७ प्रतिशत सेयर स्वामित्व कायम भएकोले नेपाल राष्ट्र बैंकले सेयर संरचना परिवर्तन गर्न निर्देशन दिएकाले प्रबन्धपत्र संशोधनको गर्नका लागि विशेष साधारण सभा आह्वान गरेको हो । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी कार्तिक २६ गते एक दिन बुक क्लोज हुने भएको छ । यससँगै कार्तिक २५ गतेसम्म कायम सेयरधनीले उक्त सभामा भाग लिन पाउने छन् ।