नेप्सेले खारेज गर्याे ५ ब्रोकर कम्पनीको मार्जिन कारोबार सदस्यता, कुन कुनकाे ?
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले विभिन्न ५ वटा ब्रोकर कम्पनीको मार्जिन कारोबार सदस्यता खारेज गरेको छ । नेप्सेले मार्जिन कारोबार सेवा नवीकरणका लागि निवेदन नदिएका ५ ब्रोकर कम्पनीको सदस्यता खारेज गरेका हो । हालसम्म २२ वटा ब्रोकर कम्पनीहरूले मार्जिन कारोबारको लागि अनुमति पाएका थिए । जसमध्ये १७ कम्पनीले नविकरण गर्न निवेदन दिएका छन् भने बाँकी ५ कम्पनीले हालसम्म निवेदन नदिएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार २८ नम्बरको श्री कृष्ण सेक्युरिटिज, ५२ नम्बरको सुन्धारा सेक्युरिटिज, १० नम्बरको प्रज्ञान सेक्युरिटिज, ५८ नम्बरको नासा सेक्युरिटिज र २२ नम्बरको सिप्रवी सेक्युरिटिजले नविकरणको लागि निवेदन दिएका छैनन् । त्यसैले, नेप्सेले उक्त कम्पनीको मार्जिक कारोबार सदस्यता खारेज गरेको हो । मार्जिन कारोबार सदस्यता खारेज भएका कम्पनीहरू मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७५ परिच्छेद २ को दफा ६(२)मा भएको व्यवस्था अनुसार नेप्सेले उक्त ब्रोकर कम्पनीको अनुमति पत्र स्वतः खारेज गरेको जानकारी गराएको छ । मार्जिन कारोबार सेवा नवीकरण गरेका कम्पनीहरू
एनआइबिएल सहभागिता फण्डको स्वचालित कारोबार प्रणाली लागू, अनलाइनबाटै ईकाई किन्न सकिने
काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना)को स्वचालित कारोबार प्रणाली आज (कार्तिक २ गते) देखि लागू भएको छ । योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पँहुचलाई ईन्टरनेटको माध्यमद्धारा आम लगानीकर्ताहरु माझ सहजै उपलब्ध गराउने उद्देश्यका साथ योजना व्यवस्थापकले उक्त प्रणाली लागू भएको हो । यस योजनाको स्वचालित विद्युतीय कारोबार प्रणाली मार्फत लगानीकर्ताहरु तथा इकाईधनीहरुले हालका लागी योजनाका ईकाई खरिद गर्न सक्ने छन् । साथै, लगानीकर्ताहरले व्यवस्थित लगानी योजनामा दर्ता, व्यवस्थित लगानी योजनाको किस्ता रकमको भुक्तानी, युजर लगइन दर्ता तथा युजर लगइन मार्फत अन्य विभिन्न सुविधाहरु प्राप्त गर्न सक्ने सक्नेछन् । नेपाल ईन्भेष्टमेण्ट बैंक कोष प्रबद्र्धक र एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) संचालनमा आएको एक वर्ष पूरा भइसकेको छ ।
नगद लाभांश वितरण गर्न सानिमा इक्वीटी फण्डले तोक्यो बुक क्लोजको मिति
काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्वीटी फण्डले आगामी कार्तिक १४ गते बुक क्लोजको मिति तय गरेको छ । इकाईधनीलाई नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि फण्डले उक्त एकदिन बुक क्लोज गर्ने निर्णय गरेको हो । फण्डले आर्थिक वर्ष २०७६/७७ को लागि योजनाका ईकाईधनीहरुलाई ७ प्रतिशत(कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । सानिमा म्युचुअल फण्डको योजना व्यवस्थापकमा सानिमा क्यापिटल रहेको छ ।