चन्द्रागिरी हिल्सको आईपीओमा आवेदन दिने भाेलि अन्तिम दिन, हालसम्म कतिले भरे सेयर ?

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले पहिलो चरणमा निष्काशन गरेको प्राथमिक सेयर(आईपीओमा) भोलि पुस १ गते बुधबारसम्ममा आवेदन दिन पाइने भएको छ । संस्थाले हाल निष्काशन गरिरहेको सेयरमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले भोलि बैंकिङ्ग समयभित्रमा आवेदन दिन पाउने छन् । कम्पनीले प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरिरहेको छ । आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं। ३,४, ६ र ७ साविक थानकोट गा।वि।स।का सम्पूर्ण वडा र साविक महादेवस्थान गा।वि।स।को वडा नं। ३, ४, ५, ६, ७ र ८ मात्र एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं। ९ र १० साविक चित्लाङ्ग गा।वि।स।का सम्पूर्ण वडाहरु र इन्द्रसरोबर गाउँपालिका वडा नं। ५ साविक फाखेल गा।वि।स।का सम्पूर्ण वडाका नागरिकले मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले गत मंसिर १७ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई आईपीओ बिक्री खुला गरेको हो । जसमा हालसम्म ११ करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको अनुसार मंसिर २९ गते सोमबार दिउँसो ४ः३० बजेसम्ममा २ हजार ६९१ जना आवेदकले ११ लाख ९४ हजार ६८० कित्ता सेयरको लागि आवेदन परिसकेको छ । जुन कम्पनीले माग गरेको भन्दा करिब ४ गुणा बढी हो । यससँगै इच्छुक आवेदकले १० कित्तादेखि अधिकतम ३०६० कित्तासम्म आवेदन दिन सक्नेछन् । उनीहरुले मंसिर १७ गतेदेखि छिटोमा आगामी पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त मितिसम्म सेयर बिक्री नभएमा संस्थाले ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरेको थियो ।  

एशियन हाइड्रोले आईपीओ जारी गर्ने, डाक्यो वार्षिक साधारणसभा

काठमाडौं । एशियन हाइड्रोपावरले सर्वसाधारणलाई साधारण सेयर आईपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीकाे साधारण सेयरहरु सर्वसाधारणमा जारी गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्न कम्पनीले आगामी पुस २० गते वार्षिक साधारणसभा बोलाएको छ । सभा सो दिन बिहान कम्पनीको कार्यालय सानेपाबाट विद्युतीय माध्यमबाट जुम मार्फत हुने कम्पनीले जानकारी गराएको छ । मंसिर २५ गते बसेकाे कम्पनी सञ्चालक समितिकाे बैठकले सभाकाे मिति तय गरेकाे हाे । त्यस्तै, सभाले आईपीओ प्रस्ताव सहित कम्पनीको सञ्चालक समितिका सञ्चालकहरुको बैठक भत्ता तथा सुविधा निर्धारण गर्ने भएको छ । त्यसैगरी, सभाले वार्षिक साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सभाबाट २ जना सेयरधनी प्रतिनिधि तोक्ने भएको छ ।

प्रभु क्यापिटलको विन्टर अफरः घरमै बसीबसी निःशुल्क डिम्याट खाता र मेराे सेयर खोल्न सकिने

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ग्राहकहरुलाई मध्येनजर गर्दै विन्टर अफर ल्याएको छ । क्यापिटलले यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइन बाटै डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि उक्त अफर ल्याएको हो । जस अन्तर्गत ग्राहकले निःशुल्क डिम्याट खाता र मेरो सेयर अनलाइन सेवा पाउने छन् । यससँगै ग्राहकले मंसिर २४ गतेदेखि पौष मसान्त २०७७ भित्र खाता खोल्दा एक वर्षको लागि फ्री डिम्याट  खाता खोल्न सक्नेछन् । त्यसैले अहिलेसम्म डिम्याट खाता नखोल्ने ग्राहकहरुले आफू, आफ्नो परिवार तथा आफ्ना साथीभाईहरुलाई यस योजनामा जोडि निशुल्क डिम्याट खाता अनलाईनबाट खोली समय तथा रकमको बचत गरी शेयर कारोबार गर्न गराउन क्यापिटलले आग्रह गरेको छ । क्यापिटलले केही समय अगाडि ३ बर्षे फ्री डिम्याट खाता योजना सञ्चालन गरेको थियो । जसमा ग्राहकहरुको अभूतपूर्व सहभागिता रहेको क्यापिटलले जनाएको छ ।