मौद्रिक नीतिमा सेयर लगानीकर्ताले हस्तक्षेप गर्न खोज्नु नाजायज होः विश्लेषक विष्णु बस्याल

काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा सेयर लगानीकर्ताले हस्तछेप गर्न खोज्नु नाजायज रहको सेयर बजार विश्लेषक विष्णु प्रसाद बस्यालले बताएका छन् । सामाजिक सञ्चालमार्फत उनले पुँजी बजारका सहभागीहरुले मौद्रिक नीतिमा लगानीकर्ताले हस्तक्षेप गर्न नहुने बताएका हुन् । तर राष्ट्र बैंकले पुँजी बजारलाई नै प्रत्यक्ष हानी पुग्ने गरि कुनै अभिव्यक्ति दिएमा लगानीकर्ताले त्यसकाे विराेध गर्न मिल्ने उनकाे भनाइ छ । साथै, मौद्रिक नीति देशको समग्र अर्थतन्त्रको अवस्था र तरलता व्यवस्थापनको लागि तर्जुमा गरिन्छ । त्यसैले हालसम्म कुनै पनि राष्ट्रको केन्द्रिय बैंकले केवल पुँजी बजारलाई मात्र ध्यान केन्द्रित गरेर नीति निर्माण नगरेकाे उनले स्मरण गराएका छन् । त्यसैले, राष्ट्र बैंकले पनि  केवल पुँजी बजारलाई मात्र ध्यान केन्द्रित गरेर कुनै पनि नीति निर्माण गर्दैन भन्नेमा उनी विश्वस्त छन् ।

सिविआईएल क्यापिटलको प्रस्तावित नगद लाभांश पारित

काठमाडौं । सिविआईएल क्यापिटलको प्रस्तावित १० प्रतिशत नगद लाभांश पारित भएको छ । मंसिर १९ गते सम्पन्न संस्थाको १४औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै क्यापिटलका सेयरधनीले आर्थिक वर्ष २०७६।७७ को संचित मुनाफाबाट कर सहित १० प्रतिशत नगद लाभांश पाउने छन् । संस्थाको अध्यक्ष पारस कुमार काफ्लेको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाले प्रस्तावित साधारण प्रस्तावहरु अन्तर्गत आर्थिक वर्ष २०७६।७७ को संचालक समितिको प्रतिवेदन पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७६।७७ को लेखापरिक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितको वित्तिय विवरण पारित गरेको छ । नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा विक्रि प्रबन्धक, धितोपत्र प्रत्याभूति कर्ता (अण्डर राइटर) शेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) को काम गर्ने साथै डि-म्याट खाता खोल्ने, शेयरहरु अभौतिकीकरण गर्ने, सामुहिक लगानी कोषको प्रर्वद्धन गर्ने जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सि.वि.आई.एल. क्यापिटल लि. सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचय कोष, नागरिक लगानी कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको सह-लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ र यहीबाट नै मर्चेन्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आएको छ ।

समता लघुवित्तको पुस ५ गतेदेखि बुक क्लोज, साधारणसभामा जाँदै

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाको आगामी पुस ५ गतेदेखि बुक क्लोज हुने भएको छ । संस्थाले साधारण सभामा जाने प्रयोजनको लागि सो दिनदेखि पुस १४ गतेसम्म बुक क्लोज गर्न लागेको हो । संस्थाको सातौं वार्षिक साधारणसभामा आगामी पुस १४ गते बस्दै छ । सभा सो दिन बिहान १०ः३० बजे बाराको सिमरास्थित होटल क्लासिकमा बस्ने भएको हो । उक्त निर्णय मंसिर १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । सभाले सेयरधनीलाई .३२ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर गरी २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । गत भदौ ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको सो मात्राको दरले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सम्बन्धित समाचारः समता लघुवित्तले सेयरधनीलाई २६.३२ प्रतिशत लाभांश दिने