कारोबार शुरु भएको केहि मिनेटमै माउन्टेन इनर्जीको मूल्यमा सर्किट, प्रतिकित्ता कति पुग्यो ?

काठमाडौं । दोश्रो बजारमा कारोबार शुरु भएको केहि बेरमै माउन्टेन इनर्जीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । नियमित बजार खुलेको केही मिनेटमै कम्पनीको सेयर मूल्य ९.८८ प्रतिशतले बढेको हो । बुधबार कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३४४ रुपैयाँमा शुरु भएको थियो । जुन नेप्सेले तोकेको अधिकतम मूल्य थियो । दोश्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम ११४.८१ रुपैयाँदेखि अधिकतम ३४४.४३ रुपैयाँ तोकेको थियाे । प्रतिकित्ता ३४४ रुपैयाँदेखि कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य ३४ रुपैयाँले बढेर प्रतिकित्ता ३७८ रुपैयाँ पुगेको छ । ‘एमईएन’ सिम्बोलबाट काराेबार भइरहेकाे कम्पनीकाे सेयर किन्ने लगानीकर्ताको चाप देखिएको छ भने बिक्रीकाे लागि अडर दिने कोहि पनि देखिएका छैनन् । मार्केट डेप्थ अनुसार हालसम्म कम्पनीको एक लाख १९ हजार ८ सय ८३ कित्ता सेयर खरिदकाे लागि अडर परिसकेकाे छ । माउन्टेन इनर्जीको पहिलो कारोबार कतिमा भयो ?

माउन्टेन इनर्जीको पहिलो कारोबार कतिमा भयो ?

काठमाडौं । दोश्रो बजारमा माउन्टेन इनर्जी  नेपालको पहिलो कारोबार प्रतिकित्ता ३४४ रुपैयाँमा भएको छ । बुधबार नेप्सेको स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि १०ः४५) मा कम्पनीको पहिलो कारोबार भएको हो । कम्पनीको सेयर हिजो मंगलबार (मंसिर ३० गते) नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको थियो । कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ कायम भएको एक करोड ९६ लाख ८० हजार २७० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । दोश्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम ११४.८१ रुपैयाँदेखि अधिकतम ३४४.४३ रुपैयाँ तोकेको थियाे । जसकाे सिम्बोल ‘एमईएन’ दिइएको छ । सम्बन्धित समाचार माउन्टेन इनर्जीको सेयर भोलिदेखि किनबेच गर्न पाइने, ओपनिङ् रेञ्ज कति ?

सिनर्जी पावरको लाभांश प्रस्ताव, एकैदिन डाक्यो तीन वर्षको वार्षिक साधारणसभा

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश घोषणा गरेको हो । मंसिर ३० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको आगामी वार्षिक साधारणसभा पुस २२ गते बिहान ११ बजे बस्दै छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को अर्थात १२औं, १३औं र १४औं गरी तीन वर्षको वार्षिक साधारणभा एकैदिन दिन गर्ने भएको हो । उक्त सभा सो दिन कम्पनीको रजिष्टर्ड कार्यालय नक्सालबाट भर्च्युअल माध्यम मार्फत हुने कम्पनीले जानकारी गराएको छ । सभामा जाने प्रयोजनको लागि कम्पनीको आगामी पुस १२ गतेदेखि २२ गतेसम्म बुक क्लोज हुने भएको छ ।