हिमालयन पावर पार्टनरको पुस १६ गते बुक क्लोज
काठमाडौं । हिमालयन पावर पार्टनरको पुस १६ गते बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि संस्थाको उक्त एक दिन बुक क्लोज हुन लागेको हो । कम्पनीको वार्षिक साधारणसभा आगामी पुस २९ गते बस्दै छ । कम्पनी सञ्चालक समितिको बैठकले सभामा बोनस सेयर, नगद लाभांश तथा हकप्रद सेयर लगायतका कुनै पनि प्रस्ताव लगेकाे छैन । हाल संस्थाको चुक्ता पुँजी एक अर्ब ६ करोड रुपैयाँ रहेको छ ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको पुस २१ गतेदेखि बुक क्लोज
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको आगामी पुस २१ गतेदेखि बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि संस्थाको पुस २१ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज हुन लागेको हो । पुस ६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले साधारणसभा र बुक क्लोजको मिति तय गरेको हो । संस्थाको आगामी वार्षिक साधारणसभा पुस २८ गते बस्ने भएको हो । सभाले सेयरधनीलाई ६ करोड ४० लाख रुपैयाँ बोनस र २ करोड ७२ लाख रुपैयाँ नगद(कर सहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल संस्थाको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । बोनस सेयर पश्चात संस्थाको चुक्ता पुँजी ८६ करोड ४० लाख रुपैयाँ पुग्ने छ । सम्बन्धित समाचार गुहेश्वरी मर्चेन्टले बढायो लाभांशदर, सेयरधनीले दुई वर्षपछि बाेनस पाउँदै
समाज लघुवित्तको पुस १५ गतेदेखि बुक क्लोज
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आगामी पुस १५ गतेदेखि बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि संस्थाको सो दिनदेखि पुस २५ गतेसम्म बुक क्लोज हुन लागेको हो । संस्थाले आगामी पुस २५ गते आफ्नो तेस्रो वार्षिक साधारणसभामा आव्हान गरेको छ । पुस ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।