समायोजनपछि आईसीएफसी फाइनान्सको मूल्य बढ्यो
काठमाडौं । आइतबारको बजारमा आईसीएफसी फाइनान्सको सेयर मूल्य बढेको छ । मूल्य समायोजन पछि कारोबार भएको पहिलो दिनको बजारमा संस्थाको सेयर मूल्य बढेकाे हाे । संस्थाको आज (आइतबार) मात्रै १०.५० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन सँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता २६२ रुपैयाँ कायम भएको थियो । आइतबार प्रतिकित्ता २६२ रुपैयाँमा कारोबार खुलेको संस्थाको सेयर मूल्य बढेर २६६ रुपैयाँ पुगेको छ ।
एनआरएन लघुवित्तको नाम परिवर्तन
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत एनआरएन लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन भएको छ । संस्थाको उक्त नाम परिवर्तित गरी किसान लघुवित्त वित्तीय संस्था लिमिटेड राखिएको हो । नामसँगै कम्पनीको धितोपत्र दोश्रो बजार कारोबार लागि नेप्से सिम्बोल पनि परिवर्तन भएको छ । सर्वसाधारणको लागि नेप्से सिम्बोल केएलबीएसएल र संस्थापकको लागि केएलबीएसएलपी कायम भएको छ ।
सेयर बजारमा उछाल, नेप्सेले पार गर्यो उच्चतम बिन्दु
काठमाडौं । साताको पहिलो दिनको सेयर बजारमा उछाल आएको छ । कारोबार शुरु भएसँगै उकालो नेप्से परिसूचकले यसअघिको उच्च बिन्दु पार गरेको छ । दिउँसो एक बजेर ४५ मिनेट जाँदा परिसूचक ६५ अंकले बढेर २१५३.२५ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १२.८१ अंकले बढेर ४११.५१ बिन्दुमा पुगेको छ । यो अवधिमा ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २०५ कम्पनीको ८५ लाख १४ हजार ७६१ कित्ता सेयर किनबेच भएको छ ।