एनआरएन इन्फ्रास्ट्रक्चरले प्रुडेन्सियल रि-इन्स्योरेन्समा लगानी गर्ने

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले प्रुडेन्सियल रि-इन्स्योरेन्स कम्पनीमा लगानी गर्ने भएको छ । कम्पनीले प्रस्तावित प्रुडेन्सियल रि-इन्स्योरेन्समा संस्थापक लगानीकर्ता भई लगानी गर्ने भएको हो । हालै बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीले उक्त रि-इन्स्योरेन्समा १५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीको बैठक गत माघ ८ गते अपरान्ह ४ः१५ मा बसेको थियो । साे बैठकले उक्त रि इन्स्योरेन्स स्थापना गर्दा कम्पनीको तर्फबाट प्रतिनिधित्व गर्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) उषा खतिवडालाई अख्तियारी दिएको छ । यसका साथै, उक्त प्रकृयामा हस्ताक्षर लगायत अन्य आवश्यक जुनसुकै कार्य गर्न गराउनका लागि सीईओ खतिवडालाई सम्पूर्ण अख्तियारी दिइएको छ ।

धितोपत्र व्यापारको काम गर्न नागरिक स्टक डिलरले पायो बाेर्डकाे अनुमति

काठमाडौं । नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीले धितोपत्र व्यापारको काम सञ्चालन गर्न अनुमति पाएकाे छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई नेपालको पुँजीबजारमा धितोपत्र व्यापारको काम सञ्चालन गर्न अनुमति दिएको हो । नेपालको पुँजीबजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शीघ्रता ल्याउन र पुँजी बजारकाे विकासमा गतिशिल ल्याउने उद्देश्यले स्थापित कम्पनीलाई बाेर्डले अनुमति दिएको हाे । कम्पनीले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिमको आवश्यक प्रक्रिया पुरा गरेपश्चात मात्रै बोर्डकाे अनुमति पाएकाे हो । हाल नेपालको पुँजीबजारमा हाल स-साना लगानीकर्ताको बाहुल्यता रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेको छ ।  नागरिक स्टक डिलर कम्पनीको प्रवेशसँगै उक्त कम्पनीबाट अध्ययन तथा अनुसन्धान मार्फत् हुने लगानी सम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पुँजीबजारमा गतिशिलता आई बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बोर्डको विश्वास छ । सम्बन्धित समाचार नागरिक लगानी कोषले दर्ता गर्यो १० अर्बकाे स्टक डिलर कम्पनी स्टक डिलरको प्रक्रिया अघि बढाउन लगानी काेषलाई बोर्डको पत्राचार

ऋण त लिने तर कसरी र कहाँबाट लिने ? मेगा क्यापिटलले दिँदै छ निःशुल्क परामर्श

काठमाडौं । मेगा क्यापिटल मार्केट्सले ऋण लिन चाहने व्यवसायी, उद्यमी तथा संस्थालाई निशुल्क परामर्श दिने भएकाे छ । कोभिड-१९ को प्रकोपले सृजना भएको परिस्थिति तथा नेपालका व्यवसाय, उद्यमी, संस्थाहरुलाई पारेको असरलाई मध्यनजर गर्दै क्यापिटलले व्यवसायलाई सञ्चालन गर्न, पुनर्जीवन गर्न तथा व्यवसाय विस्तार र वृद्धि गर्न आवश्यक बैंक तथा वित्तीय संस्थाबाट ऋण सुविधा जुटाउन आवश्यक सल्लाह निःशुल्क प्रदान गर्ने भएकाे हाे । साथै, वित्तीय बजारमा लामो समयदेखि रहि आएको सर्वसाधारण जनता, साना तथा मझौला उद्यमीहरु र उद्यम गर्न चाहनेहरुको बैंक तथा वित्तीय संस्थाहरुसंगको दुरी, बैंक तथा वित्तीय संस्थाहरुसंग सहीऋण कसरी लिने र कसरी त्यसबाट लाभप्राप्तगर्न सकिन्छ भन्ने ज्ञानको अभावलाई घटाउन उचित उपाय र परामर्श मेगा क्यापिटल मार्केट्सले दिने क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले बताए । सो सेवा अन्तर्गतयस क्यापिटलको लेखा, लेखा परीक्षण, जोखिम व्यवस्थापन, व्यवसाय संचालनमा दक्षता तथा कार्य अनुभव भएको उच्च व्यवस्थापनको कर्मचारीबाट उक्त परामर्श तथा सल्लाह प्रदान गरिने व्यवस्था मिलाईएको छ । उक्त परामर्शले तुलनात्मक हिसाबले, सस्तो पुँजीको श्रोत, ऋण सुविधा लिन तथा आवश्यक प्रक्रिया सरलता र ऋणमा पहुँच वृद्धि गर्नेछ । हाल बजारमा विध्यमान अत्याधिक तरलताको कारणले सस्तो व्याजदरमा ऋण सुविधा प्रदान भईरहेको हुनाले व्यवसायीले कम लगतमा व्यवसायलाई पुनरुत्थान गर्न तथा व्यवसाय विस्तार गर्न सहज हुने विश्वास कम्पनीले राखेको छ । व्यवसाय र नवीनतम ज्ञान, सिप र क्षमता भएका आविश्कारकर्ता, उद्यमी, व्यवसायी व्यक्ति वा संस्थाहरुलाई निजहरुको योजना, सोच अनुरुपको व्यवसाय सफल पार्न समेत उक्त सेवाले सहज गर्ने कम्पनीकाे आशा छ ।