कुमारी क्यापिटलले ल्यायो अनलाईन डिम्याट खाता तथा लगानी मेला
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले नव बर्ष २०७८ को पावन अवसरमा लगानी मेला तथा अनलाइनबाट नै हितग्राही खाता खोल्न सकिने सेवा संचालनमा ल्याएको छ । जसबाट नयाँ तथा पुरानो लगानीकर्तालाई धितोपत्रमा लगानीको योजना, धितोपत्रमा पोर्टफोलियोको सन्तुलन तथा पुनः संरचना, सम्पत्ती व्यवस्थापन सम्बन्धि परामर्श र बजारीकरण रणनीति सम्बन्धि निशुल्क सेवा संचालनमा ल्याएको छ । साथै अनलाइन मार्फत हितग्राही खाता खोल्दा खल्ती डिजिटल वालेट प्रयोग गरि ५ प्रतिशत क्यास ब्याक पाउन सकिने छ । लगानी मेलाबाट यस संस्थाले सर्बसाधारण तथा संस्थालाई लगानीको उचित पहिचान गरी परामर्श सेवा प्रदान गर्नेछ । लगानीकर्ताहरुले यस संस्थाको लगानी विशेषज्ञहरुद्धारा परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनिकरण गरी लगानीको योजना बनाई धेरै भन्दा धेरै लाभ लिन सक्ने छन् । साथै, अनलाइन मार्फत हितग्राही खाता खोल्नका लागि यस क्यापिटलको वेबसाइटमा गई अनलाइन लिंकमा क्लिक गरि अनलाइन डिम्याटमा गई सम्पुर्ण आवश्यक विवरण प्रबिष्ट गरि हितग्राही खाताको लागि एकपटक नजिकैको कुमारी बैंकको शाखा कार्यालय वा कुमारी क्यापिटलमा आफ्नो सक्कल नागरिकता, नाबालकको हकमा सक्कल जन्म दर्ता तथा संरक्षकको सक्कल नागरिकता लिई समयमै सरल र छिटो तरिकाले आफ्नो हितग्राही खाता खोल्न सकिने छ । यस लगानी मेलामा परामर्श सेवा बैशाख महिना भरि निःशुल्क गरिएको छ । साथै, यस मेला मार्फत कुमारी क्यापिटल लिमिटेडको लगानी ब्यवस्थापन सेवामा आवद्ध हुने सम्पुर्ण लगानीकर्तालाई वार्षिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने छ । सार्वजनिक बिदाको दिन र शुक्रबार बाहेक प्रत्येक दिन कार्यालय समयमा यो मेला संचालन हुनेछ । यस लगानी मेलामा भर्चुअल माध्यमबाट पनि आवद्ध भई लाभ लिन सकिने छ । यो सेवा प्राप्त गर्नका लागि कुमारी क्यापिटल लिमिटेड नागपोखरी नक्साल स्थित कार्यालयमा सम्पर्क गरि अथवा निम्न फोनमा सम्पर्क तथा इमेल ठेगानामा इमेल गरि सहभागी हुन सकिने छ ।
फागुनमा कनेक्ट आईपीएस मार्फत १ खर्ब १० अर्ब रुपैयाँको कारोबार, माघको भन्दा ६ अर्ब बढी
काठमाडौं। पछिल्लो समय कनेक्ट आईपीएस मार्फत हुने कारोबारको संख्यामा बृद्धि हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशका वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०७७ अनुसार फागुन महिनामा हालसम्मकै उच्च कारोबार भएको हो । उक्त तथ्यांक अनुसार गत महिनाको तुलनामा फागुन महिनामा मात्र ६ अर्ब १७ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बैंकको तथ्यांक अनुसार फागुनको एक महिनामा मात्र कनेक्ट आईपीएस मार्फत एक खर्ब १० अर्ब ५७ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत माघ महिनामा एक खर्ब ४ अर्ब ३९ करोडभन्दा बढीको कारोबार भएको थियो । यो अबधिमा १६ लाख पटक कनेक्ट आईपीएसको प्रयोेग भएको छ । माघ महिनामा १५ लाख ४५ हजार पटक प्रयोग भएको थियो । पछिल्लो समय अनलाइनको सहजता र प्रविधिको प्रयोगले नगदरहित कारोबार गर्नेको संख्यामा बृद्धि हुन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको तथ्यांक अनुसार इन्टरनेट तथा मोबाइल बैंकिङसहितका प्रविधिको प्रयोग गर्नेको संख्यामा बृद्धि भएको पाइएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांक अनुसार गत महिनाको तुलनामा कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेट मार्फत हुने कारोबारमा बृद्धि भएको हो ।
अब लगानीकर्ताले साउनदेखि मोबाइलबाटै सेयर किनबेच गर्न पाउने, मोबाइल एपसहितको नयाँ प्रणाली ल्याउँदै ब्रोकर
काठमाडौं । अब दोश्रो बजारका लगानीकर्ताले मोबाइलबाटै सेयर कारोबार गर्न पाउने भएका छन् । ब्रोकरले मोबाइल एपलिकेशनसहितको यो प्रणाली ल्याउने भएसँगै लगानीकर्ताले आगामी साउन १ गतेदेखि मोबाइलबाटै सेयर किनबेच गर्न पाउने भएका हुन् । धितोपत्र व्यवसायीको छाता संगठन स्टक ब्रोकर्स एशोसियशन अफ नेपालले सम्बन्धित पक्षहरुको उचित सहयोग प्राप्त भएमा लगानीकर्ताले आगामी साउन १ गतेदेखि मोबाइलबाटै सेयर किनबेच गर्न पाउने बताएको छ । साथै, संस्थाले नयाँ कारोबार प्रणाली (टीएमएस) ल्याउने प्रकृया अगाडि बढाएको छ । एशोसिएशनले संयुक्त पहलमा दशभन्दाबढी राष्ट्र राष्ट्रहरुमा प्रयोग भईरहेको कारोबार प्रणाली ल्याउने सम्झौतागरि उक्त प्रणाली लोकरलाईजेशन/कष्टोमाईजेशन गर्ने काम तीर्व गतिमा अघि बढेको बताएको छ । कारोबारमा निहित जोखिम व्यवस्थापन गर्न र लगानीकर्ताले कारोबार गर्दा व्याहोर्नु पर्ने दुःख अत्य गर्न संस्थाले नयाँ प्रणाली ल्याउन लागेको हो । मल्टी एसेट, मल्टी एक्स्चेञ्ज ट्रेडिङ्ग प्लायटफर्म रहेको उक्त प्रणालीमा सेयर, डिबेन्चर, बण्ड, डेरिभेटिभ्स, करेन्सी लगायत विभिन्न उपकरणहरुको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने छ । साथै मोबाइल एपलिकेशन सहितको यो प्रणालीले लगानीकर्ताहरुलाई कारोबार गर्न सहजता प्रदान गर्ने संस्थाको विश्वास रहेको छ । अर्थतन्त्र, बजार तथा सूचीकृत कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण गर्न सकिने गरि यस प्रणालीमा तथ्याङ्कहरु राखिने छन् । त्यस्तै, लगानीकर्ताहरुले आफ्नो कारोबारको सम्पूर्ण हरहिसाव तथा आफ्नो पोर्टफोलियो तथा नाफा घाटाको अवस्था पनि यसै प्रणाली मार्फत हेर्न पाउने व्यवस्था रहने एशोसिएशनले जनाएको छ । स्टप लस, टेक प्रफिट, आफ्टर मार्केट अडर, अल्गोरिदमिक वा हाई फ्रिक्वेन्सी ट्रेडिङ्ग जस्ता आदेश व्यवस्थापन बिशेषताले गर्दा कारोबार गर्न सहज हुने संस्थाले जानकारी गराएको छ ।