सरकारले पहिलो प्राथमिकता स्टार्टअपलाई दिनुपर्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारले पहिलो प्राथमिकता स्टार्टअपलाई दिनुपर्ने बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्टार्टअप सम्मेलन २०३० लाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । पछिल्लो समय युवाहरू बिदेश पलायन हुने ठूलो चुनौती रहेको भन्दै उनले स्टार्टअपलाई दीर्घकालीन बनाउनुपर्ने बताए । ‘स्टार्ट अप सम्बन्धि नीति बनाइरहेको भनेपनि चासो दिएको छैन, सबैभन्दा पहिलो प्राथमिकता स्टार्ट अप लाई राख्नु पर्यो सरकारले’, उनले भने, ‘सुरु गरेर मात्रै हुदैन यसलाई निरंतरता दिन सक्नु पर्छ, सफल मुलुक बनाउन स्टार्ट अपको भूमिका महत्पवूर्ण छ ।’

नीतिगत व्यवस्था गरेर स्टार्टअपलाई बढावा दिन्छौँ : मन्त्री रिजाल

काठमाडाैं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नीतिगत व्यवस्था गरेर स्टार्टअपलाई बढावा दिने बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्टार्टअप सम्मेलन २०३० लाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । उनले स्टार्टअपका लागी उपयुक्त वातावरण सिर्जना गरि लगानी गर्न प्रोत्साहित गर्ने उद्घोष गरे । यस्तै, उनले वैदेशिक रोजगार बाट फर्किएका नेपालीका लागि स्वदेश मै काम गर्ने वातावरण बनाइने बताए ।

सोनापुरको आईपीओ खरिद गर्ने आज अन्तिम मौका, स्थानीयलाई आवेदन दिने समय लम्बियो

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन २९ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज भदौ ११ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई भने आवेदन दिने समय थप गरेको छ । अब स्थानीय लगानीकर्ताहरुले कम्पनीको आईपीओमा भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीयलाई अंकित मूल्य १ सय रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता छुट्याइएको छ । साथै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १० लाख ७६ हजार २६८ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीलाई अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७।५८ रुपैयाँमा बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयले अधिकतम १५ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम १० लाख ७६ हजार २६८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानीयले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।