सरकारले पहिलो प्राथमिकता स्टार्टअपलाई दिनुपर्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारले पहिलो प्राथमिकता स्टार्टअपलाई दिनुपर्ने बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्टार्टअप सम्मेलन २०३० लाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । पछिल्लो समय युवाहरू बिदेश पलायन हुने ठूलो चुनौती रहेको भन्दै उनले स्टार्टअपलाई दीर्घकालीन बनाउनुपर्ने बताए । ‘स्टार्ट अप सम्बन्धि [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारले पहिलो प्राथमिकता स्टार्टअपलाई दिनुपर्ने बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्टार्टअप सम्मेलन २०३० लाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।

पछिल्लो समय युवाहरू बिदेश पलायन हुने ठूलो चुनौती रहेको भन्दै उनले स्टार्टअपलाई दीर्घकालीन बनाउनुपर्ने बताए ।

‘स्टार्ट अप सम्बन्धि नीति बनाइरहेको भनेपनि चासो दिएको छैन, सबैभन्दा पहिलो प्राथमिकता स्टार्ट अप लाई राख्नु पर्यो सरकारले’, उनले भने, ‘सुरु गरेर मात्रै हुदैन यसलाई निरंतरता दिन सक्नु पर्छ, सफल मुलुक बनाउन स्टार्ट अपको भूमिका महत्पवूर्ण छ ।’

Share News