सिद्धार्थ बैंकका ग्राहकलाई चम्पादेबी हिलसाईड रिसोर्टमा छुट दिने

काठमाडौं । सिद्धार्थ बैंक र चम्पादेबी हिलसाईड रिसोर्ट प्रालिबिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।   सम्झौता अनुसार दक्षिणकाली, काठमाडौं स्थित चम्पादेबी हिलसाईड रिसोर्टमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् । यसका साथै एसबिएलएनपिएल टिकट होल्डर्सहरूका लागि चम्पादेवी हिलसाईड रिसोर्टसँगको सहकार्यअन्तर्गत एसबिएलएनपिएल सिजन–२ सम्म लागू हुने विशेष छुट अफर उपलब्ध गराइएको छ । जस अन्तर्गत एसबिएलएनपिएल टिकट होल्डर्सहरूले आफ्नो टिकट देखाई भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।  यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

उडान डिले भएर अलपत्र यात्रुको बास र खानाका लागि होटल खोज्दै नेपाल एयरलाइन्स

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले होटल सूचीकरण तथा सम्झौताका लागि आह्वान गरेको छ । उडान डिले वा रोकिएका कारण अलपत्र यात्रुको बास तथा खाना व्यवस्थापनका लागि होटल सूचीकरण गर्न आह्वान गरेको हो ।  सन् २०२६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न गन्तव्यमा भर्ने उडानहरू कुनै कारणवश ढिला वा रद्द वा अर्को दिनका लागि पर सारिएको अवस्थामा उक्त उडानका यात्रुहरूलाई वास तथा खानाको व्यवस्थापन गर्न इच्छुक होटललाई सूचीकरण हुन आह्वान गरिएका नेपाल वायुसेवा निगम यात्रु सेवा विभागले जनाएको छ । निगमको आर्थिक विनियमावली, २०६५ को विनियम १६६ (४) को व्यवस्था अनुसार स्तरीय एवं विशिष्टिकृत प्रकृतिका होटलहरूले निगममा सूचीकरण भई सम्झौता गर्नुपर्ने यात्रु सेवा विभागले जनाएको छ ।  इच्छुक होटलहरूले १५ दिनभित्र आवश्यक कागजात संलग्न गरी तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ । 

कामना सेवा विकास बैंक र क्याफीओफिलाबीच सेवा शुल्क छुट सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, ज्ञानेश्वरस्थित क्याफीओफिला सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरूले फुड तथा बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले बैंकसँगको आबद्धताको प्रमाण देखाएर सहजै यो सुविधा लिन सक्नेछन् । बैंकले यो सम्झौताबाट आबद्ध सबै व्यक्तिहरूले विशेष लाभ पाउने विश्वास लिएको छ । सम्झौतामा बैंकतर्फ मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र क्याफेका फ्रान्चाइज ओनर सदिक्षा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।