सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीनवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

बुटवल । नेपालको लुम्बिनी प्रदेशस्थित पर्यटकीय सहर बुटवलमा सञ्चालित हायात प्लेस बुटवलले सञ्चालनको छोटो अवधिमै तीनवटा प्रतिष्ठित अवार्ड हासिल गरेको छ । 

सञ्चालनमा आएको ६ महिनाभित्रै यस होटलले ‘होटेल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसन’ र ‘वर्ल्डवाइड बेस्ट होटल डट कम’ द्वारा प्रदान गरिने तीनवटा प्रतिष्ठित अवार्डहरू हात पार्न सफल भएको हो ।

नेपालको उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्यु २०२६, नेपालको उत्कृष्ट होटल अवार्ड २०२६ र नेपालको उत्कृष्ट जनरल म्यानेजर अवार्ड प्राप्त गरेको हो ।

साधारणतया कुनै पनि होटललाई बजारमा स्थापित हुन र राष्ट्रिय–अन्तर्राष्ट्रिय पहिचान बनाउन वर्षौं लाग्ने गरे पनि हायात प्लेस बुटबलले ६ महिनाको कम उमेरमै सफलता हासिल गरेको हो । 

सम्मानले होटलको विश्वस्तरीय पूर्वाधार, सेवाको गुणस्तर र कुशल व्यवस्थापनलाई प्रमाणित गरेको महाप्रबन्धक तुषार नागरले जानकारी दिए ।

null

उनका अनुसार विशेष गरी ‘डेस्टिनेशन वेडिङ भेन्यु’ अवार्डले होटलको भव्य ब्यांक्वेट सुविधा र विवाह जस्ता विशेष समारोहलाई यादगार बनाउने कलालाई उच्च मूल्यांकन गरिएको छ ।

बुटवलको मुटुमा अवस्थित यस होटलले व्यापारिक तथा पर्यटकीय उद्देश्यले आउने पाहुनाहरूलाई लक्षित गर्दै आधुनिक सुविधाहरू प्रदान गर्दै आएको छ । यो अवार्डसँगै बुटवल क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप मद्दत पुग्ने र यसले नेपालकै हस्पिटालिटी उद्योगमा नयाँ आयाम थप्ने विश्वास नागरको छ ।

Share News